रवि दाहाल–
वीरगन्ज,९ साउनः मध्य तराईको पर्सा, बारा र रौतहटका जिल्लामा सकृय दलाल गिरोहले विवाहित महिलाहरुको गर्भाशय चोरी गरेर लाखौं रुपैयाँ कुम्ल्याइ रहेका छन् । भारतीय नक्कली चिकित्सक र दलालहरुबीचको गठबन्धनमा बनेको सञ्जाल पर्सा,बारा, रौतहट मात्र नभएर भारतको बिहार राज्यसँग सीमा जोडिएका पूर्वी तराईका जिल्लाहरुसम्म फैलिएको छ ।
उमेर ढल्किंदै गए पाठेघरको क्यान्सर हुने वा आङग खस्ने समस्या आउनसक्ने भन्दै दलाल र नक्कली चिकित्सकमार्फत् भ्रम फैलाइएकाले पिछडिएको वर्गका महिलाहरु यस्ता गिरोहको शिकार बन्ने गरेका छन् । अहिले २० देखि ४० वर्ष उमेर समूहका विवाहित महिलाहरु सन्तान रहर पुगेलगत्तै पाठेघरको शल्यकृया गराउन धमाधम भारतीय सीमावर्ती शहरका अस्पतालमा धाउन थालेका छन् । एउटा शल्यकृयावापत नक्कली चिकित्सकले नौ हजार रुपैयाँ कुम्ल्याउँछन् । ग्राहक खोजिदिएवापत नक्कली चिकित्सकबाट दलालले पाँच सय भारु प्रति बिरामीका दरले कमिशन पाउने गरेका छन् ।
सन्तान जन्माउने रहर पुरा भएका महिलालाई अब पाठेघरको के कामरु यसले रोग लाग्छ,पछि समस्या हुन्छ भन्दै उक्साएर भारतीय नक्कली चिकित्सकले शल्यकृया गर्न सुझाव दिने गरेको नारायणी उपक्षेत्रिय अस्पतालका वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा। सुरेन्द्र चौधरी बताउँछन् ।
सीमावर्ती भारतीय शहर रक्सौलको आबदा अस्पतालमा पाठेघर शल्यकृया गरिएको नौ दिनपछि गत साता घर फर्किएकी पर्सा रानीगंजकी २१ वर्षिया आशा देवीले पाठेघरमा मासु पलाएका कारण आफूले शल्यकृया गराउनुपरेको बताइन् । तीन सन्तानकी आमा आशाले आफूलाई शल्यकृया भएको तेश्रो दिनदेखि नै चिकित्सकले अस्पतालको तीन तल्ले भवनमा भ¥याङग उक्लिन र फराकिलो पाइला चालेर हिंड्ने अभ्यास गराएको बताइन् ।
औषधीले मात्र बिरामीको उपचार गर्दा धेरै कमाई नहुने भएकाले पाठेघरमा सामान्य संक्रमण वा घाउ भएकै आधारमा नक्कली चिकित्सकले पाठेघरमा गम्भीर संक्रमण भएको वा मासु पलाएको त्रास सिर्जना गरेर शल्यकृयामार्फत् सधैंका लागी रोगबाट मुक्ति पाउन महिलालाई सुझाव दिने गरेका छन् । वरिष्ठ प्रसुती रोग विशेषज्ञका अनुसार पाठेघर शल्यकृया गराउने अहिलेको रफ्तार नथामिए अधिकांश महिला सन्तान रहर पुरा भएको एक दुई वर्षभित्रै पाठेघर बिहीन हुने अवस्था आउनेछ ।
चिन्ताजनक अवस्था
स्थानीय गैर सरकारी संस्था हेल्पिङ ह्याण्ड्सले ग्रामीण स्वास्थ्य स्वयम्सेविकामार्फत् गरेको सर्वेक्षणका क्रममा पर्साको मसियानी गाविसको ९ वटा वडाका कूल ११ सय ६५ विवाहित महिलामध्ये १७१ जना महिलाको पेटमा पाठेघर छैन । तीमध्ये १ सय ११ जना ४० वर्षभन्दा कम उमेरका छन् । अमरपट्टी गाविसमा गरिएको सर्वेक्षणका क्रममा पाठेघर नभएका १ सय ३४ महिलामध्ये ७६ जना ४० वर्षभन्दा कम उमेरका भेटिएको हेल्पिङ ह्याण्ड्सका अध्यक्ष जयमोद ठाकुरले बताए ।
सदरमुकाम वीरगन्जदेखि १० किलोमिटर पश्चिममा अवस्थित अमरपट्टी गाविस होस् वा ३२ किमि टाढाको मसिहानी, यी दुबै गाविसको माथि उल्लेखित तथ्यांकले स्थानीय महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव रहेको प्रष्ट्याएको छ । वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा। सुरेन्द्र चौधरीका अनुसार उमेर नपुगेका अधिकांश महिलाले आवश्यक्ता भन्दा पनि लहैलहैमा लागेर पाठेघरको शल्यकृया गराएका हुन् ।
पाठेघरमा जालो परेको ९फाइब्रोइड युटरस०,पाठेघरको मुखमा गम्भीर संक्रमण९ क्रोनिक सर्भिसाइटिस ०, मासु पालाएको९ सिस्ट०, क्यान्सर आशंकाको पहिलो चरण९ क्यान्सर सस्पेक्ट फस्ट स्टेज ०, पाठेघरबाट रगत बगी रहने९ क्रोनिक डियूबी९डिस्फक्शनल यूटेराइन ब्लिडिङ ० वा पाठेघरका सम्पूर्ण अंगमा लामो समयसम्म संक्रमण भइरहने ९ क्रोनिक पेल्भिक इन्फ्लामेट्रिक डिजिज, पिआइडी ० समस्या देखिएको अवस्थामा मात्र पाठेघरको शल्यकृया गर्नुपर्ने अवस्था आउने प्रसुती रोग विशेषज्ञहरुको भनाई छ । यस्तो शल्यकृयाका लागी महिला बिरामीको उमेर ४० वर्षभन्दा बढी हुनुपर्छ ।
असुरक्षित शल्यकृया
पर्सा, बारा र रौतहट जिल्लाको ग्रामीण भेगका महिला उमेर नपुग्दै वा सामान्य समस्या देखिए पनि पाठेघरको शल्यकृया गराउन सिधै सीमावर्ती भारतीय शहरमा सञ्चालित नक्कली चिकित्सकको क्लिनिक वा अस्पतालमा पुग्ने गरेका छन् । पर्साका अधिकांश बिरामी रक्सौल,कोढियार, बारा र रौतहटका बिरामी मोतियारी र खैरहवामा अवैधरुपमा सञ्चालन भइरहेका निजी अस्पतालमा पुग्छन् ।
डा। प्रवेज आलम, डा। गंगा यादव, डा। प्रवेज आलम, डा। नदिम, डा। कमाल अहमद, ड।ा एमपी बर्मा, डा। सन्जय सिंहको नामबाट सीमावर्ती भारतीय शहरमा नक्कली चिकित्सकले आफ्नो ठगी धन्दा चलाइ रहेका छन् ।
रक्सौलको कोढिहारमा अवस्थित आबदा अस्पतालमा गत बुधबार बिहान पुग्दा कथित डा। नदीम आलमले बिहान ११ बजेसम्ममा तीनजना महिलाको पाठेघरको शल्यकृया गर्न भ्याइ सकेका थिए । डा। नदीमले एक दिनमा बीसभन्दा बढी शल्यकृया सहजै गर्न भ्याउने गरेको अस्पतालका कर्मचारीले बताए । अस्पताल भवनको पहिलो तल्लाको खुल्ला कक्षमा लहरै राखिएका खाटमा भर्खरै शल्यकृया गराएका महिला रक्तश्रावका कारण पीडा सहन नसकेर तड्पीदैं थिए ।
आबदा अस्पतालका चिकित्सकको सूचीमा एमबिबिएस तहका तीनजना चिकित्सकको नाम उल्लेख भएपनि अस्पतालका निर्देशक नदिमले नै सबै बिरामीको स्वास्थ्य परिक्षण र शल्यकृया गर्दै आएका छन् । अस्पतालका हेरालु नन्दु सहनीले आलमको अस्पतालमा पूर्वको लहानदेखि समेत नेपालका महिलाहरु पाठेघरको शल्यकृयाका लागी आउने गरेको बताए ।
प्रभावहीन सरकारी सेवा
जनस्वास्थ्य कार्यालयले गत आर्थिक वर्ष २०६९–७० मा जिल्लाका ८२ वटै गाविसका महिलालाई पाठेघर संक्रमणको उपचार र आङग खस्ने रोगका बिरामी पहिचान गर्न विभिन्न १५ स्थानमा १८ पटक पाठेघर परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिएको छ । वर्षभरि सञ्चालन गरिएको पाठेघर परिक्षण सम्बन्धी घुम्ती शिविरमा ४५ वर्ष भन्दा बढी उमेरका ६३ जना महिलामा मात्र आङग खस्ने समस्या भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ । तर जनस्वास्थ्यको सिफारिसमा एकजना महिला पनि यहाँको अस्पतालमा शल्यकृयाका लागी पुगेका छैनन् ।
आङग खस्ने समस्याबाट पीडित महिलाको पहिचान गरेर शल्यकृया गर्ने केन्द्र नारायणी उपक्षेत्रिय अस्पताललाई तोकिए पनि गत आबमा यो अस्पतालमा आङग खस्ने समस्याबाट पीडित जम्मा १५ जना महिलाले मात्र शल्यकृया गराएका छन् । जनस्वास्थ्य कार्यालयले शिविरमा फेला परेका आङग खस्ने समस्याबाट पीडित महिलाको निःशुल्क शल्यकृयाका लागी प्रेषण पूर्जासहित अस्पतालमा बिरामी पठाउनुपर्ने भएपनि शल्यकृया गरिएका १५ वटै महिला व्यक्तिगतरुपमा उपचारका लागी अस्पताल पुगेका हुन् ।
शल्यकृया सुविधा प्रदान गर्ने संस्थाले नै रोगीको पहिचान गर्ने शिविर सञ्चालन गरे यो अझै प्रभावकारी हुने हेल्पिङ ह्याण्ड्सका अध्यक्ष जयमोद ठाकुरको धारणा छ ।
जनचेतनाको अभाव
पाठेघरको संक्रमण सम्बन्धी सचेतना फैलाउन जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएको अभियान प्रभावहीन देखिएको छ । जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन र कार्यान्वयन ज्यादै फितलो भएकाले यो प्रभावहीन हुन गएको हो ।
पर्सा र बारामा महिलामा शिक्षा र जनचेतनाको अभावका कारण सीमावर्ती भारतीय बजारमा चिकित्साको नाममा ठगी गर्नेहरुको धन्दा चम्किएको छ । यी दुबै जिल्लाको बहुसंख्यक महिला निरक्षर छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार महिला साक्षरता पर्सामा ४३।८९ प्रतिशत र बारामा ४०।६७ प्रतिशत मात्र छ ।
महिला अधिकारका क्षेत्रमा प्रशिक्षण दिंदै आएकी उपप्राध्यापक सुष्मा तिवारी भन्छिन्, ग्रामीण क्षेत्रमा विशेष गरी दलित समुदायका महिलालाई सदरमुकाममा प्रसुती गृह छ भन्ने जानकारी समेत हुँदैन । सर्वेक्षणका क्रममा पाठेघर शल्यकृया गराइ सकेको अवस्थामा भेटिएका पर्साको मसियानीका १७१ मध्ये ३७ मुश्लिम, ११ दलित र बाँकी पिछडा वर्गका महिला छन् । त्यस्तै अमरपट्टीका १३४ महिलामध्ये ८ मुश्लिम, १६ दलित र बाँकी पिछडा वर्गका महिला छन् ।
ग्रामीण भेगका महिलामा प्रजनन् अंगको सरसफाई र प्रजनन् स्वास्थ्यबारे कमजोर बुझाईका कारण पाठेघरको संक्रमण बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम संयोजक अमलेश्वर मिश्रा बताउँछन् ।
दलालको सञ्जाल
नक्कली चिकित्सकले गाउँ गाउँमा आफ्ना दलाल परिचालन गरेर महिलालाई पाठेघरको शल्यकृया गर्न मानसिकरुपमा तयार पार्ने गरेका छन् । गाउँगाउँमा सकृय दलालले अशिक्षित र पिछडिएका समुदायको महिलामाझ भ्रम फैलाउने गरेको सर्वेक्षणका क्रममा भेटिएको हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुरले बताए ।
पाठेघरको क्यान्सरबाट जोगिनका लागी भन्दै शल्यकृया रोज्ने महिलामा अधिकांश दलित, मुश्लिम र पिछडा वर्गका महिला छन् । शैक्षिक अवस्था र जनचेतनाको स्तर ज्यादै कमजोर भएकाले यो वर्गमा दलालहरुले सहजै भ्रम पैदा गरिदिन्छन् ।
ग्रामीण क्षेत्रका गृहणीहरुको भलाकुसारीका क्रममा अचेल पाठेघर९स्थानीय बोलीचालीमा बच्चादानी०को शल्यकृया चर्चा नियमितरुपमा चल्न थालेको छ । उपप्राध्यापक सुष्मा तिवारी दुई वर्ष अघि ग्रामीण महिला समूहका सदस्यहरुलाई महिला हिंसाविरुद्ध जनचेतनामूलक प्रशिक्षण दिने अभियान लिएर गाउँ गाउँ पुग्ने क्रममा क्रममा आफूले पाठेघर शल्यकृया गराइसकेका थुप्रै महिलाहरु भेटेको अनुभव सुनाईन् ।
जनस्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम संयोजक अमलेश्वर मिश्रा भन्छन्,अरु केही नभएपनि गर्भ बोक्नुपर्ने बाध्यताबाट मुक्ति पाउन शल्यकृयाको बाटो रोज्ने पिछडिएका वर्गका महिला जोखिममा पर्ने गरेका छन् ।
जोखिमपूर्ण शल्यकृया
पाठेघरको शल्यकृयाका लागी नक्कली चिकित्सकले बिरामीसँग उपचार खर्चवापत प्याकेजमै नौ हजार भारतीय रुपैयाँ असुल्ने गरेका छन् । नौ दिन लगाएर गरिने उपचारका क्रममा सामान्य स्वास्थ्य परिक्षणपछि शल्यकृया गरेर आठ दिनसम्म लगातार औषधी उपचार र सुई लगाएपछि नवौं दिनमा बिरामीलाई घर पठाइने गरेको छ । बिरामीको स्वास्थ्य प्रगतीबारे जाँच्न पुनः आठौं दिनमा परिक्षणका लागी बोलाइने गरेको छ ।
२० देखि ४५ वर्ष उमेर समूहका महिलाहरु पाठेघर निकाल्न लगाएर घर फर्किने गरेका छन् । जोखिमपूर्ण शल्यकृया गरिने त्यहाँका अस्पतालमा शल्यकृयाका लागी न्यूनत्तम पूर्वाधारहरु समेत छैनन् । आवासीय प्रयोजनका लागी बनाइएका साँघुरा कोठामा जथाभावी बिरामी राखिने गरेको छ ।
औषधी उपचार गर्दा पनि निको नभए चालीस वर्षको उमेरपछि मात्र पाठेघर झिकिनु उपयुक्त मानिएपनि २० वर्ष उमेर नपुग्दै डिम्बाशय सहित पाठेघर झिकिंदा महिलाको शरीरमा विशेष प्रकारको हार्मोनको उत्पादन ठप्प भएर स्वास्थ्यमा नकारात्मक समस्या देखिने गरेको छ । कुनै योग्यता बिनाका झोले चिकित्सकले उपचार गर्दा डिम्बाशय पनि झिकिदिने गरेका छन् ।
डिम्बाशयलाई छुट्याएर पाठेघर मात्र झिक्दा हार्मोनको नियमित उत्पादन भएर शरीरलाई आवश्यक पर्ने तत्व प्रवाह हुन्छ । असुरक्षितरुपमा गरिने पाठेघरको शल्यकृयापछि महिलामा पिसाब चुहिने ९भेसाइको भेजाइनल फिस्टुला, भिभिएफ०, शरीरमा हार्मोनको कमीले विभिन्न किसिमको मानसिक रोगहरु, चिटचिट पसिना आउने, मुटु तीब्र गतिले ढुकढुक हुने, पानी खस्ने समस्या भइरहने हुन्छ ।
पाठेघरसँगै डिम्बाशय झिक्दा शरीरमा हार्मोनको उत्पादन ठप्प भएर मुटुको ढुकढुकी हुने, चिटचिट हुने, गर्मी बढी हुने, रिस उठ्ने समस्या देखिने गरेको प्रसुती रोग विशेषज्ञ डा। विमला महर्जनको भनाई छ ।
भारतीय पनि शिकार
सीमावर्ती भारतीय शहरका झोले चिकित्सकको ठगी धन्दाको शिकार नेपाली ग्रामीण महिला मात्र नभएर भारतीय महिलाहरु पनि भइरहेका छन् । गरिबि, अशिक्षा र पिछडापनको शिकार बिहारको गाउँ गाउँका महिलाहरु नक्कली चिकित्कसको फन्दामा पर्ने गरेका छन् ।
नक्कली चिकित्सकको बढ्दो प्रभावका कारण नेपालका योग्य चिकित्सक समेत अप्ठेरो महशुस गर्न थालेका छन् । नारायणी उपक्षेत्रिय अस्पतालका प्रसुती रोग विशेषज्ञ चिकित्सकहरु महिनावारी र तल्लो पेट९पाठेघर० दुख्ने समस्यामा औषधी सेवनका लागी सुझाव दिंदा बिरामी रिसाउने गरेको अनुभव सुनाउँछन् । प्रसुती रोग विशेषज्ञ डा। विमला महर्जन् भन्छिन्, छरछिमेक, दलाल र झोले चिकित्सकले महिलाहरुको मनस्थिति यत्ति परिवर्तन् गरिसकेका हुन्छन् की हामीले सही सुझाव दिंदा उनीहरु शंका गर्छन् ।
महिनावारी हुनु अघि नै सेतो पानी बग्नु र महिनावारीका समयमा तल्लो पेट दुख्नु सामान्य भएपनि बिरामीले शल्यकृया गरेर पाठेघर झिक्न दबाब दिने गरेका छन् । प्रसुती रोग विशेषज्ञ डा। मन्जु थापाले पनि आफ्नो क्लिनिकमा आउने गरेका महिलाबाट यस्तै दबाब आउने गरेको अनुभव सुनाईन् ।
विज्ञापनको प्रभाव
सीमापारी बजारमा क्लिनिक सञ्चालन गरेर बसेका अयोग्य र झोले चिकित्सकको आकर्षक र मस्तिष्कमा गहिरो छाप छोड्ने विज्ञापन पनि अशिक्षित महिलाहरुमाझ भ्रम फैलाउने जिम्मेवार कारक बनेका छन् । यहाँका रेडियोले सामाजिक उत्तरदायीत्वलाई पन्छयाउँदै थोरै पैसाका लागी जस्तो सुकै भ्रामक सन्देश बोकेको विज्ञापन पनि प्राथमिकताका साथ बजाउने गरेका छन् ।
रेडियोबाट प्रशारित विज्ञापनले जनस्वास्थ्यमा पर्ने प्रभावबारे प्रत्येक रेडियोका सञ्चालकलाई हामीले लिखितरुपमै सचेत गरायौंं, सूचनाको अधिकार सम्बन्धी अभियानका लागी समेत काम गरिरहेको गैर सरकारी संस्था हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुर भन्छन्,उनीहरुले गल्ती नदोहो¥याउने भन्दै सामूहिक प्रतिबद्धता जनाएपनि व्यवहारमा कार्यान्वयन भएको छैन ।
बचाऊको उपाय
पाठेघरमा हुने संक्रमणबाट जोगिनका लागी यौनाङगको नियमित सरसफाई र पौष्टीक आहारको खानपिन नै उपयुक्त उपाय हो । सम्बद्ध विशेषज्ञका अनुसार अधिकांश महिलामा सरसफाई सम्बन्धी सचेतनाको अभावमा पाठेघरमा संक्रमण हुने गरेको छ । श्रीमान् श्रीमतीबीच यौन सम्पर्क गर्नु पूर्व र गरी सकेपछि दुबैले गुप्ताङगको राम्ररी सफाई गरे धेरै हदसम्म संक्रमण नियन्त्रण गर्न सकिने प्रसुती रोग विशेषज्ञको सुझाव छ ।
प्रत्येक गाविसमा पाठेघरको रोग परिक्षण र उपचार सेवा उपलब्ध गराउनु पनि आवश्यक भएको स्वास्थ्यकर्मी बताउँछन् । आमा सुरक्षा र प्रजनन् स्वास्थ्यका लागी राज्यले गरिरहेको लगानीको सदुपयोगबारे अनुगमनसँगसँगै प्रजनन् अंगको स्वास्थ्यबारे महिलाहरुमा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनु जरुरी रहेको हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुर बताउँछन् । २०७०
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.