Thursday, August 30, 2012

सहकारीको सकस

रवि दाहाल
वीरगन्ज ।गरिब विपन्न वर्ग र समुदायका सदस्यहरुको आर्थिकको उत्थानका लागी गठन गरिएका सहकारी संस्थालाई यसका साचालकले ठगीको माध्यम बनाएका छन् । वित्तिय कारोबारबारे सामान्य ज्ञान समेत नहुँदा बचत तथा ऋण सहकारी संस्थाबाट सेवा लिइरहेका उपभोक्ता ठगिएका छन् ।
आपुना सदस्य तथा उपभोक्तामाझ प्रवाहित गर्ने ऋणमा सहकारी संस्थाहरुले मनपरी गर्दै जथाभावी ब्याज र सेवा शुल्क असुलेर उपभोक्ताको ढाड भाँच्ने काम गरेका छन् । उपभोक्तालाई ऋण प्रवाहमा वार्षिक २२ प्रतिशत ब्याज दर भन्दै ऋण प्रवाह गरिएपनि दुई प्रतिशत सेवा शुल्क र अन्य खर्च समेत जोडेर सहकारीले असुल्ने भएकाले उपभोक्ताले वास्तविकरुपमा वार्षिक ३२ प्रतिशत भन्दा चर्को ब्याजदर तिर्नु परिरहेको हुन्छ ।
सहकारीका सदस्यले सहकारी संस्थामा जम्मा गरेको निक्षेपको सुरक्षणका आधारमा आफूलाई आवश्यक परेका बेला ऋण िलंदा उस्ले ऋण चुक्ता नगरेसम्म आपुनो निक्षेपबाट ब्याज पाउँदैन र निक्षेपभन्दा तीनदेखि पाँच प्रतिशत बढी दरमा ऋणको ब्याज तिर्नु परिरहेको हुन्छ ।
सहकारी कार्यविधी २०६८ ले सहकारी संस्थाले प्रवाह गर्ने ऋण कर्जामा घट्दो दरमा ब्याज असुल्न पाउने प्रावधान तोकेको भएपनि बारा पसा्रका अधिकांश सहकारी संस्थाले समान दरमा ब्याज असुली रहेका छन् । एक वर्षका लागी एक लाख रुपैयाँ ऋण लिएका उपभोक्तासँग सहकारी संस्थाले वर्षभरिको साँवा र ब्याज रकम जोडेर मासिक किस्ता तोक्ने गरेका छनन् । उपभोक्ताले साँवा चुक्ता गर्दै जाँदा चुक्ता गर्न बाँकी रहेको मूलधनमा मात्र ब्याज असुल्न पाउने प्रावधान सहकारी नियमावली र कार्यविधीले तोकेको छ ।
अधिकांश सर्वसाधारणमा वित्तिय साक्षरता नभएकाले सहकारीले वर्षको अन्त्यमा ब्याजसहित  निक्षेप रकम फिर्ता िलंदा पनि उनीहरु ठगिने गरेका छन् । खाता खोल्ने समयमा दैनिक बचत रकमका आधारमा दश प्रतिशतका दरले ब्याज दिने प्रतिबद्धता व्यक्त गरेपनि वर्षको अन्त्यमा निक्षेप रकमको ब्याज गणनापछि दुई भाग लगाएर एक भाग मात्र भुक्तानी दिने गरेका छन् ।
सुखदुःखको साथी भनिने गरेको बचत तथा ऋण सहकारी संस्थाबाट आफू दुई दुई पटक ठगिएपछि बाध्य भएर वित्तिय संस्थासँग ऋण कारोबार गर्नु परेको साना व्यवसायी धर्मनाथ सर्राफ बताउँछन् ।मलाई वार्षिक २२ प्रतिशतका दरले एउटा सहकारीले ऋण दिएको थियो उनी भन्छन्ऋण चुक्ता गरिसकेपछि ब्याज र सावाँ जोड्दा झण्डै दोब्बर ब्याज असुलेको फेला पर् योमैले ब्याजवापत असुली गरिएको अतिरिक्त रकम फिर्ता गर्न आग्रह गर्दा पनि सहजरुपमा मानेनन् । व्यापारी सर्राफले सहकारीका व्यवस्थापकलाई आफूसँग असुलि गरिएको अतिरिक्त ब्याजको रकम फिर्ता नदिए पत्रकार सम्मेलन गर्ने चेतावनी दिएपछि मात्रै रकम फिर्ता पाएका थिएनन् ।  
कर्जा प्रवाहको समयमा सहकारी सदस्यले लिएको मूलधनकै आधारमा ब्याज असुल्नु सरासर ठगी होडिभिजन सहकारी कार्यालय वीरगन्जका निमित्त प्रमुख दुर्गाप्रसाद जयसवाल भन्छन्सहकारी कार्यविधी र सहकारी विभागको परिपत्रले पनि यसमा स्पष्टरुपमा अंकुश लगाएको छ  बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले उपभोक्तालाई ठगी गरेपनि विषयमा अहिलेसम्म सहकारी कार्यालयमा कसैले उजुरी नगरेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।उजुरी परे तत्कालै छानबिन गरेर सम्बन्धित सहकारीका साचालक र व्यवस्थापकविरुद्ध कारवाही गर्ने छौं डिभिजन सहकारीका निमित्त प्रमुख जयसवालले भन्छन् । 
पसा्र जिल्लामा दर्ता रहेका ५५३ मध्ये २५३ सहकारीले बचत तथा ऋण परिचालनको कारोबार गर्दै आएका छन् । यहाँका सहकारी संस्थाहरुले सर्वसाधारणले बचत गरेको ९७ करोड ४८ लाख रुपैयाँ निक्षेप खेलाइ रहेका छन् । स्थानीय सहकारीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कूल ९७ करोड ९५ लाख रुपैयाँ ऋण परिचालन गरेको डिभिजन सहकारीले जनाएको छ । 
सहकारी ऐन नियम र कार्यविधी पालना नगरेका ३९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । खारेज गरिएकामध्ये अधिकांशले समयमै लेखा परिक्षण प्रतिवेदन नबुझाएको वा दुई वर्षसम्म पनि वार्षिक साधारण सभा नगरेको सहकारी संस्था रहेका छन् ।
शेयर सदस्यहरुको बचत रकम अपचलन गरेको आरोपमा वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थित राधेमाई बचत तथा ऋण सहकारी संस्थाका साचालकविरुद्ध डिभिजन सहकारी कार्यालयले ठगीको आरोपमा मुद्दा चलाएको छ ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण पौडेल सहकारीताको भावना नै नबुझी सहकारी अभियानमा संलग्न हुनेहरुको भीड बढेकाले विकृती भित्रिएको बताउँछन् । सहकारीमा आबद्ध हुने अगुवाहरु व्यक्तिगत लाभ लिने उद्देश्य बोकेका हुन्छन्बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएको विकृतीबारे पौडेल भन्छन्साधारण सदस्यहरुलाई आपुनो अधिकार र सहकारी साचालनको विधीबारे सामान्य जानकारी समेत हुँदैन । 
घाँटी रेट्ने प्रतिस्पर्धाका कारण सहकारी संस्थाहरुलाई ब्याज दरको अन्तरबाट हुने आम्दानीबाट साचालन खर्च समेत जोहो गर्न हम्मेहम्मे हुन थालेको छ । शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको साचालक समितीका अध्यक्ष कमलकुमार उपाध्याय भन्छन्शहरी क्षेत्रका सहकारी संस्थालाई ब्याज आम्दानीले मात्र खर्च पुग्दैनत्यसैले ब्याज बाहेक अन्य शुल्क समेत असुलेर आम्दानी गरिरहेका हुन्छन् । ऋण र बचतको ब्याज दरमा कम्तीमा ६ प्रतिशत अन्तर कायम गर्न सहकारी विभागले सहकारी संस्थाहरुलाई निर्देशन जारी गरेको भएपनि बचतको ब्याज दरभन्दा ऋणको वास्तविक ब्याजदर १२ प्रतिशतभन्दा बढी हुने गरेको छ ।
सहकारीमा बचत गर्ने सदस्यको प्रकृती
बचत तथा ऋण सहकारी संस्थामा आबद्ध हुने विशेष गरी दुई थरी सदस्य भेटिने गरेका छन् । यीमध्ये एक खाले सदस्यहरु दुईचार महिना दैनिक बचत नगर्दै सहकारीबाट ऋण लिएर व्यापार व्यवसायमा लगानी गर्न वा खर्च टार्ने उद्देश्य बोकेका हुन्छन् । अर्का थरी सदस्यहरु एक वर्षका लागी बचत खाता खोले पनि तीन चार महिनामै बचत रकम झिकेर खाता बन्द गर्ने प्रवृत्तिका हुन्छन् । एक वर्षका लागी भनेर खोलिएको बचत खाता समयावधी नपुग्दै बन्द गराएमा त्यस्ता बचतकर्ताले सहकारी संस्थाबाट बचत अवधीभरको ब्याज त पाउँदैनन्बरु सेवा शुल्कवापत बचत रकमको पाँच प्रतिशत उल्टै सहकारी संस्थालाई नै तिर्नुपर्ने बाध्यता छ । 

खुकुलो नियमन
सहकारी विभागले सहकारी संस्थाहरुको दर्तामा लगाएको प्रतिबन्ध फुकुवा गरिदिएपछि शहरी क्षेत्रका टोलटोलमा बचत तथा ऋण सम्बन्धी सेवा प्रदान गर्ने सहकारी संस्था खुलेका छन् । ग्रामीण क्षेत्रमा पनि एउटै गाविसमा पाँचवटा भन्दा बढीको संख्यामा सहकारी साचालनमा रहेका छन् ।
सहकारी संस्थाहरु दिनदिनै थिपंदै गएपनि यसको नियमन र अनुगमन गर्ने निकाय ज्यादै कमजोर छ । ५५३ सहकारी कार्यालयको अनुगमन र नियमन गर्ने जिम्मेवारी बोकेको डिभिजन सहकारी कार्यालय झण्डै एक दशकदेखि निमित्त प्रमुखको भरमा साचालन भइरहेको छ ।पर्याप्त जनशक्ति नहुँदा सबै सहकारीको नियमित अनुगमन गर्न सकेका छैनौंनिमित्त प्रमुख जयसवाल भन्छन्अनुगमनको अभावमा एउटै सहकारी पनि डुब्यो भने आम नागरिकको मिहीनेत पसिनाको लाखौं रुपैयाँ डुब्न सक्छ ।
सुधारको विकल्प 
सहकारी ऐन र नियमावलीले सहकारी साचालनको सम्पूर्ण अधिकार साचालक समितीका पदाधिकारीमाथि सुम्पिएकाले साचालक समितीलाई जिम्मेवार बनाउनु जरुरी रहेको सहकारी अभियन्ताहरुको सुझाव छ । बारा पसा्र र रौतहट जिल्लामा सहकारी अभियानको अगुवाई गरिरहनुभएका बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष कृष्ण पौडेल भन्छन्साचालक समितीलाई निगरानीमा राख्न सके धेरै हदसम्म विकृती नियन्त्रण हुनसक्छ । साचालक समितीका सदस्यहरुबाट सहकारी संस्थाको वार्षिक कार्ययोजना बराबरको सम्पत्ति धरौटी राख्ने व्यवस्था ल्याइए आर्थिक अनियमितता हुने वा साचालक समितीका सदस्यले सर्वसाधारणको लगानी र बचत रकमको दुरुपयोगको सम्भावना न्यून हुने सहकारी साचालक कमलकुमार उपाध्यायको भनाई छ ।
सहकारी संस्थाको नियमन गर्ने जिम्मेवारी पाएको डिभिजन सहकारी कार्यालयहरुमा पर्याप्त जनशक्तिको व्यवस्था गरेर सहकारीको विकृती नियन्त्रण गर्नु आवश्यक भइसकेको छ । सरकारले अर्थतन्त्रको तेश्रो आधारस्तम्भका रुपमा सहकारी क्षेत्रलाई स्वीकारेकाले पनि विकृती बढ्दै गएर भविष्यमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न पनि पर्याप्त जनशक्तिको व्यवस्थापन र प्रभावकारी कानून ल्याउनुपर्नेमा जोड दिइएको छ।<br> 
सचेतनाको खाँचो 
सहकारी संस्थामा आबद्ध हुने प्रत्येक सदस्यलाई सहकारीको भावना यसको कार्यविधी शेयरधनीहरुको अधिकार र दायीत्वबारे नियमित सचेतनाका लागी सरकारले व्यवस्था गर्नुपर्ने आवश्यक्ता महशुस गरिएको छ। अधिकांश साधारण शेयरधनीलाई ब्याज गणना समेत गर्न आउँदैनसहकारी संघका अध्यक्ष पौडेल भन्छन्यो अवस्थामा अगुवाले ठगी गर्ने पर्याप्त सम्भावना छ। साथै सहकारीमा आबद्ध हुने सर्वसाधारणलाई वित्तिय सचेतना दिलाउनु पनि जरुरी छ । यसो हुन सकेमात्र उनीहरु सहकारीका साचालकबाट आपुनै निक्षेपको जमानतमा ऋण लिनुपर्दा ठगिनुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।< 

No comments:

Post a Comment

Please avoid abuse, we praise healthy comment and criticism.