Monday, July 16, 2012

कसी बिनाको नेपाली सुन बजार

रवि दाहाल 


पहेंलो देखिने सबै सुन होइन
सबै सुन सक्कली पनि होइन 

माथीका यी दुई हरफले नेपालमा सुनका गहनाको बजारमा भइरहेको कालाबजारीलाई प्रतिबिम्बित गर्छ । सुनको भाउ बढ्दै जाँदा नक्कली सुन बेचेर ग्राहकलाई ठगी गर्ने धन्दा मौलाउँदै गएको छ । सुनको गहना निर्माणका बेला सुनको टुक्रा वा बुट्टा जोड्नका लागी नेपाल सुनचाँदी व्यवसायी संघले बढीमा दशप्रतिशतसम्म रसायन मिसावटको मापदण्ड निर्धारण गरेपनि सुन व्यापारीले २५ प्रतिशतसम्म रसायनको मिसावट गरेर आम उपभोक्तालाई ठगी गर्दैछन् । जुन पसलेसँग सुन खरिद गरेको हो त्यसलाई बेचेमात्र बिलमा उल्लेख भएको सुनको तौल बराबरको मूल्य पाउने चलनले ूविश्वासको व्यापारूमा सुन व्यापारीले उपभोक्ताको ठगी गरिरहेका छन् । एउटा पसलेले बेचेको सुनको गहना छेउकै अर्को पसलमा बिक्री गर्न लैजाँदा खरिद गर्न मान्दैनन् गृहणी भवानी रिजाल भन्छिन्गहना पगालेर निस्किने शुद्ध सुन बराबरको मात्र भुक्तानी दिन्छु भन्छन् । राजधानीका नाम चलेका सुन पसलेदेखि सीमान्त शहरका ठूला सुन पसलेसमेत नक्कली सुन बेचेर ग्राहक ठगी गर्ने धन्दामा संलग्न छन् । सुनको भाउ बढ्दै जाँदा सुनचाँदीको व्यापारीमा सुनको व्यापारमा वैधभन्दा पनि अवैध माध्यमबाट पैसा कमाउने लोभ पनि बढ्दै गएको छ । व्यापारीहरु पहिले सुनको गहना गहना बेच्दा सुनको भाउबाट दुई चार सय रुपैयाँ र गहनाको बुट्टाडिजाइनको ज्यालाबाट एक दुई हजार रुपैयाँ सुनचाँदी पसलेहरु कमाइ गथ्र्ये । सुनको बजार भाउमा हुने वृद्धिको कमाई पनि समय समयमा यस्तो नियमित कमाइमा थपिन्थ्यो । अचेल बजार बेइमान भएको छ । सुन बेचेर होइन सुनजस्तै सुनौलो देखिने वस्तुलाई ूसुन प्रमाणितू गरेर व्यापारीले ठगी धन्दा गरिरहेका छन् । सुनको शुद्धता नाप्ने व्यवस्था वा सुविधा आम उपभोक्ताको पहुँचमा नभएको मौकाको फाइदा उठाउँदै व्यापारीहरु लुट मच्चाइ रहेका छन् । स्थानीय बजारमा उधारोमा समेत सुनचाँदीका गहना खरिद बिक्री भइरहेकाले पूँजी लगानी र नाफा असुलीका लागी व्यापारीहरु मिसावट गर्न प्रेरित हुने गरेका छन् ।

व्यापारीले सुनको गहना बिक्री गर्नु अघि त्यो गहनामा कत्ति प्रतिशत सुन छ भन्ने प्रमाणित गरिदिने कुनै सरकारी निकाय छैन ।सरकारलाई यसबारे कुनै चासो पनि छैन । सुनको शुद्धता नाप्ने व्यवस्था हुनु जरुरी छनेपाल सुनचाँदी व्यवसायी संघ पसा्रका अध्यक्ष रामरतन सर्राफ भन्छन्अन्य मुलुकमा झैं यहाँ पनि हलमार्क प्रयोगमा ल्याउन सके उपभोक्ता ठगिने सम्भावना न्यून हुन्छ । नेपालमा सुनका गहना कत्ति प्रतिशत सक्कली र कत्ति प्रतिशत नक्कली सुनबाट बनाइएको हो भन्ने जाँच्ने व्यवस्था नै छैन । राजधानीमा केही व्यापारीले निजी प्रयासमा सुनको कसी जाँच्ने मेशिन ल्याए पनि यसले गहनाको बाहिरी सतहमा सुन भए नभएको मात्र जाँच्ने
भएकाले बाला वा सिक्री बनाउँदा भित्री तहमा सुन वा अरु नै केही कोच्चिएको छ भन्ने जाँच्न सक्दैन ।

सुनको तस्करी धन्दा 
सुनचाँदीको गहना व्यापारबाट मात्र नभएर सीमान्त शहरका व्यापारीहरु यस्को तस्करीबाट पनि लाखौं रुपैयाँ कमाई गरिरहेका छन् । सीमा वारपारको बजार भाउमा हुने उतार चढाव र मुद्रा विनिमय दरको अन्तरलाई सुन तस्करीको कारोबारमा संलग्न व्यापारीले कमाईको माध्यम बनाउने गरेका छन् । वीरगन्जका ठूला सुन व्यापारी वीरेन्द्र जयसवाल राजकुमार दारुकाराजु र प्रभु साह सोनार सुनको तस्करी धन्दामा संलग्न रहेको एक सुनचाँदी व्यापारीले नाम न छाप्ने शर्तमा बताए । यीमध्ये जयसवाल र दारुकाले दैनिक पाँच किलो र सोनारले तीन किलोसम्म सुन बेच्ने गरेका श्रोतको भनाई छ । यी तीनवटै सुन व्यापारीले आपुनो नाममा दर्ता भएको सुनचाँदी व्यवसाय कम्पनीबाट मात्र नभएर आपुना कर्मचारी र वीरगन्जकै अन्य सुनचाँदी व्यापारीको सुनचाँदी व्यवसाय इजाजत प्रमाण पत्र समेत आफूले लिएरा वाणिज्य बैंकबाट सुन खरिद गरिरहेका छन् । अहिले वीरगन्ज शाखाबाट सुन उपलब्ध गराउन बन्द गरेका छौंएनआइसी बैंकका अधिकृत मनीराज श्रेष्ठ भन्छन् हाम्रो बैंकले काठमाण्डौंबाट मात्रै सुनको कारोबार गरिरहेको छ । सुनको कारोबारमा संलग्न यहाँका आधा दर्जन् बैंक शाखाले सुनको अभाव भएको कारण देखाउँदै स्थानीय बजारमा दुई महिनायता सुन आपूर्ती बन्द गरेका छन् । वाणिज्य बैंक वा तिब्बतको बजारबाट भित्रिने सुन यहाँ आयात गरेर ठूला व्यापारीले विभिन्न माध्यमबाट भारतीय बजारमा पुर् याउने गरेका छन् ।आयातित सुनको फर्जी खरिदकर्ता खडा गरेर बिल बिजक जारी गर्दै सिधै भारतीय बजारमा भरियामार्पुत् सुन पुर् याउने काम भइरहेको छ। ठूला व्यापारीले कुन कुन ग्राहकलाई सुन बेचेका छन् भन्नेबारे छानबिन हुने हो भने तस्करीको धन्दा सहजै उदाङगो हुन्छ । भारत र नेपालबीच हुने सुनको तस्करी धन्दामा संलग्न समूहले थोरै वा धेरै जति परिमाणमा नाफा भएपनि सुनको कारोबारलाई निरन्तरता दिने गरेको छ । दैनिक पचास लाख एक करोड रकम खेलाउने बानी परेको हुन्छसुनका एक पुराना व्यापारी भन्छन्त्यही भएर धेरथोर जति पैसा हुन्छ त्यत्तिमै सुन पठाउने काम जारी रहन्छ । दुई महिना अघि सुनचाँदी व्यवसायीको हड्ताल र लगनका कारण भारतमा सुनको माग र आपूर्ती बीचको असन्तुलनले सुन महँगो हुँदा यहाँका व्यापारीले प्रति किलो एक लाख भारु सम्म कमाइ गर्न सफल भएका थिए । सुनको अवैधधन्दाबाट भएको कमाईमा सुन कारोबारीले बैंक कर्मचारीलाई पनि अंशियार बनाएका थिए । किलोमा लाख रुपैयाँ कमाइ हुने भएपछि बैंक कर्मचारीलाई पचास हजार रुपैयाँसम्म घुस खुवाएर ठूला व्यापारीले बढीभन्दा बढी सुन हात पारेयहाँका सुन व्यापारी भन्छन्हामीले आपुनो नियमित ग्राहकलाई गहना बेच्नका लागी सुन नपाउँदा साख जोगाउन समेत गाह्रो भयो । ठूला व्यापारीबाट यहाँका गहना पसलेले स सानो परिमाणमा सुन खरिद गरेर गहना बनाउँदै बेच्ने गरेका छन् । तर सीमित संख्यामा रहेका सुन व्यापारीले सुनको माग उच्च भएका बेला स्थानीय बजारमा सुन नै आपूर्ती गर्दैनन्भारतीय बजारमा पठाइ दिन्छन् । राजश्व छली सुनचाँदीको कारोबारबाट एक जना थोक बिक्रेताले वार्षिक न्यूनत्तम ६० लाख रुपैयाँ आर्जन् गरिरहेको श्रोतको दाबी छ तर उनीहरुले तिर्ने आयकरको रकम ज्यादै न्यून छ । सुनचाँदीको कारोबारीबाट संकलन हुने स्वेच्छिक करको रकम ज्यादै न्यून छ आन्तरिक राजश्व कार्यालय वीरगन्जका प्रमुख उत्तरकुमार खत्री भन्छन् । सुनको थोक बिक्रेता प्रत्येक ठूला व्यापारीले दैनिक कम्तीमा एक किलो सुन बिक्री गरिरहेका छन् । दश ग्राममा दुई सय रुपैयाँका दरले नाफा जोड्दा एक किलो सुनको बिक्रीबाट २० हजार रुपैयाँका दरले दैनिक नाफा हुने गरेको छ । एक दिनको मुनाफा बीस हजार हुँदा मासिक मुनाफा कम्तीमा पाँच लाख रुपैयाँ हुन्छ । साना व्यापारीको पहुँचमा छैन सुन वाणिज्य बैंकहरुले बिक्री गर्ने सुनको विष्कुटमा साना व्यापारी र आम उपभोक्ताको पहुँच हुन सकेको छैन । बैंकले एक किलो तौल घटीको सुन बेच्दैनअध्यक्ष रामरतन सर्राफ भन्छन्एक किलो सुन किन्ने पचास लाख रुपैयाँको जोहो गर्नु जो कोहीको वशमा छैन । वाणिज्य बैंकहरुले एक सय ग्राम तौलका सुनका बिष्कुट आयात गरेर बिक्री गरे स्वदेशी बजारमा सुनको अभाव कम हुने र तस्करी नियन्त्रणमा पनि सहयोग पुग्ने व्यवसायीहरुको भनाई छ । सुनका गहना किन्दा ठिगंदै छु भन्ने थाहा पाएका सचेत उपभोक्ताले समेत बैंकबाट सिधै सानो परिमाणमा सुन किनेर भविष्यका लागी सुरक्षित राख्न सक्छन् । एक किलो भन्दा कम परिमाणमा सुन किन्न नपाउँदा आधा दर्जनको संख्यामा रहेका थोक बिक्रेताले वीरगन्जको बजार नियन्त्रण गरिरहेका छन् । भारतीय बजारमा बेच्दा फाइदा देखिने बित्तिक्कै यी ठूला व्यापारीले सबै सुन उतै पुर् याउँछन् । भारतीय बजारमा सुन बिक्री गर्दा सुनको भाउमा हुने फरकबाट मात्र नभएर राष्ट्र बैंकले निर्धारण गरेको र स्थानीय बजार कायम रहेको नेरु-भारु विनिमय दरको अन्तरले पनि कारोबारीलाई थप फाइदा हुने गरेको छ । राष्ट्र बैंकले एक सय भारु बराबर एक सय साठ्ठी रुपैयाँ कायम गरे पनि यहाँको बजारमा एक सय भारुको बिक्री मूल्य एक सय ६३ देखि ६४ रुपैयाँ कायम छ ।

उधारो कारोबार 
परम्परादेखि चल्दै आएको सुनचाँदीको कारोबारमा एउटा परम्परा अझैसम्म पनि कायमै रहेको छ । विश्वासिला ग्राहकले सुनचाँदी गहनाका व्यापारीबाट अझै पनि उधारोमा गहना खरिद गर्ने सुविधा पाएका छन् । विशेषगरी ग्रामीण क्षेत्रबाट आउने र कृषी पृष्ठभूमीका ग्राहकले उधारोमा गहना लैजान्छन् नेपाल सुनचाँदी व्यवसायी संघ पसा्रका सचिव अमरबहादुर राजभण्डारी भन्छन्गाउँका किसानलाई उधारोमा गहना बेच्ने व्यवसायीको बेग्लै समूह छ। दुई तीन पुस्तादेखि गहनाको कारोबार गर्दै आएका व्यापारीहरु पुरानो चिनजानको आधारमा गाउँका मानिसलाई उधारो सुविधा िदंदै आएका छन् । उधारोमा बिक्री गरेको गहनाको भुक्तानी अन्नबाली भित्र्याएको समयमा हुने गरेको छ । लगनका बेला केही रकम दिएर उधारोमै गहना किन्छौंहरपतगन्ज गाविसका सुरेश साह भन्छन् पछि अन्नपात बेचेर आएको पैसा जोहो गरेर चुकाउने गरेका छौं । महँगो सुन उधारोमा बेच्नुपर्दा एक वर्षसम्म पूँजी फँस्ने र मुनाफा पनि थोरै हुने भएकाले व्यापारीहरु सुनमा मिसावट गरेर ग्राहकलाई ठग्दै मुनाफा आर्जन गरिरहेका छन् ।
अवैध ऋण लगानी 
सुनचाँदी व्यापारीले सर्वसाधारणको गहना धरौटी राखेर बढीमा चलनचल्तीको मूल्यको पचास प्रतिशतसम्म नगद ऋण उपलब्ध गराउँछन् । यस्तो ऋणमा सुन पसलेले मासिक तीनदेखि चार प्रतिशतका दरले व्याज असुल्ने गरेका छन् । ऋण लिएको रकम तिर्न कबुल गरेको भाका नाघेर रकम फिर्ता गर्न आए ग्राहकले गहना फिर्ता पाउँदैनन् । सुनचाँदी कारोबारीले गर्ने ऋण लगानीलाई राष्ट्र बैंकले नियमन गर्न सकेको छैन ।
विकृतीको विस्तार 
२०६३-६४ मा ह्वात्तै नेपाल प्रवेश गरेका भारतको बिहार राज्यका सुनचाँदी कारोबारीका कारण सुनचाँदीको गहना बजारमा बिकृती बढेको जानकारहरु बताउँछन् । नयाँ व्यापारीको साख नभएकाले उनीहरु बजार भाउभन्दा एक दुई सय रुपैयाँ सस्तोमा गहना बेचेर ग्राहक आकर्षित गर्छन् । सुन घरमा उत्पादन हुने वस्तु होइनसंघका अध्यक्ष रामरतन सर्राफ भन्छन् व्यापारीले पनि किनेरै ल्याउनुपर्छयस्तो अवस्थामा सस्तोमा बेच्नुको पछाडी केही न केही गलत छ । बिहारको छपराबेतिया रामगढवासिक्टा सुगौलीरक्सौलआदापुरघोडा सहन मोतियारी सिवान र छपवाबाट ठूलो संख्यामा भारतीय सुनचाँदी व्यापारीहरु यहाँ आएर टोलटोलमा पसल थापेर बसेका छन् । ठगीएका ग्राहकले प्रहरी वा संघमा गुनासो गर्न नआउने भएकाले सोधीखोजी र कारवाही नै हुँदेन । एक दुईजना ग्राहकको गुनासो आएका बेला चलनचल्तीको भाउ अनुसार व्यापारीबाट क्षतिपूर्ती दिलाएका छौंसंघका सचिव भण्डारी भन्छन् । शहरी उपभोक्ताहरु नाम चलेका र विश्वासिला सुनचाँदी पसलेबाट मात्र गहना किन्न मन पराउँछन् । ग्रामीण क्षेत्रबाट आउने ग्राहक थोरै पैसा लिएर आउने भएकाले गुणस्तरभन्दा पनि गहनाको मूल्य उनीहरुका लागी ठूलो अर्थ राख्ने गरेको छ । पसा्र र बाराको ग्रामीण क्षेत्रबाट आउने ग्राहकहरु प्रवेश गर्ने नाका रानीघाट र नगवाका भित्रि गल्लीमा समेत सुनचाँदी पसल खुलेका छन् । रानीघाट नाका हुँदै वीरगन्ज प्रवेश गर्ने ग्रामीण ग्राहकबाट हुने कमाईको आकर्षणकै कारण होला घण्टाघर चोकदेखि रानीघाट चोकसम्मको एक किलोमिटरको दूरीमा ५५ वटा सुनचाँदी गहना पसल खुलेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ पसा्र शाखामा १ सय ४५ वटा सुनचाँदी गहना पसल दर्ता भएपनि चार सयभन्दा बढीको संख्यामा यस्ता पसल वीरगन्ज नगर क्षेत्रमा साचालनमा  रहेको अनुमान छ । दुईवर्ष अघि कर्मचारी खटाएर नगर क्षेत्रका पसल गन्ती गराउँदा २ सय ३० वटा पाइएको भन्ने अध्यक्ष सर्राफको भनाईले पनि यस्को पुष्टी गर्छ ।आन्तरिक राजश्व कार्यालय वीरगन्जमा १ सय २० वटा सुनचाँदी पसल दर्ता छन् ।

 अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको २०६९ साउन १ गते गतेको अंकमा प्रकाशित

No comments:

Post a Comment

Please avoid abuse, we praise healthy comment and criticism.