Saturday, July 14, 2012


हतियार चोरीको धन्दामा संगठित गिरोहको संलग्नता


रवि दाहाल,दिवाकर भण्डारी-

वीरगन्ज । मध्य तराईका प्रहरी कार्यालयमा स्थानीय जिल्लाबाट भर्ना भएका प्रहरी जवानको सहयोगमा हतियार चोरी गर्ने धन्दामा संगठित गिरोहको संलग्नताको आशंका गरिएको छ । पसा्र बारा र रौतहट जिल्लाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई रकमको लोभ देखाउँदै हतियार चोरी गर्न प्रोत्साहित गरेर चोरीका हतियार खरिद गर्ने समूह सकृय रहेको सुरक्षा अधिकारीको बुझाइ छ ।
हराएको हतियारबारे अनुसन्धानका क्रममा प्रहरीले क्षेत्रिय स्तरमा प्रभाव बनाएका राजनीतिक व्यक्तित्वको संलग्नता रहेको सूचना पाएको छ । हतियारको कारोबारमा राजनीतिक पृष्ठभूमीका केही व्यक्तिको संलग्नताबारे जानकारी पाएका छौंबाराका प्रहरी निरिक्षक केपी शर्माले भनेयसबारे ठोस प्रमाण जुटाउने प्रयास गर्दैछौं ।
पसा्र बारा र रौतहटबाट प्रहरी संगठनमा भर्ना भएका प्रहरी जवानहरु राजनीतिक दलका स्थानीय नेताको प्रत्यक्ष सम्पर्कमा रहने र व्यक्तिगत चिनजान समेत हुने भएकाले उनीहरुलाई नै यहाँका प्रहरी कार्यालयबाट हतियार चोरी गर्ने कार्यमा प्रयोगमा ल्याउन सहज भएको हो । रौतहटका प्रहरी जवान छोटेलाल ठाकुरले बाराका एकजना राजनीतिकर्मीलाई २६ जेठमा एक लाख २० हजार रुपैयाँमा एउटा एसएलआर बिक्री गरेको सम्बद्ध श्रोतको दाबी छ । अनुसन्धानका लागी रौतहटबाट प्रहरी जवान ठाकुरलाई ल्याएर सोधपुछ गरिएको प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बताए । उनले भनेएक साता अघि तालिम केन्द्र जानुछ भन्दै रवाना लिएर िहंडेका ठाकुर प्रहरी कार्यालयको सम्पर्क बाहिर गएकाले फरार भएको हुनसक्छ । हतियार जिम्मामा लिएका प्रहरीको लापरवाहीको फाइदा उठाउँदै हतियार चोरी गर्ने समूह सकृय भएको हुनसक्ने पूर्व प्रहरी उपरिक्षक रामलखन यादवको भनाई छ ।

स्थानीय अपराधीद्वारा साना हतियारको प्रयोग भएको पाइए पनि ठूला खाले स्वचालित हतियारको प्रयोग यहाँका जिल्लामा भएका आपराधिक गतिविधीमा प्रयोग नभएकाले सुरक्षा संगठनबाट चोरी भएका हतियार आफूसँगै राख्ने वा भारतीय अपराधीलाई बिक्री गर्ने कार्यमा प्रभावशाली व्यक्तिहरुको संलग्नता रहेको अर्का एक प्रहरी अधिकृतले बताए ।

हतियार चोरीको घटनामा समानता
रौतहट र पसा्र दुबै जिल्लाबाट एसएलआर राइफल हराएको घटना उस्तै प्रकृतीको छ । डिउटी बद्लीको समयमा एउटा प्रहरीले अर्को प्रहरीको हतियार चोरेर लगेको छ अर्का एक प्रहरी अधिकृतले भने ।पूर्व प्रहरी उपरिक्षक रामलखन यादवले अधिकांश घटनामा सम्बन्धित प्रहरीकै लापरवाहीबाट  हतियार हराउने गरेको बताए । उनले भनेधेरै जसो आपुनै लापरवाहीबाट हतियार हराएको घटना प्रहरी संगठनभित्र हुने गरेको छ । उनले लापरवाहीकै मौकाको फाइदा उठाउँदै व्यक्तिगत रिसइबी साध्न वा आपराधिक समूहलाई बिक्री गर्न सहकर्मी प्रहरीबाटै हतियार चोरी गर्ने घटना पनि हुने गरेको बताए । डिउटीमा समयमा हतियार बोकेर मदिरा सेवन गर्दा होश गुमाउने वा लगातार धेरैसमयसम्म डिउटी गरेर ज्यादै थकित भएको अवस्थामा चनाखोपन नहुने भएकाले पनि हतियार हराउने गरेको प्रहरी अधिकृतहरुको भनाई छ ।
बिहान बेलुका नियमितरुपमा रोल कल गर्दा सम्बन्धित कमाण्डरले हतियारको सुरक्षाबारे नियमित बिपि्रुङग गर्नुको साथै डिउटी बदली भएर आए लगत्तै प्रहरी कार्यालयको मुख्यद्वारमै हतियार चेकजाँच गर्न सके हराउने सम्भावना थोरै हुने पूर्व प्रहरी उपरिक्षक यादवको सुझाव छ । 



बारा प्रहरीले गत बैशाखयता साना हतियारको कारोबारमा संलग्न रहेको अभियोगमा  दुईजनालाई पक्राउ गरेर अदालतमा मुद्दा दर्ता गरेको छ । मनहर्वा गाविस ३ का ४७ वर्षिय शेषनाथ ठाकुर र हरैया गाविस ६ निवासी २८ वर्षिय सन्तोष भनिने काशी तिमिल्सीनालाई प्रहरीले हतियार सहित पक्राउ गरेर कारवाही गरिरहेको छ । २६ असारमा लिपनीमाल गाविसबाट प्रहरीले नौ राउण्डको अटोमेटिक इटालियन पेस्तोल एक थान त्यसको म्याग्जिन र चारवटा गोलीसहित शेषनाथ ठाकुरलाई पक्राउ गरेको प्रहरी निरिक्षक केपी शर्माले बताए । शेषनाथ विगत दशवर्षदेखि हतियार उत्पादन र बिक्रीको कारोबारमा संलग्न रहेको प्रनि शर्माले जानकारी दिए । यसअघि बैशाख ९ मा बारा सदरमुकाम कलैयाबाट  तिमि_िल्सनालाई विदेशमा निर्मित स्वचालित पेस्तोल एक थान र म्याग्जीन सहित दुई राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पसा्रका प्रहरी जवान राजेश कुमार गुभाजुले आपुनो साथमा रहेको पेस्तोल हराएको दश महिना नबित्दै अर्का प्रहरी जवान डम्बर बहादुर माझीले १९ असारमा एसएलआर राइफल हराएका छन् । हराएका दुबै हतियार अझैसम्म भेटिएको छैन । यसअघि २४ भदौ २०६७ मा जिल्ला प्रहरी कार्यालय रौतहटबाट हराएको एसएलआर हतियार पनि अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन । पसा्रका प्रज माझीले मंगलबार आफूसँग भएको हतियार जिल्ला प्रहरी कार्यालयको ब्यारेकबाटै हराएको प्रारम्भिक बयानका क्रममा बताएका छन् । डिउटीबाट फर्किएर आए लगत्तै कोत घरमा हतियार जिम्मा लगाउनुपर्नेमा माझीले आफूसँगै हतियार राखेको अवस्थामा हराएको हॊ ।संगठनभित्रै चोर छिरेको जस्तो छप्रहरी उपरिक्षक पिताम्बर अधिकारीले हतियारको खोजी कार्य जारी रहेको बताउँदै भनेकेही शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गर्दैछौं। झण्डै तीन साता अघि एसएलआर बन्दुकको करिब ४५ वटा गोली हराएको आरोपमा प्रहरी जवान वीरचन्द यादव हिरासतमै छन् । टोली बदली हुँदा कोत घरमा गोलीगठ्ठा फिर्ता बुझाउनुपर्नेमा आपुनै बाकसमा राखेको रहेछप्रहरी उपरिक्षक पिताम्बर अधिकारीले भनेखोजतलाशका क्रममा गोली फेला पर् यो ।
रौतहटमा आफू प्रहरी प्रमुख भएका बेला हराएको हतियारबारे प्रहरी उपरिक्षक अधिकारीले पसा्रमा आएलगत्तै सुराकी परिचालन गरेर अनुसन्धान थालेकोमा सफलता हात नलाग्दै अर्को हतियार हराएको छ । उनले अनुसन्धान थालेपछि रौतहटबाट हतियार चोरी गरेको आशंकामा प्रहरी जवान छोटेलाल ठाकुरलाई नियन्त्रणमा लिएपनि अनुसन्धान टुंगोमा पुग्न नपाउँदै उनी फरार भएकाले चोरी भएको हतियार फिर्ता ल्याउने प्रयास असफल भएको थियो । रौतहटमा हतियार हराएको घटनामा तत्कालै प्रहरी जवानद्वय रामकृष्ण चौधरी र प्रभु राय यादवलाई नियन्त्रणमा लिएकोमा यादव धरौटीमा रिहा भइसकेका छन् । यादवको जिम्मामा रहेको हतियार आपुनो जिम्मामा लिएका प्रहरी जवान चौधरी गौर कारागारमा कैद सजाय भोग्दै छन् ।
गत वर्ष १८ असोजमा प्रहरी कार्यालयपसा्रमा जानकारी नै नदिइ दशैंका बेला घर बिदा गएका प्रहरी जवान राजेशकुमार गुभाजुले आपुनो साथमा रहेको पेस्तोल हराएको बारे २२ असोजमा मात्र तत्कालीन प्रहरी उपरिक्षक रमेश खरेलले जानकारी पाएका थिए । गुभाजुलाई प्रहरी कार्यालयले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीको व्यक्तिगत सुरक्षा गार्डका रुपमा खटाएका बेला हतियार हराएको थियो । हतियार हराएको आरोपमा निलम्बनमा परेका गुभाजु अहिले जेल सजाय भोग्दैछन् ।


अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको ३१ असार २०६९ को अंकमा प्रकाशित


No comments:

Post a Comment

Please avoid abuse, we praise healthy comment and criticism.