रवि दाहाल-
वीरगन्ज । वातावरण संरक्षण अभियानमा संलग्न गाउँलेहरुको अगुवाइ गरिररहेको वातावरण तथा पर्यावरण संरक्षण समितीका अध्यक्षलाई पसा्रका प्रमुख जिल्ला अधिकारीले धम्क्याएका छन् ।प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले समितीका अध्यक्ष दिपेन्द्रिसंह पटेललाई बुधबार दिउँसो मोबाइल फोनमार्पुत् कुराकानीका क्रममा धम्क्याएका हुन् ।
समितीको अगुवाईमा भइरहेको गाउँलेहरुको आन्दोलनका क्रममा पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दिइने धर्नाबारे जानकारी दिन मोबाइल फोनमार्पुत् प्रजिअसँग कुराकानी गर्दा आफूलाई प्रजिअले धम्क्याएको दिपेन्द्रले बताए ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले दलाली गर्नेलाई ठोक्ने नीति स्थानीय प्रशासनको भएको भन्दै जोगिएर बस्न चेतावनी दिएका हुन् । कोइरालाले कुराकानीका क्रममा उद्योगसँग सिमेन्ट र पैसा मागेको आरोप लगाउँदै दिपेन्द्रलाई चेतावनीपूर्ण शैलीमा भनेका छन्ूदलालहरुलाई कुटने नीति छ है हाम्रो । जोगिएर बस्नु है जोगिएर बस्नुू।मोबाइल फोनको वार्ताको रेकर्डिङग अन्नपूर्णकर्मीसँग सुरक्षित रहेको छ ।
जिल्ला प्रशासन कार्यालय पसा्रमा बिहीबार एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज क्षत्रबहादुर श्रेष्ठ अनिलको समन्वयमा वातावरण तथा पर्यावरण समिती उद्योग व्यवस्थापन र स्थानीय प्रशासनबीच भएको वार्ताका क्रममा समेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आन्दोलन स्थगन नगरे दमन गर्ने चेतावनी दिएका छन् । भाइ तिमीलाई थाहै छ मधेश आन्दोलनमा म नै यहाँ सिडिओ थिएकस्तो दमन भएको थियो प्रजिअको भनाई उद्घृत गर्दै वार्तामा सहभागी समितीका एक पदाधिकारीले भने तिमीहरुले पनि चक्काजाम गर्छौ भने हाम्रो दमन शुरु हुन्छ जोगिएर बस्नु ।
वार्तापछि भएको निर्णय पुस्तिकामा उल्लेख गरिएको विवरणमा आपुनो असहमती भएपनि धम्क्याएर हस्ताक्षर गर्न बाध्य बनाएको दिपेन्द्रले वार्तापछि साचारकर्मीसँगको कुराकानीका क्रममा बताए ।
सहमतीका लागी भएको वार्ताका क्रममा प्रजिअबाट सम्झाउनेतर्क राख्ने काम भएको हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पसा्रका सूचना अधिकृत लुकबहादुर क्षेत्रीले अन्नपूर्ण पोष्टसित भनेधम्क्याउने काम किन गर्नुपर् यो र के आवश्यक्ता छ धम्क्याउनुको
बाराको लिपनीमाल गाविसमा आधा दर्जन्भन्दा बढी संख्यामा रहेका सिमेन्ट तथा खाद्यान्न उद्योगले पसा्रको भवानीपुर गाविसमा प्रदुषण फैलाएको विरोधमा गाउँलेहरुको आन्दोलनको नेतृत्व संरक्षण समितीले गरिररहेको छ ।
२१ भदौ २०६९
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.