आधुनिक समाजमा चेपिएका ज्येष्ठ नागरिक
रवि दाहाल
वीरगन्ज ।शहरमा वृद्धाश्रम निर्माणका लागी बौद्धिक व्यक्तित्वहरुको एउटा जमात् सकृयतापूर्वक लागेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीबाट अपहेलित हुनुपर्दा वा टाढिनुपर्दाको पीडा भोगी रहेका हाम्रो समाजका ज्येष्ठ नागरिकको पीडामा मल्हम लगाउने प्रयास शुरु अवश्य पनि सुखद संकेत हो ।
हाम्रो समाज बिस्तारै विभाजित हुँदै गइ रहेको छ । जातपातको नाममा मूलका नाममा भूगोलको नाममा नयाँ पुरानोको नाममा यूवा पुस्ता र पुरानो पुस्ताको नाममा । सामाजिक मूल्यमान्यतामा आइरहेको ह्रासका कारण संयुक्त परिवार छत्विछत् हुँदै एकल परिवारमा खुम्चिएको छ ।
एकल परिवारमा पनि उज्जवल भविष्यको खोजीमा छोराछोरीहरु उच्च शिक्षा हासिल गर्न वा आकर्षक तलबसहितको रोजगारीको खोजीमा आमाबाबुबाट टाढा जानेहरुको लर्को दिनप्रतिदिन बढ्दो छ । प्रतिस्पर्धात्मक यूग बढ्दो महँगी र अझ सुखद र समृद्ध जीवन बाँच्ने आशामा थातथलो छोडेर पलायन हुनुपर्ने बाध्यता यूवा पुस्ताको छ ।
जागीरे जीवनबाट अवकाश प्राप्त गरेपछि बुढ्यौलीमा समय कटाउन ज्यादै िझंझो लाग्ने गर्छ । आफूले जागीरे जीवनबाट आर्जन गरेको अनुभव ज्ञान र शीपलाई सामाजिक हितका लागी सदुपयोग गर्ने ठाउँ र अवसर नपाउँदा ज्येष्ठ नागरिकहरु कुण्ठित अवस्थामा बाँच्नु परेको छ ।
स्वदेशमा रोजगार अवसर नहुँदा ठूलो संख्यामा नेपाली यूवाहरु घरमा आफ्ना वृद्धवृद्धा अभिभावकलाई अलपत्र छोडेर वैदेशिक रोजगारका लागी पलायन हुनबाध्य छन् । विदेशमा रहेका छोरानातीले कमाएर पठाइ दिएको पैसाले ओखतीमूलो र खान लाउन पुगेपनि ओखती किनेर ल्याइ दिने र समयमा ओखती ख्वाइ दिने सहयोगी हातहरु छैनन्घरमा । बुढ्यौलीमा अस्वस्थ्यताले गाँज्ने भएकाले हप्तौसम्म वृद्धवृद्धाहरु ओछ्यानै थला पर्नुपर्ने अवस्था छ ।
यस्तो समस्यामा जुधी रहेका हाम्रो समाजका ज्येष्ठ नागरिकलाई जीवनका बाँकी पलहरु पनि हासीखुशी रमाइलो गर्दै बाँच्न पाउने वातावरण निर्माण गर्नका लागी वृद्धाश्रम एउटा उचित विकल्प हुनसक्छ ।
शहरका अनाथाश्रममा गाविसका नक्कली सिफारिसका आधारमा आमाबाबुले आपुनै छोराछोरीलाई समेत भर्ना गरिदिने प्रवृत्ति वृद्धाश्रममा दोहोरिन दिनुहुन्न । स्वेच्छाले वृद्धवृद्धाहरु वृद्धाश्रममा बस्ने निर्णय लिने स्वतन्त्रता दिइनुपर्छ ।

No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.