पसा्र जिल्लाका सिडिओ नक्कली नागरिकता छानबिनको बहानामा ब्ल्याकमेलिङ शैलीमा पैसा असुली रहेका छन् ।
रवि दाहाल
वीरगन्ज । नागरिकता प्राप्ती ऐन २०६३ का आधारमा वीरगन्ज उपमहानगरपालिका- १३ का स्थायी बासिन्दाको हैसियतमा भारतीय नागरिक अमरेन्द्र कलवारले ुप्रमाणहरु मिलाएरु नेपाली नागरिकताको प्रमाणपत्र लिए । त्यस बिरुद्ध उजुरी परेपछि अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालयले २७ माघ २०६७ मा कलवारको नाममा पहिलो पटक पक्राउ पूर्जी जारी गरेसंगै किर्ते पुष्टि गर्ने अनुसन्धानको फायल गायब बनायो । यसका लागि कलवारले मुद्दा तथा अख्तियार अनुसन्धान फाँटका प्रमुख ललितनारायण झ्ामार्पुत् तत्कालीन प्रजिअ नागेन्द्र झ्ा हाल भूमीसुधार व्यवस्था मन्त्रालयमा सहसचिव लाई रु।१० लाख चढाएको बताईन्छ ।
वीरगन्ज- १३ का अर्का एक व्यक्तिले कलवारको नेपाली नागरिकता फर्जी भएको प्रमाणहरुका साथ गत ३१ जेठमा अर्को उजुरी दर्ता गराएका छन् । प्रशासनले ४ असारमा अमरेन्द्रविरुद्ध दोश्रो पटक पक्राउ पूर्जी जारी गरेपनि उनी फेला नपरेको भन्दै जिल्ला प्रहरी कार्यालयले १ साउनमा प्रशासनलाई लिखित जानकारी गराएको छ। नयाँ उजुरीमा अनुसन्धान भइरहेको बताउँदै दुई महिना अघि आएका प्रशासकीय अधिकृत नरबहादुर खड्काले यसअघिको अनुसन्धानबारे आफू अनविज्ञ रहेपनि त्यो भएको रहेछ भने त्यसकै आधारमा कारबाही चलाउन सकिने जानकारी दिए ।
कलवार प्रकरणले पसा्र जिल्ला प्रसाशनभित्र हुने गरेको नेपाली नागरिकता बिकि्र बितरणको तीन वटा पाटो बहिर ल्याएको छ- प्रमाण मिलाएर नागरिकता दिने र नेपाली नागरिकताको लागि गैर-कानुनी बाटो समाउने एउटै व्यक्तिलाई कानुनको बल्छिले अड्काउँदै पटक-पटक असुल्ने । कलवार प्रकणले उजागर गरेको तेस्रो पाटो भनेको एउटा प्रजिअले ुमिलाएरु नागरिकता जारी गरिदिने र अर्को प्रजिअले ुअनुसन्धानुको नाममा पैसा असुल्ने । यस्ता व्यक्तिहरु कानुनी ब्ल्याकमेलिङमा परेपनि चुँसम्म गर्न सक्तैनन् । यो रिपोर्टिङको क्रममा सम्पर्क गर्न खोजिएका त्यस्ता व्यक्तिहरुमध्ये कोही पनि बोल्न चाहेनन् ।
कानुनको आडमा अपहरणसम्म
पसा्र जिल्ला प्रशासनमा मौलाएको ुशंकास्पद नागरिकुहरुलाई कानुनी कारबाहीको डर देखाएर पैसा असुल्ने यो धन्दाको केन्द्रमा छन् नासु ललितनारायण झ्ा । नासु झ्ा प्रजिअहरुका कति पि्रय छन् भने धनुषा दरवन्दी भएका उनलाई पहिलो पटक नागेन्द्र झ्ाले काज मिलाएर पसा्र ल्याएका थिए । नागेन्द्र झ्ा तीनै व्यक्ति हुन् जो वीरगाजबाट राजधानी सरुवा भएपछि काशी तिवारी हत्याका आरोपी तत्कालीन कानून तथा संसदीय व्यवस्था मन्त्री प्रभु साहका तर्फबाट तिवारी पत्नी बबितालाई रु।७ लाख घुस खुवाउने प्रयास गरेर चर्चित भएका थिए ।
नागेन्द्रको सरुवा पछि धनुषा फर्केका नासु झ्ा पसा्रमा तारानाथ गौतम प्रजिअ रहुाजेल उतै रहे । गौतम पछिका प्रजिअ कोइरालाले उनलाई पुनः वीरगंज ल्याएर अनुसन्धान अख्तियार दुरुपयोग र मुद्दा फाँटको इन्चार्ज बनाए । कार्यालयमा प्रजिअ र सहायक प्रजिअ बाहेक तीन जना प्रशासकीय अधिकृत भएपनि अख्तियार इकाइ र मुद्दा अनुसन्धान सम्बन्धी सबै जिम्मेवारी नासु झ्ाले पाएका छन् । नासु झ्ाप्रति प्रजिअ कोईरालाले देखाएको यो उदारताले बरिष्ट र इमान्दार कर्मचारीहरुको मनोवल गिरेको स्रोत बताउँछ । उनीहरुले नियमसंगत हुँदैन भनेको काम पनि नासु झ्ाले ुमिलाएरु गरिदिदा बेलाबेला तनाव उत्पन्न हुने गरेको छ । तारानाथ गौतम प्रजिअ हुँदा पकाहा मैनपुरका सचिव चोकट दासले पाँच हजार रुपैयाँ नगद घुस िदंदा िदंदै पक्राउ गरेर चर्चामा आएका मुद्दा फाँटका नासु ऋषि दाहाल गौतमको सरुवापछि कार्यालयमा काम गर्ने वातावरण नभएकाले अस्वस्थ्यताको कारण देखाउँदै अहिले काजमा गृह मन्त्रालयमा कार्यरत छन् ।
कोइराला धनुषाको प्रजिअ रहँदै नासु झ्ाको ुखुबीुबाट प्रभावित भएकोले कसैको केही नलाग्ने कर्मचारीहरु बताछन् । उनीहरुका अनुसार नागेन्द्र झ्ा प्रजिअ हुँदा पसा्रमा सुरु भएको अवैध ुनागरिकता अनुसन्धानु धन्दा कोइराला आएपछि व्यापक बन्यो । झ्ा प्रजिअ हुँदा फर्जी नागरिकता र औद्योगिक प्रदुषणमा कारबाही गर्ने भन्दै व्यापारीहरुबाट र भ्रष्टाचारको अभियोगमा थुन्ने धम्की िदंदै गाविस सचिवहरुबाट नगद असुलिन्थ्यो ।
भारतसंग सिमा जोडिएको पसा्र नक्कली नागरिकताको समस्या भएको जिल्ला हो भन्नेमा शंका छैन । त्यसमा पनि औद्योगिक-व्यापारिक सहर वीरगंजमा यस्तो समस्या बढी छ । सहायक प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार प्रशासनको अनुसन्धानमा रहेका फर्जी नागरिकता सम्बन्धी २६ मुद्दामध्ये अमरनाथ प्रसाद साह र सुदामा साह तेलीको नागरिकता खारेज गरिसकेको छ भने सबैठवा- ५ र ६ ठेगाना देखाईएका नन्दनकिशोर दास र नाजिर हुसेनलाई बयानका लागी उपस्थित गराउन प्रहरीलाई पत्र काटिएको छ । अन्य २२ वटाको अनुसन्धान जारी छ । प्रजिअ कोईरालाले नासु झ्ामार्फत गरिरहेको ुअनुसन्धानु यो सूचीमा पर्दैन ।
प्रमुख जिल्ला अधिकारीमा निहीत शक्तिको दुरुपयोगमा शम्भु कोईराला कतिसम्म उद्धत देखिएका छन् भने उनी अपहरण बिवादमा समेत मुछिएका छन् । ३२ जेठमा डिभिडी÷सिडीको थोक ब्यापारी मुरारी बजाजलाई रुंगटा मार्केटबाट अपहरण शैलीमा ल्याएर प्रजिअ कोईरालाको क्वाटरमा राखियो । अश्लिल चलचित्रको सिडी बेचेको आरोपमा बजाजलाई उठाउन ना २ च ७६७१ नम्बरको महिन्द्रा बेलोरो जीप लिएर नासु झ्ा आफैं गएका थिए । सिडिओ कोइरालाको उपस्थितिमा रु।१० लाख मागिएकोमा ४ लाख बुझ्ाएर बजाज मुक्त भएको समाचार सार्बजनिक भएपछि मध्यमााचल क्षेत्रिय प्रशासन कार्यालयले कोइरालामाथि अनुसन्धान थालेको छ । क्षेत्रिय प्रशासक तिलकराज शर्माले मिडियामा आएका खबर पसा्रका केही संचारकर्मी र सर्वसाधारणले दिएको मौखिक जानकारीका आधारमा छानबिन गरेर गृहसचिवलाई पनि जानकारी गराइसकेको बताए तर अनुसन्धानको निश्कर्ष भने बताएनन् ।
यो खैलाबैलापछि केहि दिन चुपचाप बसेका प्रजिअ कोइरालाले अख्तियार फाँटको नासु झ्ा बस्ने कुसर्ीमा १० असारमा संघ-संस्था फाँटका नासु हर्कबहादुर राईलाई ल्याएर राखेको कर्मचारीहरु बताउँछन । तर ३ साउनमा यो सम्वाददाता जिप्रका पुग्दा नासु राई कोठा नं। १४ मा रहेको संघ-संस्था फाँटमा व्यस्त थिए भने कोठा नं। ४ मा रहेको अख्तियार फाँटमा ताल्चा लागेको थियो । सेवाग्राहीका अनुसार अचेल अख्तियार अनुसन्धानको काम नासु झाको क्वार्टरबाटै हुने गरेको छ । क्लाइन्ट आएलगत्तै मुद्दा शाखाबाट बाहिरिएर नासु झा नगरपालिकाको गेष्ट हाउसमा रहेको आपुनो क्वार्टरमै लिएर जान्छन् ।
असुलीमा वर्गीकरण !
प्रजिअ कोईरालाले ुशंकास्पद नागरिकुहरुलाई सामान्य मध्यम र धनाढ्य गरि तीन तहमा वर्गीकरण गरेर नासु झ्ामार्फत रु।२५ हजारदेखि १० लाखसम्म असुल्ने गरेको स्रोत बताउँछ । कोईरालाले फर्जी प्रमाणका आधारमा नागरिकता लिएका व्यक्तिहरुको पहिचान गर्ने जिम्मेवारी अर्का नासु वीरबहादुर राउत कुर्मीलाई दिएका छन् । वीरगन्जका स्थायी बासिन्दा र २०६३ चैतमा नागरिकता वितरण हुँदा वडा नम्बर १३ मा टोली प्रमुख भएकाले नासु कुर्मी किर्ते नागरिकता लिएका व्यक्तिहरुबारे बढी जानकार छन् । स्थानीय भएकाले उनको जनसम्पर्क पनि राम्रो छ ।
नासु कुर्मीले तयार गरेको सूचीका आधारमा मुद्दा फाँटबाट व्यक्तिहरुलाई टेलिफोनमार्पुत् बोलाईन्छ । टेलिफोन सूचनाबाट नआउनेलाई बयानका लागी उपस्थित हुने आशयको पत्र घरमै पुर् याउन प्रशासनका गाडी चालक वा पियन पठाईन्छ । यस्तो पत्रलाई पनि बेवास्ता गर्ने वा राजनीतिक संरक्षणमा जानेलाई सम्बन्धित वडा प्रहरी कार्यालयमार्पुत् बोलाइन्छ । बयानका लागी उपस्थित हुने व्यक्तिसँग कार्यालयको मुद्दा तथा अनुसन्धान फाँट वा जिप्रका परिसरमै रहेको नासु झ्ाको क्वाटरमा पहिलो ुडिलु हुन्छ । त्यसक्रममा नासु कुर्मी बेनामे उजुरी परेको बताउँछन् भने झ्ाले पक्राउ पुर्जी तयार भएको बताउँदै थर्काउँछन् ।
प्रजिअ कोईरालाले धनुषाबाट तानेका नासु झ्ा र स्थानीय सामाजिक बनोटका जानकार कुर्मीको सहयोगमा हालसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ुअनुसन्धानु गरेको स्रोत बताउँछ । जिप्रका भित्रको एक विश्वस्त श्रोतका अनुसार शम्भू गोयल विनय सोनारर र अग्रवाल थरका एक व्यापारीबाट नागरिकता मुद्दामा अवैध रकम असुली भएको छ । आदर्शनगरस्थित त्रिशुल टे्रडिङका दिलीपकुमार जैनबाट पनि उनीहरुले रकम असुलेका छन् ।
मधेश-तराईमा सम्वेदनशील मुद्दा बनिआएको नागरिकतालाई पनि जिल्ला प्रशासनले कमाउने उद्योग बनाएकोप्रति राजनीतिक दलहरुले चासो दिएका छन् । एमाले पसा्रका सचिवालय सदस्य अरविन्द िसंह व्यापारीलाई अपहरण गरेर क्वार्टरमा रकम असुलेको जस्तो घट्नाले प्रजिअ कोईरालालाई बिवादास्पद बनाएको बताउँछन् । सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दिन समानीले प्रजिअले केहि कर्मचारी परिचालन गरेर नागरिकता प्राप्ती ऐन २०६३ अन्तर्गत नेपाली नागरिक भईसकेकाहरुलाई समेत दुःख दिएको आफुलाई थाह भएको बताए । ूम आफैं गएर कड्किएपछि बेनामे उजुरीमा अनुसन्धान गर्ने तर कसैलाई नाजायज दुःख नदिने आश्वासन पाएको छु ।
३२ जेठमा यसबारे जिज्ञासा राख्दा ुनागरिकता सम्बन्धी उजुरी परेर सम्बन्धित व्यक्तिहरुलाई अनुसन्धानका लागी बोलाउँदा प्रशासनले अनावश्यक दुःख दिएको आरोप लाग्नेगरेकोु बताएका प्रजिअ कोईरालाले त्यसयता यो सम्वाददाताले दर्जनौं पटक गरेको फोन रिसिभ गरेनन् । उनको कार्यकक्ष बाहिर दुई पटक दुई-दुई घण्टा कुराएर पनि भेट दिएनन् ।
हिमाल खबर पत्रिकाको २०६९ साउन १५-३२ को अंकमा प्रकाशित
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.