Saturday, August 11, 2012

बचत अभियन्ता मोमिला


रवि दाहाल-
वीरगन्ज । मुश्लिम परिवारकी बुहारी भएर पनि उनी पिछडिएको समुदायको नेतृत्व गर्दै समाज सेवामा अग्रसर छिन् । जीवनको बाँकी पल पनि समाज सेवामै बिताउने लक्ष्य छ, उनको ।
गाउँमा कुनै गरिबलाई ऋण चाहिए, टोलबस्तीमा ढल, शौचालय वा चापाकल बनाउनु परे सबैले मोमिलालाई नै गुहार्छन् ।
एकता महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मोमिला सहकारीमार्फत् गरिब समुदायको सशक्तिकरणमा मात्र नभएर राज्यले स्वास्थ्य, सरसफाई, खानेपानी र शिक्षा क्षेत्रमा प्रदान गरिरहेको आधारभूत सुविधामा समेत यो समुदायको पहुँच पुर्‍याउने अभियानको पनि अगुवाइ गरिरहेकी छिन् ।
सामान्य लेखपढ गर्न जानेकी मोमिला अध्यक्ष रहेको सहकारी संस्थाले झण्डै एक करोड रुपैयाँ बचत परिचालन गरिरहेको छ । तीन लाख रुपैयाँ पूँजीबाट शुरु भएको सहकारीलाई विगत पाँच वर्षेखि विवादरहित रुपमा निरन्तर उनले नेतृत्व सम्हाल्दै आएकी छिन् । टोल टोलमा गठन गरिएको महिला बचत समूहको आकार र बचत रकम तीनवर्षो अवधीमा वृद्धि भएपछि एकता महिला बचत समूहलाई नै २०६४ साल असोजमा सहकारीकरण गरिएको हो ।
कुनै समय फोहोर बस्ती भनेर चिनिने नगरभित्रकै भगवती टोल, धाँगड,मुसहर टोलबाट फोहोर हटेको छ । एकता सहकारी, उपमहानगरपालिका र शहरी सामुदायीक कोषको सहयोगमा टोलटोलमा शौचालय निर्माण गरिएको छ । स्वच्छ पिउने पानीका लागी एक सय घर धुरीमा चापाकल गाडिएको छ ।
१४ सय महिलासहित कूल २ हजार १ सय सदस्यमार्फत् ८० लाख रुपैयाँभन्दा बढी बचत संकलन एकता सहकारीले एक करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ । बचत समूहमार्फत् सहकारीमा आबद्ध सदस्यहरु अधिकांश विपन्न र पिछडिएको परिवारका हुन् । नेपाल पत्रकार महासंघ पर्सर्ाा पर्ूव सभापति शत्रुघ्न नेपाल भन्छन्,उनीहरुले बचत समूहमा आबद्ध भएपछि नियमित रकम बचत गर्ने र समूहको जमानीमा ऋण लिएर तरकारी, खाजा, पारचुन, रिक्सा, टाङगा, व्यापार व्यवसाय गर्दै जीवनस्तर उकास्ने अवसर पाउन थालेका छन् । शहरमा अझै थुप्रै गरिब र पिछडिएका समुदाय बाँकी छन्,पर्ूव सभापति नेपाल थप्छन्,बचत गर्ने बानीले आर्थिक कृयाकलाप बढाएकाले भविष्यमा अझै थुप्रै सम्भावना छ ।
  ४० वर्षी मोमिलाले सात वर्षघि कल्पना समेत गरेकी थिइनन्,उनी समाज सेवाको क्षेत्रमा यति अगाडीसम्म पाइला चाल्न सफल हुन्छिन् भनेर । चेलीबेटीका लागी घरबाहिर पाइला टेक्नु नै चुनौतीपर्ूण्ा हुने यहाँको पिछडिएको मुश्लिम समुदायबाट निस्किएकी ४० वषिर्या मोमिला खातुन अहिले गरिब र पिछडिएको समुदायको उत्थानका लागी सञ्चालित अभियानकी अगुवाका रुपमा स्थापित भएकी छिन् । परम्परागत धार्मिक शिक्षाबाहेक अन्य औपचारिक शिक्षाको अवसर पाइन्,विगत सम्भिmंदै मोमिला भन्छिन्, घरभित्रै बित्ने गरेको दिनचर्या सम्झंदा अहिले आपै+mलाई पत्यार लाग्दैन । 

शहरी गरिबका लागी आवास लुमन्ती) परियोजनाले महिला बचत समूहको संयोजक बनाइदिंदा लघु बचत समूहबाट विपन्न परिवारको आर्थिक उत्थान हुन्छ भन्ने पत्यार नलागेर शुरुमा आपै+mले समूह विघटन गरेकी उनले छिमेकका शिक्षित महिलाहरु बचत समूहमा अघि सरेको देखेपछि हौंसिएर पुनः सागर समूह कमा सदस्यको हैसियतमा आबद्ध भएकी थिइन् । बचत समूह गठन भएको तीन महिना नबित्दै प्रशिक्षणका लागी काठमाण्डौं पुर्‍याइएकी मोमिलाले सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाण्डौंसम्मको यात्राको बयान गरेपछि उनी आपै+mलाई पनि नेतृत्व गर्ने क्षमता छ भन्ने विश्वास पलायो ।
लुमन्तीका तत्कालीन कार्यक्रम संयोजक यज्ञराज कार्की मोमिलाबारे भन्छन्,मुश्लिम समुदायको भएर पनि समाजका लागी केही गर्छर्ुुन्ने आँटेर नेतृत्व सम्हाल्ने क्षमता भएकी महिला हुन् । 
  घरधन्दा सक्याएर बिहान ११ बजे कुम्हालटोलस्थित सहकारी कार्यालयमा पुग्ने मोमिलाको दिन सहकारीको गतिविधी निरिक्षण र अनुगमनमै बित्ने गरेको छ । श्रीमान् र ४ छोराका लागी घरमा पर्याप्त समय दिन नसकेकोमा मोमिलालाई थोरबहुत सकस हुने गरेको छ । 
सहकारीमा नयाँ बचत समूहको आबद्धता बढाउने,सदस्य समूहलाई बचतका लागी प्रेरित गर्ने र ऋणी सदस्यलाई उद्यम गरेर ऋण चुक्ता गर्न झक्झक्याउने काममा मोमिलाले सहकारीको टीमलाई नेतृत्व प्रदान गरिरहेकी छिन् ।
लुमन्ती परियोजनाको सहयोगमा बंगलादेश र बैंकक भ्रमणको अवसर समेत पाएकी मोमिला भन्छिन्,विदेश भ्रमणका क्रममा मैलै सहकारीका माध्यमबाटै गरिब समुदायको सशक्तिकरण सम्भव छ भन्ने जान्न पाएँ । समाज सेवाको यात्रालाई आजीवन निरन्तरता दिने प्रण गरेकी मोमिला गरिबको उत्थान गरेर गरिबी भगाउने, गरिबका बालबच्चालाई उज्जवल भविष्यको अवसर दिलाउने चाहना बोकेकी छिन् ।

2 comments:

  1. Ravi dai ! Thank you very much for your effort.

    ReplyDelete
    Replies
    1. No need to thank! Rather the credit goes to u and ur team, who have made the dream come true. Carry on!

      Delete

Please avoid abuse, we praise healthy comment and criticism.