साडीमा सुन्दर नारी
रवि दाहाल
वीरगन्ज । बारुले कम्मरमा मुजा परेर अडिएको साडीमाथिको नाभीले जोकोही पुरुषको मन लोभ्याउँदो हो । अझ पिठ्यूँमा खुला पारेर सिलाइएको चोलीले पश्चिमेली सम्भयताबाट भित्रिएको छोटा लुगालाई पनि ओझेलमा पार्न थालेको छ ।
बेहुली अन्माउँदा होस् वा भित्र्याउँदा हिन्दू परिवारमा साडी अनिवार्य मानिन्छ। रातो साडी रातै चोली रातो सिन्दुर रातो लालीरातो पोते । भनिन्छ बेहुलीको रुपमा सजिएकी महिला आपुनो जीवनमै सबैभन्दा बढी सुन्दर देखिन्छन् । रातो पहिरनसँगै आँखामा झल्किने लाजले पनि सुन्दरतामा सुगन्ध थपेको हुन्छ । अघिपछि जिन्स पाइन्ट भेष्ट होस् वा मिनी स्कर्ट रुचाउने यूवती पनि संगीको बिहेमा साडी र चोलीमै सज्जिन चाहान्छन्भावी बेहुलीका रुपमा ।
हिन्दू धर्मावलम्बी महिलाका लागी लाज ढाक्न मात्र होइन परम्परा निर्वाह गर्न पनि अनिवार्यता छ साडी । बिहेबारी ब्रतबन्ध विशेष पूजाअन्नप्राशन्नतीज चाडबाडमा साडी नभइ हुन्न ।नेपाली हिन्दू समाजमा साडी र गहना महिला शौन्दर्यताको प्रतीक मानिन्छ । साडीलॆ लाज ढाक्ने मात्रै होइननारीलाई ग्ल्यामरश पनि बनाउँछ ।
मधेशी नारीका लागी साडीको ठूलो महत्व छमाइस्थान बजारमा साडी किनमेलका क्रममा भेटिएकी गृहणी रामपति देवी भन्छिन् दैनिक प्रयोगका लागी मात्र नभएर पूजाआजामा पनि साडी अनिवार्य छ । मधेशी समाजमा विशेष गरी पूजाआजामा रातो रंग र पहेंलोको साडी रुचाइने गरेको छ । बिहेमा बेहुलीका लागी बनारशी साडी वा चम्किलो धागोले भरिएको महँगा साडी अनिवार्य मानिन्छ ।
साडीको रंङगको छनौट चाडपर्वमा निर्भर गर्छगृहणी भावना रिजाल भन्छिन् साउनमा हरियो भदौतीज दशैं तिहारमा रातो । गर्मी मौसममा बजार घुम्न वा किनमेलका लागी निस्किंदा सिफन साडी हलुको र सहज हुन्छ ।गृहणी महिला दिनभर घरगृहस्थीको काममा व्यस्त रहनु पर्ने भएकाले शरीरलाई शीतलता प्रदान गर्न सुतीको साडी लगाउन रुचाउँछन् । यहाँका ४५ वर्षमाथिको उमेरका महिलाहरु बाहिर घुम्न निस्किंदा पनि सुती साडी नै लगाउने गरेको पाइन्छ । ४५ मुनीका महिलाको रोजाइ सिफन वा सिन्थेटिक साडी हुने गरेको साडी व्यापारी शर्मा सर्राफको अनुभव छ ।
एकताक खुबै चल्तीमा रहेको धागो जडी र मोतीले बुट्टा भरिएको साडी अचेल मध्यम वर्गिय परिवारका महिलाको रोजाइमा पर्न छोडेको छ । बिहेको सिजन तीज र छठ पर्वका बेला साडीको व्यापार खुबै चम्किन्छसाडी व्यापारी मनोज कुमार भन्छन्अन्य बेला पनि साडीको बिक्री राम्रै चलेको हुन्छ ।
ूटिभी सिरियलमा नयाँ जे देखिन्छ किनमेलका क्रम त्यही खोजीन्छू-गृहणी निहारिका निधी भन्छिन् साडीको मोल गुणस्तरका बारेमा खासै जानकारी हुँदैन ।पछिल्लो समयमा नेटजालीदार साडी शहरी महिलाको पहिलो रोजाइ बन्न पुगेको छ । ६० ग्राम वजनको साडी पनि बिक्री चम्केको छ । हलुकापनका साथै ग्ल्यामरश देखिनका लागी पनि उपयुक्त भएकाले नेट साडी मन पराइएको हो । अहिले जर्जेट साडी धागो बुट्टा काटिएको साडी जडी बुट्टा भरिएका चल्तीमा छन् ।
महिलामा साडी मोह यत्ति उच्च छ की एउटा अवसरमा लगाएको साडी अर्को अवसरमा सकेसम्म दोहोर् याएर लगाउनु नपरोस् भन्ने आकांक्षा राख्छन् शिक्षक सुशिल पटेल भन्छन् कसैको बिहे वा कुनै पार्टी आउन थाल्यो की महिलालाई कस्तो साडी कत्ति रकमको साडी लगाउने भन्ने छटपटी हुन्छ । घरको दराजमा लहरै झुण्ड्याएर राखिएका साडी आपुनो संगीहरुको जमघटमा प्रदर्शनी गर्नु वा नयाँ कुनै साडी किनेर ल्याएको भए प्रसंग निकाल्नु सामान्य प्रवृत्ति बनेको गृहणी सुशिला थापाको अनुभव छ ।
फुस्रदको समयमा भारतीय टेलिभिजन च्यानलका टेलिश्रृंखलामा नजर टिकाउन अभ्यस्त गृहणीहरु चर्चित महिला पात्रले लगाएको साडी र गहनाको चर्चा गर्न छुटाउँदैनन् । साडीका व्यापारी पनि के कम। टेलिश्रृंखलाका चर्चित महिला पात्रको नाममा साडी ब्राण्डिङ गरेर ग्राहकसँग मनपर्दो रकम असुल्ने अवसर गुम्न िदंदैनन् ।अधिकांश साडी उत्पादक कम्पनीले कुनै ब्राण्ड दिएका हुँदैनन् धाँगोको गुणस्तर मात्र उल्लेख गर्छन्न्यू आँचल साडी टे्रडस्रका साचालक शर्मा सर्राफ भन्छन्तर भारतीय टेलिभिजनका सिरियलप्रति नारीको मोहलाई व्यापारको अवसरमा रुपमा छोप्न ठूला बित्रेुता आफैंले थरी थरीका नाम जुराउँछन् ।
भाकल पुरा भएपछि शक्ति पीठमा साडी नै दान गरिन्छ । नेताले भोटर रिझाउन पनि साडी नै बाँड्छन् ।
चर्किंदै गएको गर्मी र व्यस्तताले भरिएको दैनिकीमा चिटिक्क पारेर साडी लगाउन र लगाइ सकेपछि सम्हाल्न झण्झटिलो हुने भएकाले विशेष अवसरबाहेक शहरी महिलाहरु कुर्ता सुरुवाल लगाउन रुचाउन थालेका छन् । शहरीका ६० प्रतिशत महिला विशेष अवसरमा बाहेक कुर्ता सुरुवाल नै लगाउन थालेका छन् श्री दुर्गा भवानी साडी टे्रडस्रका साचालक मनोज कुमार भन्छन्समय फेरिएको छ फेशन पनि फेरिएको छ ।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874