Saturday, June 30, 2012


हाय रे गर्मी ! 

रवि दाहाल
वीरगन्ज।लामो समयदेखिको खडेरीसँगै खेतबारीको धाँजा फाँटेपछि किसान चिन्तित छन् । खेतमा लगाएको धानको बिउ सुक्न थालेपछि यसपटक पनि मनग्ये धान भित्र्याउन नपाइने पो हो की भन्ने चिन्ताले किसानलाई सताएको छ । 
दश बजेपछि घामले पोल्ने भएकाले किसानले खेतबारीमा गोडमेलका लागी पर्याप्त समय दिन सकेका छैनन् । गोंठ सफाइ गरेर चौपायालाई चारा हाल्दा खाजा खाँदा खाँदै नौ बज्छ बारा फेटाका किसान सुरेश महत्तो भन्छन्हतार हतार गर्दै खेतमा पुग्यो तातोले कामै गर्न सकिन्न ।
जेठ मासमा तापक्रम ४२ डिग्रीभन्दा तल झर्न मानेको छैन । बिहान १० बजेदेखि सडक तत्ताउन थालेको घामको रापले साँझ चार बजेसम्म मानिसलाई घरभित्रै कैद रहन बाध्य बनाइ रहेको छ । कफ्र्यू भन्दा चर्को छ गर्मीघमौराले शरीर भरिएकाले पीडित भएका अनिल थापा भन्छन्कहिलेकाहीं कफ्र्यू पनि छल्न पाउँछौं यो घाम कसरी छल्नु
उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । शहरी मानिसहरु गर्मी छल्न बिहान बेलुका मात्रै घरबाहिर निस्किए पनि दैनिक ज्यालादारी गर्नुपर्ने मजदुर र किसानलाई घाम होस् की वर्षात् खुला आकाशमुनी निधारबाट तरतरी पसिना बगाउनुको विकल्प छैन । सूर्यको तातो राप शरीरमा काँडा जस्तै बिझाउन थालेको छ । वातावरणमा बढ्दै गएको उष्णताले शरीर पुरै पसिनाले भिजाइरहेको छ।

अचेल जब आकाशमा बादल गर्जिन्छ तब यहाँका मानिसको मनमा आशाको त्यान्द्रो पलाएर आउँछ । तर महिनौंदेखि पर्याप्त वर्षा भएको छैन । खपि नसक्नु गर्मी छनिर्माण मजदुर सोनालाल साह भन्छन्दैनिक जसो केही साथीहरु काम गर्दा गर्दै मुर्छा पर्न थालेका छन् ।
२५ वर्षदेखि रिक्सा मजदुरी गर्दै आएका ५० वर्षिय दयानन्द मिश्राको कमाइमा आमहड्तालसँगै चर्को गर्मीले पनि अंकुश लगाइ दिएको छ । सामान्य समयमा दिउँसो दुई घण्टाको आराम बाहेक बिहान ६ बजेदेखि बेलुकी आठ बजेसम्म रिक्सा तान्ने गरेका उनी अचेल बिहान घण्टा र बेलुकी चार घण्टा मात्रै रिक्सा कुँदाउँछन् । आम्दानी छैनरिक्सा मजदुर मिश्रा भन्छन्बन्दीले मारेको छगर्मीले झनैं मारेको छ ।
चर्को घामले तातिएको कालोपत्रे सडकमा उभिएर सवारी व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीलाई जेठ शुरु भएयताको आम हड्तालले थोर बहुत भएपनि राहत दिएको छ । अति व्यस्त रहने काठमाण्डौंको सडकभन्दा यहाँको सडकमा काम गर्नु सहज छट्राफिक प्रहरी हवल्दार सचिन यादव भन्छन् यहाँ सवारीको चाप कम हुने भएकाले केही समय छहारीमा आराम गर्न पाइन्छ।
गर्मी छल्नका लागी शहरी मानिसका लागी प्राधिकरणले कृपा गरेसम्म पंखा वा कुलरको सहारा छ । ग्रामीणवासीहरु चापाकलको पानीकै सहारामा गर्मीसँग जुध्नु परेको छ । गर्मी चर्कींदै जाँदा छाता पंखा कुलरका साथै दही सातु र फलफूलको बिक्री बढेको छ ।
यहाँको बजारमा दैनिक तीन सय किलो दही बिक्री हुने गरेको छ । भरत दही पसलका साचालक भरत साह कानू आफूले गर्मी मौसममा दैनिक एक सय किलो दही बिक्री गर्दै आएको बताउँछन् । दहीको सेवनले शरीरलाइ शितलता प्रदान गर्छविगत २५ वर्षदेखि दही व्यापार गदैैै्र आएका भरत साह कानू भन्छन्यो सहजरुपमा पाच्य पनि छ ।फागुनदेखि भदौ महिनासम्म सातुचनाको पीठोको पनि बिक्री चम्कीने गरेको छ ।
खानपानमा हुने गडबडीका कारण यो मौसममा पेट सम्बन्धी रोगले चाँडै च्याप्ने गर्छ। अमिलो पिरो चिल्लो खान रुचाउनेका लागी यो मौसम बढी अपि्रय छ ।ूअमीलो चिल्लो पिरो कम भएको खाना खानु नै बेश हुन्छूनेशनल मेडिकल कलेज शिक्षण अस्पतालका डा। प्रमोद सर्राफ गर्मी मौसममा ध्यान पुर् याउन सुझाव िदंदै भन्छन्शरीरलाई शीतलता प्रदान गर्ने र सहजरुपमा पचाउन सकिने आहारका साथै सकेसम्म बढी पानी पिउनुपर्छ ।

जेठ २०६९

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete

Please avoid abuse, we praise healthy comment and criticism.