किसानलाई छैन बैंक कर्जा
रवि दाहाल
वीरगन्ज. पसा्रको रामगढवा ३ बहुअरी टोल निवासी विजयलाल महत्तो एक वर्षसम्म धाउँदा समेत बैंकबाट ऋण नपाएपछि राजमार्ग छेउको तीन कठ्ठा जग्गा सस्तो भाउमा बेचेर पैसाको जोहो गर्न बाध्य भए ।
सुख्खा बन्दरगाह चोक नजिकैको पचास फिट फराकिलो सुख्खा बन्दरगाह-परवानीपुर बाइपास रोड छेउको जग्गा ठूला वाणिज्य बैकले धित्तो राखेर पाँच लाख रुपैयाँ ऋण दिन नमानेपछि बाध्य भएर बेच्नु परेको दुःख सुनाउँछन् महत्तो ।
उनी भन्छन् ऋण लिनका लागी आवश्यक पर्ने सबै कागजपत्र सहितको फाइल लिएर यो बैंक त्यो बैंक धाउँदा धाउँदा छ महिना बित्यो कुनै बैंक ऋण दिनका लागी तयार भएन । बैंकबाट ऋण नपाएपछि महत्तोले दुई वर्षअघि प्रति कठ्ठा ११ लाख रुपैयाँ दरले तीन कठ्ठा जग्गा बिक्री गरेर गाउँकै घडेरी जग्गामा पक्की घर बनाए ।
गाउँ छेउकै वाणिज्य बैंक शाखाले ऋण सुविधा उपलब्ध नगराउँदा ग्रामीणबासी ज्यादै चिढिएका छन् ।रामगढवा गाविससँग सीमा जोडिएको सिसर्िया खल्वाटोला गाविसमा अवस्थित सुख्खा बन्दरगाह परिसरभित्र एभरेष्ट बैंक र ग्लोबल बैंकको शाखा छ । तर यी दुबै बैंकले गाउँलेलाई सुक्को ऋण लगानी गरेका छैनन् ।
कुनै समय किसानको बैंककारुपमा ख्याती कमाएको कृषी विकास बैंक पनि नाफामूखी हुँदै गएको छ भने यसका कर्मचारी सुविधा मुखी भएका छन् ।नाफामूखी भएका कारण बैंकले किसानलाई ऋण लगानी बन्द गरेको छ । सुविधामूखी भएका कारण यो बैंकका ग्रामीण शाखाका कर्मचारी सदरमुकाममै बसेर तलब पकाइ रहेका छन् ।
राजमार्ग छेउको खेतबारी धित्तो राख्दा समेत वाणिज्य बैंकले किसानलाई ऋण दिन नपत्याएपनि किसानकै जग्गा धानचामल मिलका साचालकले सस्तोमा किनेर महँगो मूल्यांकन गर्दै वाणिज्य बैंकबाट लाखौं रुपैयाँ ऋण उठाएका छन् । सुख्खा बन्दरगाहदेखि गर्दौलसम्म पदम रोड छेउछाउका सबै जसो धानचामल मिल बैंक ऋणबाटै साचालित छन् ।
नबिल बैंकले पनि अलौं गाविस शाखाको नाममा वीरगन्ज नगरको पावर हाउस चोकमा शाखा कार्यालय साचालन गरिरहेको छ । कृषी विकास बैंक लिमिटेडको पोखरिया र देउरवाना शाखा वीरगन्ज शाखा कार्यालय भवनमै समेटिएको वर्षाै बितिसकेको छ ।
तीन वर्षअघि एच एण्ड बी डेभलपमेन्ट बैंकतत्कालीन वीरगन्ज फाइनान्स लिमिटेडले सदरमुकाबाट २० किलोमिटर पश्चिममा अवस्थित पोखरिया गाविसमा ग्रामीण शाखा साचालनमा ल्याएपनि बैंकिङ सेवाका लागी गाउँलेहरु सदरमुकामै धाउनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
वाणिज्य बैंकले किसानलाई नपत्याउँदा किसानले चर्को ब्याजदरमा ऋण सेवा लिनु परिरहेको छ । भिस्वाका व्यापारी कृष्णमोहन कुशवाहाका अनुसार ग्रामीण क्षेत्रमा बैंकिङ सेवा उपलब्ध नहुँदा घरमै वा सीमापारी भारतीय बैंकमा बचत गर्नुपर्ने बाध्यता छ ।
बसन्तपुरका रुपनारायण पटेल भन्छन् सरकारी बैंक नभएकाले लगानी गर्दैनन् । सरकारी प्रति जनताको विश्वास पनि बढी छ । तर अहिले गाउँमा बैंक नहुँदा सदरमुकामजम्म आउजाउ गर्न गाडी भाडा खर्च जोड्दा बैंकको सेवा नलिएकै बेस छ ।
किसानको समस्या
ग्रामीण क्षेत्रका किसानको जीवनशैली सामान्य हुने भएकाले उनीहरुलाई खेतीपाती बिहे र चाडवाडका समयमा ठूलो रकमदश हजार देखि ४५ लाखसम्मको आवश्यक्ता पर्ने गरेको छ । खेतीपातीको सिजन शुरु हुनु अघि मल बिउिसंचाई र श्रमिकका लागी भुक्तानी गर्न किसानलाई एकमुष्ठ रकम चाहिन्छ । तर औपचारिक माध्यमबाट यस्तो ऋण सुविधा नपाउँदा किसानले अनौपचारिक माध्यमबाट ऋणको जोहो गर्नुपरेको छत्यो पनि चर्को ब्याजदरमा ।
खेतीको सिजन शुरु हुनु अघि बैंकले ऋण दियो भने बालीतयार भएपछि बेचेर सबै पैसा फर्काइ दिनसक्छौं किसान श्यामसुन्दर कुशवाहा भन्छन्तर हामी गरिबलाई ठूला बैंकले ऋणै लगानी गरिदिन्नन्।<br>
चर्को ब्याजदरमा छिमेकी वा साहु महाजनबाट ऋण लिनुपर्दा त्यसको प्रत्यक्ष असर किसानको उत्पादनको लागतमा पर्ने गरेको छ । अहिले गाउँ घरमा मासिक ४ प्रतिशतका दरले अनौपचारिक क्षेत्रसाहू महाजन छिमेकीबाट ऋण उपलब्ध भइरहेको छ । अनौपचारिक क्षेत्रबाट लिइने ऋणको चर्को ब्याजदरका कारण उत्पादन लागत बढ्ने तर विदेशबाट सस्तो मूल्यमा आयातित कृषीजन्य उत्पादनसँग बजार प्रतिस्पर्धा गर्न नसक्ने समस्याले किसान पिरोलिएका छन् ।
मल बिउिसंचाई प्रविधी र प्राविधिक सल्लाह कृषी क्षेत्रका लागी अत्यावश्यक छ । तर प्राविधिक सल्लाह बाहेक बाँकी सबै तत्वइनपुटका लागी आवश्यक पर्ने रकमको जोहो गर्ने क्षमता अधिकांश किसानमा छैन । खेतीपातीका लागी वर्ष दिनमा दुई पटक छ-छ महिनामा ऋण सुविधा वाणिज्य बैंकहरुबाट सस्तो ब्याजदरमा उपलब्ध गराउने व्यवस्था हुन सके किसानलाई राहत मिल्नेछ । कृषी अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख डा। कैलाश प्रसाद भुडेर भन्छन् अहिलेको व्यवसायीक यूगमा किसानलाई खेतीका लागी आवश्यक पर्ने इनपुटको जोहो गर्न आर्थिक पाटोलाई पनि मजबुत बनाउन आवश्यक छ ।<br>
वाणिज्य बैंकले आपुनो प्रगती विवरणमा कृषी क्षेत्रमा लगानी गरेको देखाएपनि यस्ता अधिकांश लगानी व्यवसायीक प्रयोजनको ट्याक्टर खरिद रासायनिक मल र खाद्यान्नको कारोबारमा सीमित हुने गरेको छ । कृषीजन्य वस्तु प्रशोधन गर्ने खाद्यान्न उद्योग र ती उद्योगसँग सम्बन्धित उपकरणमा वाणिज्य बैंकले ऋणलाई प्राथमिकता दिने गरेका छन् ।
लघु वित्त कम्पनीको योगदान
लघु वित्त कारोबारमा संलग्न लघु वित्त कम्पनीले गरिब तथा किसानलाई सहुलियत दरमा घर दैलोमै ऋण सेवा उपलब्ध गराएका छन् । यी लघु वित्त कम्पनीकै कारण ग्रामीण क्षेत्रका बासिन्दाले थोरबहुत बैंकिङ सेवासँग आपुनो नाता जोड्न सम्भव भएको छ ।
निर्धन उत्थान बैंकडिप्रोक्स विकास बैंक छिमेक विकास बैंकग्रामीण विकास बैंक ग्रामीण विकास ंसंस्थानेरुडोलगायतका लघु वित्त कम्पनीले गरिबलाई सामूहिक जमानीमा २० हजार रुपैयाँदेखि नब्बे हजार रुपैयाँ सम्म ऋण लगानी गरेका छन् ।ग्रामीण क्षेत्रमा थोरै पूँजीमा सम्भव हुने पशु पालन टाङगा रिक्साठेला घुम्ती व्यापार किराना पसल पान पसल कपडा पसल जस्ता व्यापारव्यवसायमा लघु वित्त कम्पनीको लगानी केन्द्रित छ ।
यी लघु वित्त कम्पनीले टोल टोलमा विशेषगरी महिलाको अगुवाइ समूह गठन गरेर समूहका सदस्यलाई अनिवार्यरुपमा बचत गर्न लगाउने गरेका छन् । समूहमा आवद्ध भएको समय अवधीका आधारमा समूहका सदस्यलाई सामूहिक जमानीमा पहिलोदोश्रोतेश्रो र चौथो वर्ष क्रमशः बीस चालीससाठ्ठी र नब्बे हजार रुपैयाँसम्म बिना धित्तो ऋण वितरण गर्ने गरेको निर्धन उत्थान बैंक शाखा प्रबन्धक राधेश्याम साहनीले बताए ।ऋणको सदुपयोग भए नभएको सुनिश्चित गर्न र समयमै सावाँ र ब्याज असुली गर्नका लागी मासिकरुपमा समूहको बैठक आह्वान गरिन्छ । यो बैठकमै ऋणी सदस्यले ऋण ब्याज सहितको किस्ता बुझाउनुका साथै बचत खातामा तीस रुपैयाँ अनिवार्य बचत गर्नुपर्ने प्रावधान छ ।सामूहिक जमानीमा प्रवाह हुने ऋणको ब्याजदर बीस प्रतिशत र थप एक प्रतिशत सेवा शुल्क तोकिएको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले समेत वित्तिय सेवा प्रदान गर्दै आएपनि सेवा भन्दा नाफामूखी भएकाले किसान वा ग्रामीणबासिन्दालाई सहकारी संस्थाहरु प्रभावकारी हुन सकेका छैनन् । न्यूनत्तम ब्याजदर २१ प्रतिशत रहेको सहकारी संस्थाले सेवा शुल्क वापत थप तीन प्रतिशत असुल्नुका साथै ऋण दिने समयको मूलधनकै आधारमा ऋण चुक्ता गर्ने अवधीभर ब्याज असुली गरेर उपभोक्ताको ढाड सेक्ने गरेका छन् ।
वाणिज्य बैंकको बहानामात्र
वाणिज्य बैंकहरु नाफा कमाउने उद्देश्यले साचालनमा आएका हुन् । शेयरधनीलाई नाफा र कर्मचारीलाई सेवा सुविधा दिनका लागी धेरै मुनाफा कमाउनुपर्ने दबाबका कारण ग्रामीण क्षेत्रमा ध्यान दिन नसकिएको सिद्धार्थ बैंकका शाखा प्रबन्धक डिल्लीराज लेखकको तर्क छ । ग्रामीण क्षेत्रमा असुरक्षा बढी भएको किसानमा बैंकिङ सचेतनाको अभाव भएको र ब्याज आम्दानीको तुलनामा ऋण परिचालनको खर्च बढी लाग्ने भएकोले ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्न समस्या भइरहेको तर्क अधिकांश वाणिज्य बैंकको छ ।
सिद्धार्थ बैंक लिमिटेड वीरगन्ज शाखा प्रबन्धक डिल्लीराज लेखक शहरी क्षेत्रमा केन्द्रित रहेका वाणिज्य बैंकहरुका लागी ग्रामीण क्षेत्रमा लगानी गर्न चुनौतीपूर्ण हुने बताउँछन्। उनी भन्छन् सीमित जनशक्तिको भरमा गाउँ गाउँसम्म सेवा दिन सम्भव छैन । ग्रामीण क्षेत्रका उपभोक्ताको व्यवहार र आवश्यक्ता फरक भएकाले यसका लागी बेग्लै व्यवस्था गरिनु उपयुक्त हुने उनको सुझाव छ ।
२०४१ सालदेखि २०५२ सालमाओवादी जनयूद्ध शुरु हुनु अघि सम्म सदरमुकामबाट १५ किलोमिटर उत्तर पश्चिममा अवस्थित सुगौली बिर्ता गाविसमा तत्कालीन नेपाल अरब बैंक लिमिटेडहाल नबिल बैंकले सफलतापूर्वक शाखा साचालन गरेको थियो । उस्ले ग्रामीणवासीको जीवनस्तर उकास्नका लागी टाङगाघोडा खरिद गर्न र भैंसी खरिद गरेर दूध उत्पादन व्यवसाय गर्न किसानलाई बिना धित्तो ५० हजार रुपैयाँसम्म ऋण प्रदान गरेको थियो । यो शाखाबाट पहिलो ऋणीका रुपमा आफूले नै भैंसी खरिद गर्न ५० हजार रुपैयाँ ऋण लिएको सम्झना गर्दै रामगढवा गाविसका ७० वर्षिय शंकर गिरी भन्छन् ऋण लिएको नौ महिनामै सबै तिरिदिए ।आफूले पहिलो ऋण लिएर बोहोनीशुरुवात गरेको शाखाको कारोबार राम्रो भएपछि नबिलका तत्कालीन शाखा प्रबन्धक शम्भू गौतमबाट स्याबासी पाउनुका साथै काठमाण्डौमा सम्मान् गर्ने आश्वासन समेत पाएको गिरीले सुनाए ।
सुगौली बिर्ता १ निवासी हरिनारायण मिश्र भन्छन्नबिल बैंकले नै यो गाउँमा टाङगा व्यवसायको शुरुवात गरेर हामीलाई यातायातको सुविधा उपलब्ध गरायो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नबिल बैंकको सुगौली शाखा पाँच किलोमिटर टाढाको अलौं गाविसमा केही वर्ष साचालनपछि सदरमुकाम वीरगन्जमै सीमित हुन पुग्यो ।
दुःखजिलो गरेर हुर्काएकी छोरी बिहेपछि पराइ घर गएजस्तै भयो५० वर्षिय सुगौलीबिर्ताका जोखन मियाँ नबिल बैंकको शाखा हटाइएकोमा दुःख पोख्दै भन्छन्द्वन्द्वका बेला पनि गाउँलेले सुरक्षा दिन्छौ भन्ने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि बैंक उठ्यो ।
भविष्यको आशा
नेपाल राष्ट्र बैंकले देशको आर्थिक विकासको मूल आधार बन्न सक्ने सम्भाव्यता बोकेको कृषी र जलविद्युत उर्जा उत्पादनको क्षेत्रमा वाणिज्य बैंकहरुको योगदान ज्यादै न्यून भएको पाएपछि यसमा हस्तक्षेप गरेको छ । उस्ले केही महिना अघि वाणिज्य बेंकहरुलाई कूल ऋण लगानीको कम्तीमा दश प्रतिशत प्राथमीकता प्राप्त क्षेत्रका रुपमा रहेको कृषी र जलविद्युतमा लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको यस्तो निर्देशनबाट ग्रामीण क्षेत्रकाबासिन्दा र आम किसानको मनमा आशा पलाएको छ ।
राष्ट्र बैंकको निर्देशन पनि केही वाणिज्य बैंकले किसानलाई खेतबारी नै धित्तो राखेर सहुलियत ब्याज दरमा ऋण प्रवाह गर्ने घोषणा समेत गरेका छन् ।सिटिजन्स बैंकले कृषीका लागी ऋण लगानी सम्बन्धी आपुनो सेवाको औपचारिक घोषणा गरिसकेको छ । साना व्यवसायी केन्द्रित कार्यक्रम लघु उद्यम कर्जाको लोकपि्रयताबाट हौंसिएको ग्लोबल बैंक लिमिटेडसमेत ूग्लोबल कृषी कर्जाू सेवा चाँडै नै लागू गर्ने तयारीमा छ ।बैंक साचालक समितिबाट ग्लोबल कृषी कर्जाका लागी स्वीकृती प्राप्त भइसकेको छ ग्लोबल बैंक लिमिटेडका कर्जा विभाग प्रमुख सुरेन्द्र रेग्मी भन्छन् चाँडै नै हामी यो सेवा ल्याउँदैछौंं । किसानले संस्थागत ऋण नपाउँदा उत्पादनको लागत बढेकाले कृषी पेशाबाट मोहभंग हुन थालेको अवस्थाको आंकलन गरेर सामाजिक उत्तरदायीत्व निर्वाहका लागी कृषी कर्जामा हात हाल्न थालेको कर्जा प्रमुख रेग्मी दाबी गर्छन् ।
Baisakh 2069

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874
परमेश्वरको शान्तिले तपाईं संग हुन सक्छ।
ReplyDeleteतपाईं एक व्यापारी वा बहिनी हुनुहुन्छ? तपाईं कुनै पनि हुनुहुन्छ
वित्तीय तनाव या तपाईं शुरू गर्न धन गर्नुपर्छ।
तपाईंको आफ्नै व्यापार?
एक) व्यक्तिगत ऋण व्यापार विस्तार।
बी) सुरु-अप कारोबार र शिक्षा।
सी) समेकन
नाम: ..........................................
देश: .........................................
स्थान: ..........................................
स्थिति: .......................................
लिंग: ................................................ ...
उमेर ................................................. ....
ऋण राशि आवश्यक: .........................
ऋण अवधि: ...................................
व्यक्तिगत सेल फोन नम्बर: .......................
मासिक
आय: .....................................
धन्यवाद र परमेश्वरको आशिष।
इमेल: marycoleloanscompany3@gmail.com