खेतीबाट टाँिढंदै किसान
रवि दाहाल
वीरगन्ज । खाद्यान्नको प्रमुख श्रोतको रुपमा रहेको चामलको भाउमा गिरावट आएपछि शहरी उपभोक्ता खुशी भएपनि कृषीमा निर्भर किसान निक्कै चिन्तित छन् ।
गतवर्षको तुलनामा धानको उत्पादन सपि्रएपनि बजार भाउ निक्कै गिरेकाले किसान चिन्तित भएका हुन् । पोहोर दुई हजार रुपैयाँसम्ममा मंसुली धान बेचेका किसानले अहिले गाउँका व्यापारीबाट १ हजार ३ सय रुपैयाँ मात्रै पाएपछि घाटाको खेती भएको छ धान ।
उपभोक्ताले पोहोरको भन्दा प्रति किलो पाँच रुपैयाँ सस्तोमा चामल खरिद गर्न पाउँदा बहुसंख्यक किसानले ठूलो मूल्य चुकाउनु परिरहेको यथार्थताप्रति थोरैको ध्यान गएको छ ।
उब्जनी बढ्यो भनेर मख्ख परेका थियौं पसा्रको लखनपुर गाविसका किसान मेघराज साह कानू भन्छन्भाउ यत्ति तल झर् यो की लागत नै पनि उठ्न सक्ने छाँट छैन । यस्तै गुनासो छहरिहरपुर बिर्ताका पूर्व गाविस अध्यक्ष रामबालक राउत कुर्मीको छ । उनी भन्छन्बिउमल मजदुरी जोताइ सबैको भाउ बढ्या बढ्यै छ । तर धानको भाउ ओरालो लागि रहेको छ । भकारीमा थन्काउन नपाउँदै भाउ घट्दै जान थालेपछि चिन्ताका कारण किसानको निधारमा रेखी अझै गहिरो बनेका छन् ।
पोहोर १८ सय रुपैयाँबाट शुरु भएर सिजनको अन्त्यमा २१ सय रुपैयाँसम्म पुगेको प्रतिक्वीन्टल मन्सुली धानको भाउ यसपटक १६ सय रुपैयाँबाट ओरालो लाग्दै १३ सय रुपैयाँमा आइपुगेको छ । धानको प्रमुख खरिदकर्ताको रुपमा रहेको धान मिलका साचालकहरुले किसानबाट धान खरिद गर्न आनाकानी गरिरहेकाले भाउ अझै गिर्ने सम्भावना छ । व्यापारीका अनुसार महँगीको तुलनामा यसपटक १८ सय रुपैयाँबाट शुरु भएर कम्तीमा २२ सय रुपैयाँसम्म धानको भाउ कायम हुनुपर्ने थियो ।
भारतबाट निर्वाधरुपमा ठूलो परिमाणमा तयारी चामल भित्रिइरहेकाले यहाँका चामल मिल पनि मुश्किलले साचालनमा छन् ।भारतबाट सस्तो मूल्यमा चामल भित्रिइरहेको छ धान मिल साचालक सुबोध गुप्ताले भनेस्थानीय धानबाट चामल उत्पादन गरेर बजार भाउमा प्रतिस्पर्धा सम्भव छैन ।
चामल उत्पादन गर्ने मिल साचालकले धान खरिद नगिरंदा किसानले सीमापार भारतीय बजारमा लगेर आपुनो उब्जनी बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने सम्भावना बढेको छ । भकारीमा कुहाउनुभन्दा घाटा सहेरै भएपनि बिक्री गर्नुपर्ने स्थिति आउनेछ किसानका लागी ।
मुश्किलले डेढ क्वीन्टल धान उब्जनी हुने एक कठ्ठा क्षेत्रफल खेतमा धान उब्जनी गर्न मल बिउ किटनाशक औषधी मजदुरी जोताइ र िसंचाइको लागत जोड्दा २१ सय रुपैयाँभन्दा बढी खर्च हुन्छ । अहिले आपुनो खेतमा उब्जनी गरेको एक क्वीन्टल मंसुली धान जम्मा तेह्र सय रुपैयाँमा बेच्नुपर्ने स्थितिमा किसानले ठूलो घाटा व्यहोर्नु परिरहेको छ । सीमावर्ती भारतीय बजारमा धानको भाउ प्रतिक्वीन्टल ७ सय ५० भारतीय रुपैयाँ छ ।
यो उपभोक्ताका लागी खाद्यान्नको प्रमुख श्रोत मात्र होइन बहुसंख्यक नेपाली किसानको जीविको पार्जनको आधार पनि हो धान । पत्रकार चन्द्रकिशोर धानलाई बजारमा बिक्री हुने उपभोग्य वस्तुकारुपमा मात्र हेर्ने गल्ती गरिन नहुने राय व्यक्त गर्छन् । किसानले धानको उचित भाउ नपाउने हो भने उनीहरुको चुल्हो चीसो हुने खतरा औंल्याउँछन् पत्रकार चन्द्रकिशोर ।
खुला सीमाबाट हुने खाद्यान्नको तस्करी र भन्सार नाकाबाट समेत न्यून भन्सार राजश्वमा सस्ता भारतीय कृषी उपज भित्रिइरहेकाले नेपाली किसान चर्को मारमा परेको बताउँछन् । उनले नेपाली किसानलाई भारतमा जस्तै मल बिउ िसंचाई ढुवानीमा अनुदान सुविधा र उपजको न्यूनत्तम समर्थन मूल्य तोक्न राज्यले कार्यक्रम ल्याउनुपर्नेे्र सुझाव दिन्छन् ।
धानको न्यूनत्तम भाउ निर्धारण गर्ने जिम्मेवारीबाट राज्य पिाछएकाले पनि किसानको पीडा थपिएको छ । २०५६ साल यता कृषी मन्त्रालयले धानको न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेको छैन ।
यसपटक आन्तरिक उत्पादनमा भएको वृद्धिका कारण पनि भाउमा गिरावट आएको व्यापारीको भनाई छ । यसवष प्रति हेक्टर क्षेत्रफलमा ४ दशमलव ५ मेटि्रक टनका दरले कूल १ लाख ४२ हजार ८ सय मेटि्रक धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पसा्रले जनाएको छ । गतवर्ष प्रति हेक्टर ३ दशमलव २ मेटि्रक टनका दरले १ लाख १२ हजार ६ सय ४० मेटिक धान उत्पादन भएको कृषी प्राविधिक सुरेशप्रसाद चौरसियाले बताए ।
मधेशी जनअधिकार फोरम नेपाल पसा्रका अध्यक्ष प्रदीप यादवले आम कृषकको समस्या सम्बोधनमा राज्य उदासिन रहेको आरोप लगाए । राज्यले अनुदानसहित रासायनिक मल बाँड्ने गरेको भएपनि आवश्यक्ताको अनुपातमा ज्यादै न्यून भएकाले हात्तिको मुखमा जीरा सरह भएको छ ।
ूहाम्रा लागी थोरबहुत निकासा भएको अनुदानको मल वितरणमा पनि घोटाला छलखनपुर एकडर्वाका किसान हिरालाल प्रसादले भनेकृषी कम्पनी र सहकारी साचालक मिलेर शहरतिरै बेचिदिन्छन् ।
करिब तीनवर्षदेखिको गैर बास्मती चामलको निर्यातमा लाग्दै आएको बन्देज भारत सरकारले गत साउनदेखि हटाएपछि नेपाली किसानमा धानको भाउलाई लिएर चिन्ता बढ्न थालेको हो । भारतमा अनुकूल मौसमका कारण धानको उत्पादनमा वृद्धि भएपछि निकासी खुकुलो बनाएको हो । भारतबाट धानभन्दा सिधै चामल भित्र्याउन नेपाली सरकारी अधिकारीहरु बढी रुची दिइरहेकोमा स्थानीय चामल मिल साचालकहरुले आपत्ति जनाएका छन् । सिधै चामल ल्याउने हो भने हामीले मिल साचालन गरेर सयौं मजदुरलाई रोजगारीमा लगाउनुको के अर्थ रह्यो मोहित खाद्य उद्योगका साचालक सुबोध गुप्ताले भने यस्तै अवस्था हो भने अब हामी पनि उद्योग छोडेर आयातमा लाग्नुपर्ला ।
२०६८ पुस

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874