Sunday, July 8, 2012


 तस्करीको पारवहनमा वन्यजन्तु आरक्ष



रवि दाहाल-
वीरगन्ज । मकवानपुरमा उत्पादित गाँजा ओसार्नका लागी यहाँका तस्कर समूहका लागी पसा्र वन्यजन्तु आरक्ष सुरक्षित मार्ग बनेको छ । पसा्रमा गाँजाको अवैध खेती बन्द भएको दुई वर्ष बिते पनि मकवानपुरमा उत्पादित गाँजाका कारण यसको कारोबार नियन्त्रणमा आउन सकेको छैन । गाँजा तस्करीमा संलग्न समूहले आरक्षको पद मार्ग हुँदै दिनहुजसो भरियामार्पुत् गाँजा ओसार्ने कार्य जारी राखेका छन् ।
गाँजा भरियाले आरक्षको सीमापार गरेलगत्तै नेपाल प्रहरीले गौडा ढुकेर ठूलो परिमाणमा गाँजा बरामद गरेपनि आरक्षको सुरक्षामा खटिएको नेपाली सेना र आरक्ष प्रशासन गाँजा ओसारपसार नियन्त्रणमा उदासिन देखिएको छ ।
मकवानपुरबाट आरक्षको बाटो हुँदै ठूलो परिमाणमा गाँजा भित्र्याएको सुचनाका आधारमा बिहीबार मध्यरातमा प्रहरीले गौडा ढुकेर शंकर सरैयाबाट तीन क्वीन्टल गाँजा बरामद गरेको छ । गाँजा नियन्त्रणमा लिने क्रममा गाँजा तस्करसँग प्रहरीको भिडन्त हुँदा सात राउण्ड फायरिङ गर्नु परेको प्रहरीले जनाएको छ । यसअघि ४ जेठमा पटेर्वा सुगौलीबाट डेढ क्वीन्टल गाँजासहित आठ भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय पटेर्वाले पक्राउ गरेको थियो ।
श्रोतका अनुसार मकवानपुरको मनहरीबाट भरियामार्पुत् ओसारिने गाँजा पसा्रको सोनवर्षा र मधुवन मथवल वा शंकर सरैयासम्म सुरक्षितरुपमा आइपुग्ने गरेको छ । एक पटकमा कम्तीमा बीसजना भरियामार्पुत् ओसारिने गाँजाको सुरक्षाका लागी अघिपछि चार-चारजना हतियारधारीले स्कर्ट गर्दछन् । भरियाको सुरक्षा नभएर गाँजाको सुरक्षाका लागी हतियारधारी साथमा रहने गरेका छन् एक प्रहरी अधिकृतले भने बीच बाटोमा अर्को तस्कर समूह वा प्रहरीसँग जम्काभेट हुँदा प्रतिकारका लागी हतियारको प्रयोग हुने गरेको छ ।



गाँजा भरियाको सुरक्षाका लागी हतियारधारी समेत तैनाथ रहने भएकाले पूर्व तयारी बिना गौडा ढुक्न सहज नभएकाले पर्याप्त तयारी पछि मात्र प्रहरीले गाँजा नियन्त्रणमा लिनुपर्ने अवस्था रहेको छ । आवश्यक परेका बेला सदरमुकामबाट थप मद्दत टोली परिचालन गरेर स्थानीय प्रहरी चौकीको नेतृत्वमा गाँजा नियन्त्रणमा लिने कार्य हुँदै आएको प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बताए ।

त्रिभूवन राजपथको आधारभारदेखि रामभौरी भाठासम्मको २२ किलो मिटर क्षेत्रमा सेनाको तीनवटा मुख्य पोष्ट रहेको छ । तीनवटै पोष्ट जोड्ने गरी पूर्व देखि पश्चिम हुँदै उत्तरतर्पु मोडिएको दुईवटा फायर लाइन छ । उत्तरी भेगमा पर्ने मकवानपुरबाट सम्साँझै चुरे डाँडा उक्लिने गाँजा भरियाहरु गोरेटो बाटोबाट आरक्षको रामभौरी भाठा हुँदै पैदलै मध्यरातसम्ममा आरक्षसँग सीमा जोडिएका सोनवर्षा शंकर सरैया मधुवन मथवल गादी वा खजुरियासम्म आइपुग्छन् ।
 गाँजा ओसारपसार नियन्त्रणमा सेना किन निष्कृय रहेको भन्ने जिज्ञासामा पसा्र वन्यजन्तु आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको गुरु गोरख गुल्मका सेनानी देवेन्द्र खड्काले तस्करहरुले गाँजा ओसार्ने रुट पत्ता लगाउन निगरानी बढाइएको दाबी गरे । प्रहरीले दुई महिनाको अवधीमा आरक्षको बाटो हुँदै भित्र्याइएको तीस क्वीन्टल गाँजा बरामद गरेपनि आरक्ष प्रशासन वा नेपाली सेनाले एक पोका गाँजा समेत बरामद गरेको छैन । पसा्रमा गाँजा खेती बन्द भएको दुई वर्ष बितिसकेको छप्रहरी उपरिक्षक पिताम्बर अधिकारीले भने बरामद भएका सबै गाँजा मकवानपुरबाट ल्याइएका हुन् ।

मकवानपुरबाट भित्र्याइएको गाँजा दोश्रो चरणमा रातारात निचुटा पटेर्वा सुगौली विश्रामपुर भौराटार मुडलीसम्म ओसारेपछि तेश्रो चरणमा भारतीय भरियामार्पुत् भारतको विभिन्न गन्तव्यसम्म ओसार्ने कार्य हुँदै आएको प्रहरी उपरिक्षक अधिकारीले बताए । पहिले जीप र मोटरसाइकलमार्पुत् गाँजा ओसार्ने कार्य हुँदै आएकोमा दुबै तर्पुको प्रहरीले कडाइ गरेपछि अहिले रातको समयमै मकवानपुरदेखि भारतीय सीमासम्म तीन चरणमा भरिया लगाएर पैदलै ओसार्ने कार्य भइरहेको सम्बद्ध श्रोतले बताएको छ।

ग्रामीण सूचना केन्द्रका उपाध्यक्ष लालबाबु बानियाका अनुसार भारतसँग सीमा जोडिएको खेस्राहा प्रसौनी अमरपट्टी विजयबस्ती महादेवपट्टी पाडेपुर विष्ाणपुरवा र मिर्जापुर नाकाबाट रातको समयमा प्रत्येक भरियाले काँध वा टाउकोमा चालीस किलो तौलको गाँजाको भारी बोकेर सीमापार पुर् याउने गरेका छन् ।

असार२०६९

No comments:

Post a Comment

Please avoid abuse, we praise healthy comment and criticism.