Monday, July 23, 2012

पाँच वर्ष अघि शुरु भएको विद्युतीकरण परियोजना अझै अधुरो

रवि दाहाल
वीरगन्ज . पसा्रको सुदूरपश्चिमी गाविस ठोरीमा विद्युतीकरणका लागी पाँच वर्षअघि शुरु भएको परियोजना अझै पनि अधुरो रहेको छ । ठोरी विद्युत उपभोक्ता समितिका अध्यक्ष आशबहादुर गुरु¨ले स्थानीयबासिन्दाकै सकृयतामा भारतीय राजदूतावासले विद्युतीकरणका लागी अुनदान उपलब्ध गराएपनि ठेकेदार र जिविसको लापरवाहीका कारण परियोजना अधुरै रहेको गुनासो गरे । 
प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले माघ मसान्तसम्म विद्युतीकरणको काम पुरा नगरे थुनामा राख्ने चेतावनी जनमुखी कन्सट्रक्सन कम्पनीलाई दिएपनि अझैसम्म काम पुरा भएको छैन । विद्युत सेवा उपलब्ध नहुँदा ठोरीका अधिकांश बासिन्दा टुकीकै भरमा छन् । आर्थिकरुपमा सम्पन्न परिवारले महँगो सोलार प्रणाली जडान गरेर विद्युत उपभोग गरेपनि ९० प्रतिशत घर परिवार विद्युत सेवाबाट अझैसम्म पनि बिाचत रहेका छन् ।
निर्मलबस्तीदेखि ठोरीसम्म ३२ किलोमिटर दुरीमा विद्युतीकरणको काम २०६५ पुस १७ सम्ममा सम्पन्न गर्ने शर्तमा हेटौंडास्थित जनमुखी कन्सट्रक्सन कम्पनीले पसा्र जिविससँग २०६३ सालमा एक करोड ८९ लाख १२ हजार रुपैयाँमा विद्युतीकरण ठेक्का सम्झौता गरेको थियो । परियोजनाको कूल अनुमानित लागत दुई करोड ४४ लाख ९५ हजार रुपैयाँ भएपनि बीस प्रतिशत न्यून रकममा ठेक्का लिएको जनमुखी कन्सट्रक्सनले तार र फलामको भाउ वृद्धि भएको भन्दै निर्माण काम पुरा गर्न आनाकानी गर्दै आएको छ । परियोजना अन्तर्गत पर्ने ठुटे खोला बाहेक अन्य स्थानमा पोल गाड्ने काम सम्पन्न भएपनि ट्रान्सफर्मर जडान र तार झुण्ड्याउने काम अधुरै रहेको छ ।
पछिल्लो समयमा खण्डीकरण गरेर पहिलो चरण दोश्रो चरण भन्दै ठेकेदारले बठ्याइँ गर्न खोजेको छ पूर्व गाविस अध्यक्ष उद्धव सापकोटाले भन्छन्कालो सूचीको कारवाहीमा पर्नबाट उम्किनका लागी निर्मलबस्तीका केही वडामा हतारहतार विद्युत पुर् याउन लागेको छ । 
विद्युतीकरण परियोजनामा ढिलाइ भएको भन्दै ठोरी विद्युत उपभोक्ता समितीले प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालालाई ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको छ । प्रजिअ कोइरालाले परियोजनामा प्रगती भएको विवरण बुझाएर निर्माण कम्पनीको बचाउ गर्दै कालो सूचीबाट जोगाउनका लागी सहयोग गर्न उपभोक्ता समितीको प्रतिनिधी मण्डलसँग आग्रह गरेका छन् । विद्युतीकरण परियोजना दुबैठोरी निर्मलबस्ती गाविसका लागी होउपभोक्ता समितीका अध्यक्ष आशबहादुर गुरुङले भनेठोरीलाई छुट्याएर विद्युतीकरण गर्ने काम कुनैपनि हालतमा हुन दिन्नौ ।
 १६ जेठ 2069

No comments:

Post a Comment

Please avoid abuse, we praise healthy comment and criticism.