औद्योगिक करिडरको चुनौती
रवि दाहाल
वीरगन्ज। वीरगन्जदेखि पथलैयासम्म त्रिभूवन राजपथ छेउछाउ फैलिएर रहेका उद्योग क्षेत्रलाई औद्योगिक क्षेत्रको मान्यताको पर्खाइ यहाँको निजी क्षेत्रले गरिरहेको छ ।
वीरगन्ज नगरको उत्तरी सीमामा अवस्थित गण्डक नहरको पारीदेखि पथलैयासम्मको समथर फाँटमा एकपछि अर्को गर्दै उद्योग खुल्दै गएर एउटा ठूलो औद्योगिक क्षेत्रको आकार लिएपछि अहिले निजी क्षेत्रले यसको दीर्घकालीन सुरक्षाका विषयमा चासो देखाएको छ ।
उद्योग क्षेत्रमा भएको रोजगारीको अवसरसँगैको आर्थिक गतिविधी र राजमार्गका कारण उद्योगको छिमेकमा मानवबस्ती विकास हुँदै गएको छ । मानव वस्तीको विकासले अहिले स्थानीयबासिन्दा र उद्योगीबीच द्वन्द्व देखा पर्न थालेको छ ।
ूगाउँलेहरु उद्योगले प्रदुषण फैलाएको भन्दै उद्योग हटाउ भन्दैछन् । गाउँबस्ती भन्दा पहिले उद्योग रहेकाले पछि विस्तार भएको बस्ती हटाउनुपर्ने उद्योगीको भनाई छ। औद्योगिक करिडरभित्र पर्ने परवानीपुर जीतपुर र सीमरा क्षेत्रमा बढ्दो शहरीकरणले भविष्यमा चुनौती बढ्ने सम्भावना देखिएको छ ।
तत्कालै औद्योगिक क्षेत्र घोषणा नगरिए समस्या आउने र द्वन्द्व झनै चर्किने प्रबल सम्भावना छ वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक वैद्यले भन्छन्त्यसैले औद्योगिक क्षेत्र घोषणा गराएर यसलाई सुरक्षित बनाउन चाहेका हौं । वैद्य स्वयम् साचालक रहेको शालिमार सिमेन्ट उद्योगले प्रदुषण फैलाएको भन्दै केही दिन सीमरावासीका स्थानीयबासिन्दाले उद्योगमा अवरोध गरेका थिए । उद्योगसँगै मानव बस्तीको समेत विकास भएपछि अहिले उद्योगीमात्र नभएर स्थानीयबासिन्दाका लागि पनि ठूलो टाउको दुखाइ भएको छ । औद्योगिक क्षेत्रबाट भइरहेको प्रदुषणको संस्थागतरुपमै विरोध हुन थालेको छ । मानववस्ती र उद्योगसँगै हुँदा दुर्घटनाको जोखिम सधैंभरि रहनेछ ।
औद्योगिक क्षेत्रको घोषणाबाट थप विदेशी लगानी भित्र्याउन र बहुर्राष्ट्रिय कम्पनीको स्थापनामा सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ ।औद्योगिक क्षेत्र घोषणा नगिरंदा यो क्षेत्रको भविष्यलाई लिएर हामीमा चिन्ता छ उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले भन्छन् घोषणा भइ दिए आपुनो लगानी सुरक्षित गर्न र विदेशीलाई पनि लगानीका लागी फकाउन सहज हुन्छ । स्पष्ट क्षेत्र छुट्याइएपछि नयाँ उद्योगका लागी जग्गा समेत सुरक्षित पार्न सकिनेछ । औद्योगिक क्षेत्र त्रिभूवन राजपथको वीरगन्ज-पथलैया खण्डमा मात्र सीमित नभएर पसा्रको बहुअर्वाभाठा र बाराको कलैयातिर पनि बिस्तारित भइरहेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघको माग प्रति उद्योग मन्त्रालय समेत सकारात्मक देखिएको छ। उद्योगमन्त्री अनिलकुमार झाले आपुनै कार्यकालमा औद्योगिक क्षेत्र घोषणा गर्ने आश्वासन दिएका छन् । यसका लागी उद्योग मन्त्रालयका तर्पुबाट सिफरिससहितको प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइ सकेको मन्त्री झाका सहयोगीले जानकारी दिएका छन् । औद्योगिक क्षेत्र घोषणा गरेपछि पूर्वाधार निर्माणका लागी सरकारले थप व्ययभार व्यहोर्नु अवस्था नभएकाले सरकारले यसमा ढिलाइ गर्नु उचित नभएको उद्योगीको भनाई छ ।
सरकारले घोषणा नगरे औद्योगिक क्षेत्रमा भएको लगानीको भविष्य के हुने भन्ने प्रश्न अहिले लगानीकर्ताहरुको सामू तेसर्िएको छ । त्यसैले उनीहरुले करिब एक दशक अघिदेखि नै सम्भावित द्वन्द्वलाई आंकलन गरेर सरकारलाई घोषणा गर्न दबाब दिइरहेका छन् ।
औद्योगिकीकरणको इतिहास
भारतको रक्सौलदेखि बाराको अमलेखगन्जसम्म मालसामान ढुवानीका लागी राणाकालमा साचालनमा आएको रेल सेवाका कारण वीरगन्जमा मानवबस्तीको विकास भएको हो । रेलमार्ग छेउछाउको वस्ती बिस्तार भएर अहिले उपमहागनरपालिकाको रुप लिएको छ । बस्तीको विकाससँगै कालान्तरमा ३० को दशकपछि औद्योगिकरण शुरु भएको हो । २०३६ सालको जनमत संग्रहपछि निजी क्षेत्रको लगानी खुला भएका कारण खाद्यान्न र कपडा उत्पादनमा निजी क्षेत्रबाट उद्योगहरुमा लगानी भएका थिए । राणाकालीन प्रधानमन्त्री जुद्ध शम्शेरको शासनकालमा जुद्ध म्याच जुद्ध सिगारेट फ्याक्टरीका साथै नेपाल कटन मिल वीरगन्ज सिलिकन इण्डष्ट्रीजको स्थापनाबाट शुरु भएको वीरगन्जको औद्योगिकीकरणको इतिहासलाई सरकारले तत्कालीन संयुक्त राज्य रुसको सहयोगमा २०२५ सालमा स्थापना गरेको वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाले पहिचान दिलाएको हो । अहिले यी उद्योगहरुका जीर्ण भौतिक संरचना र अवशेषमात्र बाँकी रहेका छन् ।
यहाँको औद्योगिक क्षेत्रमा अहिले बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि डाबर नेपाल प्रालिका साथै प्रमुख औद्योगिक घराना गोल्छा समूह त्रिवेणी समूह शंकर समूह ज्योती समूह चाचान समूह निम्बस समूह काबरा समूह रुंगटा समूह सालिमार समूहका उद्योग साचालनमा रहेका छन् ।
यकीन तथ्यांक नै छैन
देशको औद्योगिक क्षेत्रको लगानीमध्ये चालीस प्रतिशत वीरगन्ज पथलैया क्षेत्रमै लगानी भएको अनुमान गरिएपनि वीरगन्ज-पथलैया औद्योगिक करिडरका रुपमा चििनंदै आएको यस क्षेत्रमा कतिवटा उद्योग साचालनमा छन् भन्ने यकीन तथ्यांक उपलब्ध छैन । उद्योग वाणिज्य संघले यसविषयमा यकीन तथ्याक उपलब्ध गराउन सकेको छैन ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी भन्छन् दुई हजारको हाराहारीमा उद्योग होलान् भन्ने अनुमान छ । उद्योगको संख्या यकीन नभएकाले मजदुरको संख्या पनि यकीन छैन । पचास हजारको हाराहारीमा मजदुर कार्यरत छन् भन्ने अनुमान छ संघका अध्यक्ष टेमानी भन्छन् । घरेलु तथा साना उद्योग वाणिज्य कार्यालय उद्योग वाणिज्य संघ श्रम कार्यालय र विभिन्न मजदुर संगठनले उपलब्ध गराएका अपुरो जानकारीका आधारमा यहाँ साढे तीन सय उद्योग साचालनमा रहेको अनुमान गर्न सकिन्छ ।
यहाँका उद्योगमन्त्री गोल्छाको हुलास ज्योती ग्राम जगदम्बा स्टील्स सूर्य नेपाल राजेश मेटल क्रापुटस डाबर नेपालनिम्बस गु्रपले ठूला रोजगारदाता उद्योगका रुपमा स्थायी मजदुर कर्मचारीलाई अवसर उपलब्ध गराएका छन् । यहाँको उद्योगमा फलामछडपाइपजस्तापाताऔषधीकपडाखाद्यान्नदालचामल खाने तेल घिउ खाना पकाउने ग्याँस चुरोट प्रमुख उत्पादन हुन् ।
भौगोलिक अवस्थिती
मध्य तराईमा अवस्थित भएकाले वीरगन्ज औद्योगिक क्षेत्र ढुवानी र यातायातका दृष्टीकोणले सुगम छ । यहाँबाट पूर्व होस् वा पश्चिम दुबै तिर दुई सय पचास किलोमिटरको दुरी तय गरेर प्रमुख बजार केन्द्रसम्म मालसामान ढुवानी गर्न सकिन्छ । भारतको कोलकात्ता बन्दरगाहानेपालले तेश्रो मुलुकबाट मालसामान आयात निर्यात गर्ने बन्दरगाहबाट सबैभन्दा छोटो दूरीको नाका र राजधानी काठमाण्डौंसँगको छोटौ भौगोलिक दूरीका कारण वीरगन्जले आफूलाई स्थापित गर्न सकेको हो ।
राणाकालमा साचालनमा रहेको नेपाल गभर्नमेन्ट रेलएनजीआर रेल सेवाबाट नै वीरगन्ज नगर त्रिभूवन राजपथ र कालान्तरमा औद्योगिक करिडरको विकास भएको हो । औद्योगिक विकास क्रमलाई नजिकबाट न्यालेका पत्रकार चन्द्रकिशोर स्याल कराए जस्तो एउटा उद्योगीले कुनै उद्योग खोलेपछि देखासिकी गर्दै अर्कोले पनि बजार सम्भाव्यता अध्ययन नै नगरी उस्तै उद्योग लगाउने प्रवृत्ति देखिन गरेको बताउँछन् । यसले अस्वस्थ्य प्रतिस्पर्धा मात्र जन्माउने नभएर भविषयमा बाहिरी वातावरणमा प्रतिकूल परिवर्तन हुँदा एउटा उद्योग नभएर सबै उद्योग ओरालो लाग्छन् ।
प्रतिस्पर्धात्मक क्षमता र बजार मागको अध्ययन बिना ूभेंडा प्रवृत्तिूका कारण अधिकांश उद्योगहरुले स्थापनासँगै जोखिम बोकेर आउने गरेका छन् । देखासिकी गरेर स्थापना भएका उद्योगहरु एक दशकभन्दा बढी टिक्न नसकेको तीतो अनुभव यहाँका लगानीकर्ताहरुसँग भएपनि अझै चेत खुलेको छैन । त्रिवेणी समूहले अन्नपूर्ण भेजिटेबल्स उद्योग खोलेपछि यहाँ आठवटा घिउ उद्योग खुले ।
अहिले सबैजसो उद्योग रुग्ण अवस्थामा छन् । इष्टर्न टेक्सटाइल्सको कमाई दॆखेर खुलेका दुई दर्जन् सुती कपडा उद्योग मुश्किलले पाँचदेखि दश वर्षसम्म टिक्न सके । अहिले फलाममा आधारित पाइप जस्तापाता रड उत्पादन गर्ने उद्योगहरुको अवस्था पनि उस्तैछ ।
पछिल्लो समयमा चामल प्याकिङ गर्ने खाद्यान्न उद्योग धमाधम एक पछि अर्को गर्दै खोलिएकाछन् । ती उद्योगहरु स्थानीयस्तरमा उत्पादन हुने धानमा निर्भर भएर खुलेका होइनन् भारतबाट आयातित धानमा निर्भर भएर खोलिएका हुन् । भारतले आन्तरिक मागमा सन्तुलन ल्याउनका लागि धान चामलको निर्यातमा पूर्णरुपमा कडाइ गरेपछि चामल उद्योगहरु एक साथ बन्द हुनेछन् ।यसअघि क्रसर उद्योग वनस्पति घिउ उद्योग रोलिङ मिल कपडा उद्योग पनि यस्तै शिकार बनेका उदाहरण छन्।
उज्जवल भविष्य
औद्योगिकीकरण र अन्तर्राष्ट्रिय व्यापारलाई टेवा पुर् याउने पूर्वाधारहरु पसा्र-बारामा केन्द्रित भइरहेका छन् । भारतीय रेलमार्गसँग जोडिएको सुख्खा बन्दरगाह वर्षाै अघि देखि यहाँ साचालनमा छ । सीमरामा विशेष आर्थिक क्षेत्र र नेपाल भारत सीमाको अलौंमा एकीकृत जाँच केन्द्रको निर्माण कार्य भइरहेको छ ।
हुलाकी राजमार्ग निर्माण योजनाले सडक पूर्वाधार थप्दा आर्थिक गतिविधी बढाउने निश्चित छ । बाराको डुमरवानामा अन्तर्राष्ट्रिय विमानस्थल निजगढबाट काठमाण्डौं जोड्ने फास्ट ट्रयाक रोड निर्माणका योजना प्रस्तावित छन् । पूर्व पश्चिम रेलमार्गको केन्द्रका रुपमा वीरगन्ज नै अघि देखा पर्ने जानकारहरुको भनाई छ।
भविषयमा भारत र चीनबीचको व्यापारमा पारवहन बिन्दूको रुपमा वीरगन्ज स्थापित हुने सम्भावना देख्छन् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य विजय सरावगी । यातायातको पूर्वाधार भारतीय बजारसँगको नजिकता वर्षाै पुरानो औद्योगिक संस्कृतीयी सबै दृष्टीकोणमा यो पायक पर्ने ठाउँ हो सरावगी भन्छन् औद्योगिकीकरणका लागि कच्चा पदार्थ र तयारी दुबै खाले वस्तु देशभर छोटो समयमै आपूर्ती गर्न उपयुक्त केन्द्र हो वीरगन्ज ।
चुनौतीहरु
कृषिमा आधारित श्रमशक्ति यहाँको अर्को मुख्य चुनौती हो । हरेक मजदुरको खेतबारी भएकाले उनीहरु आफूलाई पनि साहु ठान्छन् । उद्योगमा सुपरभाइजरले काम अह्राउँदा वा काम बिगारेपछि हप्काउँदा सहने शक्ति यहाँका मजदुरमा नभएको उद्योगका साचालकहरुको भनाई छ । औद्योगिक मजदुरहरुको अभाव छ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी भन्छन् खेतको काम सकिएपछि मात्र उद्योगको मजदुरीलाई प्राथमिकता दिने भएकाले श्रमीकको आपूर्ती नियमित र भरपर्दो छैन । पूर्णरुपमा प्रतिबद्ध औद्योगिक मजदुरको अभावमा मजदुरबाट अपेक्षित उत्पादकत्व पाउन नसकिएको उद्यमीहरु बताउँछन् ।
श्रम संगठनहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धाले व्यवस्थापन-श्रम सम्बन्धमा फाटो ल्याएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलहरुले आफू निकट मजदुर यूनियनलाई उद्योग प्रतिष्ठान्मा स्थापित गराउनका लागि आपसमा गर्ने अस्वस्थ्य प्रतिस्पर्धाले द्वन्द्व निम्त्याएको छ ।
औद्योगिक क्षेत्रका उद्योगहरु राजनीतिक अस्थिरता शान्ति सुरक्षा र मजदुर आन्दोलनका कारण एकपछि अर्को बन्दै हुँदै गएको भन्ने उद्योग वाणिज्य संघको दाबी छ । देशका अन्य औद्योगिक क्षेत्रहरु झैं यहाँको औद्योगिक क्षेत्र पनि राजनीतिक अस्थिरताशान्ति सुरक्षा श्रमीक आन्दोलन उर्जा संकट र अन्य बाह्य कारणबाट प्रभावित छन् ।
वातावरणमा सुधार ल्याउनका लागि सरकारले श्रमीक र व्यवस्थापन दुबैलाई स्वीकार्य हुने श्रम ऐनबाट यस्तेा समस्या सम्बोधन गर्नुका साथै राजनीतिक दलहरुले पनि उद्योग क्षेत्रलाई स्वतन्त्र छोड्ने प्रतिबद्धता जनाउनुपर्ने विज्ञहरुको भनाई छ । उर्जाको अभाव र बढ्दो लागतका कारण यहाँका उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास ल्याइ दिएको छ। प्रतिस्पर्धात्मक क्षमता वृद्धिका लागि उद्योगका लगानीकर्ता र सरकारले संयुक्तरुपमा प्रयास गर्नुपर्ने आवश्यक्ता छ ।
औद्योगिक क्षेत्रमा साचालनमा रहेका ठूला उद्योगहरुः
१सूर्य नेपाल प्रािल
२हुलास स्टील्स
३जगदम्बा स्टील्स
४भगवती स्टील
५राजेश मेटल क्राफ्ट्स
६डाबर नेपाल प्रािल
७ त्रिवेणी टेक्सटाइल्स
८ नेपाल बोर्डस
९ अन्नपूर्ण भेजिटेबल्स
१० त्रिशक्ति घिउ उद्योग
११ त्रिशक्ति सिमेन्ट
१२ विश्वकर्मा सिमेन्ट
१३ नेपाल फर्मास्यूटिकल्स
१४ क्वेस्ट फर्मास्यूटिकल्स
१५ नेशनल हेल्थकेयर
१६ टाइम फर्मास्यूटिकल्स
१७ एपेक्स फर्मास्यूटिकल्स
१८ डेनिम फर्मास्यूटिकल्स
१९ हिमालयन डिष्टीलरी
२० एशियन डिष्टीलरी
२१ त्रिवेणी दाल इण्डष्ट्रिज
२२ त्रिवेणी सिम्प्याक्स
२३ नारायणी ग्याँस उद्योग
२४ मनोज ग्याँस उद्योग
२५ सहारा ग्याँस उद्योग
२६ हिमाल आइरन
२७ साखः स्टील्स
२८ शालिमार पेन्टस्
२९ मरियम लेदर
३० नेशनल लेदर
३१ ग्लोबल लेदर
३२ नेपाल लेदर
३३ अरनिका टेक्सटाइल्स
३४ सिद्धी टेक्सटाइल्स
३५ डायमण्ड टेक्सटाइल्स
माघ २०६८
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.