लहैलहैमा शेयर लगानी
रवि दाहाल
वीरगन्ज ।साथीभाइको लहैलहैमा ग्लोबल बैंक लिमिटेडको शेयर खरिद गरेकी रानीघाट टोलकी गृहणी मनोरमा देवीले शेयर प्रमाण पत्र दराजमा थन्काएको चार वर्ष बिति सकेको छ । हिच्किचाउँदै शेयरमा लगानी गरेकी उनको नाममा तीस कित्ता साधारण शेयर छ । आफूले किनेको शेयरको बजार भाउ घटबढ के भएको छ भन्नेमा उनलाई विल्कुलै चासो छैन। शेयरको खरिद बिक्री कहाँ गरिन्छ भन्ने समेत जानकारी छैन ।
मनोरमा भन्छिन्साथीहरुले नै फाइदा हुन्छ भनेर किन्न लगाएका हुन्मलाई शेयरको बारेमा जानकारी छैन चासो पनि छैन ।
जनता बैंकले जारी गरेको साधारण शेयर खरिद गर्नका लागी यहाँको वितरण केन्द्रमा सर्वसाधारणदेखि ठूला व्यापारीसम्मले हानाथाप गरेका छन् । शेयर र बैंक ब्याजबारे खासै जानकारी नहुने आम उपभोक्ताले शेयर आह्वान भएकै दिनदेखि शेयर आवेदन फारमसहित शेयर रकम बराबरको नगद बैंकमा जम्मा गरेपनि अधिकांश ठूला लगानीकर्ताले अन्तिम दिन मात्रै शेयर दरखास्त फारम र चेक बुझाए ।
यहाँका सीमित मानिसमा मात्र शेयर बजारको समग्र ज्ञान छ शेयर दलाल कम्पनीका एजेण्टका रुपमा काम गरेका निरज शर्मा भन्छन्शेयर किन्ने र वर्षौसम्म घरमा थन्क्याउने गर्छन् दोश्रो बजारमा नियमित खरिद बिक्री गर्न आउँदैनन् ।एक वर्षसम्म शेयर दलाल कम्पनीको प्रतिनिधीको रुपमा काम गरेपनि मुनाफा नभएपछि उनले व्यवसाय बन्द गरेका छन् ।
जनता बैंक वीरगन्ज शाखा प्रबन्धक क्षितिज खड्का भन्छन् शुक्रबार जम्मा गरेको चेकको रकम सोमबार मात्रै खाताबाट झिकिने भएकाले चार दिनको ब्याज जोगाउन व्यापारीले अन्तिम समयमा बुझाएका हुन् । २१ वैशाख शुक्रबारका दिन जनताको शेयर बिक्री बन्द भएकोमा शनिबार साप्ताहिक बिदा र आइतबार बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको थियो ।
ठूला व्यापारीले चार दिनको ब्याज समेत कमाउन चनाखो भएपनि बैंकिङ कारोबारबारे वृहद जानकारी नभएका आम उपभोक्ताहरु बैंकले खाता व्यवस्थापन शुल्कखाता निष्कृय वा सकृय शुल्कब्याजदरमा पूर्व सुचना बिना गरिएको परिवर्तनबारे विल्कुलै बेखबर हुने गरेका छन् ।
बैंकमार्पुत् हुने वित्तिय कारोबारबारे ठूला व्यापारी ज्यादै नै सचेत छन्बैंकर क्षितिज खड्का भन्छन्बैंकले जरिवाना लिनुको साटो उल्टै व्यापारी नै पैसा फिर्ता लिन क्लेम गर्छन् । व्यापारको मुनाफामा एक सुकाको बचत समेत महत्वपूर्ण हुने भएकाले व्यापारीले बैंकबाट नियमितरुपमा खाताबाट भिकेराखेको रकमको विवरण लिने र कुनै फरक देखिए तत्कालै बैंक कर्मचारीको ध्यानाकर्षण गराउँछन् ।
वाणिज्य बैंकहरुमा खाता खोल्ने ग्राहकहरुमा न्यूनत्तम वित्तिय साक्षरता भएकाको बाहुल्यता रहेको छ । खाता संख्याको आधारमा यो वर्गको दबदबा बढी भएपनि थोरै सख्यामा रहेका तर वित्तिय सचेतना बढी भएकाहरुको खातामा बचत रकम बढी हुने गरेको बैंकरहरुको भनाई ।
ठगीनुको पीडा
बाराको जीतपुर बजारमा अवस्थित एउटा सहकारी संस्थामा दैनिक बचत खातामा ६ प्रतिशत ब्याज पाउने गरी खाता खोलेकी बिरुवागुठीकी लक्ष्मी भट्टराईले आपुनै खातामा रहेको रकमबाट कर्जा िलंदा शुरुको तीन महिना १२ प्रतिशतका दरले ब्याज तिरिन् । तेश्रो महिनाको सावाँसहितको किस्ता बुझाउन नपाउँदै उनलाई सहकारीका कर्मचारीले कर्जाको ब्याज दर २२ प्रतिशत पुगेको जानकारी गराएपछि उनी झस्किइन् । बचत खाताको ब्याज दर कहिल्यै बढाएनन्लक्ष्मीले सहकारी प्रति गुनासो गर्दै भनिन्साचालक समितीको निर्णयको हवाला िदंदै कर्जाको ब्याज मनपर्दो असुले ।
सामाजिक अभियानले ल्याएको चेतना
महिला आमा तथा बचत समूहमा आबद्ध भएका ग्रामीण भेगका महिला बचतऋणकिस्ता र ब्याजबारे सामान्य जानकारी राख्ने गरेका छन् । गाउँकै अन्य महिलाको तुलनामा उनीहरुको बैंकिङ र इन्सुरेन्सको चेतना राम्रै भएपनि बैंक तथा इन्सुरेन्स कम्पनीले नजादिदो तरिकाले गर्ने ठगीबारे अनविज्ञ रहेका छन् ।
गाउँमा गरिबी निवारण कोषमार्पुत् आय आर्जनका कार्यक्रम साचालन गरिएपछि आफूले बैंकमा खाता खोल्न र बैंकसँग नजिकिन जानेको पसा्र मधुवन मथवल निवासी तारादेवी विकले सुनाइन् । पहिले बैंकबारे विल्कुलै थाहा थिएन तारादेवीले भनिन्अहिले सदरमुकाम पुगेर वाणिज्य बैंकबाट रकम झिक्नेराख्ने काम गर्न थालेकी छु । उनी आबद्ध समूहले पाँच लाख रुपैयाँ समूहका ३० जना सदस्यहरुबीच आय आर्जनको काममा ऋण लगानी गरेको छ ।
महिला समूहमा आबद्ध भएर आफैंले बचत गर्ने र लगानी गर्न थालेपछि चेतना ग्रामीण महिलामा आएको छ । पसा्रको विरुवागुठीमा एक दशकदेखि आमा समूहमा सकृय महिलाले संगठित हुँदै दुइ वर्ष अघि जुनतारा महिला बचत तथा ऋण सहकारी संस्था साचालनमा ल्याएर बचत र ऋण लगानीको काम गर्दैछन् ।
आर्थिकरुपमा सक्षमले बढी जानकारी र चासो राख्ने गरेका छन्नेपाल लाइफ इन्सुरेन्स कम्पनीका बीमा अभिकर्ता श्याम पराजुली भन्छन् कमजोर आर्थिक अवस्था भएकाहरुलाई न त जानकारी छ न त चासो नै । नेपाली बिमा कम्पनीहरुबीच बढ्दो प्रतिस्पर्धासँगै टोल टोलमा बीमा अभिकर्ताको उपस्थिति भएपनि बीमितको संख्या अपेक्षितरुपमा वृद्धि हुन सकेको छैन । विरुवागुठी गाविसकी महिला कार्यकर्ता भगवती शर्मा भन्छिन्गृहणी महिलाहरु उत्ति साह्रो जोखिम छैन भन्दै बीमा गराउन चाहँदैनन् ।
ब्याज होइन सुरक्षा खोज्दै
विकास बैंक तथा बित्तिय संस्थाहरुमा बचत खातामा राखेको रकम डुब्न थालेपछि सचेत बनेका आम उपभोक्ता अचेल आकर्षक ब्याजदरको साटो विश्वाशिलो बैंकमा बचत गर्न बढी रुचाउँछन् । बैंकमा पैसा जम्मा गरेर राती आनन्दसित निदाउन सक्ने बैंकको खोजी गर्ने बचतकर्ताहरु बढ्दै गएको नेपाल एसबीआइ बैंकका शाखा प्रबन्धक जीवनबाबु सुवेदीको अनुभव छ । वित्त कम्पनी तथा विकास बैंकहरुले बचतमा ६देखि ७ प्रतिशतसम्म ब्याज दिइ रहेकोमा ठूला वाणिज्य बैंकहरुले तीन देखि पाँच प्रतिशत मात्र ब्याज उपलब्ध गराइ रहेका छन् ।
सरकारी भूमीका गौण
आम नागरिकलाई बैंक बीमाशेयर बजार तथा अन्य वित्तिय कारोबारबारे सारक्षता प्रदान गर्ने कार्यमा केन्द्रिय बैंक बिमा समिति र धितोपत्र बोर्डको भूमीका ज्यादै गौण रहेको छ । निजी बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो सेवाको प्रवद्र्धन र बजार प्रवद्र्धनका लागी गर्ने शहर केन्द्रित प्रवद्र्धनबाहेक यो क्षेत्रमा ठोस काम हुन सकेको छैन। केन्द्रमा बैंकिङ प्रवद्र्धन समिती गठन भएपनि यो प्रभावहीन अवस्थामा छ । सर्वसाधारणमा नेपालमा उपलब्ध बीमा सेवाबारे जानकारी नहुँदा वर्षेनी करोडौं रुपैयाँ बिमा शुल्कवापत भारतीय बीमा कम्पनीहरुमा नेपालबाट बाहिरिएपनि बीमा समितीका पदाधिकारीहरु यो विषयमा चिन्ता देखाउनेबाहेक जनचेतना अभिवृद्धि गरेर स्वदेशी मुद्रा विदेशिनबाट रोक्नका लागी कुनै ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।
वैशाख २०६९
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.