रवि दाहाल
वीरगन्ज । भारत र श्रीलंकाबीच जारी कि्रकेट सिरिजमा सहभागी खेलाडीको खेलमा प्रदर्शन्वापतको आम्दानी निश्चित छ । तर कि्रकेट मैदान बाहिर बसेर सट्टा खेल्नेहरु जुवामा करोडौं रुपैयाँ कमाउँदै÷गुमाउँदै छन् । २२ जुलाईदेखि श्रीलंका भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीसँग पाँचवटा एक दिवशीय र एउटा टुवान्टी टुवान्टी कि्रकेट प्रतियोगितामा सहभागीता जनाउँदैछ ।
सट्टाको अवैध धन्दामा संलग्न गिरोह र जुवाडीहरु वर्षैभरि कुनै न कुनै ठूलो अन्तर्राष्ट्रिय कि्रकेट प्रतियोगिता भइरहोस् भन्ने कामना गर्छन् । खेल जारी रहँदा मात्र सट्टा चल्ने भएकाले उनीहरुले यस्तो कामना गरेका हुन् ।
दक्षिण एशियाली मुलुकमा कि्रकेट खेल प्रतिको रुची आम दर्शकमाझ चर्को भएपनि यो सँगसँगै जोडिएको जुवाको नशाले कि्रकेट हेर्ने वा कि्रकेटको कुनै पनि ठूला खेलको एक एक पलको जानकारी लिनेको ठूलो जमात खडा भएको छ । सट्टाको नशा फैंलिदैं जाँदा यसले सडकदेखि महलसम्मका लाई छोपेको छ ।
इण्डियन पि्रमियर लिगआइपीएलका दौरान सट्टाको ठूलो कारोबार हुने गरेको छ । भारतमा कि्रकेट खेलमा भइरहेको सट्टाबाजी प्रति चिन्ता व्यक्त गर्दै २० मार्च २०१२ मा अन्तर्राष्ट्रिय कि्रकेट परिषद्का पूर्व अध्यक्ष एहसान मनीले दिल्लीबाट प्रकाशित अखबारलाई दिएको अन्तरवार्तामा भनेका छन्सट्टा कारोबारलाई नियमन गर्नुपर्छ भन्ने पक्षमा म छुयस्ले सट्टेबाजहरुको धन्दालाई अनुगमन र नियन्त्रण गर्न सघाउँछ ।
थोरै परिश्रममा आम्दानी हुने भएकाले यसप्रतिको आकर्षण ठूलो छमनोरन्जनका लागी कहिलेकाहीं आफूले पनि सट्टा खेल्ने गरेको बताउने आदर्शनगरका एक व्यापारी भन्छन् जत्ति बढी जोखिम उत्ति बढी नाफा ।
यो वा त्यो कि्रकेट टोलीले जित्छ वा हार्छ भन्नेमा मात्र होइन कि्रकेट मैदानमा उत्रिएको कुनै बलरले फ्याँक्ने हरेक बल होस् वा ब्याट्सम्यानले थप्ने प्रत्येक रनमा सट्टा लागेको हुन्छ । कि्रकेटको सट्टामा कुनै टोली वा खेलाडीको पक्ष विपक्षमा लगानी घटबढ हुँदै जाँदा यसको सट्टा दर पनि घटबढ हुने गरेको छ ।यस्तो घटबढबारे जुवाडेलाई मध्यस्थकर्ताले टेलिफोन वा एसएमएसमार्पुत् जानकारी गराउँछन् ।
एउटा खेलमा वीरगन्जबाट २० देखि २५ लाख रुपैयाँसम्म सट्टामा लगानी हुने गरेको यस्का जानकार बताउँछन् । बारा सदरमुकाम कलैया जस्तो सानो शहरमा मात्रै एउटा खेलमा पाँचदेखि दश लाख रुपैयाँसम्मको लगानी हुने गरेको अनुमान गर्छन्काँग्रेसका स्थानीय यूवा नेता लोकेश िसंह ।
सट्टाको खेलमा हुने हारजितको रकम खेल सकिएकै दिन वा भोली पल्ट नगदमा भुक्तानी हुन्छ । भारुको अभाव झेली रहेको यहाँको अवैध व्यापारका कारण पनि सट्टाको माग बढाएको छ । सट्टामा लगानी गर्नेले जुवा हारेको अवस्थामा भारुमै भुक्तानी दिनुपर्छ । जिते भारुमै भुक्तानी पाउँछन् । पाँचसय र एकहजार दरका भारु नोट नेपालभित्र बोक्न वा कारोबार गर्न प्रतिबन्ध लगाइएकाले हुण्डी कारोबारमार्पुत् नै रकम भुक्तानी लिने दिने काम भइरहेको स्थानीय व्यापारीको भनाई छ ।
कसरी काम गर्छ सट्टा साजालले
यहाँका ठूला व्यापारी वा हुण्डी कारोबारका लागी चिनिएकाहरुको मध्यस्थतामा सट्टा बजार साचालन भइरहेको छ । जुवामा गरिएको लगानीको रकम डुब्दैन भन्ने विश्वास दिलाउने मध्यस्थकर्तासँग जुवा खेल्नेहरु ठूलो संख्यामा सम्पर्कमा रहने गरेका छन् । स्थानीय मध्यस्थकर्ताले भारतको दिल्लीमा सट्टाबाजीको धन्दा साचालन गर्ने गिरोहसँग संकेत नम्बर वा आपुनो मोबाइल नम्बरमार्पुत् कारोबारका लागी स्वीकृती लिनुपर्छ । यस्तो स्वीकृतीका लागी कारोबारको आकारका आधारमा धरौटीवापत सातदेखि दश लाख भारु जम्मा गर्नुपर्ने व्यवस्था रहेको सट्टा कारोबार साचालनको अनुभव भएका एक व्यापारीले बताए । यहाँका मध्यस्थकर्ताले आपुनो क्लाइन्टको ग्राहकको तर्पुबाट बोल लगाउनका लागी भारतको राजधानी नयाँ दिल्लीस्थित सट्टेबाज समूहको कार्यालयमा मोबाइल फोनमार्पुत् सम्पर्क स्थापित गर्छन् । अन्तर्राष्ट्रियरुपमा दुबई र िसंगापुरबाट सट्टा कारोबार साचालन हुने गरेको श्रोतको भनाई छ ।
मध्यस्थकर्ताको भूमीका निर्वाह गर्नेका लागी यो साजालमा जोडिनका लागी धरौटी रकमको जोहो गर्नुबाहेक अन्य कुनै ठूलो समस्या छैननेपाल कि्रकेट संघका एक पदाधिकारीले भनेबोल लगाउने हारे पनि जीते पनि मध्यस्थकर्ताले कमीशन पाउँछ । सट्टा खेलाउने मध्यस्थकर्ताले कूल जुवा रकमको बीस प्रतिशत कमीशनवापत पाउने गरेका छन् ।
स्थानीय मध्यस्थकर्ताले आपुनो सम्पर्कमा रहने विश्वस्त जुवाडेक्लाइन्टलाई प्रत्येक दिनको खेलमा प्रयोग हुने मोबाइल नम्बर एसएमएसमार्पुत् जानकारी गराउँछन् । क्लाइन्टले पल पलमा मोबाइल सम्पर्कबाटै बाजीमा बोल लगाउँछन् । बाजी हारेको अवस्थामा ढाटेर रकम नदिने सम्भावना हटाउनका लागी मध्यस्थकर्ताले स्वचालितरुपमा आवाज रेकर्ड हुने प्रविधीको मोबाइल प्रयोगमा ल्याउने गरेका छन् । यस्तो मोबाइल फोनमा सम्पर्क गरेलगत्तै फोनमा भएको कुराकानी रेकर्ड हुने गरेको छ । टेलिभिजनको पर्दा अगाडी बसेर कि्रकेट हेर्दै गरेको मध्यस्थतकर्ताले क्लाइन्टको संकेत उल्लेख गर्दै क्लाइन्टले बोल लगाएको समय र रकम कागजको टुक्रामा उल्लेख गदैै्र एउटा बाकसमा जम्मा गर्छन् । खेलको समापनपछि कागजको टुक्रामा उल्लेख गरिएको रकमका आधारमा हार÷जितवापतको रकम बाँडफाँड हुने श्रोतले बतायो ।
के हो सट्टा
कि्रकेट मैदानमा खेलका लागी उत्रिएको दुई टोली मध्ये कमजोर टोली वा खेलाडीमा लगानी गर्ने व्यक्ति÷समूहले बढी जोखिम बहन गरेवापत बढी कमाउँछ । बलियो टोलीमा लगानी गर्ने व्यक्ति÷समूहले कमजोर टोलीमा लगानी गर्ने भन्दा थोरी कमाउँछ ।
उदाहरणका लागी मैदानमा उत्रिएको टोली कबलियो टोली र टोली ख मध्ये सबैले बलियो टोलीका रुपमा रहेको क मा लगानी गर्न रुचाउँछन् । यो अवस्थामा कमजोर टोली ख ले खेल जित्छ भन्ने पक्षमा लगानी गर्ने व्यक्तिले जुवामा लगाएको रकमबाट क मा लगानी गर्ने व्यक्तिभन्दा बढी कमाइ गर्छ । क र ख मा लगानी गर्नेहरुबीच माग र आपूर्तीका आधारमा ूसट्टा माफियाूले ूटोली कू मा रु। १००ः२५ र ूटोली खू मा रु १००ः४०० रुपैयाँको अनुपात निर्धारण गर्छ । अनुपात निर्धारण गरि सकेपछि खेलमा टोली ूखू को जित भए यसको पक्षमा लगानी गर्नेले आफूले लगानी गरेको एक सय रुपैयाँका बाहेक थप चार सय रुपैयाँ कमाउँछ । ख को साटो टोली क ले जितेमा यस्को पक्षमा लगानी गर्नेले एक सय रुपैयाँबाहेक थप २५ रुपैयाँ मात्र आर्जन गर्छ । दुबै अवस्थामा हार्नेले आफूले जुवामा लगानी गरेवापतको रकम गुमाउँछ ।
अझै प्रहरीको पकड बाहिरः
नियमितरुपमा सट्टाको खेल भइ रहेपनि प्रहरीले यसको भेउ पाउन सकेको छैन । कुनै ठूलो प्रतियोगिता शुरु हुनु पूर्व सन्ध्यामै सट्टाबाजहरु सकृय हुन थालेको खबर प्रहरीले पाएपनि उनीहरुको पहिचान गर्न सकेको छैन । कि्रकेटको सट्टा ठूलै धन्दा चलेको सुनिन्छपसा्रका प्रहरी उपरिक्षक पिताम्बर अधिकारी भन्छन्तर यसबारे ठोस सूचना पाउन सकेका छैनौ । सट्टा कारोबारी पत्ता लगाउन अपराध नियन्त्रण टोलीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय पसा्रले जानकारी दिएको छ ।पछिल्लो पटक २४ जेठमा नेपाल प्रहरीले विराटगर उपमहानगरपालिका वडा नम्बर ८ बाट अंशु जैन कविता जैन र जेपी नारायणलाई सट्टा खेलाउँदै गरेकोमा अवस्थामा पक्राउ गरेको थियो । इण्डियन पि्रमियर लिगआइपीएल खेलमा सट्टा साचालन गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट बरामद कागजपत्रमा १८ लाख रुपैयाँको जुवा कारोबारबारे उल्लेख थियो । नेपालमा जुवा मानिने सट्टाफट्का खेल नियन्त्रणका लागी कुनै बेग्लै कानून नभए पनि प्रहरीले यस्ता कारोबारमा संलग्न व्यक्तिविरुद्ध ठगी मुद्दा चलाउने गरेको छ ।
१५ साउन २०६९ मा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको अर्थ विशेषांकमा प्रकाशित
<br>
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.