Wednesday, July 25, 2012

अस्थिरतासँगै स्वदेशी विद्यार्थीको विदेश पलायन बढ्दो

रवि दाहाल-
वीरगन्ज९ साउनः केहीवर्षयता जारी राजनीतिक अस्थिरताका कारण स्थानीय विद्यार्थीहरु सुरक्षित शैक्षिक भविष्यको खोजीमा विदेश पलायन हुने क्रम पुनः बढेको छ । तत्कालीन माओवादीको नेतृत्वमा भएको जनयूद्ध रोकिएपछि अभिभावक र विद्यार्थीको मनोबल बढ्दै गएकोमा पछिल्ला वर्षहरुमा राजनीतिक अस्थिरतासँगै शिक्षण संस्था प्रभावित हुन थालेपछि विद्यार्थी पलायन बढेको हो र<
लामो समयदेखिकॊ राजनीतिक अस्थिरताले अभिभावकको चिन्ता बढाएको छनेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य विजय सरावगीले भनेमध्यमवर्गिय अभिभावकहरु सुरक्षित र स्तरिय शैक्षिक वातावरणका लागी छोराछोरीलाई विदेशमा पढाउन बाध्य छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनएनप्याब्सन पसा्रका अध्यक्ष नन्दन यादवले विभिन्न बहानामा शैक्षिक क्षेत्रमा हुँदै आएको पटक-पटकको अवरोधका कारण शैक्षिक वातावरण बिगि्रएको बताए। 
वर्षभरि नै नियमितरुपमा शिक्षण संस्था साचालन हुनेमा ढुक्क हुनसक्ने अवस्था नभएकाले निश्चित तहको पढाइ पुरा हुने बित्तिक्कै अभिभावकले विद्यार्थीलाई भारत पढ्न पठाउन थालेकोवीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक डा। दीपक शाक्यले बताए ।  जारी बन्द हड्तालका कारण शैक्षिक भविष्यसँग चिन्तित विद्यार्थीहरु समूह-समूहमा परामर्शका लागी आफू कहाँ आउने गरेको बताउँदै शाक्यले भने परामर्शका लागी आउने अधिकांश विद्यार्थीहरु थप शिक्षा हासिल गर्न भारत जाने मनशाय बनाएका छन् ।
शैक्षिक क्षेत्रको लगानी पनि प्रभावित
अस्थिरताकै शहरमा सुविधासम्पन्न भौतिक पूर्वाधार सहितको शिक्षण संस्था स्थापनाका लागी नयाँ लगानी हुन सकेको छैन ।अस्थिरताले शैक्षिक गुणस्तरियतालाई पनि प्रभावित बनाएको छ। सीमावर्ती शहर रक्सौलका अभिभावकको रोजाइ वीरगन्जका निजी बोर्डिङग स्कूल हुने गरेकोमा अहिले उल्टो भएको छ । अचेल यहाँका अभिभावक आपुना विद्यार्थीलाई सीमावर्ती शहरका स्कूलमा पढाउन थालेका छन्एनप्याब्सन पसा्रका अध्यक्ष यादवले भने । सामान्य स्तरको समेत बोर्डिङ स्कूल नपाइने गरेको सीमावर्ती रक्सौलमा अहिले सुविधासम्पन्न निजी विद्यालय खुल्ने क्रम बढेको छ । विद्यार्थीको पलायनसँगै शिक्षाका लागी ठूलो पूँजी स्वदेशबाट पलायन भइरहेको छवीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक डा। दीपक शाक्यले चिन्ता व्यक्त गर्दै भनेयसले दूरगामी असर पार्नेछ । 
नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएपछि भारतीय शिक्षण संस्थाले यहाँ नयाँ शैक्षिक शत्रको शुरुवात अघि सामूहिकरुपमा शैक्षिक परामर्श मेलाको आयोजना गर्ने क्रम बढ्दै गएको छ स्थानीय दैनिक अखबार प्रतीकका समाचार सम्पादक आरके पटेलले बताए । ७-८ असारमा एडुमेन इन्भेन्टसको संयोजनमा दिल्लीका दशवटा शिक्षण संस्थाले यहाँ शैक्षिक परामर्श मेलाको आयोजना गरेका छन् । वैदेशिक शिक्षण संस्थामा भर्नाका लागी परामर्श सेवा प्रदान गर्न यहाँ दुई दर्जन्भन्दा बढी कन्सल्टेन्सी कम्पनी समेत खुलेका छन् । 
विदेश पलायनको पृष्ठभूमी
अँग्रेजी माध्यमको शिक्षाका लागी भारतको दार्जिलिङग कालिम्पोङगमा यहाँका विद्यार्थी अध्ययनका लागी जाने क्रम स्तरिय विद्यालयको स्थापनासँगै तीन दशक अघि बन्द भएपनि केहीवर्षयता पुनः भारत पलायन हुने क्रम बढ्न थालेको छ । पछिल्लो समयमा दार्जिलिङग कालिम्पोङगको साटो विद्यालय शिक्षाका लागी दिल्ली बैंगलोर पुना राजस्थान लखनउ नैनीतालसिक्किमी अभिभावक र विद्यार्थीको रोजाइ बनेको छ । आम्दानीमा भएको वृद्धिसँगै मध्यमवर्गिय परिवारको संख्या थिपंदै गएकाले पनि गुणस्तरिय शिक्षाका लागी छोराछोरी बाहिर पठाउने क्रम बढेको उद्योगी विजय सरावगीको बुझाइ छ ।
पढाइको महत्व बुझ्न सक्ने स्तरको राजनैतिक नेतृत्वको अभावमा शैक्षिक क्षेत्रमा बन्द र हड्ताल भइरहेको नेकपा एमाले पसा्रका सचिवालय सदस्य अरविन्द िसंहको भनाई छ । दुई वर्ष अघि नै राजनीतिक दलहरुले विद्यालयलाई बन्द हड्तालबाट मुक्त राख्ने प्रतिबद्धता जनाएपनि प्रतिबद्धता कार्यान्वयन गर्न इमान्दारिता नदेखाएको एनप्याब्सन पसा्रका अध्यक्ष नन्दन यादवले गुनासो गरे ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको १० साउनको अंकमा प्रकाशित

No comments:

Post a Comment

Please avoid abuse, we praise healthy comment and criticism.