Saturday, September 8, 2012

वातावरण संरक्षण अभियानका अगुवालाई सिडिओको धम्की

रवि दाहाल- 
वीरगन्ज । वातावरण संरक्षण अभियानमा संलग्न गाउँलेहरुको अगुवाइ गरिररहेको वातावरण तथा पर्यावरण संरक्षण समितीका अध्यक्षलाई पसा्रका प्रमुख जिल्ला अधिकारीले धम्क्याएका छन् ।प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले समितीका अध्यक्ष दिपेन्द्रिसंह पटेललाई बुधबार दिउँसो मोबाइल फोनमार्पुत् कुराकानीका क्रममा धम्क्याएका हुन् । 
समितीको अगुवाईमा भइरहेको गाउँलेहरुको आन्दोलनका क्रममा पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दिइने धर्नाबारे जानकारी दिन मोबाइल फोनमार्पुत् प्रजिअसँग कुराकानी गर्दा आफूलाई प्रजिअले धम्क्याएको दिपेन्द्रले बताए ।

Tuesday, September 4, 2012

गाँजा ओसार्न अवैध हतियारको प्रयोग

रवि दाहाल-
वीरगन्ज । लागू औषधको ओसार पसार र सुरक्षाका लागी पसा्रको ग्रामीण क्षेत्रमा व्यक्तिगतरुपमा हतियार राख्ने प्रवृत्ति अझै नियन्त्रणमा आएको छैन । लागू औषधका कारोबारी वा राजनीतिक पृष्ठभूमीका प्रभावशाली व्यक्तिले वर्षौदेखि अवैधरुपमा घर-घरमा हतियार राख्दै आएका छन् । 
गाँजा भरियाको लस्करलाई नियन्त्रणमा लिन मध्यरात वा झिस्मिसे उज्यालोमा गौडा ढुकेर बस्दा प्रहरी टोलीले तस्कर समूहसँग जवाफी कारवाहीमा गोली हानाहान गर्नुपर्ने अवस्था आउनुले पनि हतियारको प्रयोग कायमै रहेको प्रष्ट्याउँछ । पछिल्लो समयमा सोमरबार राती प्रहरीले लिपनीमाल गाविस वडा नम्बर ४ बाट १२ बोरको एउटा बन्दुक बरामद गरेको छ । यसअघि प्रहरीले ३१ साउनमा पसा्र वन्यजन्तु आरक्षसँग सीमा जोडिएको गादी गाविसको थरकट्टी टोलबाट १२ बोरको बन्दुक बरामद गरेको थियो ।
हामी कहाँ गाँजा उत्पादन रोकियो तर कारोबार रोकिएको छैन नेकपा एमाले पसा्रका यूवा नेता अरविन्द िसंह भन्छन् कारोबारीले भरियाको सुरक्षाका लागी हतियारको प्रयोग गरिरहेका छन् । काठ तस्करीको धन्दामा संलग्नहरुले पनि अवैध हतियारको प्रयोग भइरहेको छ ।दुईवर्ष अघिसम्म यहाँका सम्पन्न वा राजनीतिक पृष्ठभूमीका व्यक्तिहरुले सर्वसाधारण किसानको प्रयोग गर्दै गाउँमा गाँजा खेती गराउँदै घर गोठमा भण्डारण गर्ने र भारतीय व्यापारीलाई बिक्री गर्दै आएका थिए । पछिल्लो समयमा प्रहरीले कडाइ गर्दै गाँजाको खेती पूर्णरुपमा नियन्त्रण गरेपनि मकवानपुरबाट ल्याइने गाँजाको सुरक्षित ओसारपसारका लागी हतियारको प्रयोग हुने क्रम भने जारी रहेको छ । 
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक टोपेन्द्रिसंह राठौरले चुरे डाँडादेखि पसा्रवन्यजन्तु आरक्ष हुँदै आरक्षसँग जोडिएका पसा्रको गाउँसम्म गाँजा ओसार्न हतियारको प्रयोग हुने गरेको बताए ।गाँजा तस्करले अधिकांश घटनामा पेस्तोलभन्दा लामो दूरीसम्म निशानामा आक्रमण गर्न सहज हुने भएकाले १२ बोरको बन्दुक प्रयोग गर्ने गरेका सुरक्षा अधिकारीले बताएका छन् । 
जिल्ला प्रहरी कार्यालय पसा्रले पछिल्लो १३ महिनाको अवधीमा बेग्ला-बेग्लै स्थानमा गरेको छापामारीका क्रममा साना ठूला सहित १७ वटा बन्दुक र तीन सय पच्चीसवटा भन्दा बढी गोली बरामद गरेको छ । गाँजा तस्करसँगको भिडन्तका घटनापछि वा गाँजा तस्करको आश्रय स्थलमा पटक पटक भएका छापामारीका क्रममा १२ बोरको बन्दुक नै फेला पर्ने गरेको छ । 
भारतीय डाँकाको आक्रमणबाट आत्मरक्षाका लागी वर्षाैअघि देखि ग्रामीण क्षेत्रमा व्यक्तिगतरुपमा हतियार राख्ने चलन शुरु भएको होजिल्ला प्रहरी कार्यालय पसा्रमा प्रहरी नायब उपरिक्षक दिवश लोहनीले भने अहिले गाँजा ओसारपसार गर्न वा अन्य तस्कर समूहको गाँजा लुट्नका लागी हतियारको प्रयोग भइरहेको छ । 
वैधानिकरुपमै व्यक्तिगतरुपमा घरमा हतियार राख्नेहरुको संख्या अन्य जिल्लाको तुलनामा आफूले पसा्रमा बढी पाएको सहायक प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको भनाई छ । जिल्ला प्रशासन कार्यालय पसा्रमा चालू आर्थिक वर्षसम्मका लागी २ सय २१ जनाले ठूला हतियार राख्नका लागी इजाजत नविकरण गरेका दर्ता तथा नविकरण फाँटका नायब सुब्बा हर्कबहादुर राइले जानकारी दिएका छन् । 
२० भदौ २०६९ गतेको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित
 

प्रदुषणका कारण उद्योग र मानवबस्तबीच द्वन्द्व चर्किंदै

रवि दाहाल- 
वीरगन्ज । उद्योग र मानवबस्ती सँगसँगै विकास हुँदै जाँदा यहाँको औद्योगिक क्षेत्रमा तनाव उत्पन्न भएको छ । उद्योग व्यवस्थापनले करोडौं रुपैयाँको लगानीमा उद्योग स्थापना गरेपनि वातावरण प्रदुषण नियन्त्रणका लागी सामान्य मापदण्ड समेत पुरा नगर्दा द्वन्द्व झन् चर्किंदै गएको हो । 
प्रदुषणबाट आजित बनेका पसा्रको भवानीपुर गाविसका बासिन्दाहरु औद्योगिक करिडरका उद्योगबाट फैलिएको प्रदुषणविरुद्ध उद्योगमा तालाबन्दीदेखि लिएर जिल्ला प्रशासन कार्यालय घेराउसम्म गर्न बाध्य भए । पटक पटक आग्रह गर् यौं सर्वोच्च अदालतबाट आदेश समेत गरायौंभवानीपुरवासीले गठन गरेको वातावरणीय तथा पर्यावरणीय संरक्षण समितीका अध्यक्ष दिपेन्द्रिसंह पटेलले भनेबाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिएका छौं । 
चाचान समूहका कार्यकारी अध्यक्ष बाबुलाल अग्रवालले सर्वोच्चको आदेशको पालना गर्दै उद्योगले हालैमात्र पाँच करोड रुपैयाँ खर्चेर प्रदुषण नियन्त्रक उपकरण जडान गरेको दाबी गरे । यो समूहले भवानीपुरसँग सीमा जोडिएको बाराको लिपनीमाल गाविसमा नारायणी सिमेन्ट वनस्पती घिउ र दाल उद्योग साचालन गरिरहेको छ । उत्पादन प्रकृयामा उत्पन्न धुलो संकलन गर्न १७ वटा प्लान्टमा ५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर ब्याग फिल्टर र अन्य उपकरण जडान गरिएको उद्योग व्यवस्थापनको दाबी छ । 
औद्योगिक करिडर अन्तर्गतकै सीमराको बजनी टोल छेउमै रहेको सिमेन्ट र फलाम कारखानाबाट २४ सै घण्टा निस्किने धुँवा धुलो र छाइका कारण मानव बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्थानीय बासिन्दा नानु भट्टराईले प्रदुषणका कारण फोहोर हुने डरले धोएका कपडा समेत झ्याल ढोका थुनेर कोठाभित्रै सुकाउनुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।नेकपा एमालेका स्थानीय नेता समेत रहेका बजनी टोलका बासिन्दा मनोज पौडेलले उद्योगबाट निस्किने धुँवाले घरको पुरै कोठा नै भरिने गरेको गुनासो गरे । बजनी टोलमा जगदम्बा हुलास साखः स्टिल्स शालिमार सिमेन्टसहित एक दर्जन् उद्योग साचालनमा छन् । 
खेतबारीमा काम सकेर बेलुका घर फकिएर नाक सफा गर्दा वा खोक्दा कालो लेउ निस्किने गरेको छभवानीपुरका ७३ वर्षिय वृद्ध रामाज्ञा साहले भने घरभित्रै बसेर खाना खान समेत झ्याल ढोका थुनेर बस्नुपर्ने अवस्था छ । 
 उद्योगले प्रदुषण फैलाएको भन्दै गाउँलेले चर्को आलोचना गरेपछि चाचान समूहले बिहीबार करिब चार घण्टा पत्रकारहरुलाई उद्योगको उत्पादन प्रकृयाबारे स्थलगत जानकारी गराउँदै पत्रकार सम्मेलन गरेको छ । उद्योगको ब्वायलर र धुँवा धुलो निस्क्निे अन्य मेशिन बन्द रहेको अवस्थामा व्यवस्थापनले साचारकर्मीलाई स्थलगत अवलोकन गराएको अवलोकनमा सहभागी साचारकर्मी रितेश त्रिपाठीले बताए ।अवलोकनका क्रममा उद्योगको चिम्नीबाट मसिनो धुँवा निस्किएको देखिएपनि प्रदुषणबाट पीडित भवानीपुरवासीसँग भेटेर फर्किएका साचारकर्मीले धुँवाको मुश्लो निस्किंदै गरेको फेला पारेका थिए । 
 वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले राज्यले तत्काल हस्तक्षेपकारी भूमीका निर्वाह नगरे उद्योग र मानवबस्तीबीचको द्वन्द्व झन् झन् चर्किंदै जाने बताए । उनले भनेद्वन्द्व चर्किने सम्भावनालाई आंकलन गरेर हामीले डेढ दशक अघिदेखि नै वीरगन्ज-पथलैया औद्योगिक करिडरलाई औपचारिक मान्यता दिन सरकारसँग माग गर्दै आएका छौं । 
 
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा १८ भदौ २०६९ को अंकमा प्रकाशित 

 

Thursday, August 30, 2012

सहकारीको सकस

रवि दाहाल
वीरगन्ज ।गरिब विपन्न वर्ग र समुदायका सदस्यहरुको आर्थिकको उत्थानका लागी गठन गरिएका सहकारी संस्थालाई यसका साचालकले ठगीको माध्यम बनाएका छन् । वित्तिय कारोबारबारे सामान्य ज्ञान समेत नहुँदा बचत तथा ऋण सहकारी संस्थाबाट सेवा लिइरहेका उपभोक्ता ठगिएका छन् ।
आपुना सदस्य तथा उपभोक्तामाझ प्रवाहित गर्ने ऋणमा सहकारी संस्थाहरुले मनपरी गर्दै जथाभावी ब्याज र सेवा शुल्क असुलेर उपभोक्ताको ढाड भाँच्ने काम गरेका छन् । उपभोक्तालाई ऋण प्रवाहमा वार्षिक २२ प्रतिशत ब्याज दर भन्दै ऋण प्रवाह गरिएपनि दुई प्रतिशत सेवा शुल्क र अन्य खर्च समेत जोडेर सहकारीले असुल्ने भएकाले उपभोक्ताले वास्तविकरुपमा वार्षिक ३२ प्रतिशत भन्दा चर्को ब्याजदर तिर्नु परिरहेको हुन्छ ।
सहकारीका सदस्यले सहकारी संस्थामा जम्मा गरेको निक्षेपको सुरक्षणका आधारमा आफूलाई आवश्यक परेका बेला ऋण िलंदा उस्ले ऋण चुक्ता नगरेसम्म आपुनो निक्षेपबाट ब्याज पाउँदैन र निक्षेपभन्दा तीनदेखि पाँच प्रतिशत बढी दरमा ऋणको ब्याज तिर्नु परिरहेको हुन्छ ।
सहकारी कार्यविधी २०६८ ले सहकारी संस्थाले प्रवाह गर्ने ऋण कर्जामा घट्दो दरमा ब्याज असुल्न पाउने प्रावधान तोकेको भएपनि बारा पसा्रका अधिकांश सहकारी संस्थाले समान दरमा ब्याज असुली रहेका छन् । एक वर्षका लागी एक लाख रुपैयाँ ऋण लिएका उपभोक्तासँग सहकारी संस्थाले वर्षभरिको साँवा र ब्याज रकम जोडेर मासिक किस्ता तोक्ने गरेका छनन् । उपभोक्ताले साँवा चुक्ता गर्दै जाँदा चुक्ता गर्न बाँकी रहेको मूलधनमा मात्र ब्याज असुल्न पाउने प्रावधान सहकारी नियमावली र कार्यविधीले तोकेको छ ।

Saturday, August 11, 2012

बचत अभियन्ता मोमिला


रवि दाहाल-
वीरगन्ज । मुश्लिम परिवारकी बुहारी भएर पनि उनी पिछडिएको समुदायको नेतृत्व गर्दै समाज सेवामा अग्रसर छिन् । जीवनको बाँकी पल पनि समाज सेवामै बिताउने लक्ष्य छ, उनको ।
गाउँमा कुनै गरिबलाई ऋण चाहिए, टोलबस्तीमा ढल, शौचालय वा चापाकल बनाउनु परे सबैले मोमिलालाई नै गुहार्छन् ।
एकता महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मोमिला सहकारीमार्फत् गरिब समुदायको सशक्तिकरणमा मात्र नभएर राज्यले स्वास्थ्य, सरसफाई, खानेपानी र शिक्षा क्षेत्रमा प्रदान गरिरहेको आधारभूत सुविधामा समेत यो समुदायको पहुँच पुर्‍याउने अभियानको पनि अगुवाइ गरिरहेकी छिन् ।

Sunday, August 5, 2012

ब्ल्याकमेलिङमा व्यस्त

पसा्र जिल्लाका सिडिओ नक्कली नागरिकता छानबिनको बहानामा ब्ल्याकमेलिङ शैलीमा पैसा असुली रहेका छन् । 
रवि दाहाल
वीरगन्ज । नागरिकता प्राप्ती ऐन २०६३ का आधारमा वीरगन्ज उपमहानगरपालिका- १३ का स्थायी बासिन्दाको हैसियतमा भारतीय नागरिक अमरेन्द्र कलवारले ुप्रमाणहरु मिलाएरु नेपाली नागरिकताको प्रमाणपत्र लिए । त्यस बिरुद्ध उजुरी परेपछि अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालयले २७ माघ २०६७ मा कलवारको नाममा पहिलो पटक पक्राउ पूर्जी जारी गरेसंगै किर्ते पुष्टि गर्ने अनुसन्धानको फायल गायब बनायो । यसका लागि कलवारले मुद्दा तथा अख्तियार अनुसन्धान फाँटका प्रमुख ललितनारायण झ्ामार्पुत् तत्कालीन प्रजिअ नागेन्द्र झ्ा हाल भूमीसुधार व्यवस्था मन्त्रालयमा सहसचिव लाई रु।१० लाख चढाएको बताईन्छ ।  
वीरगन्ज- १३ का अर्का एक व्यक्तिले कलवारको नेपाली नागरिकता फर्जी भएको प्रमाणहरुका साथ गत ३१ जेठमा अर्को उजुरी दर्ता गराएका छन् । प्रशासनले ४ असारमा अमरेन्द्रविरुद्ध दोश्रो पटक पक्राउ पूर्जी जारी गरेपनि उनी फेला नपरेको भन्दै जिल्ला प्रहरी कार्यालयले १ साउनमा प्रशासनलाई लिखित जानकारी गराएको छ। नयाँ उजुरीमा अनुसन्धान भइरहेको बताउँदै दुई महिना अघि आएका  प्रशासकीय अधिकृत नरबहादुर खड्काले यसअघिको अनुसन्धानबारे आफू अनविज्ञ रहेपनि त्यो भएको रहेछ भने त्यसकै आधारमा कारबाही चलाउन सकिने जानकारी दिए ।

Wednesday, August 1, 2012

सट्टाको धन्दा


रवि दाहाल 
वीरगन्ज । भारत र श्रीलंकाबीच जारी कि्रकेट सिरिजमा सहभागी खेलाडीको खेलमा प्रदर्शन्वापतको आम्दानी निश्चित छ । तर कि्रकेट मैदान बाहिर बसेर सट्टा खेल्नेहरु जुवामा करोडौं रुपैयाँ कमाउँदै÷गुमाउँदै छन् । २२ जुलाईदेखि श्रीलंका भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीसँग पाँचवटा एक दिवशीय र एउटा टुवान्टी टुवान्टी कि्रकेट प्रतियोगितामा सहभागीता जनाउँदैछ ।
सट्टाको अवैध धन्दामा संलग्न गिरोह र जुवाडीहरु वर्षैभरि कुनै न कुनै ठूलो अन्तर्राष्ट्रिय  कि्रकेट प्रतियोगिता भइरहोस् भन्ने कामना गर्छन् । खेल जारी रहँदा मात्र सट्टा चल्ने भएकाले उनीहरुले यस्तो कामना गरेका हुन् । 
दक्षिण एशियाली मुलुकमा कि्रकेट खेल प्रतिको रुची आम दर्शकमाझ चर्को भएपनि यो सँगसँगै जोडिएको जुवाको नशाले कि्रकेट हेर्ने वा कि्रकेटको कुनै पनि ठूला खेलको एक एक पलको जानकारी लिनेको ठूलो जमात खडा भएको छ । सट्टाको नशा फैंलिदैं जाँदा यसले सडकदेखि महलसम्मका लाई छोपेको छ ।
इण्डियन पि्रमियर लिगआइपीएलका दौरान सट्टाको ठूलो कारोबार हुने गरेको छ । भारतमा कि्रकेट खेलमा भइरहेको सट्टाबाजी प्रति चिन्ता व्यक्त गर्दै २० मार्च २०१२ मा अन्तर्राष्ट्रिय कि्रकेट परिषद्का पूर्व अध्यक्ष एहसान मनीले दिल्लीबाट प्रकाशित अखबारलाई दिएको अन्तरवार्तामा भनेका छन्सट्टा कारोबारलाई नियमन गर्नुपर्छ भन्ने पक्षमा म छुयस्ले सट्टेबाजहरुको धन्दालाई अनुगमन र नियन्त्रण गर्न सघाउँछ ।