दीपक र संगीताको जुगलबन्दी
रवि दाहाल
विल्कुलै फरक परिवेश वातावरण र हावापानीको तराईमा बिहेवारीका लागी स्वीकृती जनाउनु संगीताका लागी सहज थिएन । परिवारकी आज्ञाकारी छोरीको रुपमा उनले आपुनो अभिभावकको इच्छामा सहमती जनाउँदै दीपकसँग लगन गाँठोमा बाँधिन सहमती जनाइन् ।
दीपक २५ वर्षको उमेरमै उबेला ख्याती प्राप्त कलेज ठाकुरराम बहुमूखी क्याम्पसमा अध्यापन गराउँदै थिए । दीपकका अभिभावकले उनको घरजम गरिदिने विचार गरे । दीपकलाई तत्कालै बिहे गर्ने इच्छा नभएपनि आज्ञाकारी स्वभावकै कारण दीपकले केटी खोज्न आफ्ना दाजुहरुलाई स्वीकृती दिए । मीठो बोली र सौहाद्र व्यवहारका कारण सबैमाझ लोकपि्रय रहेका दीपकका दाजुले उनको गलप्रेुण्ड छैनन् भन्ने पत्याएनन् ।
दीपक भन्छन्मसँग धेरै केटीहरु झुम्मिन्थ्ये हाँस्थे बोल्थे तर म लभसब भन्ने चक्करमा पर्न चाहदिन्थे । प्रेम विवाह गरेका साथीभाई र आफन्तहरुको दम्पत्तिका बीचमा असमझदारी र मनमुटाव बढी भएको देखेरै दीपकले संयुक्त परिवारको संस्कृती जोगाउन मागी विवाह रोजेका हुन् ।
तौलिहवा निवासी भिनाजु िसंहप्रताप शाक्यमार्पुत् पाल्पा भगवती टोल निवासी कुम्भराज शाक्य र कृष्ण देवी शाक्य परिवारको जेठी छोरी संगीतासँग दीपकको बिहेको प्रस्ताव आयो । भिनाजुले पठाइ दिएको तस्वीर हेरेर मक्ख परेका दीपकले पहिलो हेराइमै संगीतासँग बिहेका लागी राजी भए । म संयुक्त परिवारमा जन्मिए हुर्किएको मान्छे दीपकले आफ्नो रोजाइबारे खुलाउँदै भनेत्यसैले म पारिवारिक वातावरणमा रमाउन सक्ने विशुद्ध गृहणीको खोजीमा थिए आफन्तजनलाई पनि मेरो रोजाइ अनुसारकै बेहुली खोज्न आग्रह गरेको थिए । तस्वीर हेरेर मन पराएपछि अन्तिम निर्णय दिनुअघि दीपकले पाल्पामा रहेका आफ्ना साथीमार्पुत् संगीताको स्वभाव र चालचलनका बारे जान्ने प्रयास गरे । उताबाट सबै साथीले मेरो रोजाइको प्रशंसा गरेसंगीतातर्पु हेरेर मुस्कुराउँदै दीपकले भने ।
पहिलो पटक केटा पक्ष पाल्पा आउँदा समेत संगीताले आपुनो बिहेको कुरो छिन्न थालिएको थाहा पाएकी थिइनन् । मलाई थाहा थिएनसंगीताले विगत सम्झिंदै भनिन्केटाका अभिभावक मलाई पहिलो पटक घरमा भेट्न आउँदा मात्रै मैले चाल पाएँ । त्यत्तिबेला संगीताले भर्खरै त्रिभूवन बहुमूखी क्याम्पसमा प्रमाण पत्र तहको पढाइ शुरु गरेकी थिइन् ।पाहुनालाई चिया खुवाउने बहानामा संगीताका अभिभावकले दीपक र संगीताको नजर जुधाउने अवसर मिलाएका थिए । केटापक्ष फर्किएपछि बुबाले सोध्नुभयो छोरी तिम्रो इच्छा के छ संगीताले भनिन् मैले तपाईहरुको इच्छा छ भने बिहे गर्छु भने । १९ मंसिर २०४४ मा उनीहरु वैवाहिक बन्धनमा बाँधिए कहिल्यै नचुँडिने गरी ।
अग्ला कद र दुब्लो शरीरका दीपकलाई संगीताले चंखे नामले बोलाउँदै कहिलेकाहीं जिस्किन्थिन् । उनी सम्झिन्थिन्पहिले अग्लो र ज्यादै दुब्लो हुनुहुन्थ्यो कपाल पनि उस्तै ।
बैशाख महिनामा नेवारी परम्परा अनुसार ूसुपारी विधीू बाट दीपक र संगीताबीचको बिहे हुने निधो भएपछि पनि एक अर्कालाई भेट्ने मौका नपाएका दीपक छटपटिएका थिए । उनले जुक्ति निकाले ठाकुररामका विद्यार्थीलाई शैक्षिक भ्रमणका लागी पाल्पा लैजाने । योजना अनुसारै उनले विद्यार्थीहरुको एउटा टोलीलाई शैक्षिक भ्रमणका लागी पाल्पा लगे ।
विद्यार्थीलाई पाल्पा घुमाउने बहानामा दीपक आपुनो भावी ससुराली घर अगाडी पुगेर अडिए र विद्यार्थीलाई केही सम्झाउँदै गरे जस्तो गरेर घर भित्रका मान्छेको ध्यान िखंचे । त्यसपछि त ससुराली घरबाट दीपकलाई भित्र प्रवेश गर्ने निम्तो मिली हाल्यो । फोनमा समेत कुरा गर्न लाज मान्थी संगीताप्रति गुनासो गर्दै दीपकले भनेभेटघाट र कुराकानी त गर्नै पर् योत्यही भएर जानाजान ससुरालीको ढोकामा पुगे ।
गृहस्थी स्वभाव नै संगीताको सबैभन्दा मनपर्ने पक्ष हो दीपकका लागी । उस्कै कारण मैले घरको चिन्ता लिनुपर्दैनदीपक भन्छन्किनकी उनैले सबै सम्हाल्छिन् । ठाकुरराम बहुमूखी क्याम्पसका सह प्राध्यापक डा। दीपक शाक्य आपुनै लगानीमा साचालित वीरगन्ज पब्लिक कलेजविपीसीका निर्देशक समेत हुन् । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष समेत भइसकेका दीपक विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सार्वजनिक सेवामै दिन बिताउने गरेका छन् ।
काममा व्यस्त भइरहने दीपकका लागी जुत्ता मोजा रुमाल समेत संगीताले नै किनेर ल्याइदिन्छिन् । उस्ले नयाँ किनेर ल्याइ दिएन भने मसँग नया लगाउनका लागी लुगा हुँदैन दीपक भन्छन् । मेरो आँखा झिल्के रंगमा जान्छ कहिलेकाहीं त्यस्तो लुगा किनि हाले पनि लाउन दिन्नन् ।उनीभन्दा बढी म रिसाउँछु नोकझोंक एकदम चली रहन्छ । बिहान ग्रेट वार हुन्छ साँझ सबै कुल भइहाल्छ ।
संगीता भन्छिन्छिट्टै रिसाउनुहुन्छतर मलाई त्यसको केही असर पर्दैन म प्रतिकृया जनाउदिन चुप लागेर बस्छु ।बानी परिसकेको छ अब ।सबै बानी मन परे पनि दीपकको चाँडै रिसाउने बानी प्रति संगीताको गुनासो छ । काममा दौडी रहने र परिवारका सदस्यलाई समय नै नदिने बानीप्रति संगीताको गुनासो छ। तर के गर्नु समाजमा उहाँको नाम छ प्रशंसा सुन्न पाउँदा खुशी लाग्छ चित्त बुझाउँछु ।
मन फुरुंग भएको बेला दीपक भान्सामा खाजा पकाउन कस्सिन्छन् । पकौडा उनको मीठो परिकार हो । फुस्रदको समयमा भान्सामा केही पकाउने वा घरको सरसफाई गर्ने बानी छ दीपकको । संगीताले पाल्पाली कुखुराको छोइला र नेवारी खाजा मीठो पकाउँछिन् । दीपक माछामासु खान धेरै मन पराउँदैनन् ।
दुई चार दिनका लागी क्याम्पस बिदा भएकी दीपक र संगीता आफ्नो छोरा संकल्पलाई लिएर घुमघाम गर्न पोखरा पाल्पा गोरखा मनकामना लगायतका पर्यटकीय स्थल पुग्छन् । मधुमासका लागी यो जोडीको रोजाइमा पोखरा परेको थियो । घुम्नका लागी मलाई सबैभन्दा मनपर्ने ठाउँ पोखरा होदीपकले भने उस्ले पनि हुन्छ भनी हामी पोखरा गयौं ।
दीपकले हासिल गरेको प्रगतीमा बिहे अघि उनका दाजुहरु चक्र र सुदर्शनको महत्वपूर्ण योगदान रह्यो । बिहेपछि श्रीमतीको सहयोग र साथले सफलताको पथमा िहंड्ने मौका पाएँ ।
जागीरले मात्रै भविष्य सुरक्षित नहुने देखेका दीपकले क्याम्पस पढाउँदै गर्दा ११ हजार रुपैयाँको लगानीमा किरण टे्रडस्र नामबाट स्टेशनरी पसल साचालन गरे । बिहे गरेको केही वर्षमै संगीताको सबै गहना बेचेर व्यापारमा लगानी गरे । मैले उस्को कत्ति पैसा चलाएदीपक भन्छन्तर उस्ले कहिल्यै पनि लो देखाइन।मेरो हरेक काममा तनमनधनले प्रोत्साहन गरिन् ।
Annapurna post ma ako thyo yo ta....tapaile lekhnu va raixa
ReplyDelete