Saturday, July 27, 2013

गर्भाशयमा पापी नजर

रवि दाहाल–
वीरगन्ज,९ साउनः मध्य तराईको पर्सा, बारा र रौतहटका जिल्लामा सकृय दलाल गिरोहले विवाहित महिलाहरुको गर्भाशय चोरी गरेर लाखौं रुपैयाँ कुम्ल्याइ रहेका छन् । भारतीय नक्कली चिकित्सक र दलालहरुबीचको गठबन्धनमा बनेको सञ्जाल पर्सा,बारा, रौतहट मात्र नभएर भारतको बिहार राज्यसँग सीमा जोडिएका पूर्वी तराईका जिल्लाहरुसम्म फैलिएको छ ।
उमेर ढल्किंदै गए पाठेघरको क्यान्सर हुने वा आङग खस्ने समस्या आउनसक्ने भन्दै दलाल र नक्कली चिकित्सकमार्फत् भ्रम फैलाइएकाले पिछडिएको वर्गका महिलाहरु यस्ता गिरोहको शिकार बन्ने गरेका छन् । अहिले २० देखि ४० वर्ष उमेर समूहका विवाहित महिलाहरु सन्तान रहर पुगेलगत्तै पाठेघरको शल्यकृया गराउन धमाधम भारतीय सीमावर्ती शहरका अस्पतालमा धाउन थालेका छन् । एउटा शल्यकृयावापत नक्कली चिकित्सकले नौ हजार रुपैयाँ कुम्ल्याउँछन् । ग्राहक खोजिदिएवापत नक्कली चिकित्सकबाट दलालले पाँच सय भारु प्रति बिरामीका दरले कमिशन पाउने गरेका छन् ।
सन्तान जन्माउने रहर पुरा भएका महिलालाई अब पाठेघरको के कामरु यसले रोग लाग्छ,पछि समस्या हुन्छ भन्दै उक्साएर भारतीय नक्कली चिकित्सकले शल्यकृया गर्न सुझाव दिने गरेको नारायणी उपक्षेत्रिय अस्पतालका वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा। सुरेन्द्र चौधरी बताउँछन् । 
सीमावर्ती भारतीय शहर रक्सौलको आबदा अस्पतालमा पाठेघर शल्यकृया गरिएको नौ दिनपछि गत साता घर फर्किएकी पर्सा रानीगंजकी २१ वर्षिया आशा देवीले पाठेघरमा मासु पलाएका कारण आफूले शल्यकृया गराउनुपरेको बताइन् । तीन सन्तानकी आमा आशाले आफूलाई शल्यकृया भएको तेश्रो दिनदेखि नै चिकित्सकले अस्पतालको तीन तल्ले भवनमा भ¥याङग उक्लिन र फराकिलो पाइला चालेर हिंड्ने अभ्यास गराएको बताइन् । 
औषधीले मात्र बिरामीको उपचार गर्दा धेरै कमाई नहुने भएकाले पाठेघरमा सामान्य संक्रमण वा घाउ भएकै आधारमा नक्कली चिकित्सकले पाठेघरमा गम्भीर संक्रमण भएको वा मासु पलाएको त्रास सिर्जना गरेर शल्यकृयामार्फत् सधैंका लागी रोगबाट मुक्ति पाउन महिलालाई सुझाव दिने गरेका छन् । वरिष्ठ प्रसुती रोग विशेषज्ञका अनुसार पाठेघर शल्यकृया गराउने अहिलेको रफ्तार नथामिए अधिकांश महिला सन्तान रहर पुरा भएको एक दुई वर्षभित्रै पाठेघर बिहीन हुने अवस्था आउनेछ ।
चिन्ताजनक अवस्था
स्थानीय गैर सरकारी संस्था हेल्पिङ ह्याण्ड्सले ग्रामीण स्वास्थ्य स्वयम्सेविकामार्फत् गरेको सर्वेक्षणका क्रममा पर्साको मसियानी गाविसको ९ वटा वडाका कूल ११ सय ६५ विवाहित महिलामध्ये १७१ जना महिलाको पेटमा पाठेघर छैन । तीमध्ये १ सय ११ जना ४० वर्षभन्दा कम उमेरका छन् । अमरपट्टी गाविसमा गरिएको सर्वेक्षणका क्रममा पाठेघर नभएका १ सय ३४ महिलामध्ये ७६ जना ४० वर्षभन्दा कम उमेरका भेटिएको हेल्पिङ ह्याण्ड्सका अध्यक्ष जयमोद ठाकुरले बताए ।
सदरमुकाम वीरगन्जदेखि १० किलोमिटर पश्चिममा अवस्थित अमरपट्टी गाविस होस् वा ३२ किमि टाढाको मसिहानी, यी दुबै गाविसको माथि उल्लेखित तथ्यांकले स्थानीय महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव रहेको प्रष्ट्याएको छ । वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा। सुरेन्द्र चौधरीका अनुसार उमेर नपुगेका अधिकांश महिलाले आवश्यक्ता भन्दा पनि लहैलहैमा लागेर पाठेघरको शल्यकृया गराएका हुन् ।
पाठेघरमा जालो परेको ९फाइब्रोइड युटरस०,पाठेघरको मुखमा गम्भीर संक्रमण९ क्रोनिक सर्भिसाइटिस ०, मासु पालाएको९ सिस्ट०, क्यान्सर आशंकाको पहिलो चरण९ क्यान्सर सस्पेक्ट फस्ट स्टेज ०, पाठेघरबाट रगत बगी रहने९ क्रोनिक डियूबी९डिस्फक्शनल यूटेराइन ब्लिडिङ ० वा पाठेघरका सम्पूर्ण अंगमा लामो समयसम्म संक्रमण भइरहने ९ क्रोनिक पेल्भिक इन्फ्लामेट्रिक डिजिज, पिआइडी ० समस्या देखिएको अवस्थामा मात्र पाठेघरको शल्यकृया गर्नुपर्ने अवस्था आउने प्रसुती रोग विशेषज्ञहरुको भनाई छ । यस्तो शल्यकृयाका लागी महिला बिरामीको उमेर ४० वर्षभन्दा बढी हुनुपर्छ ।
असुरक्षित शल्यकृया 
पर्सा, बारा र रौतहट जिल्लाको ग्रामीण भेगका महिला उमेर नपुग्दै वा सामान्य समस्या देखिए पनि पाठेघरको शल्यकृया गराउन सिधै सीमावर्ती भारतीय शहरमा सञ्चालित नक्कली चिकित्सकको क्लिनिक वा अस्पतालमा पुग्ने गरेका छन् । पर्साका अधिकांश बिरामी रक्सौल,कोढियार, बारा र रौतहटका बिरामी मोतियारी र खैरहवामा अवैधरुपमा सञ्चालन भइरहेका निजी अस्पतालमा पुग्छन् । 
डा। प्रवेज आलम,  डा। गंगा यादव, डा। प्रवेज आलम, डा। नदिम, डा। कमाल अहमद, ड।ा एमपी बर्मा, डा। सन्जय सिंहको नामबाट सीमावर्ती भारतीय शहरमा नक्कली चिकित्सकले आफ्नो ठगी धन्दा चलाइ रहेका छन् ।
रक्सौलको कोढिहारमा अवस्थित आबदा अस्पतालमा गत बुधबार बिहान पुग्दा कथित डा। नदीम आलमले बिहान ११ बजेसम्ममा तीनजना महिलाको पाठेघरको शल्यकृया गर्न भ्याइ सकेका थिए । डा। नदीमले एक दिनमा बीसभन्दा बढी शल्यकृया सहजै गर्न भ्याउने गरेको अस्पतालका कर्मचारीले बताए । अस्पताल भवनको पहिलो तल्लाको खुल्ला कक्षमा लहरै राखिएका खाटमा भर्खरै शल्यकृया गराएका महिला रक्तश्रावका कारण पीडा सहन नसकेर तड्पीदैं थिए ।
आबदा अस्पतालका चिकित्सकको सूचीमा एमबिबिएस तहका तीनजना चिकित्सकको नाम उल्लेख भएपनि अस्पतालका निर्देशक नदिमले नै सबै बिरामीको स्वास्थ्य परिक्षण र शल्यकृया गर्दै आएका छन् । अस्पतालका हेरालु नन्दु सहनीले आलमको अस्पतालमा पूर्वको लहानदेखि समेत नेपालका महिलाहरु पाठेघरको शल्यकृयाका लागी आउने गरेको बताए ।  
प्रभावहीन सरकारी सेवा
जनस्वास्थ्य कार्यालयले गत आर्थिक वर्ष २०६९–७० मा जिल्लाका ८२ वटै गाविसका महिलालाई पाठेघर संक्रमणको उपचार र आङग खस्ने रोगका बिरामी पहिचान गर्न विभिन्न १५ स्थानमा १८ पटक पाठेघर परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिएको छ । वर्षभरि सञ्चालन गरिएको पाठेघर परिक्षण सम्बन्धी घुम्ती शिविरमा ४५ वर्ष भन्दा बढी उमेरका ६३ जना महिलामा मात्र आङग खस्ने समस्या भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ । तर जनस्वास्थ्यको सिफारिसमा एकजना महिला पनि यहाँको अस्पतालमा शल्यकृयाका लागी पुगेका छैनन् ।
आङग खस्ने समस्याबाट पीडित महिलाको पहिचान गरेर शल्यकृया गर्ने केन्द्र नारायणी उपक्षेत्रिय अस्पताललाई तोकिए पनि गत आबमा यो अस्पतालमा आङग खस्ने समस्याबाट पीडित जम्मा १५ जना महिलाले मात्र शल्यकृया गराएका छन् । जनस्वास्थ्य कार्यालयले शिविरमा फेला परेका आङग खस्ने समस्याबाट पीडित महिलाको निःशुल्क शल्यकृयाका लागी प्रेषण पूर्जासहित अस्पतालमा बिरामी पठाउनुपर्ने भएपनि शल्यकृया गरिएका १५ वटै महिला व्यक्तिगतरुपमा उपचारका लागी अस्पताल पुगेका हुन् ।
शल्यकृया सुविधा प्रदान गर्ने संस्थाले नै रोगीको पहिचान गर्ने शिविर सञ्चालन गरे यो अझै प्रभावकारी हुने हेल्पिङ ह्याण्ड्सका अध्यक्ष जयमोद ठाकुरको धारणा छ । 
जनचेतनाको अभाव
पाठेघरको संक्रमण सम्बन्धी सचेतना फैलाउन जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएको अभियान प्रभावहीन देखिएको छ । जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन र कार्यान्वयन ज्यादै फितलो भएकाले यो प्रभावहीन हुन गएको हो ।
पर्सा र बारामा महिलामा शिक्षा र जनचेतनाको अभावका कारण सीमावर्ती भारतीय बजारमा चिकित्साको नाममा ठगी गर्नेहरुको धन्दा चम्किएको छ । यी दुबै जिल्लाको बहुसंख्यक महिला निरक्षर छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार महिला साक्षरता पर्सामा ४३।८९ प्रतिशत र बारामा ४०।६७ प्रतिशत मात्र छ । 
महिला अधिकारका क्षेत्रमा प्रशिक्षण दिंदै आएकी उपप्राध्यापक सुष्मा तिवारी भन्छिन्, ग्रामीण क्षेत्रमा विशेष गरी दलित समुदायका महिलालाई सदरमुकाममा प्रसुती गृह छ भन्ने जानकारी समेत हुँदैन । सर्वेक्षणका क्रममा पाठेघर शल्यकृया गराइ सकेको अवस्थामा भेटिएका पर्साको मसियानीका १७१ मध्ये ३७ मुश्लिम, ११ दलित र बाँकी पिछडा वर्गका महिला छन् । त्यस्तै अमरपट्टीका १३४ महिलामध्ये ८ मुश्लिम, १६ दलित र बाँकी पिछडा वर्गका महिला छन् । 
ग्रामीण भेगका महिलामा प्रजनन् अंगको सरसफाई र प्रजनन् स्वास्थ्यबारे कमजोर बुझाईका कारण पाठेघरको संक्रमण बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम संयोजक अमलेश्वर मिश्रा बताउँछन् ।
दलालको सञ्जाल
नक्कली चिकित्सकले गाउँ गाउँमा आफ्ना दलाल परिचालन गरेर महिलालाई पाठेघरको शल्यकृया गर्न मानसिकरुपमा तयार पार्ने गरेका छन् । गाउँगाउँमा सकृय दलालले अशिक्षित र पिछडिएका समुदायको महिलामाझ भ्रम फैलाउने गरेको सर्वेक्षणका क्रममा भेटिएको हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुरले बताए । 
पाठेघरको क्यान्सरबाट जोगिनका लागी भन्दै शल्यकृया रोज्ने महिलामा अधिकांश दलित, मुश्लिम र पिछडा वर्गका महिला छन् । शैक्षिक अवस्था र जनचेतनाको स्तर ज्यादै कमजोर भएकाले यो वर्गमा दलालहरुले सहजै भ्रम पैदा गरिदिन्छन् । 
ग्रामीण क्षेत्रका गृहणीहरुको भलाकुसारीका क्रममा अचेल पाठेघर९स्थानीय बोलीचालीमा बच्चादानी०को शल्यकृया चर्चा नियमितरुपमा चल्न थालेको छ । उपप्राध्यापक सुष्मा तिवारी दुई वर्ष अघि ग्रामीण महिला समूहका सदस्यहरुलाई महिला हिंसाविरुद्ध जनचेतनामूलक प्रशिक्षण दिने अभियान लिएर गाउँ गाउँ पुग्ने क्रममा क्रममा आफूले पाठेघर शल्यकृया गराइसकेका थुप्रै महिलाहरु भेटेको अनुभव सुनाईन् ।
जनस्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम संयोजक अमलेश्वर मिश्रा भन्छन्,अरु केही नभएपनि गर्भ बोक्नुपर्ने बाध्यताबाट मुक्ति पाउन शल्यकृयाको बाटो रोज्ने पिछडिएका वर्गका महिला जोखिममा पर्ने गरेका छन् ।
जोखिमपूर्ण शल्यकृया
पाठेघरको शल्यकृयाका लागी नक्कली चिकित्सकले बिरामीसँग उपचार खर्चवापत प्याकेजमै नौ हजार भारतीय रुपैयाँ असुल्ने गरेका छन् । नौ दिन लगाएर गरिने उपचारका क्रममा सामान्य स्वास्थ्य परिक्षणपछि शल्यकृया गरेर आठ दिनसम्म लगातार औषधी उपचार र सुई लगाएपछि नवौं दिनमा बिरामीलाई घर पठाइने गरेको छ । बिरामीको स्वास्थ्य प्रगतीबारे जाँच्न पुनः आठौं दिनमा परिक्षणका लागी बोलाइने गरेको छ । 
२० देखि ४५ वर्ष उमेर समूहका महिलाहरु पाठेघर निकाल्न लगाएर घर फर्किने गरेका छन् । जोखिमपूर्ण शल्यकृया गरिने त्यहाँका अस्पतालमा शल्यकृयाका लागी न्यूनत्तम पूर्वाधारहरु समेत छैनन् । आवासीय प्रयोजनका लागी बनाइएका साँघुरा कोठामा जथाभावी बिरामी राखिने गरेको छ । 
औषधी उपचार गर्दा पनि निको नभए चालीस वर्षको उमेरपछि मात्र पाठेघर झिकिनु उपयुक्त मानिएपनि २० वर्ष उमेर नपुग्दै डिम्बाशय सहित पाठेघर झिकिंदा महिलाको शरीरमा विशेष प्रकारको हार्मोनको उत्पादन ठप्प भएर स्वास्थ्यमा नकारात्मक समस्या देखिने गरेको छ । कुनै योग्यता बिनाका झोले चिकित्सकले उपचार गर्दा डिम्बाशय पनि झिकिदिने गरेका छन् ।
डिम्बाशयलाई छुट्याएर पाठेघर मात्र झिक्दा हार्मोनको नियमित उत्पादन भएर शरीरलाई आवश्यक पर्ने तत्व प्रवाह हुन्छ । असुरक्षितरुपमा गरिने पाठेघरको शल्यकृयापछि महिलामा पिसाब चुहिने ९भेसाइको भेजाइनल फिस्टुला, भिभिएफ०, शरीरमा हार्मोनको कमीले विभिन्न किसिमको मानसिक रोगहरु, चिटचिट पसिना आउने, मुटु तीब्र गतिले ढुकढुक हुने, पानी खस्ने समस्या भइरहने हुन्छ ।
पाठेघरसँगै डिम्बाशय झिक्दा शरीरमा हार्मोनको उत्पादन ठप्प भएर मुटुको ढुकढुकी हुने, चिटचिट हुने, गर्मी बढी हुने, रिस उठ्ने समस्या देखिने गरेको प्रसुती रोग विशेषज्ञ डा। विमला महर्जनको भनाई छ ।
भारतीय पनि शिकार
सीमावर्ती भारतीय शहरका झोले चिकित्सकको ठगी धन्दाको शिकार नेपाली ग्रामीण महिला मात्र  नभएर भारतीय महिलाहरु पनि भइरहेका छन् । गरिबि, अशिक्षा र पिछडापनको शिकार बिहारको गाउँ गाउँका महिलाहरु नक्कली चिकित्कसको फन्दामा पर्ने गरेका छन् । 
नक्कली चिकित्सकको बढ्दो प्रभावका कारण नेपालका योग्य चिकित्सक समेत अप्ठेरो महशुस गर्न थालेका छन् । नारायणी उपक्षेत्रिय अस्पतालका प्रसुती रोग विशेषज्ञ चिकित्सकहरु महिनावारी र तल्लो पेट९पाठेघर० दुख्ने समस्यामा औषधी सेवनका लागी सुझाव दिंदा बिरामी रिसाउने गरेको अनुभव सुनाउँछन् । प्रसुती रोग विशेषज्ञ डा। विमला महर्जन् भन्छिन्, छरछिमेक, दलाल र झोले चिकित्सकले महिलाहरुको मनस्थिति यत्ति परिवर्तन् गरिसकेका हुन्छन् की हामीले सही सुझाव दिंदा उनीहरु शंका गर्छन् ।
महिनावारी हुनु अघि नै सेतो पानी बग्नु र महिनावारीका समयमा तल्लो पेट दुख्नु सामान्य भएपनि बिरामीले शल्यकृया गरेर पाठेघर झिक्न दबाब दिने गरेका छन् । प्रसुती रोग विशेषज्ञ डा। मन्जु थापाले पनि आफ्नो क्लिनिकमा आउने गरेका महिलाबाट यस्तै दबाब आउने गरेको अनुभव सुनाईन् ।
विज्ञापनको प्रभाव
सीमापारी बजारमा क्लिनिक सञ्चालन गरेर बसेका अयोग्य र झोले चिकित्सकको आकर्षक र मस्तिष्कमा गहिरो छाप छोड्ने विज्ञापन पनि अशिक्षित महिलाहरुमाझ भ्रम फैलाउने जिम्मेवार कारक बनेका छन् । यहाँका रेडियोले सामाजिक उत्तरदायीत्वलाई पन्छयाउँदै थोरै पैसाका लागी जस्तो सुकै भ्रामक सन्देश बोकेको विज्ञापन पनि प्राथमिकताका साथ बजाउने गरेका छन् ।
रेडियोबाट प्रशारित विज्ञापनले जनस्वास्थ्यमा पर्ने प्रभावबारे प्रत्येक रेडियोका सञ्चालकलाई हामीले लिखितरुपमै सचेत गरायौंं, सूचनाको अधिकार सम्बन्धी अभियानका लागी समेत काम गरिरहेको गैर सरकारी संस्था हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुर भन्छन्,उनीहरुले गल्ती नदोहो¥याउने भन्दै सामूहिक प्रतिबद्धता जनाएपनि व्यवहारमा कार्यान्वयन भएको छैन ।
बचाऊको उपाय
पाठेघरमा हुने संक्रमणबाट जोगिनका लागी यौनाङगको नियमित सरसफाई र पौष्टीक आहारको खानपिन नै उपयुक्त उपाय हो । सम्बद्ध विशेषज्ञका अनुसार अधिकांश महिलामा सरसफाई सम्बन्धी सचेतनाको अभावमा पाठेघरमा संक्रमण हुने गरेको छ । श्रीमान् श्रीमतीबीच यौन सम्पर्क गर्नु पूर्व र गरी सकेपछि दुबैले गुप्ताङगको राम्ररी सफाई गरे धेरै हदसम्म संक्रमण नियन्त्रण गर्न सकिने प्रसुती रोग विशेषज्ञको सुझाव छ ।
प्रत्येक गाविसमा पाठेघरको रोग परिक्षण र उपचार सेवा उपलब्ध गराउनु पनि आवश्यक भएको स्वास्थ्यकर्मी बताउँछन् । आमा सुरक्षा र प्रजनन् स्वास्थ्यका लागी राज्यले गरिरहेको लगानीको सदुपयोगबारे अनुगमनसँगसँगै प्रजनन् अंगको स्वास्थ्यबारे महिलाहरुमा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनु जरुरी रहेको हेल्पिङग ह्याण्डसका अध्यक्ष जयमोद ठाकुर बताउँछन् । २०७०

Saturday, March 23, 2013

दूध उत्पादनले छोएन पर्साका किसानलाई


रवि दाहाल–
वीरगन्ज,१० चैतः गाउँ गाउँमा दूध चिस्यान केन्द्र नहुँदा पर्याप्त सम्भाव्यताका बावजुद पर्साका किसान दूध उत्पादनतर्फ आकर्षित हुन सकेका छैनन् । पशुपालनबाट उत्पादित दूध उपभोग नभएसम्म भण्डारण गर्न चिस्यान केन्द्र र बजारसम्म पु¥याउन विशेष किसिमको ढुवानी साधन आवश्यक पर्छ ।
८२ गाविस र एक उपमहानगर रहेको पर्सामा सार्वजनिक पहुँचमा जम्मा दुईवटा चिस्यान केन्द्र छन् । पायक पर्ने दूरी र स्थानमा दूध चिस्यान केन्द्र नहुँदा किसानले घर घरमा उत्पादन गरेको दूध खेर फ्याक्नुपर्ने समस्या रहेको छ । चिस्यान केन्द्रको स्थापनाले किसानलाई दूध बिक्री गर्न र थप उत्पादनका लागी समेत प्रोत्साहन मिल्ने उद्योगी श्यामवदन यादवले बताए ।
दुग्ध विकास संस्थानको हेटौंडास्थित क्षेत्रिय कार्यालयले पर्साका किसानलाई दूध उत्पादनका लागी प्रोत्साहन गर्न थालेको छ । संस्थानले गादी गाविसमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएर  श्रीपुर पँचगावा, सखुवा प्रसौनी, गादी, रंगपुर, सोनवर्षा, पटेर्वा सुगौलीका किसानलाई दूध उत्पादन गर्न हौस्याएको छ । गादी दूग्ध उत्पादन सहकारी संस्थामार्फत् सञ्चालनमा ल्याएको यो संकलन केन्द्रमा दैनिक एक हजार लिटर दूध संकलन गर्ने लक्ष्य रहेको संस्थाका सचिव प्रेम पौडेलले बताए ।
यसअघि गत असोजदेखि बिरुवागुठी गाविसमा संस्थानकै ३६ लाख रुपैयाँको लगानीमा २ हजार ५ सय लिटर क्षमताको चिस्यान केन्द्र सञ्चालनमा रहेको छ । विरुवागुठी चिस्यान बागवाना, हरपुर, मधुवन मथवल, गादी र सखुवाप्रसौनी गाविसका किसान लाभान्वित भएको स्थानीय उद्धार दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रभु प्रसाद गुप्ताले बताए । 
सामुदायीक लगानीमा स्थापित पाँच सय लिटर क्षमताको पोखरिया चिस्यान केन्द्रले पोखरिया, बसन्तपुर, लंगडी, मुडली, धोरे,तुलसीबर्वा, बिरञ्चीबर्वा गाविसका किसानसँग दूध संकलन गरिरहेको छ  ।किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्नका लागी सरकारी र निजी क्षेत्रबाट चिस्यान केन्द्र र डेरी उद्योग सञ्चालनमा ल्याइए पनि किसानलाई आवश्यक सहयोग पुग्न नसकेको अगुवा कृषकको गुनासो छ।
धोरे गाविसमा नेदरल्याण्डको पर्पल फिल्ड इन्भेष्टमेन्टसँगको संयुक्त लगानीमा यूवा उद्योगी श्यामवदन यादवले २० हजार लिटर क्षमताको दूध प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् । उनको उद्योगले पर्सा,बारा,सर्लाही र सीमावर्ती भारतका किसानसँग दूध संकलन गरिरहेको छ ।  अहिले आवश्यक्ताको अनुपातमा २५ प्रतिशत पनि दूधको आपूर्ती हुन सकेको छैन, उनी भन्छन्, किसानलाई  सुधारिएको नश्लका गाईभैंसी उपलब्ध गराउने प्रयास गरेपनि विदेशबाट गाईभैंसी भित्र्याउन असम्भव झैं छ । सुधारिएको नश्लका गाईभैंसी भारतबाट ल्याउने प्रयास गरेपछि कृषी मन्त्रालयबाट स्वीकृतीका लागी पुरा गर्नुपर्ने झण्झटिलो प्रकृयाका कारण लगानीकर्ताले इच्छाएर पनि यसको कार्यान्वयन हुन सकेको छैन ।

तस्वीरमा इतिहास कोट्याउँदै

रवि दाहाल
वीरगन्ज,४ चैतःभित्तामा लहरै सजाइएका पुराना तस्वीर केही बोल्न खोज्दैछन् । तस्वीर सामू उभिने जो कोहीपनि तस्वीरले दोहो-याउन खोजेका इतिहास उत्सुकतापूर्वक जान्न खोज्दैछन् ।
आफ्नै नगरको पाँच दशक पुरानो इतिहास पुराना तस्वीरका माध्यमबाट थाहा पाउँदा सम्पन्न विगत सम्झेर अवलोकनकर्ताहरु दंग थिए ।
दुईवर्षदेखि नेपालमा पुराना तस्वीरको संग्रह गर्दै आएको नेपाल पिक्चर्स ग्यालेरीले वीरगन्जवासीको घरका भित्तामा र एल्बममा सजाइएका पुराना तस्वीर संकलन गरेर सार्वजनिक प्रदर्शनीमा राखिदिएपछि नयाँ पुस्ताले विगत जान्ने अवसर पाए । अनि बुढापाकाहरु विगतको झझल्को सम्झिंदै हर्षित भए ।

तीन महिनासम्म सञ्चालन हुने प्रदर्शनीमा चार दशकभन्दा पुराना १५ वटा तस्वीर राखिएका छन् ।रौतहटको राणा परिवारकी एक यूवती सन्ध्या शाहले आफ्नो जवानीमा उपभोग गरेको स्वतन्त्रता र भारतीय फिल्मकी नायीका मधुबालाको शैली पछ्याउँदै तस्वीर खिंचाउने लहरलाई  पनि प्रदर्शनीमा राखिएका तस्वीरमा समेटिएको छ ।
ग्यालेरीका कार्यकारी निर्देशक भूषण शिल्पकार भन्छन्,नेपाली फोटोका इतिहासमा जहिले पनि शाही वा राणा परिवारका मात्र चर्चा भए,अब आम नागरिकको हुनुपर्छ भनेर हामीले इतिहास खोतल्ने प्रयास गरेका हौं । 
पुराना तस्वीर संकलन र छनौटको काम जति सहज छ, तस्वीर अभिलेखनको काम जटिल छ । शिल्पकारकै शब्दमा तस्वीरको पृष्ठभूमीका बोकेका कथा खोतल्नु चुनौतीपूर्ण छ । राजधानीका शिक्षित तन्नेरीहरुको एउटा जमातले भर्खरै मुकुन्द बहादुर श्रेष्ठले खिंचेका नेपालको पर्यटन सम्बन्धी १२ हजार पुराना तस्वीर दुई वर्ष लगाएर पुरा गरेका छन् ।

Saturday, September 8, 2012

वातावरण संरक्षण अभियानका अगुवालाई सिडिओको धम्की

रवि दाहाल- 
वीरगन्ज । वातावरण संरक्षण अभियानमा संलग्न गाउँलेहरुको अगुवाइ गरिररहेको वातावरण तथा पर्यावरण संरक्षण समितीका अध्यक्षलाई पसा्रका प्रमुख जिल्ला अधिकारीले धम्क्याएका छन् ।प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले समितीका अध्यक्ष दिपेन्द्रिसंह पटेललाई बुधबार दिउँसो मोबाइल फोनमार्पुत् कुराकानीका क्रममा धम्क्याएका हुन् । 
समितीको अगुवाईमा भइरहेको गाउँलेहरुको आन्दोलनका क्रममा पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दिइने धर्नाबारे जानकारी दिन मोबाइल फोनमार्पुत् प्रजिअसँग कुराकानी गर्दा आफूलाई प्रजिअले धम्क्याएको दिपेन्द्रले बताए ।

Tuesday, September 4, 2012

गाँजा ओसार्न अवैध हतियारको प्रयोग

रवि दाहाल-
वीरगन्ज । लागू औषधको ओसार पसार र सुरक्षाका लागी पसा्रको ग्रामीण क्षेत्रमा व्यक्तिगतरुपमा हतियार राख्ने प्रवृत्ति अझै नियन्त्रणमा आएको छैन । लागू औषधका कारोबारी वा राजनीतिक पृष्ठभूमीका प्रभावशाली व्यक्तिले वर्षौदेखि अवैधरुपमा घर-घरमा हतियार राख्दै आएका छन् । 
गाँजा भरियाको लस्करलाई नियन्त्रणमा लिन मध्यरात वा झिस्मिसे उज्यालोमा गौडा ढुकेर बस्दा प्रहरी टोलीले तस्कर समूहसँग जवाफी कारवाहीमा गोली हानाहान गर्नुपर्ने अवस्था आउनुले पनि हतियारको प्रयोग कायमै रहेको प्रष्ट्याउँछ । पछिल्लो समयमा सोमरबार राती प्रहरीले लिपनीमाल गाविस वडा नम्बर ४ बाट १२ बोरको एउटा बन्दुक बरामद गरेको छ । यसअघि प्रहरीले ३१ साउनमा पसा्र वन्यजन्तु आरक्षसँग सीमा जोडिएको गादी गाविसको थरकट्टी टोलबाट १२ बोरको बन्दुक बरामद गरेको थियो ।
हामी कहाँ गाँजा उत्पादन रोकियो तर कारोबार रोकिएको छैन नेकपा एमाले पसा्रका यूवा नेता अरविन्द िसंह भन्छन् कारोबारीले भरियाको सुरक्षाका लागी हतियारको प्रयोग गरिरहेका छन् । काठ तस्करीको धन्दामा संलग्नहरुले पनि अवैध हतियारको प्रयोग भइरहेको छ ।दुईवर्ष अघिसम्म यहाँका सम्पन्न वा राजनीतिक पृष्ठभूमीका व्यक्तिहरुले सर्वसाधारण किसानको प्रयोग गर्दै गाउँमा गाँजा खेती गराउँदै घर गोठमा भण्डारण गर्ने र भारतीय व्यापारीलाई बिक्री गर्दै आएका थिए । पछिल्लो समयमा प्रहरीले कडाइ गर्दै गाँजाको खेती पूर्णरुपमा नियन्त्रण गरेपनि मकवानपुरबाट ल्याइने गाँजाको सुरक्षित ओसारपसारका लागी हतियारको प्रयोग हुने क्रम भने जारी रहेको छ । 
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक टोपेन्द्रिसंह राठौरले चुरे डाँडादेखि पसा्रवन्यजन्तु आरक्ष हुँदै आरक्षसँग जोडिएका पसा्रको गाउँसम्म गाँजा ओसार्न हतियारको प्रयोग हुने गरेको बताए ।गाँजा तस्करले अधिकांश घटनामा पेस्तोलभन्दा लामो दूरीसम्म निशानामा आक्रमण गर्न सहज हुने भएकाले १२ बोरको बन्दुक प्रयोग गर्ने गरेका सुरक्षा अधिकारीले बताएका छन् । 
जिल्ला प्रहरी कार्यालय पसा्रले पछिल्लो १३ महिनाको अवधीमा बेग्ला-बेग्लै स्थानमा गरेको छापामारीका क्रममा साना ठूला सहित १७ वटा बन्दुक र तीन सय पच्चीसवटा भन्दा बढी गोली बरामद गरेको छ । गाँजा तस्करसँगको भिडन्तका घटनापछि वा गाँजा तस्करको आश्रय स्थलमा पटक पटक भएका छापामारीका क्रममा १२ बोरको बन्दुक नै फेला पर्ने गरेको छ । 
भारतीय डाँकाको आक्रमणबाट आत्मरक्षाका लागी वर्षाैअघि देखि ग्रामीण क्षेत्रमा व्यक्तिगतरुपमा हतियार राख्ने चलन शुरु भएको होजिल्ला प्रहरी कार्यालय पसा्रमा प्रहरी नायब उपरिक्षक दिवश लोहनीले भने अहिले गाँजा ओसारपसार गर्न वा अन्य तस्कर समूहको गाँजा लुट्नका लागी हतियारको प्रयोग भइरहेको छ । 
वैधानिकरुपमै व्यक्तिगतरुपमा घरमा हतियार राख्नेहरुको संख्या अन्य जिल्लाको तुलनामा आफूले पसा्रमा बढी पाएको सहायक प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको भनाई छ । जिल्ला प्रशासन कार्यालय पसा्रमा चालू आर्थिक वर्षसम्मका लागी २ सय २१ जनाले ठूला हतियार राख्नका लागी इजाजत नविकरण गरेका दर्ता तथा नविकरण फाँटका नायब सुब्बा हर्कबहादुर राइले जानकारी दिएका छन् । 
२० भदौ २०६९ गतेको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित
 

प्रदुषणका कारण उद्योग र मानवबस्तबीच द्वन्द्व चर्किंदै

रवि दाहाल- 
वीरगन्ज । उद्योग र मानवबस्ती सँगसँगै विकास हुँदै जाँदा यहाँको औद्योगिक क्षेत्रमा तनाव उत्पन्न भएको छ । उद्योग व्यवस्थापनले करोडौं रुपैयाँको लगानीमा उद्योग स्थापना गरेपनि वातावरण प्रदुषण नियन्त्रणका लागी सामान्य मापदण्ड समेत पुरा नगर्दा द्वन्द्व झन् चर्किंदै गएको हो । 
प्रदुषणबाट आजित बनेका पसा्रको भवानीपुर गाविसका बासिन्दाहरु औद्योगिक करिडरका उद्योगबाट फैलिएको प्रदुषणविरुद्ध उद्योगमा तालाबन्दीदेखि लिएर जिल्ला प्रशासन कार्यालय घेराउसम्म गर्न बाध्य भए । पटक पटक आग्रह गर् यौं सर्वोच्च अदालतबाट आदेश समेत गरायौंभवानीपुरवासीले गठन गरेको वातावरणीय तथा पर्यावरणीय संरक्षण समितीका अध्यक्ष दिपेन्द्रिसंह पटेलले भनेबाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिएका छौं । 
चाचान समूहका कार्यकारी अध्यक्ष बाबुलाल अग्रवालले सर्वोच्चको आदेशको पालना गर्दै उद्योगले हालैमात्र पाँच करोड रुपैयाँ खर्चेर प्रदुषण नियन्त्रक उपकरण जडान गरेको दाबी गरे । यो समूहले भवानीपुरसँग सीमा जोडिएको बाराको लिपनीमाल गाविसमा नारायणी सिमेन्ट वनस्पती घिउ र दाल उद्योग साचालन गरिरहेको छ । उत्पादन प्रकृयामा उत्पन्न धुलो संकलन गर्न १७ वटा प्लान्टमा ५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर ब्याग फिल्टर र अन्य उपकरण जडान गरिएको उद्योग व्यवस्थापनको दाबी छ । 
औद्योगिक करिडर अन्तर्गतकै सीमराको बजनी टोल छेउमै रहेको सिमेन्ट र फलाम कारखानाबाट २४ सै घण्टा निस्किने धुँवा धुलो र छाइका कारण मानव बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्थानीय बासिन्दा नानु भट्टराईले प्रदुषणका कारण फोहोर हुने डरले धोएका कपडा समेत झ्याल ढोका थुनेर कोठाभित्रै सुकाउनुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।नेकपा एमालेका स्थानीय नेता समेत रहेका बजनी टोलका बासिन्दा मनोज पौडेलले उद्योगबाट निस्किने धुँवाले घरको पुरै कोठा नै भरिने गरेको गुनासो गरे । बजनी टोलमा जगदम्बा हुलास साखः स्टिल्स शालिमार सिमेन्टसहित एक दर्जन् उद्योग साचालनमा छन् । 
खेतबारीमा काम सकेर बेलुका घर फकिएर नाक सफा गर्दा वा खोक्दा कालो लेउ निस्किने गरेको छभवानीपुरका ७३ वर्षिय वृद्ध रामाज्ञा साहले भने घरभित्रै बसेर खाना खान समेत झ्याल ढोका थुनेर बस्नुपर्ने अवस्था छ । 
 उद्योगले प्रदुषण फैलाएको भन्दै गाउँलेले चर्को आलोचना गरेपछि चाचान समूहले बिहीबार करिब चार घण्टा पत्रकारहरुलाई उद्योगको उत्पादन प्रकृयाबारे स्थलगत जानकारी गराउँदै पत्रकार सम्मेलन गरेको छ । उद्योगको ब्वायलर र धुँवा धुलो निस्क्निे अन्य मेशिन बन्द रहेको अवस्थामा व्यवस्थापनले साचारकर्मीलाई स्थलगत अवलोकन गराएको अवलोकनमा सहभागी साचारकर्मी रितेश त्रिपाठीले बताए ।अवलोकनका क्रममा उद्योगको चिम्नीबाट मसिनो धुँवा निस्किएको देखिएपनि प्रदुषणबाट पीडित भवानीपुरवासीसँग भेटेर फर्किएका साचारकर्मीले धुँवाको मुश्लो निस्किंदै गरेको फेला पारेका थिए । 
 वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले राज्यले तत्काल हस्तक्षेपकारी भूमीका निर्वाह नगरे उद्योग र मानवबस्तीबीचको द्वन्द्व झन् झन् चर्किंदै जाने बताए । उनले भनेद्वन्द्व चर्किने सम्भावनालाई आंकलन गरेर हामीले डेढ दशक अघिदेखि नै वीरगन्ज-पथलैया औद्योगिक करिडरलाई औपचारिक मान्यता दिन सरकारसँग माग गर्दै आएका छौं । 
 
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा १८ भदौ २०६९ को अंकमा प्रकाशित 

 

Thursday, August 30, 2012

सहकारीको सकस

रवि दाहाल
वीरगन्ज ।गरिब विपन्न वर्ग र समुदायका सदस्यहरुको आर्थिकको उत्थानका लागी गठन गरिएका सहकारी संस्थालाई यसका साचालकले ठगीको माध्यम बनाएका छन् । वित्तिय कारोबारबारे सामान्य ज्ञान समेत नहुँदा बचत तथा ऋण सहकारी संस्थाबाट सेवा लिइरहेका उपभोक्ता ठगिएका छन् ।
आपुना सदस्य तथा उपभोक्तामाझ प्रवाहित गर्ने ऋणमा सहकारी संस्थाहरुले मनपरी गर्दै जथाभावी ब्याज र सेवा शुल्क असुलेर उपभोक्ताको ढाड भाँच्ने काम गरेका छन् । उपभोक्तालाई ऋण प्रवाहमा वार्षिक २२ प्रतिशत ब्याज दर भन्दै ऋण प्रवाह गरिएपनि दुई प्रतिशत सेवा शुल्क र अन्य खर्च समेत जोडेर सहकारीले असुल्ने भएकाले उपभोक्ताले वास्तविकरुपमा वार्षिक ३२ प्रतिशत भन्दा चर्को ब्याजदर तिर्नु परिरहेको हुन्छ ।
सहकारीका सदस्यले सहकारी संस्थामा जम्मा गरेको निक्षेपको सुरक्षणका आधारमा आफूलाई आवश्यक परेका बेला ऋण िलंदा उस्ले ऋण चुक्ता नगरेसम्म आपुनो निक्षेपबाट ब्याज पाउँदैन र निक्षेपभन्दा तीनदेखि पाँच प्रतिशत बढी दरमा ऋणको ब्याज तिर्नु परिरहेको हुन्छ ।
सहकारी कार्यविधी २०६८ ले सहकारी संस्थाले प्रवाह गर्ने ऋण कर्जामा घट्दो दरमा ब्याज असुल्न पाउने प्रावधान तोकेको भएपनि बारा पसा्रका अधिकांश सहकारी संस्थाले समान दरमा ब्याज असुली रहेका छन् । एक वर्षका लागी एक लाख रुपैयाँ ऋण लिएका उपभोक्तासँग सहकारी संस्थाले वर्षभरिको साँवा र ब्याज रकम जोडेर मासिक किस्ता तोक्ने गरेका छनन् । उपभोक्ताले साँवा चुक्ता गर्दै जाँदा चुक्ता गर्न बाँकी रहेको मूलधनमा मात्र ब्याज असुल्न पाउने प्रावधान सहकारी नियमावली र कार्यविधीले तोकेको छ ।