सन्ततीको उज्जवल भविष्यका लागी
रवि दाहाल
वीरगन्ज । बितेका पाँच वर्षमा यी वृद्धको निधारका रेखी झनै प्रष्ट भएका छन् । निधारका रेखी गहिरो हुँदै जाँदा ७३ वर्षिय वृद्ध रामाज्ञा साहको आँट झन् झन् बलियो हुँदै गएको छ ।
गाउँ छेउका ठूला उद्योगको प्रदुषणबाट घरभित्र समेत बस्न सक्ने अवस्था नभएपछि भावी सन्ततीको भविष्य रक्षा गर्न भवानीपर गाविसका वृद्ध रामाज्ञा साह कोट कचहरी धाइ रहेका छन् । उद्योगबाट निस्किएको धुलो धुँवा र छाइधानको जलेको भुस का कारण फैलिएको प्रदुषण नियन्त्रणका लागी २०६२ साल पुस २२ गतेका दिनदेखि औपचारिकरुपमा शुरु गरेको आन्दोलनबाट यी वृद्धले विश्राम लिएका छैनन् । भन्छन्बाचुाजेल यो काममा लागी रहनेछु न्याय दिलाएरै छोड्ने छु ।
क्षेत्रिय प्रशासनबाट भएको आदेशको समेत पसा्र र बारा दुबै तिरका जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितीको कार्यालयले कुनै सुनुवाई नगरेपछि रामाज्ञाले जिविस जिल्ला प्रशासन र आदर्श दाल उद्योग विश्वकर्मा र कलश सिमेन्ट उद्योगका साचालकविरुद्ध पुनरावेदन अदालत हेटौंडामा मुद्दा दर्ता गरेर २०६६ असार ३० मा निषेधाज्ञा जारी गराए ।
अदालतद्वारा जारी निषेधाज्ञाप्रति चित्त नबुझेकाले उद्योगका साचालकको तर्पुबाट सर्वोच्चमा परेको रिट सर्वोच्चले बदर गर्दै २०६७ कात्तिक ११ मा पुनरावेदनकै निर्णयलाई सदर गर्दै गाउँलेको पक्षमा निर्णय सुनायो ।
सर्वोच्च अदालतकै आदेश निर्णय कार्यान्वयनका लागी आदर्श मोडर्न दाल उद्योगका साचालकसँग आग्रह गर्न शनिबार उद्योगमा पुग्दा प्रहरीले गरेको लाठंीचार्जका क्रममा टाउको फुटेर घाइते भएपनि आइतबार गाउँलेसँगै चर्को घाममा उनले पनि विरोध जुलुसमा सहभागीता जनाए।
सर्वोच्चको आदेशको स्थानीय प्रशासन र उद्योगका साचालकले अवहेलना गरेकाले अब चाँडै नै आफू अवहेलनाको मुद्दामा जाने उनले बताए ।अदालती मुद्दा मामिलाका चक्करमा आफूले अड्डा अदालतमा लाग्ने खर्चको जोहो गर्न उनले तीन कठ्ठा खेत समेत बेच्नु परेको छ ।
खेतबारी बेचेको पैसा पनि दिन्छुं तिम्रा लागी अरुपनि केही गरिदिन्छु भनेर उद्योगका साहुले पटक पटक लोभ देखाएको सुनाउँदै रामाज्ञाले भन्छन्पुरा जिन्दगी इमान्दारिमै बाँचेअब यो बुढ्यौलीमा गुहु खान्न भन्दिए ।
वातावरण संरक्षणको उनको अभियानमा भवानीपुर मनियारी लिपनीबिर्ता गाविसको कार्यालय केडिया आँखा अस्पताल र गाउँलेले सहयोग पुर् याएका छन् ।
म गृहसचिव पदमा रहेका आपुनो एक साथीलाई छठ पूजाको ठेकुवा पुर् याउन भन्दै काठमाण्डौं गएको थिएँ मुद्दामामिलाका कागज पत्रको फाइलका भारी बोकेर आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा उिभंदै गर्दा उनी सम्झिन्छन्ठेकुवा किन नमिठो भन्दै सोधेपछि मैले छाइको समस्याबारे बेलीबिस्तार लगाएँ । उनले नै मलाई क्षेत्रिय प्रशासन कार्यालयमा निवेदन दिन प्रेरित गरेका हुन् ।
अदालतको निर्णय कार्यान्वयनका लागी पुलिस प्रशासन सबैतिर धाइ सकेकोही पनि जन्ताको पक्षमा काम गर्न चाहँदैनन्थोरै निराशा मिश्रित मुद्रामा देखिएका रामाज्ञाले आफूलाई सम्हाल्दै भनेतर मैले ठानेको छु म हार मान्ने वाला छैन ।
१७ असार २०६९
Carry on Da
ReplyDelete