रवि दाहाल-
वीरगन्ज । सुपारी र तम्बाकुको मिश्रणबाट बनाइएको गुट्खाको उत्पादन र बिक्रीमा बिहार सरकारले प्रतिबन्ध लगाएपछि यहाँबाट हुँदै आएको गुट्खा तस्करी ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय धुमपान विरुद्धको दिवसको अवसर पारेर राज्य सरकारले गुट्खाको उत्पादन र बिक्री वितरणमा एकवर्षका लागी प्रतिबन्धको घोषणा गरेपछि तस्करीमा संलग्न व्यापारी हौंसिएका छन् ।
गुट्खा तस्करीमा संलग्न व्यापारीले भारतीय व्यापारीबाट वीरगन्जमै नगद भुक्तानी लिने र सीमावर्ती भारतीय शहर रक्सौलको बजारमा सामान सुपुर्दगीको काम गरिरहेका छन् । पोके तस्कर र साइकलमार्पुत् गुट्खा सीमापारसम्म ओसारेर निश्चित स्थानमा भण्डारणपछि एकै पटक अन्तिम गन्तव्यमा पठाउने गरिएको अवैध कारोबारमा संलग्न एक व्यापारीले बताए । मुख्य नाकाबाट ठूलो परिमाणमा ओसार्न बढी जोखिम भएकाले ग्रामीण नाकाबाट बयलगाडा र ट्याक्टरबाट ठूलो परिमाणमा गुट्खा तस्करी भइरहेको श्रोतले बतायो । माईस्थानका पानमसला व्यापारी गौतम साह कृष्ण साह र पानमंडीका शंकर कुशवाहा गुट्खाको तस्करीमा संलग्न रहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ ।
आन्तरिक राजश्व कार्यालय वीरगन्जमा गुट्खा र सुर्तीजन्य वस्तु उत्पादनका लागी दर्ता रहेका ११ वटा उद्योगले वार्षिक कूल ८ लाख रुपैयाँ राजश्व तिरेको प्रमुख कर अधिकृत उत्तरकुमार खत्रीले बताए । मिनाक्षी प्रोडक्ट काया पारस अनुष्का महालक्ष्मी पशुपती गौतम जेएमजे रियल अरविन्द चौबे सुगन्धित र शक्ति गुट्खा उद्योग दर्ता रहेका छन् ।यीमध्ये पारस प्रोडक्ट गुट्खा उद्योगले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा उद्योग साचालनको स्वीकृती लिएपनि अहिले आदर्शनगरस्थित श्री क्यारियस्रको गोदामबाट यो उद्योग साचालन भइरहेको छ । अवैधरुपमा बीस भन्दा बढी साना उद्योग साचालनमा रहेको स्थानीय पानमसला व्यापारीको भनाई छ । एउटा उद्योगले दैनिक बीस किलो क्षमताको तीनसयदेखि पाँच सय बोरा गुट्खा उत्पादन गर्दै आएका छन् ।
स्थानीय गुट्खा उद्योगले भारतको नाम चलेका ब्राण्डबाट आपुना उत्पादन प्याकिङ गरेर बजारमा बिक्री गरिरहेका छन् । राजश्व चुहावटको आशंकामा ५ सय २५ बोरा बोकेको लु १ ख ३६४९ र सुपारी बोकेको ना ३ ख ३८४३ नम्बरको ट्रक राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । सुपारी र गुट्खाको कारोबारमा मनग्ये आम्दानी भएकाले शहरको टोल टोलमा अवैध गुट्खा उद्योग खुल्ने क्रम बढेको छ ।
ूबिहारमा हुँदै आएको सुपारीको निर्यात अब ठप्प भएको छूसुपारी व्यापारी अनिल पटवारी भन्छन्स्वदेशमै पनि सुपारीको गोदाममा राजश्व विभागले शिलबन्दी गरिरहेको छ । स्थानीय बजारमा प्रति किलो १ सय ८० रुपैयाँमा पाइने िसंगापुरे सुपारी भारतीय बजारमा दुई सय भारुमा बिक्री हुने गरेको छ । भारतमा १ अपि्रल सन् २०११ देखि प्लाष्टिक खोल भएको गुट्खा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि केही भारतीय कम्पनीले नेपालको सीमावर्ती शहर र काठमाण्डौंमा उद्योग साचालन गरेर भारतमा अवैधरुपमा गुट्खा पठाउँदै आएका छन् । यहाँका उद्योगद्वारा प्लाष्टिक प्याकिङमा गुट्खा उत्पादन हुने गरेको छ ।
२८ जेठ २०६९ को अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित
No comments:
Post a Comment
Please avoid abuse, we praise healthy comment and criticism.