बजेटले लगानीकर्ताको मनोबल उकास्न सक्नुपर्छ
जगदीश अग्रवाल (अध्यक्ष, निम्बस समूह)
बजेटका राजनीतिक पक्ष होलान् प्राविधिक पक्ष पनि होलान् । तर म निजी क्षेत्रको एउटा प्रतिनिधीको हैसियतले यसलाई आर्थिक पक्षबाट केलाउन चाहान्छु । राजनीतिक पक्षबाट यो भन्नु की काम चलाउ सरकार छ काम चलाउ हिसाबले मात्र बजेट पेश गर्न सक्छ अन्य कुराहरु राख्न मिल्दैन यसमा मेरो कुनै कमेण्ट छैन यो राजनीतिक पक्ष र अलिकती प्राविधिक कुरा पनि हो् । तर निजी क्षेत्रको प्रतिनिधीको हैसियतले मलाई के लाग्छ भने कुनै पनि बजेट खासगरी नेपाल जस्तो मुलुकका लागी यो ज्यादै महत्वपूर्ण दस्तावेज हो । यो आयव्ययको लेखाजोखा मात्रै होइन यसले हाम्रो आर्थक एजेण्डाको दिशा निर्देश गर्छ। भावी कार्यक्रमबारे जानकारी दिने र लगानीको वातावरण तयार गर्ने गरेको छ । यति मात्र होइन सरकारी खर्च के कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गरेको छ ।
हामीले विगतमा भोगेका छौं सरकारी खर्च नहुँदा हामीले भन्ने गरेका थियौ तरलताको अभाव भयो भनेर अहिले बल्ल आएर तरलताको अवस्थामा सुधार आएको छ । बैंकको तरलता बढेको छ । तर सरकारी खर्च नहुने र काम चलाउ बजेट मात्र आउने हो भने तरलताको अभाव फेरी पनि आउन सक्छ । सरकारले लगानी दिन सकेन लगानीको वातावरण निर्माण गर्न सकेन भने निजी क्षेत्र हच्किन सक्छ बाहिरको लगानी पनि हच्किन जान्छ ।
मलाई लाग्छ बजेटका विषयमा दुई तीनवटा कुरा विचार गर्न सक्छौ । सरकारले बजेट ल्याउँदा सरकारमाथि एउटा आरोप हुने गरेको छ आपुनो भोट बैंकलाई लक्षित गरेर बजेट ल्याउँछ की भनेर । सरकार सरकार निष्पक्ष भएर आम जनतालाई फाइदा हुने गरी लगानीको बढ्ने गरी र निष्पक्ष भावले बजेट ल्याउँछ भने विरोध हुने कुरो हुँदैन । अहिले बजेट अध्यादेशमार्पुत् ल्याउनुको कुनै विकल्प छैन । जब सरकारले आफू अनुकूलको बजेट ल्याउन खोज्छ त्यत्ति बेला विपक्षीहरुबाट विरोध हुनु स्वाभाविक हो । तर सरकारले आपुनो फाइदा नभएर देशजनता र लगानी र अधुरा परियोजना पुरा गर्नका लागी बजेट र खर्च विवरण ल्याउँछ भने त्यसबाट कुनै दललाई अप्ठ्यारो हुनेछैन र खासगरी जनताले साथ दिन्छ भने राजनीतिक दलले अप्ठ्यारो पार्ने अवस्था हुँदैन ।
बजेट ल्याउनका लागी वर्तमान् सरकारको हैसियत छ की छैन भन्ने कुरा विधानको कुरा हो । तर म निजी क्षेत्रको एउटा प्रतिनिधीको हैसियतले के भन्न चाहान्छु भने विधी विधान भन्दा पनि जनतालाई फाइदा हुने गरी लगानी बढ्ने गरी आर्थिक फाइदा हुने गरी बजेट ल्याउनुपर्छ । अध्यादेशमार्पुत् बजेट ल्याउँदा ध्यान पुर् याउनै पर्छ की लेखाजोखा मात्र नभएर आगामी वर्षका लागी दिशा निर्देश गर्नसकोस् । निजी क्षेत्रको बढीभन्दा बढी भूमीका आउन सकोस । विदेशी लगानी आउन सकोस र सरकारले पनि जुन जुन ठाउँमा लगानी गर्नुपर्नेछ लगानी हुन सकोस् लगानीको स्फूर्ती आउने गरी बजेट ल्याउनुपर्छ ।
सहमतीमा ल्याउन छलफल सबै दलहरुसँग गर्नुपर्छ राष्ट्रिय सहमतीको सरकार बन्छ भने मिलीजुलीकन नै बजेट आउने हो तर बन्दैन भने पनि कमसेकम विविध पक्ष कस्ता लगानी गर्ने भन्ने विषयमा सबै राजनीकि दलहरु बसेर सहमतीमा बजेट ल्याउन सके एकदम उपयुक्त हुनेछ ।
भावी बजेटमा सरकारले दुईवटा महत्वपूर्ण पक्षमा विचार पुर् याउन जरुरी छ । पहिलो पक्ष भनेको शंकाको निवारण हुनुपर्यो यो बजेटबाट । वर्तमान् सरकार वामपन्थी छ नेतृत्व माओवादीको हातमा छ। स्वाभाविकरुपमा के आशंका हुन्छ भने भविष्यमा के होला अहिले राजनीतिक वातावरण पनि छैन। राजनीतिक वातावरण भएको भए दिशा निर्देश गर्ने थियो । तर त्यो पनि नभएकाले निजी क्षेत्र वा बाहिरका लगानीकर्ताले पनि अहिले माओवादी सरकार भएकाले भविष्यमा के होला भन्नेमा आशंका गरेका छन् । भविष्य के हुन्छ सरकारी नियन्त्रण बढ्ने र निजी क्षेत्रको भूमीका नै हुँदैन की भन्ने आशंकाहरुको निवारण हुनु जरुरी छ भावी बजेटमार्पुत् । तर म केमा विश्वस्त छु भने निजी क्षेत्रको भूमीका हुनुपर्छ तर कही न कही सरकारी क्षेत्रको भूमीका पनि चाहिन्छ । हामी नेपालमा मात्रै होइन विश्वमै निजी क्षेत्रलाई जुन किसिमले पूर्ण स्वतन्त्र छोडिएको छ त्यसबाट विश्व अलिकति सशंकित पनि बनेको छ । र निजी क्षेत्रलाई पनि नियमन गर्नुपर्ने चौतर्फी आवाज उठ्न थालेको छ । त्यो परिस्थिति हामी कहाँ पनि छ । त्यसैले निजी क्षेत्रलाई अगाडी ल्याउने र साथसाथै सरकारी भूमीका पनि कस्तो हुने भन्ने एउटा निश्चित व्यवस्था बजेटमा हुनुपर्छ र जुन शंकाहरु छन् निजी क्षेत्रको दिमागमा र विदेशीको दिमागमा त्यसको निवारण गरिनुपर्छ ।
दोश्रो पक्ष लगानी आउनुपर्छ । लगानी गर्नुपर्छ स्वदेशी र विदेशी सबै खाले । यहाँ अहिले जुन राजनीतिक अन्यौलको अवस्था छ । संविधान बनेको भए अन्यौलता सकिने थियो र स्वतःस्फूर्तरुपमा लगानीका लागी सकारात्मक वातावरण निर्माण हुने थियो । हामीले नयाँ संविधान निर्माण नगरुन्जेल आर्थिक एजेण्डालाई कसरी अगाडी लैजाने र आर्थिक एजेण्डा भनेको के हो आर्थिक एजेण्डा भनेको लगानी हो । आर्थिक एजेण्डाको सर्वोपरि कारक तत्व लगानी होस्वदेशको लगानीर विदेशको लगानी हो । र लगानी ल्याउनका लागी उपयुक्त वातावरण दिनुपर्छ बजेटले ।बजेटले खुकुलो पन दिनुपर्छ प्रोत्साहन दिनुपर्छ र अवरोध हटाउनुपर्छ । एउटा सकारात्मक पक्ष के छ भने हामीकहाँ लगानी बोर्ड स्थापना गरिएको छवर्तमान् सरकारले नै गरेको हो । अब लगानी बोर्डलाई अगाडी काम गर्न दिने हो भने मैले देखेको सबैभन्दा ठूलो समस्या के हुन्छ भने हामी कहाँ विभिन्न मन्त्रालयहरु छन् ती मन्त्रालयको अधिकारलाई बोर्डसँग कसरी समन्वय गर्ने उद्योग मन्त्रालय वा उर्जा मन्त्रालयको अधिकार लगानी बोर्डलाई कसरी दिने र समन्वय कसरी ल्याउने भन्ने सबैभन्दा ठूलो चुनौती छ । र यो चुनौतीलाई बजेटले हटाउन सक्नुपर्छ । हामीकहाँ पछिल्ला वर्षहरुमा लगानी बहुतै कम हुँदै गएको छ। यदि छिमेकी मुलुकको दाँजोमा आउने हो भने हामी कहाँ लगानीको दर बढाउनुपर्छ । समकक्षमा जाने हो भने लगानी नबढाइ कुनै उपाय छैन त्यो लगानी निजी क्षेत्र एक्लै गर्न सक्दैन । वातवारण नै हुँदैन भने निजी क्षेत्रले कसरी जोखिम लिने त्यसकारणले लगानि भित्र्याउने वातावरण निर्माणको अपेक्षा यो बजेटबाट पुरा गरिनुपर्छ ।
2069 Jestha

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874