भातको भर
रवि दाहाल
वीरगन्ज ।
जैसा खाए अन वैसा होवे मन
जैसा पिए पानी वैसा होए बानी
मान्छेले खाने अन्न र सेवन गर्ने पानीले उस्को सोंच र आनीबानीलाई प्रभावित पारिरहेको हुन्छ । खेतबारीमा परिश्रम गर्ने किसान होस् वा कलकारखानामा काम गर्ने मजदुर प्रायसले यहाँ भात नै रुचाउँछन् । सामान्य मानिसले भन्दा बढी यो वर्गले उपभोग गर्ने आहाराको मात्रा बढी हुन्छ । खासगरी खेतीपातीसँग सम्बन्ध रहँदै आएको तराई मधेशमा भातसँगको सम्बन्ध ज्यादै गहिरो छ ।
उष्ण प्रदेश अन्तर्गत पर्ने तराईमा चामलको भातले गहुँको पीठोबाट पकाइएको रोटीको तुलनामा बढी शीतलता प्रदान गर्छ । शरीरलाई शीतलता प्रदान गर्ने र खाने बित्तिक्कै पेट टन्न हुने भएकाले भात बढी रुचाइने गरेको वीरगन्ज अशोकबाटिका निवासी धर्मनाथ सर्राफ बताउँछन् ।
कुनै पनि मानिसको भोजन संस्कृतीफुड ह्याबिट उस्को पृष्ठभूमीसँग जोडिएको हुन्छ । मानिसलाई उस्को भूगोलसंस्कृती वातावरण र जातीगत परम्पराले भोजनको रुचीसँग जोड्ने काम गरिरहेको हुन्छ भन्छन् तराई मधेशको सामाजिक विषयका जानकार चन्द्रकिशोर झा। धानको खेती वर्षमा तीन पटक हुन्छ तर गहुँको खेती वर्षमा एक पटक मात्र हुने गरेको छ ।
पराठा हाउसका साचालक कलम साह कानू होटेलमा बिहानदेखि दिउँसो तीन बजेको समयमा नब्बे प्रतिशत ग्राहकले भात खान मन पराउने गरेका छन् । साँझको समयमा रोटी खान रुचाउनेहरु ६० प्रतिशत पुग्छन् । दिनभर शारीरिक परिश्रम गर्दा भात पचाउन सहज हुन्छ तर रातको समयमा असहज हुने भएकाले रोटी रुचाउने गरेको छ । मधुमेह रोगीका लागी भात खानु स्वस्थ्यकर नहुने भएकाले रोटी नै खानुपर्ने बाध्यता छ ।
न्यू पराठा हाउसका साचालक विनय कुमार परिवारमा धेरै सदस्य हुनेहरुका लागी भातको विकल्पका रुपमा चाहेर पनि रोटी खान सक्ने अवस्था नरहेको बताउँछन् । रोटी पकाउनका लागी गृहणीले धेरै मिहीनेत गर्नुपर्छ । वर्षको नौ महिना गर्मी हुने तराईमा रोटी बेल्न र आगोमा सेक्न शरीरबाट धेरै पसिना बगाउनुपर्छ ।ठूलो संख्यामा एउटै भान्सामा भोजन ग्रहण गर्नुपर्ने संरचना रहेको नेपाल प्रहरी सशस्त्र प्रहरी सेना र शैक्षिक संस्थाको छात्रवासमा भात पकाएर खुवाउनु जतिको सहज रोटी पकाएर खुवाउँदा हुँदैन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाराका वैद्य विनोकुमार मिश्र भातमा पाइने |प्रोटिन र काब्रोहाइडे्रटले शरीरलाई उर्जा प्रंदान गर्ने बताउँछन् । उनले परम्परागतरुपमा भात पकाइने शैलीभन्दा आधुनिकरुपमा प्रेशर कुकरमा भात पकाएर खानु बढी स्वस्थ्कर भएको बताए । परम्परागतरुपमा कसौडी वा डेक्चीमा भात पकाउँदा पानीमा चामल उम्लिएपछि निस्किने माडअद्र्ध तरल झोलझिकेर फ्याँक्ने चलन रहेको थियो । माडसँगै स्टार्च समेत खेर जाने भएकाले परम्परागत शेली पौष्टिकताका दृष्टीकोणले उपयुक्त थिएन ।
उर्वर भूमीसँगको सम्बन्ध
तराई मधेशको भूगोल गंगाको तटीय मैदानग्याङगेटिक प्लेनको भूभाग हो । यो भूगोलको मैदान विश्वमै उर्वर भूमीका रुपमा रहेको छ । यहाँको भूगोलमा जन्मे हुर्केकाहरु गरिब भएपनि कुषोषणका कारण ख्याउटे छैनन् । तराईमा औसत मानिस ५८ वर्ष उमेर बाँच्ने गरेपनि पहाडी जिल्ला मुगुमा औसत उमेर ३५ वर्ष मात्र छ । पहाडी क्षेत्रका अन्नको अभावमा ख्याउटे भेटिए पनि तराईमा गरिबी छ तर ख्याउटे छैनन् ।
रामायणकी सीता जीको जन्म हुँदा पाँच हजा वर्ष पहिले काठको हलो थियो अहिले पनि त्यो किसिमको काठको हलो प्रयोग हुन्छ । किनकी तराईमा सहजरुपमा खेती हुन्छ मनसुन पर्याप्त हुन्छ । तराई क्षेत्रलाई धानको नैयर अर्थात् माइती पनि भनिन्थ्यो ।
बसन्त ऋतुको शुरुवातमा चर्को गर्मीबाट जोगिन शीतल भोजन ग्रहण गर्ने चलन छ । यसैक्रममा वैशाख १ गते बासी भात खाने चलन रहेको छ । अघिल्लो साँझ पकाइएको भात चीसो ठाउँमा राखेर भोली पल्ट बिहान ग्रहण गरिन्छ ।

सामाजिक सम्बन्ध
तराईमा अझैपनि गहुँको पिठोबाट बनाइएको रोटीलाई निम्न वर्गको आहाराका रुपमा हेिरंने चलन छ । दुई दशक अघिसम्म तराईमा अभिजात्य वर्ग वा सुसंस्कृत वर्गको भोजनका रुपमा रोटीलाई स्वीकािरंदैन थियो । भात नै उनीहरुको भोजनको प्रमुख श्रोतको रुपमा रहेको थियो । तराईमा बिहेबारीमा भतख्वइभात खुवाइ चलन छ तर रोटी ख्वईको चलन छैन । छठ पर्वर्का खर्नामा पनि चामलको खीर परिकार पकाइन्छ । मधेशमा पाहुना आएपछि भातै खुवाएर सत्कार गरिन्छ रोटी होइन । समाजको कुनै सदस्य केही कारणले गरिब भयो भने छिमेकीले ूओकरा अब खुदियो परक आफत हइू अर्थात् अब उस्लाई चामलको कनिका खान पनि कठिन छ भन्ने चलन छ । सुक्खा लागेर धानको उत्पादन घट्यो भने गाउँ घरमा किसानले एसो माडो पसावेला धान नाभइल अर्थात् यसवर्ष खानका लागी पनि धान अपुग भयो भन्छन् । पहिले गाउँमा कत्ति कित्ता खेत छ भन्ने सोधिन्थ्यो अहिले शहरमा कत्ति कित्ता जग्गा छ भन्ने सोध्न थालिएको छ ।

परम्परागत सम्बन्ध
परम्परादेखि मनाउँदै आएको छठ पर्वमा गहुँको परिकार ठेकुवा टिकरी खजुरी फागूमा मालपुवा पकाउने र खाने गरिन्छ । गहुँको परिकार परम्परादेखि नै पकाउँदै आइएको छ । गहुँको उब्जनी गर्न र परिकार तयार पार्नुभन्दा धानको उब्जनी गर्नु र परिकार तयार पार्न कम मिहीनेत पर्छ ।

बिहे बेहुला बेहुलीबीचको सम्बन्ध मात्रै नभएर दुई परिवारबीच पारिवारिक सम्बन्ध गाँस्ने अवसर पनि मानिन्छ । यसका लागी सम्धीको सत्कार बेहुली पक्षद्वारा मडवामण्डपमा भात खुवाएर गरिन्छ ।

बिहेका लागी केटी खोज्न जाने केटा पक्षले भावी सम्धीको परिवारको आर्थिक हैसियत थाहा पाउन जुठैनीभाडा माझिने ठाउँमा कस्तो चामलको भात पोखिएको छ भनेर हेर्ने चलन रहेको सम्झछन्चन्द्रकिशोर ।बेहुली अन्माउँदा माइती पक्षबाट कोसेलीका रुपमा आँचलमा धान बेसार र केही नगद राखेर बाँध्ने चलन छ । यसलाई खोइचा भनिन्छ । अन्माइएकी छोरीलाई पतिको घरमा खानका लागी अन्नको अभाव नहोस् भन्ने कामना गर्दै खोइचा भरिन्छ । बेहुला पक्षले पनि तिम्रो छोरीलाई एक मुठ्ठी भातको अभाव हुनेछैन भन्दै आश्वासन दिन्छन् ।

पहिले तराईका मानिस अड्डा अदालतमा आपुनो काम गराउनु परे घुसवापत मीठो मसिनो चामल र घिउ पुर् याइन्थ्यो ।
पौष्टीक छैन चम्कीलो चामल
चामलमा उसिना चामल सबैभन्दा स्वस्थ्यकर मानिन्छ । तातो पानीमा उसिनेको धान सुकाएर मिलमा कुटाएपछि उसिना चामल तयार हुन्छ । पहिले जनसंख्या थोरै र वनको क्षेत्रफल धेरै हुँदा दाउराको पर्याप्त आपूर्तीका कारण उसिना चामलको उत्पादन सहज थियो ।अचेल सेलर मिलमा धान कुटाउँदा चामलको बाहिरी पत्रमा पाइने पौष्टिकतत्व मेशिनले नै झिकी दिने भएकाले पहिले जस्तो स्वस्थ्यकर चामल पाइदैन । मेशिनको सहायतबाट चामल चम्किलो बनाउने क्रममा झिकिने बाहिरी पत्रमा भिटामीन बी वान बी टु पनि खेर जाने गरेको छ ।
भातको बेफाइदा
वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको फागून मसान्तसम्ममा ३ अर्ब १२ करोड ८९ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको कूल २ लाख ६५ हजार १० मेटि्रक टन धानचामल आयात भएको छ । बढ्दो आन्तरिक उत्पादन बाट आन्तरिक माग पुरा गर्न नसकिएको वतर्ंमान अवस्था र बढ्दो जनसख्ंयाको आवश्यक्ता पूर्ती गर्न धानचामलको आयात भविष्यमा झन् झन् बढ्दै जाने निश्चित छ ।
दुर्भाग्यवश कुनै समय भारतमै खाद्यान्न संकटको अवस्था भइ दिए त्यत्ति बेला नेपालीले खानका लागी पर्याप्त चामल पाउने छैनन् चन्द्रकिशोरको भनाई छ । रोटीको तुलनामा भात धेरै चपाउनु नपर्ने भएकाले यो बढी रुच्छ । बढी रुच्ने भएकाले शरीरलाई आवश्यक पर्नेभन्दा बढी मात्रामा भात खानाले भुँडी तन्किने समस्या हुन्छ । चामलमा कार्बो्रहाइडे्रट पाइने भएकाले यसले शरीरलाई उर्जा प्रदान गर्छ । जुम्लेलीलाई समेत भात खाने बानी लगाएर पर निर्भर बनाइएको छ । तराईका किसानको खेतीपातीप्रतिको मोह भंग हुँदै गइरहेको र उर्वरा भूमीको उत्पादकत्वमा कमी आएका कारण धानको उत्पादनले आन्तरिक माग पूर्ती गर्न सक्ने अवस्था छैन ।
भातको विकल्प
भातलाई सामाजिक प्रतिष्ठाको विषयसँग जोड्ने मानसिकताको अन्त्य गरिनु जरुरी छ । भात बाहेक अन्य आहारले पनि मान्छे बाँच्न सक्छन् भन्ने सोंचको विकास हुन सके भातमाथिको निर्भरता हटाउन सम्भव छ । अकॊ्रतर्पु खाद्य सुरक्षाका लागी सुक्खा मौसम र सानो क्षेत्रफलमा पनि धानभन्दा बढी उत्पादकत्व दिने आहारको पहिचान हुन जरुरी छ। धानको विकल्प खोिजंदा पौष्टिकता र स्वस्थ्यकर पनि हुनु जरुरी छ ।सामाजिक अभियानमार्पुत् भातको विकल्प अपनाउनका लागी समाजलाई जागृत गर्न सकिन्छ । पछिल्लो समयमा सस्तो र स्वस्थ्यकर आहाराको खोजी हुन थालेको छ । सम्पन्न वर्गमा पनि रोटी खान रुचाउनेहरुको संख्या बढ्दै जान थालेको छ ।
बैशाख २०६९
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.