नक्कली नोटको पारवहन बिन्दू बन्दै वीरगन्ज
रवि दाहाल
वीरगन्ज । लागू औषधको अवैध धन्दामा पारवहन बिन्दुको रुपमा स्थापित वीरगन्ज नाका पाकिस्तान र भारतबीच नक्कली मुद्राको कारोबारमा पनि पारवहन बिन्दुको रुपमा प्रयोग हुन थालेको छ । नक्कली नोटको कारोबारमा संलग्न गिरोहबारे अनुसन्धान शुरु गरेर कारवाही तीब्र बनाएपछि प्रहरीले भरियामात्र होइन कारोबारीलाई समेत पक्राउ गर्न सफल भएको छ ।
पछिल्लो पटक गत कात्तिक २६ गते वीरगन्ज उपमहानगरपालिका वडा नम्बर-९ रामटोलबाट ७ लाख ८३ हजार नक्कली भारतीय रुपैयाँसहित साजिद अन्सारी पक्राउ परेपछि नक्कली नोटको कारोबारमा सकृय गिरोहबारे अनुसन्धानका लागि सहज भएको प्रहरी निरिक्षक केपी शर्माले बताए । प्रहरी निरिक्षक शर्माले भनेूसाजिद बाहेक अन्य सबै भरिया मात्र पक्राउ परेकाले अनुसन्धान उपलब्धीमूलक हुन सकेको थिएन तर साजिदको पक्राउले नक्कली नोटका कारोबारीहरु सतहमा देखिएका छनू।
कारोबारीको पहिचान भएपनि पर्याप्त प्रमाण अभावका साथै राजनीतिक प्रभावका कारण आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न असमर्थ भएको प्रहरी अधिकारीले जिकीर गरेका छन् । अन्सारीको बयानका क्रममा पाकिस्तानदेखि राजधानीको नख्खु कारागारसम्मको नक्कली भारतीय मुद्राको कारोबारमा संलग्न गिरोहबारे जानकारी मिलेको छ ।
साजिदको बयान र थप अनुसन्धानमा पाकिस्तानी र बंगलादेशी नागरिकसहित ८४ जना पक्राउको सूचीमा राखिएको प्रहरी कार्यालयले जनाएको छ । नक्कली नोटको धन्दामा नगरका धनाढ्यदेखि प्रमुख राजनीतिक दलका नेतासम्मको संलग्नता रहेको छ । नक्कली नोटको कारोबारी माफियाकै दबाबमा सरकारी वकीलको कार्यालयले साजिद अन्सारीको बयानमा खुलेका मध्ये केही नाम हटाएको सम्बद्ध श्रोतले जनायो ।
प्रहरीले पछिल्लो एकवर्षको अवधीमा पाँच सय र एकहजार दरका गरी कूल १९ लाख ५६ हजार ५ सय ८० भारतीय रुपैयाँसहित २६ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट हवाई मार्ग हुँदै राजधानी काठमाण्डौं र त्यहाँबाट भरियामार्पुत् वीरगन्ज हुँदै भारतीय बजारसम्म नक्कली भारतीय नोट ओसारपसार हुने गरेको छनक्कली नोटको कारोबारबारे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
नक्कली नोटको कारोबारीबारे अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय पसा्रले बिहीबार राजधानीको क्षेत्रपाटीबाट एक हजार भारु दरका १ सय बीस थान नक्कली नोटसहित तीनजनालाई पक्राउ गर्न सफल भएको छ । शनिबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकामा पाकिस्तानको कराँचीका ५८ वर्षिय असलम अन्सारी भारतको सीतामढीका २५ वर्षिय महम्मद जहागीर र बारा कलैया नगरपालिका वडा नम्बर १२ का २७ वर्षिय नसिम अन्सारी छन् ।
विदेशीद्वयलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले क्षेत्रपाटीस्थित हिल्टन होटलको कोठा नम्बर १०२ र १०३ बाट पक्राउ गरेको प्रहरी उपरिक्षक सुबोध घिमिरेले जानकारी दिए । । अर्का कारोबारी कलैयाका नसिमलाई प्रहरीले राजधानीकै एउटा ट्राभल्स एण्ड टुस्र कम्पनीबाट पक्राउ गरेको हो । प्रहरी हिरासतमा रहेका पाकिस्तानी नागरिक असलम अन्सारीले आफू छालाको पोशाक पाकिस्तानबाट नेपाल ल्याउने र नेपालबाट ऋंगारका सामान पाकिस्तान लैजाने कारोबारमा संलग्न रहेको बताएका छन् ।
मंसिर २०६५
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.