टमटमको सवारी
रवि दाहाल
वीरगन्ज । परम्परागत सवारी साधन टाङगालाई विदेशबाट आयात हुने इन्धनको मात्राले निर्देशित शहरी जनजीवनको गतीले विस्थापित गर्दैछ ।संसारको तीब्र गतीलाई समाएर अघि कुदन नसक्दा सीमान्त शहरका घोडा सडकबाट तबेला र तबेलाबाट संग्राहलयमा सीमित हुने अवस्था नआउँला भन्न सकिन्न ।
छिटोछरितो यातायातका साधनको खोजीमा शहरका सडकमा चिल्ला गाडी थिपंदै गएपनि तराईमा ग्रामीण बासिन्दाका लागी परम्परागत सवारी साधन नै भरपर्दो छन । घोडाको सहायतामा साचालन गरिने टाङगा गोरुले तान्ने बयलगाडा होस वा मानिसले हाँक्ने रिक्सा यी सबै इन्धन बिना नै चल्ने सर्वसुलभ र सस्ता सवारीका साधन हुन ।
इन्धनबाट चल्ने गाडीको रफतारसँग प्रतिस्पर्धा गर्ने कोशिस गर्दै टाङगाले परम्परागत शैलीमा काठबाट बनाइएको चक्का उक्काएर टायर टयुबसहितको पाङग्रा पहिरिएको छ । नेपालगन्जका टाङगामा भारतको उत्तरप्रदेशीय स्वरुप देखिए झैं यहाँका टाङगा बिहारी शैलीका छन ।
पसा्र जिल्लामा सदरमुकाम वीरगन्ज भित्र र ग्रामीण क्षेत्रमा समेत गरेर करिब एक हजारको संख्यामा टाङगा साचालनमा छन । एउटा टाङगाको भरमा दश जनाको परिवार पालिने गरेको छ ।
टाङगा चालक महाराज पंडित भन्छन दैनिक कम्तीमा चार सय रुपैयाँ आम्दानी हुन्छ घोडाको चारा खर्च छुटयाएर बाँकी डेढ दुई सय कमाइ हुन्छ ।रोजगारी नपाएपछि उनले यूवा उमेरमै गाउँकै टाङगा चालकहरुसँगको संगतमा टाङगा कुदाउन सिकेर पाँचवर्ष अघि यो पेशा थालेका हुन । ११ जनाको परिवार टांगाबाट हुने आम्दानीकै भरमा टिकेको छ ।
सदरमुकामदेखि साठठी किलोमिटर टाढाको गाउँसम्म जीप बस उपलब्ध पाँच सात किलोमिटरको दूरीमा रहेका सदरमुकाम नजिकैका विश्रामपुर नगरदाहा भौराटार उदयपुर घुर्मी बिन्दवासिनीगर्दौल बहुअरी प्रसौनी गाउँका बासिन्दालाई सार्वजनिक सवारी साधनकारुपमा टाँगा बाहेक अरु कुनै सहज विकल्प छैन ।
टाङगाको शहर भनेर परिचय बोकेको वीरगन्ज नगरले अब टाङगालाई रुचाएको छैन । यो नगरको विकास र सुन्दर शहर बनाउने अभियानका अगुवाले टाङगालाई सडक दुर्घटना बढाउने र घोडाको लिदले वातावरण दुषित बनाउने साधन भन्दै खेदन थालेका छन । एक्काइसौं शताब्दीमा जनावरबाट चल्ने सवारी साधन उपयुक्त हुन्नजिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक लक्ष्मणिसंह ठकुरी भन्छनटाङगामा ठाउँको ठाउँमै ब्रेक लाग्दैन घोडा कुनै बेला उपि्रुरिएर टाङगाबाट फुत्क्यो भने दुर्घटनाको अर्को समस्या आइलाग्छ । टाङगाका कारण शहरमा दुर्घटनाका खबर अचेल सुनिएका छैनन ।
राणाकालीन समयदेखि नै घण्टाघर छेउको सार्वजनिक जग्गामा स्टयाण्ड बनाएर वीरगन्ज-रक्सौल रुटमा यात्रु ओसार्दै प्राचीन शहरको जनजीवनलाई गती प्रदान गरेको टाङगा लाई अहिले शहरी विकासको गतीले लत्याउन खोज्दैछ ।
सडक विस्तार गर्ने नाममा हामीलाई विस्थापित बनाइएको छ पसा्र टाङगा संघका अध्यक्ष शिवनारायण मिश्राले दुखेसो पोख्दै भनेशहरमा टाङगाको काम छैन गाउँतिर लैजाउ भन्छन नगरपालिकाका हाकिम ।
टाङगा चालकहरुले लागी पायक पर्ने स्थानमा निश्चित पार्किङ क्षेत्रको निर्धारणका साथै घोडाघोडीका लागी पानी खुवाउन चापाकलको व्यवस्था गरिदिन माग गरेका छन ।
नगरको मेनरोडबाट कुदने गरेको टाङगा २०५२ सालपछि तत्कालीन नगर प्रमुख विमल श्रीवास्वतले ट्राफिक जामको समस्या भएको कारण देखाउँदै तीन नम्बर रोडबाट मात्रै शहरी क्षेत्रमा टाङगा चलाउन पाउने नियम बनाए । त्यसताका टाङगाले ठोक्किएर अतिव्यस्त सडकमा लगातार तीनजनाको ज्यान गएपछि टाङगा विस्थापित गर्नुपर्ने पक्षमा आवाज बुलन्द भयोपत्रकार चन्द्रकिशोर झा भन्छनतर ठूलो संख्यामा रहेका टाङगा चालक र तिनका परिवारजनसहितको सामूहिक विरोधले विस्थापन सम्भव नभएपछि मेनरोडमा चलाउन प्रतिबन्ध लगाइएको थियो । धकेिलंदै बाइपास रोड पुर् याइएको टाङगा पूर्वी छेउबाट सरेर दुई वर्षयता शहरको भित्री बस्तीमा रहेको इनर बाइपास रोडपहिले रेल गुडने बाटो हुँदै वीरगन्ज-रक्सौल ओहोरदोहोर गरिरहेको छ ।यो सडक अन्य यातायातका साधनका लागी उत्ति साह्रो प्रयोगमा आइ नसकेकाले टाङगाले स्वतन्त्रता पाएको हो ।
२०५० सालमा उपत्यकाबाट लखेटिएका विक्रम टेम्पोले टाङगा कुदने रुट छोपेपछि प्रतिस्पर्धा गर्न नसक्दा खस्किंदो आम्दानीका कारण नगरका धेरै टाङगा चालकहरु पेशाबाटै विस्थापित भए ।
टाङगाका कारण जाम लाग्ने भन्दै मेनरोडबाट विस्थापित गरिएपनि भारी मालबाहक गाडीहरु आजसम्म पनि निरन्तर मेनरोड हुँदै नगरको अतिव्यस्त व्यापारिक केन्द्र आदर्शनगरमा ओहोरदोहोर गरिरहेको छ ।हामी आर्थिकरुपमा कमजोर छौं टाङगा चालक मेहरलाल अन्सारीले दुखेसो पोख्दै भनेहाम्रो कुनै ठूलो सोस्रफोस्र पनि छैन त्यसैले कसैले हाम्रोबारे चिन्ता गर्दैन । स्वस्थ्य घोडीसहितको नयाँ टाङगाको बजार मूल्य ६० हजार रुपैयाँ पर्छ । शहरी क्षेत्रमा टाङगा चढनेहरुको संख्या घटदै गएपछि नयाँ टांगा थप्नुको साटो पुरानो टांङगा मर्मत सम्हार गरेर टाङगा व्यवसायीले कुदाउने गरेका छन ।
विभिन्न राजनीतिक दल र समूहद्वारा आयोजित आम हडतालको यो समयमा लामो दूरीको यात्रा तय गर्नका लागी टाङगा नै विकल्प नै बनेको छ । बन्दका बेला सीमरा विमानस्थलसम्म यात्रु ओसार्न टाङगा कै भर छ सुगौली बिर्ताका टाङगा चालक आफताब आलमले भन्छनयो बन्दीमा ठूलो गाडीको कुनै काम छैन ।
टाङगाको इतिहास
राणाकालीन रेल सेवासँगै वीरगन्जमा टाङगाको इतिहास पनि जोडिएको छ । सन १९२७ मा नेपाल गभर्मेन्ट रेलवेएनजीआर को स्थापनापछि नगरमा पुरक सवारी साधनका रुपमा टाङगा प्रयोगमा आएको जानकारहरु बताउँछन । सुक्खा मौसममा धुलाम्ये सडक होस वा वर्षातमा हिलाम्ये दुबैमा टाङगा कै भर थियो । जब झिस्मिसे उज्यालो नहुँदै शहरको मुख्य सडकमा घोडा टाप टक-टक गर्दै िहंडथ्योनगरवासीले एउटा नयाँ दिनको शुरु भएको संकेत पाउँथे ।
रक्सौलदेखि वीरगन्ज रेल स्टेशन हुँदै बाराको अमलेखगन्जसम्म ३९ किलोमिटर दूरीमा साचालन हुने गरेको रेलका स्थानीय यात्रुहरु रेल स्टेशनमा ओर्लिएपछि गन्तव्यसम्म वा शहरको कुनै कुनाबाट रेल स्टेशनसम्मको यात्रा तय गर्न टाङगाको सवारी गथ्र्ये । पहिले वीरगन्ज रेल स्टेशन रहेको स्थान नजिकै निर्मित घण्टाघर चोकबाट सीमावर्ती शहर रक्सौलको रेल स्टेशनसम्म यात्रु ओसार्ने काममा टाङगाको प्रयोग अझै पनि भइरहेको छ । पछिल्लो समयमा रक्सौलदेखि वीरगन्जसम्म कोइला ओसार्न मात्र प्रयोगमा आएको न्यारो गेज रेल २०४५ सालपछि बन्द गरिए पनि टाङगाले आपुनो यात्रा जारी राखेको छ ।
ूभारु सवा एक रुपैयाँमा टाङगा रिजर्भ गरेर सपरिवार सिनेमा हेर्न रक्सौल पुग्थ्यौंू६३ वर्षिय आनन्दराम शर्मा आपुनो बाल्यकाल स्मरण गर्दै भन्छन्शहरमा यात्राका लागी टाङगा मात्रै थियो ।गाउँ गाउँबाट मानिस बोकेर शहरसम्म ल्याउने काममा बयल गाडाको प्रयोग हुन्थ्यो र शहरभित्र टाङगाको ।
सीमावर्ती रक्सौलसँग जोडिएको वीरगन्जको छपकैयाँ टोलका मुश्लिम समुदायले नगरमा टाङगा व्यवसाय भित्र्याएका हुन् । नयाँ घोडा घोडीलाई सार्वजनिक सवारीका लागी टाङगामा प्रयोग गर्नु अघि कुम्हाल टोलको विशाल आँप बँगैंचामा दौडाएर टाङगा चालकले प्रशिक्षण दिन्थे ।
चक्र आकारमा बनाइएका काठको पाङग्राका भरमा परम्परागत टाङगा गुड्ने गरेको थियो।साँझको समयमा उज्यालोका लागी टाङगाको अगाडी र पछाडीपट्टी जडान गरिएका मट्टीतेल टुकी बालिने गथ्र्यो । पाचायतकालीन शासन व्यवस्थाको समापनसँगै प्रहरीले कडाइ गर्न छोडेपछि टाङगाबाट टुकी हटाइए ।
पर्यटकका लागी आकर्षण
मरुभूमीमा ऊट पहाडमा घोडचडी र तराईमा टाङगाको सवारीमा मौलिकपन हुन्छ । घुमघामका लागी वीरगन्ज आउनेहरु टाङगाको सवारी गर्न पाउँदा ज्यादै रमाउने गर्छन् ।sाठमाण्डौंको खाल्डोमा सेनाले विशेष सभा समारोहमा प्रदर्शन गर्ने बग्गी देखेकाहरुका लागी वीरगन्ज आएका बेला बग्गी जस्तै देखिने टाङगामा सवार भएर शयर गर्न पाउँदा बिछट्टै आनन्दको अनुभूती हुन्छ ।
काठमाण्डौंका फोटो पत्रकार मीनरत्न बज्रंाचार्य घुमघामका लागी वीरगन्ज आएका बेला टाङगामा शयर गर्न मन पराउँछन् । हल्का गतीमा चल्ने टाङगामा सवार यात्रुले स्थानीय जनजीवनलाई सहजरुपमा नियाल्न सक्छशयर रमाइलो छ फोटो पत्रकार बज्राचार्य भन्छन् फोटोग्राफरका लागी स्थानीय जनजीवन क्यामेरामा कैद गर्न सहज हुन्छ । भीडभाडले भरिएको बस वा होचो ट्याक्सीमा उत्ति सहज हुँदैन ।
बाहिरी पर्यटकका लागी मात्र नभएर स्थानीयका लागी पनि चढुँ चढुँ लाग्ने गरी टाङगालाई रंगरोगन र आकर्षक चित्रांकन गरेर चिटिक्क सजाउने काम हुन सकेको छैन । बंगलादेशको रिक्सा पाजाबपाकिस्तान वा अफगानिस्तानका ट्रकको सजावटको आपुनै बेग्लै आकर्षण छ । वीरगन्जका टाङगा चालकहरुले पनि आपुनो सवारीलाई चिटिक्क बनाउन सके यात्राका लागी मात्र नभएर रमाइका लागी चढ्नेहरु पनि यात्रुको सूचीमा थपिने सम्भावना छ ।
विशेष अवसरहरुमा टाङगा दौड प्रतियोगिताको आयोजनाबाट पनि टाङगाप्रतिको आकर्षण बढाउन सकिने सुझाव दिन्छन् पत्रकार चन्द्रकिशोर । वृहद् मधेशी मोर्चाले १४ बैशाखमा टाङगा जुलुस निकालेर फरक शैलीमा विरोध प्रदर्शन गर्दा विशेष प्रभाव परेको थियो ।
वातावरण संरक्षणमा महत्व
ब्रेक नभएको सवारी भनेर विपक्षमा जत्तिसुकै तर्क गरिएपनि वातावरण संरक्षणमा टाङगा बयलगाडा जस्ता परम्परागत सवारी साधनको महत्व ठूलो छ । पेट्रोलियम इन्धन बिना नै चल्ने टाङगा बयल गाडाको साचालनबाट कृषक र कृषी उपजको ओसारपसार सहज भएको छ । महँगा मूल्यका ट्याक्टर र ट्याक्टरका लागी आवश्यक इन्धनको जोहो गर्नुपर्ने झण्झटको साटो किसानले चौपायालाई खेतबारीमै उमि्रएको घाँस पराल स्थानीय खाँडसारीलॆ उखू पेलेर उत्पादन गरेको सक्खर खुवाएर गाडा तान्न प्रयोग गर्नु सहज छ ।
टाङगा बयल गाडा जस्ता परम्परागत साधनले आधुनिक सवारीजस्तो धुँवा उडाउँदैनन्पत्रकार चन्द्रकिशोर झा भन्छन्वातावरण संरक्षणमात्रै नभएर ग्रामीण जीवनलाई चलायमान बनाउन पनि यी साधनहरुको महत्वपूर्ण योगदान छ ।
इन्धनको प्रयोगले वातावरण प्रदुषित हुनुका साथै नेपालको ठूलो धनराशी विदेिशंदैछ । तर परम्परागत सवारी साधनमध्ये मूल्य र दू्रंतगतीका लागी सबैभन्दा सहज विकल्पका रुपमा रहेको टाङगाका लागी घाँस धानको भुस र सक्खर मात्र चाहिन्छ । टाङगा तान्नका लागी प्रयोग गरिने घोडीलाई चाहिने खुराक पूर्णरुपमा स्वदेशमै उपलब्ध छ ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874