Saturday, June 30, 2012


हाय रे गर्मी ! 

रवि दाहाल
वीरगन्ज।लामो समयदेखिको खडेरीसँगै खेतबारीको धाँजा फाँटेपछि किसान चिन्तित छन् । खेतमा लगाएको धानको बिउ सुक्न थालेपछि यसपटक पनि मनग्ये धान भित्र्याउन नपाइने पो हो की भन्ने चिन्ताले किसानलाई सताएको छ । 
दश बजेपछि घामले पोल्ने भएकाले किसानले खेतबारीमा गोडमेलका लागी पर्याप्त समय दिन सकेका छैनन् । गोंठ सफाइ गरेर चौपायालाई चारा हाल्दा खाजा खाँदा खाँदै नौ बज्छ बारा फेटाका किसान सुरेश महत्तो भन्छन्हतार हतार गर्दै खेतमा पुग्यो तातोले कामै गर्न सकिन्न ।
जेठ मासमा तापक्रम ४२ डिग्रीभन्दा तल झर्न मानेको छैन । बिहान १० बजेदेखि सडक तत्ताउन थालेको घामको रापले साँझ चार बजेसम्म मानिसलाई घरभित्रै कैद रहन बाध्य बनाइ रहेको छ । कफ्र्यू भन्दा चर्को छ गर्मीघमौराले शरीर भरिएकाले पीडित भएका अनिल थापा भन्छन्कहिलेकाहीं कफ्र्यू पनि छल्न पाउँछौं यो घाम कसरी छल्नु
उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । शहरी मानिसहरु गर्मी छल्न बिहान बेलुका मात्रै घरबाहिर निस्किए पनि दैनिक ज्यालादारी गर्नुपर्ने मजदुर र किसानलाई घाम होस् की वर्षात् खुला आकाशमुनी निधारबाट तरतरी पसिना बगाउनुको विकल्प छैन । सूर्यको तातो राप शरीरमा काँडा जस्तै बिझाउन थालेको छ । वातावरणमा बढ्दै गएको उष्णताले शरीर पुरै पसिनाले भिजाइरहेको छ।

Friday, June 29, 2012

खेतीबाट टाँिढंदै किसान


रवि दाहाल
वीरगन्ज । खाद्यान्नको प्रमुख श्रोतको रुपमा रहेको चामलको भाउमा गिरावट आएपछि शहरी उपभोक्ता खुशी भएपनि कृषीमा निर्भर किसान निक्कै चिन्तित छन् ।
गतवर्षको तुलनामा धानको उत्पादन सपि्रएपनि बजार भाउ निक्कै गिरेकाले किसान चिन्तित भएका हुन् । पोहोर दुई हजार रुपैयाँसम्ममा मंसुली धान बेचेका किसानले अहिले गाउँका व्यापारीबाट १ हजार ३ सय रुपैयाँ मात्रै पाएपछि घाटाको खेती भएको छ धान ।
उपभोक्ताले पोहोरको भन्दा प्रति किलो पाँच रुपैयाँ सस्तोमा चामल खरिद गर्न पाउँदा बहुसंख्यक किसानले ठूलो मूल्य चुकाउनु परिरहेको यथार्थताप्रति थोरैको ध्यान गएको छ ।
उब्जनी बढ्यो भनेर मख्ख परेका थियौं पसा्रको लखनपुर गाविसका किसान मेघराज साह कानू भन्छन्भाउ यत्ति तल झर् यो की लागत नै पनि उठ्न सक्ने छाँट छैन । यस्तै गुनासो छहरिहरपुर बिर्ताका पूर्व गाविस अध्यक्ष रामबालक राउत कुर्मीको छ । उनी भन्छन्बिउमल मजदुरी जोताइ सबैको भाउ बढ्या बढ्यै छ । तर धानको भाउ ओरालो लागि रहेको छ । भकारीमा थन्काउन नपाउँदै भाउ घट्दै जान थालेपछि चिन्ताका कारण किसानको निधारमा रेखी अझै गहिरो बनेका छन् ।
पोहोर १८ सय रुपैयाँबाट शुरु भएर सिजनको अन्त्यमा २१ सय रुपैयाँसम्म पुगेको प्रतिक्वीन्टल मन्सुली धानको भाउ यसपटक १६ सय रुपैयाँबाट ओरालो लाग्दै १३ सय रुपैयाँमा आइपुगेको छ । धानको प्रमुख खरिदकर्ताको रुपमा रहेको धान मिलका साचालकहरुले किसानबाट धान खरिद गर्न आनाकानी गरिरहेकाले भाउ अझै गिर्ने सम्भावना छ । व्यापारीका अनुसार महँगीको तुलनामा यसपटक १८ सय रुपैयाँबाट शुरु भएर कम्तीमा २२ सय रुपैयाँसम्म धानको भाउ कायम हुनुपर्ने थियो ।
डलर बलियो हुँदा उपभोक्तालाई मार
रवि दाहाल
वीरगन्ज२६ जेठः भारुको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएको खबरले भन्सार अधिकृतको मुहार चम्किएको छ । अर्थतन्त्र आयातमूखी हुँदै गएका बेला आयातित मालसामानको भाउ बढेर लक्ष्यभन्दा बढी राजश्व असुली हुने भएकाले भन्सार अधिकृत खुशी छन् । राजश्व असुलीका दृष्टीकोणले यस्ले सकारात्मक असर पार्छ वीरगन्ज भन्सार प्रमुख रामहरि अर्याल भन्छन्तेश्रो मुलुकबाट आयातित माल सामान महँगिने भएकाले भन्सार राजश्व पनि वृद्धि हुन्छ ।

राजश्व असुलीमा वृद्धि भएपनि मुलुकको अर्थतन्त्रका लागी यो अवस्था आउनु राम्रो नभएको सुख्खा बन्दरगाह भन्सार प्रमुख अच्यूत शिवाकोटीको भनाई छ । आयातमा निर्भर हाम्रो जस्तो मुलुकका लागी डलर बलियो हुँदै जानुले आर्थिक रुपमा फाइदा हुँदैन ।एकदमै न्यून परिमाणमा निर्यात हुने भएकाले डलरको मूल्य वृद्धि देशका लागी फाइदा जनक छैन । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट वीरगन्ज भन्सारले ४० अर्ब र सुख्खा बन्दरगाह भन्सारले ९ अर्ब राजश्व असुलीको लक्ष्य पाएको छ ।
डलरको भाउ बढ्दै गर्दा तेश्रो मुलुकबाट आयात गरिने कुनै पनि वस्तुका लागी पहिलेको तुलनामा आयातकर्ताले १५ देखि १७ प्रतिशतसम्म बढी मूल्य तिर्नु परेको छ । बढी मूल्यमा आयातित वस्तुमा नाफा रकम थपेर स्थानीय बजारमा बिक्री गर्दा पहिलेको तुलनामा महँगो हुनु स्वाभाविक भएको बताउँछन् केडिया समूहका सदस्य तथा वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष प्रदीप केडिया ।
भारतबाट अमेरिकी डलरमा कच्चा पदार्थ आयात गरेर तयारी वस्तु पुनः भारत निकासीको काम गर्दै आएका उद्योगका लागी डलरको वृद्धिले अल्पकालमा निर्यात व्यापार घाटामा जाने बताउँछन् राजेश मेटल क्रापुट्सका साचालक विष्णु अग्रवाल ।उनी भन्छन् निर्यातलाई निरन्तरता दिन व्यापारीले दुई तीन महिनासम्म घाटाको सौदा गर्नुपर्छ ।
सामानको सुपुर्दगीपछि निर्यातकर्तालाई नगद भुक्तानी गर्ने सम्झौता गरेका आयातकर्ताको सामान बाटोमा ढुवानी भएर नेपाली सीमा छिर्न नपाउँदै डलरको भाउ अस्सीको नब्बे पुगी सकेको छ । एकदम न्यून मुनाफामा जस्तापाता र ब्ल्याक पाइप भारत निकासी गर्दै आएका फलामजन्य उद्योगले अहिले चर्को घाटा व्यहोर्नु परेको छ । स्वदेशी कच्चा पदार्थमा आधारित फलामजन्य वस्तु उत्पादक भारतीय उद्योगका लागी कच्चा पदार्थको मूल्य उही रहेकाले उनीहरुको स्थिति नेपाली उत्पादनको तुलनामा अझ बलियो भएको छ ।
विदेशबाट उधारो प्रज्ञापन पत्र ग्कबलअभ ीऋ मार्पुत् मालसामान आयात गरेका व्यापारीले डलर अहिलेको तुलनामा सस्तो भएका बेला सामान आयात गरेको भएपनि अहिले भुक्तानी िदंदा बढेको भाउमा भुक्तानी गर्नु परेको छ ।
भारतीय रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदै जाँदा नेपाली अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमय दरका कारण अमेरिकी मुद्राको मूल्य घटबढ अधिमूल्यन वा अवमूल्यन हुँदा प्रत्यक्षरुपमा नेपाली मुद्रा पनि प्रभावित हुने गरेको छ । निर्यातमूलक उद्योग ओरालो लाग्दै र आयात निर्भर हुँदै गइरहेको नेपाली अर्थतन्त्र डलरको बढ्दो मूल्यका कारण समस्या पर्ने अड्कल गरिएको छ । अमेरिकी डलरसँग भारतको भन्दा अहिले नेपालको अवस्था तुलनात्मकरुपमा राम्रो भएपनि स्थिर विनिमय दरका कारण तुलनात्मकरुपमा बढी प्रभावित भएको छ ।भारतसँगको व्यापार घाटा ठूलो भएकाले भारतीय अर्थतन्त्रमा परेलगत्तै अन्य दक्षिण एशियाली मुलुकमध्ये नेपालमा पनि चाँडो प्रभाव पर्छ ।
अन्तर्राष्ट्रिय मुद्रा बजारबारे चासो राख्ने उद्यमी ओमप्रकाश सिकारियाका अनुसार सन् १९७२ देखि २०१२ सम्मको अवधीमा प्रत्येक वर्ष अमेरिकी डलरको तुलनामा औसत ४।८ प्रतिशतका दरले भारु कमजोर हुँदै गएको छ । समीक्षा अवधीमा सन् १९९१ मा अमेरिकी डलरको मूल्य उच्च विन्दुमा पुगेपनि अन्य समयमा समान दर रहेको पाइएको छ ।
अहिलेको अवस्था कायमै रहे तेश्रो मुलुकबाट हुने आयात घट्दै गएर भारतबाट भारुमा हुने आयात बढ्दै जाने अनुमान गरिएको छ । सिकारिया भन्छन्भारतसँगको स्थिर विनिमय दरका कारण तेश्रो मुलुकको साटो भारतबाट भारु भुक्तानीमा आयात गर्नु तुलनात्मकरुपमा फाइदा जनक हुनसक्छ ।

अर्थतन्त्रका लागी खतरा
यूरोपेली यूनियनका सदस्य राष्ट्रहरु ग्रीसइटलीस्पेन पोर्चुगलमा देखिएको आर्थिक मन्दीको असरका कारण अहिले भारतीय बजारमा डलर बलियो हुँदै गएको अनुमान गरिएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकबाट प्राप्त विप्रेषणरेमिट्यान्सले राष्ट्र बैंकको ढुकुटीमा अमेरिकी डलरको जगेडा कायम राखेपनि विस्तारै फैिलंदै गएको आर्थिक मन्दीका कारण वैदेशिक रोजगारीको अवसर खोसिने अवस्था आएमा नेपाली अर्थतन्त्र नराम्ररी थला पर्ने जोखिम रहेको छ । केही साता अघिसम्म ८० रुपैयाँका दरले विनिमय हुँदै गएको एक अमेरिकी डलरको भाउ अहिले ९१ रुपैयाँ पुगेको छ । व्यापारी प्रदीप केडिया डलरको मूल्य वृद्धि हुने क्रम जारी रहेको र भारत सरकारले नियन्त्रणका लागी गरेको प्रयास खासै प्रभावकारी हुन नसकेकाले ९६ रुपैयाँसम्म पुग्ने अनुमान गर्छन् ।
निर्यातमूलक स्वदेशी उद्योगले निर्यातित वस्तुको भुक्तानीवापत संकलन गरेको विदेशी मुद्रा ३ महिनाभन्दा बढी समयदेखि विदेशकै बैंकमा जम्मा राखेकोबारे भारतीय रिजर्भ बैंकले सोधीखोजी गरेर भुक्तानी स्वदेशमा ल्याउन दबाब दिएपछि भारतमा अमेरिकी डलर भित्रिने क्रममा केही सुधार आएको छ ।
वैदेशिक मुद्रा आर्जनको क्षेत्रमा रेमिट्यान्सपछि दोश्रो प्रमुख श्रोतका रुपमा रहेको पर्यटन क्षेत्र राजनीतिक अस्थिरताका कारण नराम्ररी प्रभावित भएको छ । जेठ १४ अघि र पछि पनि भएका बन्द हड्ताल र अवािाछत राजनीतिक गतिविधीले पर्यटकहरु नेपाल भ्रमणको कार्यक्रम रद्ध गर्न बाध्य भएका छन् ।

सुरक्षित अवतरणको उपाय
अमेरिकी डलरको रिजर्भमा भारतको तुलनामा नेपालको स्थिति राम्रो भएकाले भारतसँगको स्थिर विनिमय दर प्रणालीमा पुनरविचार गर्नुपर्ने उद्योगीहरुको सुझाव छ । अहिले हामीसँग डलरको संचिती बढी छ राष्ट्र बैंकले डलरलाई भारतमा भन्दा केही अवमूल्यन गर्ने आँट गर्नुपर्छवीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकारिया भन्छन्नगरे हाम्रो आयात लागत बढेर जान्छ । बढीमा दुई प्रतिशतसम्मको अन्तर स्वीकार्य हुनसक्ने उनको सुझाव छ ।भारतको तुलनामा नेपालमा अमेरिकी डलरको अवमूल्यनले रेमिट्यान्सबाट भित्रिने विदेशी मुद्रा भारतमै पुग्ने जोखिम पनि रहेको छ ।
राष्ट्र बैंकले केही दिन अघि सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकसँग भारु ६४ अर्ब अमेरिकी डलर ३ अर्ब ६४ करोड र सुन ५ हजार किलोग्राम संचिती रहेको छ ।
अहिलेको आर्थिक अवस्थाबाट सुरक्षित अवतरणका लागी राजनीतिक स्थिरता कायम गर्नुपर्ने आवश्यक्ता औंल्याइएको छ । कम्तीमा पर्यटन र औद्योगिक क्षेत्रलाई कुनै पनि किसिमको नकारात्मक प्रभाव पार्ने गतिविधी नियन्त्रण गर्न सकेमात्र वैदेशिक मुद्राको आर्जन् वृद्धि भएर नेपालको अर्थतन्त्र अहिलेको अवस्थाबाट बाहिर निस्किन सक्ने सम्भावना छ ।
अहिले सोधनान्तर घाटालाई कम गर्नुु जरुरी छवीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका व्यापारी प्रदीप केडिया भन्छन्तत्कालका लागी पर्यटन प्रवद्र्धन र दीर्घकालका लागी निर्यातमूलक उद्योगको प्रवद्र्धनका उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ । वैदेशिकमुद्रा आर्जनको सम्भाव्यता बोकेको जलविद्युत उर्जा उत्पादनलाई पनि प्राथमिकतामा राखेर सरकारले अवरोध मुक्त बनाउनु जरुरी छ । यहाँका उद्यमीले जलविद्युत उर्जामा लगानीका लागी भारतीय लगानीकर्तालाई स्वागत गर्नुपर्नेमा जोड दिदै भारतीय लगानी नभित्रिएसम्म अतिरिक्त उर्जा निर्यात गरेर वैदेशिक मुद्रा भित्र्याउने सम्भावना नभएको बताएका छन् ।
टमटमको सवारी
रवि दाहाल
वीरगन्ज । परम्परागत सवारी साधन टाङगालाई विदेशबाट आयात हुने इन्धनको मात्राले निर्देशित शहरी जनजीवनको गतीले विस्थापित गर्दैछ ।संसारको तीब्र गतीलाई समाएर अघि कुदन नसक्दा सीमान्त शहरका घोडा सडकबाट तबेला र तबेलाबाट संग्राहलयमा सीमित हुने अवस्था नआउँला भन्न सकिन्न ।
छिटोछरितो यातायातका साधनको खोजीमा शहरका सडकमा चिल्ला गाडी थिपंदै गएपनि तराईमा ग्रामीण बासिन्दाका लागी परम्परागत सवारी साधन नै भरपर्दो छन । घोडाको सहायतामा साचालन गरिने टाङगा गोरुले तान्ने बयलगाडा होस वा मानिसले हाँक्ने रिक्सा यी सबै इन्धन बिना नै चल्ने सर्वसुलभ र सस्ता सवारीका साधन हुन ।
इन्धनबाट चल्ने गाडीको रफतारसँग प्रतिस्पर्धा गर्ने कोशिस गर्दै टाङगाले परम्परागत शैलीमा काठबाट बनाइएको चक्का उक्काएर टायर टयुबसहितको पाङग्रा पहिरिएको छ । नेपालगन्जका टाङगामा भारतको उत्तरप्रदेशीय स्वरुप देखिए झैं यहाँका टाङगा बिहारी शैलीका छन ।
पसा्र जिल्लामा सदरमुकाम वीरगन्ज भित्र र ग्रामीण क्षेत्रमा समेत गरेर करिब एक हजारको संख्यामा टाङगा साचालनमा छन । एउटा टाङगाको भरमा दश जनाको परिवार पालिने गरेको छ ।
टाङगा चालक महाराज पंडित भन्छन दैनिक कम्तीमा चार सय रुपैयाँ आम्दानी हुन्छ घोडाको चारा खर्च छुटयाएर बाँकी डेढ दुई सय कमाइ हुन्छ ।रोजगारी नपाएपछि उनले यूवा उमेरमै गाउँकै टाङगा चालकहरुसँगको संगतमा टाङगा कुदाउन सिकेर पाँचवर्ष अघि यो पेशा थालेका हुन । ११ जनाको परिवार टांगाबाट हुने आम्दानीकै भरमा टिकेको छ ।
सदरमुकामदेखि साठठी किलोमिटर टाढाको गाउँसम्म जीप बस उपलब्ध पाँच सात किलोमिटरको दूरीमा रहेका सदरमुकाम नजिकैका विश्रामपुर नगरदाहा भौराटार उदयपुर घुर्मी बिन्दवासिनीगर्दौल बहुअरी प्रसौनी गाउँका बासिन्दालाई सार्वजनिक सवारी साधनकारुपमा टाँगा बाहेक अरु कुनै सहज विकल्प छैन ।
टाङगाको शहर भनेर परिचय बोकेको वीरगन्ज नगरले अब टाङगालाई रुचाएको छैन । यो नगरको विकास र सुन्दर शहर बनाउने अभियानका अगुवाले टाङगालाई सडक दुर्घटना बढाउने र घोडाको लिदले वातावरण दुषित बनाउने साधन भन्दै खेदन थालेका छन । एक्काइसौं शताब्दीमा जनावरबाट चल्ने सवारी साधन उपयुक्त हुन्नजिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक लक्ष्मणिसंह ठकुरी भन्छनटाङगामा ठाउँको ठाउँमै ब्रेक लाग्दैन घोडा कुनै बेला उपि्रुरिएर टाङगाबाट फुत्क्यो भने दुर्घटनाको अर्को समस्या आइलाग्छ । टाङगाका कारण शहरमा दुर्घटनाका खबर अचेल सुनिएका छैनन ।
राणाकालीन समयदेखि नै घण्टाघर छेउको सार्वजनिक जग्गामा स्टयाण्ड बनाएर वीरगन्ज-रक्सौल रुटमा यात्रु ओसार्दै प्राचीन शहरको जनजीवनलाई गती प्रदान गरेको टाङगा लाई अहिले शहरी विकासको गतीले लत्याउन खोज्दैछ ।
सडक विस्तार गर्ने नाममा हामीलाई विस्थापित बनाइएको छ पसा्र टाङगा संघका अध्यक्ष शिवनारायण मिश्राले दुखेसो पोख्दै भनेशहरमा टाङगाको काम छैन गाउँतिर लैजाउ भन्छन नगरपालिकाका हाकिम ।
टाङगा चालकहरुले लागी पायक पर्ने स्थानमा निश्चित पार्किङ क्षेत्रको निर्धारणका साथै घोडाघोडीका लागी पानी खुवाउन चापाकलको व्यवस्था गरिदिन माग गरेका छन ।
नगरको मेनरोडबाट कुदने गरेको टाङगा २०५२ सालपछि तत्कालीन नगर प्रमुख विमल श्रीवास्वतले ट्राफिक जामको समस्या भएको कारण देखाउँदै तीन नम्बर रोडबाट मात्रै शहरी क्षेत्रमा टाङगा चलाउन पाउने नियम बनाए । त्यसताका टाङगाले ठोक्किएर अतिव्यस्त सडकमा लगातार तीनजनाको ज्यान गएपछि टाङगा विस्थापित गर्नुपर्ने पक्षमा आवाज बुलन्द भयोपत्रकार चन्द्रकिशोर झा भन्छनतर ठूलो संख्यामा रहेका टाङगा चालक र तिनका परिवारजनसहितको सामूहिक विरोधले विस्थापन सम्भव नभएपछि मेनरोडमा चलाउन प्रतिबन्ध लगाइएको थियो । धकेिलंदै बाइपास रोड पुर् याइएको टाङगा पूर्वी छेउबाट सरेर दुई वर्षयता शहरको भित्री बस्तीमा रहेको इनर बाइपास रोडपहिले रेल गुडने बाटो हुँदै वीरगन्ज-रक्सौल ओहोरदोहोर गरिरहेको छ ।यो सडक अन्य यातायातका साधनका लागी उत्ति साह्रो प्रयोगमा आइ नसकेकाले टाङगाले स्वतन्त्रता पाएको हो ।
२०५० सालमा उपत्यकाबाट लखेटिएका विक्रम टेम्पोले टाङगा कुदने रुट छोपेपछि प्रतिस्पर्धा गर्न नसक्दा खस्किंदो आम्दानीका कारण नगरका धेरै टाङगा चालकहरु पेशाबाटै विस्थापित भए ।
टाङगाका कारण जाम लाग्ने भन्दै मेनरोडबाट विस्थापित गरिएपनि भारी मालबाहक गाडीहरु आजसम्म पनि निरन्तर मेनरोड हुँदै नगरको अतिव्यस्त व्यापारिक केन्द्र आदर्शनगरमा ओहोरदोहोर गरिरहेको छ ।हामी आर्थिकरुपमा कमजोर छौं टाङगा चालक मेहरलाल अन्सारीले दुखेसो पोख्दै भनेहाम्रो कुनै ठूलो सोस्रफोस्र पनि छैन त्यसैले कसैले हाम्रोबारे चिन्ता गर्दैन । स्वस्थ्य घोडीसहितको नयाँ टाङगाको बजार मूल्य ६० हजार रुपैयाँ पर्छ । शहरी क्षेत्रमा टाङगा चढनेहरुको संख्या घटदै गएपछि नयाँ टांगा थप्नुको साटो पुरानो टांङगा मर्मत सम्हार गरेर टाङगा व्यवसायीले कुदाउने गरेका छन ।
विभिन्न राजनीतिक दल र समूहद्वारा आयोजित आम हडतालको यो समयमा लामो दूरीको यात्रा तय गर्नका लागी टाङगा नै विकल्प नै बनेको छ । बन्दका बेला सीमरा विमानस्थलसम्म यात्रु ओसार्न टाङगा कै भर छ सुगौली बिर्ताका टाङगा चालक आफताब आलमले भन्छनयो बन्दीमा ठूलो गाडीको कुनै काम छैन ।
टाङगाको इतिहास
राणाकालीन रेल सेवासँगै वीरगन्जमा टाङगाको इतिहास पनि जोडिएको छ । सन १९२७ मा नेपाल गभर्मेन्ट रेलवेएनजीआर को स्थापनापछि नगरमा पुरक सवारी साधनका रुपमा टाङगा प्रयोगमा आएको जानकारहरु बताउँछन । सुक्खा मौसममा धुलाम्ये सडक होस वा वर्षातमा हिलाम्ये दुबैमा टाङगा कै भर थियो । जब झिस्मिसे उज्यालो नहुँदै शहरको मुख्य सडकमा घोडा टाप टक-टक गर्दै िहंडथ्योनगरवासीले एउटा नयाँ दिनको शुरु भएको संकेत पाउँथे ।
रक्सौलदेखि वीरगन्ज रेल स्टेशन हुँदै बाराको अमलेखगन्जसम्म ३९ किलोमिटर दूरीमा साचालन हुने गरेको रेलका स्थानीय यात्रुहरु रेल स्टेशनमा ओर्लिएपछि गन्तव्यसम्म वा शहरको कुनै कुनाबाट रेल स्टेशनसम्मको यात्रा तय गर्न टाङगाको सवारी गथ्र्ये । पहिले वीरगन्ज रेल स्टेशन रहेको स्थान नजिकै निर्मित घण्टाघर चोकबाट सीमावर्ती शहर रक्सौलको रेल स्टेशनसम्म यात्रु ओसार्ने काममा टाङगाको प्रयोग अझै पनि भइरहेको छ । पछिल्लो समयमा रक्सौलदेखि वीरगन्जसम्म कोइला ओसार्न मात्र प्रयोगमा आएको न्यारो गेज रेल २०४५ सालपछि बन्द गरिए पनि टाङगाले आपुनो यात्रा जारी राखेको छ ।
ूभारु सवा एक रुपैयाँमा टाङगा रिजर्भ गरेर सपरिवार सिनेमा हेर्न रक्सौल पुग्थ्यौंू६३ वर्षिय आनन्दराम शर्मा आपुनो बाल्यकाल स्मरण गर्दै भन्छन्शहरमा यात्राका लागी टाङगा मात्रै थियो ।गाउँ गाउँबाट मानिस बोकेर शहरसम्म ल्याउने काममा बयल गाडाको प्रयोग हुन्थ्यो र शहरभित्र टाङगाको ।
सीमावर्ती रक्सौलसँग जोडिएको वीरगन्जको छपकैयाँ टोलका मुश्लिम समुदायले नगरमा टाङगा व्यवसाय भित्र्याएका हुन् । नयाँ घोडा घोडीलाई सार्वजनिक सवारीका लागी टाङगामा प्रयोग गर्नु अघि कुम्हाल टोलको विशाल आँप बँगैंचामा दौडाएर टाङगा चालकले प्रशिक्षण दिन्थे ।
चक्र आकारमा बनाइएका काठको पाङग्राका भरमा परम्परागत टाङगा गुड्ने गरेको थियो।साँझको समयमा उज्यालोका लागी टाङगाको अगाडी र पछाडीपट्टी जडान गरिएका मट्टीतेल टुकी बालिने गथ्र्यो । पाचायतकालीन शासन व्यवस्थाको समापनसँगै प्रहरीले कडाइ गर्न छोडेपछि टाङगाबाट टुकी हटाइए ।

पर्यटकका लागी आकर्षण
मरुभूमीमा ऊट पहाडमा घोडचडी र तराईमा टाङगाको सवारीमा मौलिकपन हुन्छ । घुमघामका लागी वीरगन्ज आउनेहरु टाङगाको सवारी गर्न पाउँदा ज्यादै रमाउने गर्छन् ।sाठमाण्डौंको खाल्डोमा सेनाले विशेष सभा समारोहमा प्रदर्शन गर्ने बग्गी देखेकाहरुका लागी वीरगन्ज आएका बेला बग्गी जस्तै देखिने टाङगामा सवार भएर शयर गर्न पाउँदा बिछट्टै आनन्दको अनुभूती हुन्छ ।
काठमाण्डौंका फोटो पत्रकार मीनरत्न बज्रंाचार्य घुमघामका लागी वीरगन्ज आएका बेला टाङगामा शयर गर्न मन पराउँछन् । हल्का गतीमा चल्ने टाङगामा सवार यात्रुले स्थानीय जनजीवनलाई सहजरुपमा नियाल्न सक्छशयर रमाइलो छ फोटो पत्रकार बज्राचार्य भन्छन् फोटोग्राफरका लागी स्थानीय जनजीवन क्यामेरामा कैद गर्न सहज हुन्छ । भीडभाडले भरिएको बस वा होचो ट्याक्सीमा उत्ति सहज हुँदैन ।
बाहिरी पर्यटकका लागी मात्र नभएर स्थानीयका लागी पनि चढुँ चढुँ लाग्ने गरी टाङगालाई रंगरोगन र आकर्षक चित्रांकन गरेर चिटिक्क सजाउने काम हुन सकेको छैन । बंगलादेशको रिक्सा पाजाबपाकिस्तान वा अफगानिस्तानका ट्रकको सजावटको आपुनै बेग्लै आकर्षण छ । वीरगन्जका टाङगा चालकहरुले पनि आपुनो सवारीलाई चिटिक्क बनाउन सके यात्राका लागी मात्र नभएर रमाइका लागी चढ्नेहरु पनि यात्रुको सूचीमा थपिने सम्भावना छ ।
विशेष अवसरहरुमा टाङगा दौड प्रतियोगिताको आयोजनाबाट पनि टाङगाप्रतिको आकर्षण बढाउन सकिने सुझाव दिन्छन् पत्रकार चन्द्रकिशोर । वृहद् मधेशी मोर्चाले १४ बैशाखमा टाङगा जुलुस निकालेर फरक शैलीमा विरोध प्रदर्शन गर्दा विशेष प्रभाव परेको थियो ।
वातावरण संरक्षणमा महत्व 
ब्रेक नभएको सवारी भनेर विपक्षमा जत्तिसुकै तर्क गरिएपनि वातावरण संरक्षणमा टाङगा बयलगाडा जस्ता परम्परागत सवारी साधनको महत्व ठूलो छ । पेट्रोलियम इन्धन बिना नै चल्ने टाङगा बयल गाडाको साचालनबाट कृषक र कृषी उपजको ओसारपसार सहज भएको छ । महँगा मूल्यका ट्याक्टर र ट्याक्टरका लागी आवश्यक इन्धनको जोहो गर्नुपर्ने झण्झटको साटो किसानले चौपायालाई खेतबारीमै उमि्रएको घाँस पराल स्थानीय खाँडसारीलॆ उखू पेलेर उत्पादन गरेको सक्खर खुवाएर गाडा तान्न प्रयोग गर्नु सहज छ ।
टाङगा बयल गाडा जस्ता परम्परागत साधनले आधुनिक सवारीजस्तो धुँवा उडाउँदैनन्पत्रकार चन्द्रकिशोर झा भन्छन्वातावरण संरक्षणमात्रै नभएर ग्रामीण जीवनलाई चलायमान बनाउन पनि यी साधनहरुको महत्वपूर्ण योगदान छ ।
इन्धनको प्रयोगले वातावरण प्रदुषित हुनुका साथै नेपालको ठूलो धनराशी विदेिशंदैछ । तर परम्परागत सवारी साधनमध्ये मूल्य र दू्रंतगतीका लागी सबैभन्दा सहज विकल्पका रुपमा रहेको टाङगाका लागी घाँस धानको भुस र सक्खर मात्र चाहिन्छ । टाङगा तान्नका लागी प्रयोग गरिने घोडीलाई चाहिने खुराक पूर्णरुपमा स्वदेशमै उपलब्ध छ ।


साडीमा सुन्दर नारी
रवि दाहाल
वीरगन्ज । बारुले कम्मरमा मुजा परेर अडिएको साडीमाथिको नाभीले जोकोही पुरुषको मन लोभ्याउँदो हो । अझ पिठ्यूँमा खुला पारेर सिलाइएको चोलीले पश्चिमेली सम्भयताबाट भित्रिएको छोटा लुगालाई पनि ओझेलमा पार्न थालेको छ ।
बेहुली अन्माउँदा होस् वा भित्र्याउँदा हिन्दू परिवारमा साडी अनिवार्य मानिन्छ। रातो साडी रातै चोली रातो सिन्दुर रातो लालीरातो पोते । भनिन्छ बेहुलीको रुपमा सजिएकी महिला आपुनो जीवनमै सबैभन्दा बढी सुन्दर देखिन्छन् । रातो पहिरनसँगै आँखामा झल्किने लाजले पनि सुन्दरतामा सुगन्ध थपेको हुन्छ । अघिपछि जिन्स पाइन्ट भेष्ट होस् वा मिनी स्कर्ट रुचाउने यूवती पनि संगीको बिहेमा साडी र चोलीमै सज्जिन चाहान्छन्भावी बेहुलीका रुपमा ।
हिन्दू धर्मावलम्बी महिलाका लागी लाज ढाक्न मात्र होइन परम्परा निर्वाह गर्न पनि अनिवार्यता छ साडी । बिहेबारी ब्रतबन्ध विशेष पूजाअन्नप्राशन्नतीज चाडबाडमा साडी नभइ हुन्न ।नेपाली हिन्दू समाजमा साडी र गहना महिला शौन्दर्यताको प्रतीक मानिन्छ । साडीलॆ लाज ढाक्ने मात्रै होइननारीलाई ग्ल्यामरश पनि बनाउँछ ।
मधेशी नारीका लागी साडीको ठूलो महत्व छमाइस्थान बजारमा साडी किनमेलका क्रममा भेटिएकी गृहणी रामपति देवी भन्छिन् दैनिक प्रयोगका लागी मात्र नभएर पूजाआजामा पनि साडी अनिवार्य छ । मधेशी समाजमा विशेष गरी पूजाआजामा रातो रंग र पहेंलोको साडी रुचाइने गरेको छ । बिहेमा बेहुलीका लागी बनारशी साडी वा चम्किलो धागोले भरिएको महँगा साडी अनिवार्य मानिन्छ ।
साडीको रंङगको छनौट चाडपर्वमा निर्भर गर्छगृहणी भावना रिजाल भन्छिन् साउनमा हरियो भदौतीज दशैं तिहारमा रातो । गर्मी मौसममा बजार घुम्न वा किनमेलका लागी निस्किंदा सिफन साडी हलुको र सहज हुन्छ ।गृहणी महिला दिनभर घरगृहस्थीको काममा व्यस्त रहनु पर्ने भएकाले शरीरलाई शीतलता प्रदान गर्न सुतीको साडी लगाउन रुचाउँछन् । यहाँका ४५ वर्षमाथिको उमेरका महिलाहरु बाहिर घुम्न निस्किंदा पनि सुती साडी नै लगाउने गरेको पाइन्छ । ४५ मुनीका महिलाको रोजाइ सिफन वा सिन्थेटिक साडी हुने गरेको साडी व्यापारी शर्मा सर्राफको अनुभव छ ।
एकताक खुबै चल्तीमा रहेको धागो जडी र मोतीले बुट्टा भरिएको साडी अचेल मध्यम वर्गिय परिवारका महिलाको रोजाइमा पर्न छोडेको छ । बिहेको सिजन तीज र छठ पर्वका बेला साडीको व्यापार खुबै चम्किन्छसाडी व्यापारी मनोज कुमार भन्छन्अन्य बेला पनि साडीको बिक्री राम्रै चलेको हुन्छ ।
ूटिभी सिरियलमा नयाँ जे देखिन्छ किनमेलका क्रम त्यही खोजीन्छू-गृहणी निहारिका निधी भन्छिन् साडीको मोल गुणस्तरका बारेमा खासै जानकारी हुँदैन ।पछिल्लो समयमा नेटजालीदार साडी शहरी महिलाको पहिलो रोजाइ बन्न पुगेको छ । ६० ग्राम वजनको साडी पनि बिक्री चम्केको छ । हलुकापनका साथै ग्ल्यामरश देखिनका लागी पनि उपयुक्त भएकाले नेट साडी मन पराइएको हो । अहिले जर्जेट साडी धागो बुट्टा काटिएको साडी जडी बुट्टा भरिएका चल्तीमा छन् ।
महिलामा साडी मोह यत्ति उच्च छ की एउटा अवसरमा लगाएको साडी अर्को अवसरमा सकेसम्म दोहोर् याएर लगाउनु नपरोस् भन्ने आकांक्षा राख्छन् शिक्षक सुशिल पटेल भन्छन् कसैको बिहे वा कुनै पार्टी आउन थाल्यो की महिलालाई कस्तो साडी कत्ति रकमको साडी लगाउने भन्ने छटपटी हुन्छ । घरको दराजमा लहरै झुण्ड्याएर राखिएका साडी आपुनो संगीहरुको जमघटमा प्रदर्शनी गर्नु वा नयाँ कुनै साडी किनेर ल्याएको भए प्रसंग निकाल्नु सामान्य प्रवृत्ति बनेको गृहणी सुशिला थापाको अनुभव छ ।
फुस्रदको समयमा भारतीय टेलिभिजन च्यानलका टेलिश्रृंखलामा नजर टिकाउन अभ्यस्त गृहणीहरु चर्चित महिला पात्रले लगाएको साडी र गहनाको चर्चा गर्न छुटाउँदैनन् । साडीका व्यापारी पनि के कम। टेलिश्रृंखलाका चर्चित महिला पात्रको नाममा साडी ब्राण्डिङ गरेर ग्राहकसँग मनपर्दो रकम असुल्ने अवसर गुम्न िदंदैनन् ।अधिकांश साडी उत्पादक कम्पनीले कुनै ब्राण्ड दिएका हुँदैनन् धाँगोको गुणस्तर मात्र उल्लेख गर्छन्न्यू आँचल साडी टे्रडस्रका साचालक शर्मा सर्राफ भन्छन्तर भारतीय टेलिभिजनका सिरियलप्रति नारीको मोहलाई व्यापारको अवसरमा रुपमा छोप्न ठूला बित्रेुता आफैंले थरी थरीका नाम जुराउँछन् ।
भाकल पुरा भएपछि शक्ति पीठमा साडी नै दान गरिन्छ । नेताले भोटर रिझाउन पनि साडी नै बाँड्छन् ।
चर्किंदै गएको गर्मी र व्यस्तताले भरिएको दैनिकीमा चिटिक्क पारेर साडी लगाउन र लगाइ सकेपछि सम्हाल्न झण्झटिलो हुने भएकाले विशेष अवसरबाहेक शहरी महिलाहरु कुर्ता सुरुवाल लगाउन रुचाउन थालेका छन् । शहरीका ६० प्रतिशत महिला विशेष अवसरमा बाहेक कुर्ता सुरुवाल नै लगाउन थालेका छन् श्री दुर्गा भवानी साडी टे्रडस्रका साचालक मनोज कुमार भन्छन्समय फेरिएको छ फेशन पनि फेरिएको छ ।

Wednesday, June 27, 2012

बजेटले लगानीकर्ताको मनोबल उकास्न सक्नुपर्छ
जगदीश अग्रवाल (अध्यक्ष, निम्बस समूह)
बजेटका राजनीतिक पक्ष होलान् प्राविधिक पक्ष पनि होलान् । तर म निजी क्षेत्रको एउटा प्रतिनिधीको हैसियतले यसलाई आर्थिक पक्षबाट केलाउन चाहान्छु । राजनीतिक पक्षबाट यो भन्नु की काम चलाउ सरकार छ काम चलाउ हिसाबले मात्र बजेट पेश गर्न सक्छ अन्य कुराहरु राख्न मिल्दैन यसमा मेरो कुनै कमेण्ट छैन यो राजनीतिक पक्ष र अलिकती प्राविधिक कुरा पनि हो् । तर निजी क्षेत्रको प्रतिनिधीको हैसियतले मलाई के लाग्छ भने कुनै पनि बजेट खासगरी नेपाल जस्तो मुलुकका लागी यो ज्यादै महत्वपूर्ण दस्तावेज हो । यो आयव्ययको लेखाजोखा मात्रै  होइन यसले हाम्रो आर्थक एजेण्डाको दिशा निर्देश गर्छ। भावी कार्यक्रमबारे जानकारी दिने र लगानीको वातावरण तयार गर्ने गरेको छ । यति मात्र होइन सरकारी खर्च के कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गरेको छ ।
हामीले विगतमा भोगेका छौं सरकारी खर्च नहुँदा हामीले भन्ने गरेका थियौ तरलताको अभाव भयो भनेर अहिले बल्ल आएर तरलताको अवस्थामा सुधार आएको छ । बैंकको तरलता बढेको छ । तर सरकारी खर्च नहुने र काम चलाउ बजेट मात्र आउने हो भने तरलताको अभाव फेरी पनि आउन सक्छ । सरकारले लगानी दिन सकेन लगानीको वातावरण निर्माण गर्न सकेन भने निजी क्षेत्र हच्किन सक्छ बाहिरको लगानी पनि हच्किन जान्छ ।
मलाई लाग्छ बजेटका विषयमा दुई तीनवटा कुरा विचार गर्न सक्छौ । सरकारले बजेट ल्याउँदा सरकारमाथि एउटा आरोप हुने गरेको छ आपुनो भोट बैंकलाई लक्षित गरेर बजेट ल्याउँछ की भनेर । सरकार सरकार निष्पक्ष भएर आम जनतालाई फाइदा हुने गरी लगानीको बढ्ने गरी र निष्पक्ष भावले बजेट ल्याउँछ भने विरोध हुने कुरो हुँदैन । अहिले बजेट अध्यादेशमार्पुत् ल्याउनुको कुनै विकल्प छैन । जब सरकारले आफू अनुकूलको बजेट ल्याउन खोज्छ त्यत्ति बेला विपक्षीहरुबाट विरोध हुनु स्वाभाविक हो । तर सरकारले आपुनो फाइदा नभएर देशजनता र लगानी र अधुरा परियोजना पुरा गर्नका लागी बजेट र खर्च विवरण ल्याउँछ भने त्यसबाट कुनै दललाई अप्ठ्यारो हुनेछैन र खासगरी जनताले साथ दिन्छ भने राजनीतिक दलले अप्ठ्यारो पार्ने अवस्था हुँदैन ।
बजेट ल्याउनका लागी वर्तमान् सरकारको हैसियत छ की छैन भन्ने कुरा विधानको कुरा हो । तर म निजी क्षेत्रको एउटा प्रतिनिधीको हैसियतले के भन्न चाहान्छु भने विधी विधान भन्दा पनि जनतालाई फाइदा हुने गरी लगानी बढ्ने गरी आर्थिक फाइदा हुने गरी बजेट ल्याउनुपर्छ । अध्यादेशमार्पुत् बजेट ल्याउँदा ध्यान पुर् याउनै पर्छ की लेखाजोखा मात्र नभएर आगामी वर्षका लागी दिशा निर्देश गर्नसकोस् । निजी क्षेत्रको बढीभन्दा बढी भूमीका आउन सकोस । विदेशी लगानी आउन सकोस र सरकारले पनि जुन जुन ठाउँमा लगानी गर्नुपर्नेछ लगानी हुन सकोस् लगानीको स्फूर्ती आउने गरी बजेट ल्याउनुपर्छ ।
सहमतीमा ल्याउन छलफल सबै दलहरुसँग गर्नुपर्छ राष्ट्रिय सहमतीको सरकार बन्छ भने मिलीजुलीकन नै बजेट आउने हो  तर बन्दैन भने पनि कमसेकम विविध पक्ष कस्ता लगानी गर्ने भन्ने विषयमा सबै राजनीकि दलहरु बसेर सहमतीमा बजेट ल्याउन सके एकदम उपयुक्त हुनेछ ।
भावी बजेटमा सरकारले दुईवटा महत्वपूर्ण पक्षमा विचार पुर् याउन जरुरी छ । पहिलो पक्ष भनेको शंकाको निवारण हुनुपर्यो यो बजेटबाट । वर्तमान् सरकार वामपन्थी छ नेतृत्व माओवादीको हातमा छ। स्वाभाविकरुपमा के आशंका हुन्छ भने भविष्यमा के होला अहिले राजनीतिक वातावरण पनि छैन। राजनीतिक वातावरण भएको भए दिशा निर्देश गर्ने थियो । तर त्यो पनि नभएकाले निजी क्षेत्र वा बाहिरका लगानीकर्ताले पनि अहिले माओवादी सरकार भएकाले भविष्यमा के होला भन्नेमा आशंका गरेका छन् । भविष्य के हुन्छ सरकारी नियन्त्रण बढ्ने र निजी क्षेत्रको भूमीका नै हुँदैन की भन्ने आशंकाहरुको निवारण हुनु जरुरी छ भावी बजेटमार्पुत् । तर म केमा विश्वस्त छु भने निजी क्षेत्रको भूमीका हुनुपर्छ तर कही न कही सरकारी क्षेत्रको भूमीका पनि चाहिन्छ । हामी नेपालमा मात्रै होइन विश्वमै निजी क्षेत्रलाई जुन किसिमले पूर्ण स्वतन्त्र छोडिएको छ त्यसबाट विश्व अलिकति सशंकित पनि बनेको छ । र निजी क्षेत्रलाई पनि नियमन गर्नुपर्ने चौतर्फी आवाज उठ्न थालेको छ । त्यो परिस्थिति हामी कहाँ पनि छ । त्यसैले निजी क्षेत्रलाई अगाडी ल्याउने र साथसाथै सरकारी भूमीका पनि कस्तो हुने भन्ने एउटा निश्चित व्यवस्था बजेटमा हुनुपर्छ र जुन शंकाहरु छन् निजी क्षेत्रको दिमागमा र विदेशीको दिमागमा त्यसको निवारण गरिनुपर्छ ।
दोश्रो पक्ष लगानी आउनुपर्छ । लगानी गर्नुपर्छ स्वदेशी र विदेशी सबै खाले । यहाँ अहिले जुन राजनीतिक अन्यौलको अवस्था छ । संविधान बनेको भए अन्यौलता सकिने थियो र स्वतःस्फूर्तरुपमा लगानीका लागी सकारात्मक वातावरण निर्माण हुने थियो । हामीले नयाँ संविधान निर्माण नगरुन्जेल आर्थिक एजेण्डालाई कसरी अगाडी लैजाने र आर्थिक एजेण्डा भनेको के हो  आर्थिक एजेण्डा भनेको लगानी हो । आर्थिक एजेण्डाको सर्वोपरि कारक तत्व लगानी होस्वदेशको लगानीर विदेशको लगानी हो । र लगानी ल्याउनका लागी उपयुक्त वातावरण दिनुपर्छ बजेटले ।बजेटले खुकुलो पन दिनुपर्छ प्रोत्साहन दिनुपर्छ र अवरोध हटाउनुपर्छ । एउटा सकारात्मक पक्ष के छ भने हामीकहाँ लगानी बोर्ड स्थापना गरिएको छवर्तमान् सरकारले नै गरेको हो । अब लगानी बोर्डलाई अगाडी काम गर्न दिने हो भने मैले देखेको सबैभन्दा ठूलो समस्या के हुन्छ भने हामी कहाँ विभिन्न मन्त्रालयहरु छन् ती मन्त्रालयको अधिकारलाई बोर्डसँग कसरी समन्वय गर्ने उद्योग मन्त्रालय वा उर्जा मन्त्रालयको अधिकार लगानी बोर्डलाई कसरी दिने र समन्वय कसरी ल्याउने भन्ने सबैभन्दा ठूलो चुनौती छ । र यो चुनौतीलाई बजेटले हटाउन सक्नुपर्छ । हामीकहाँ पछिल्ला वर्षहरुमा लगानी बहुतै कम हुँदै गएको छ। यदि छिमेकी मुलुकको दाँजोमा आउने हो भने हामी कहाँ लगानीको दर बढाउनुपर्छ । समकक्षमा जाने हो भने लगानी नबढाइ कुनै उपाय छैन त्यो लगानी निजी क्षेत्र एक्लै गर्न सक्दैन । वातवारण नै हुँदैन भने निजी क्षेत्रले कसरी जोखिम लिने त्यसकारणले लगानि भित्र्याउने वातावरण निर्माणको अपेक्षा यो बजेटबाट पुरा गरिनुपर्छ ।

2069 Jestha
मुलुकलाई आर्थिक अनिर्णयको बन्दी बनाइनु हुँदैन
इन्दुशेखर मिश्र (उप-प्राध्यापक अर्थशास्त्र विभाग ठाकुरराम बहुमूखी क्याम्पस)
राजनीतिक संक्रमणकालको बहानामा आर्थिक दृष्टीकोणले राज्यलाई अनर्णियको बन्दी बनाइनु हुँदैन । अहिले मुलुक संक्रमणकालीन अवस्थामा छ । आर्थिक सूचकहरु उपयुक्त देखिए पनि अत्यधिक उत्साहजनक पनि छैन । यसकारणले पूर्ण बजेट ल्याउनै पर्छ । अब बजेट कुन प्रकृया र स्वरुपमा आउनुपर्ने हो यो राजनीतिक तहमा छलफलको विषय हो ।
राष्ट्रपतिले यो सरकारलाई काम चलाउ सरकारको रुपमा निर्णय गरिसकेपछि वैधानिकरुपमा यो सरकारले पूर्ण बजेट ल्याउने स्थितिमा सरकार छैन। तर देशको आवश्यक्ता पूर्ण बजेट हो । वर्तमान् देशको अन्तरिम संविधानले बाधा अडकाउको अवस्थामा सर्वसम्मतीले निर्णय गरेर कुनै अगाडीको नीति र कार्यक्रम ल्याउने व्यवस्था गरिएको छ । सरकारले राजनीतिक हठ त्यागेर देशको समग्र राजनैतिक शक्तिसँग वार्ता र सहमतीमार्पुत् पूर्ण बजेट ल्याए एकदमै राम्रो तर पूर्ण बजेट ल्याउन सक्ने स्थिति नभए संविधान सभाको निर्वाचनलाई लक्षित गरेर  कार्यवाहक बजेट ल्याउनु उपयुक्त देखिन्छ ।
पूर्ण सहमती जुटाउनका लागी दलहरुबीच प्रयास शुरु भएको छ । यो राजनैतिक सहमतीको ूआइस ब्रेकि्रङगूको अवस्था हो र आशा गरौं दलीय स्वार्थ त्यागेर देशको वास्तविक अवस्थामा बिचार गरी कम्तीमा आर्थिक क्षेत्रमा दुष्प्रभाव नपर्ने गरी पूर्ण आकारको बजेट आउनुपर्छ ।
राष्ट्रिय योजना आयोगले आगामी बजेटका लागी प्राथमिकताको निर्धारण गरिसकेको छ । तर जुन समयमा प्राथमिकता निर्भरता गरिएको थियो त्यो समय र अहिलेको राजनीतिक अवस्थामा अन्तर आइ सकेको छ । अब बजेटको प्राथमिकता यसमा भर पर्छ की सरकारको स्वरुप के होला सहमतीय  सरकार नयाँ आउँछ भने स्पष्ट रणनीतिगत ठोस बजेट आउनेछ जस्को प्राथमिकता आपुनै प्रकारको हुनेछ । पक्कै पनि लगानीको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । आधारभूत क्षेत्रको विकास पनि यस्को प्राथमिकता हुनुपर्छ । समाजमा आर्थिकरुपले कमजोर वर्गको आर्थिक भावना अनुरुप उनीहरुलाई पनि सहयोग र सहायतालाई प्राथमिकता दिनुपर्छ तर सरकार सहमतीय बन्न पाएन र कामचलाउ सरकारले बजेट ल्यायो भने त्यो बजेट पूर्ण हुनेछैन र भोली संविधान सभाको निर्वाचन पछि आउने सरकारले बजेटमा आवश्यक परिवर्तन गर्नेछ । लगानी मैत्री वातावरणले सरकाले प्राथमिता दिएर आन्तरिक अर्थ व्यवस्थामा उद्योग व्यापारलाई सकारात्मक असर पर्नेछ । अहिले सम्म मनसुन उपयुक्त देखिएन त्यसको नकारात्मक असर कृषीमा नपरोस् भनेर सरकारले पूर्व तयारी गरेर बजेट ल्याउनुपने आवश्यक्ता म देख्दछु ।
प्रजातान्त्रिक समाजमा जनता नै सबैभन्दा ठूलो सशक्ति हो र राजनैतिक अड्चनाको अवस्था आएमा फुकाउ गर्ने पनि जनता नै हो । करिब ४ सय २० अर्बको बजेट निर्माणको अनुमान गरिएको छ त्यसमा चुनावको खर्च दश अर्ब ज्यादै न्यून बजेट हो ।त्यसरुपमा निर्वाचनको खर्चलाई हेरिनुपर्छ ।जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म जतिसुकै नीतिको कुरा गरेपनि राजनैतिक क्षेत्रले प्रभावित बनाउँछ । तर चुनावको घोषणा भएपछि सरकारले कुनै नयाँ नीति नल्याउँदा त्यसको प्रभाव बजेट र आर्थिक क्षेत्रमा पर्न सक्छ । आर्थिक एजेण्डालाई लिएर राजनैतिक दल उद्योग वाणिज्य संघ आर्थिक विशेषज्ञको धारणा स्पष्ट छ तर त्यसलाई कार्यान्वयनमा कसरी ल्याउने भन्ने मुख्य चुनौती हो ।
अहिले मुद्रा स्फिति वृद्धि भइरहेको छ । आयातमा चाप बढी रहेको छ । करबाट राजश्व संकलन गरेर मात्र बजेटको सफलता हुँदैन सफलता यसमा निर्भरत गर्छ की संकलित कर राजश्वलाई हामीले आम जनताको राहत र विकासमा कत्तिको खर्च गर्न सकेका छौं । यो क्षेत्रमा विगतका वर्षहरुमा हाम्रो बजेट असफल भएकै जस्तो देखिन्छ । यसवर्ष पनि पूँजीगत क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ खर्च हुन पाएन। सरकारको संचिती राष्ट्र बैंकमा बढेको छ ।यसले आर्थिक क्षेत्रमा नकारात्मक असर ल्याउँछ । यसैले सरकारले कर प्रणालीमा वैज्ञानिक तवरले सुधार सुधार गर्नुपर्छ। मात्र राजश्व कमाउनु नभएर कर प्रणालीले विकासलाई कसरी प्रभावित गर्दछ र मूल्य कसरी नियन्त्रण गर्दछ भन्ने तथ्यमा विशेष जोड दिनुपर्छ । पक्कै पनि कर राजश्वको एउटा उद्देश्य सरकारको आम्दानी पनि बढाउने हो किन भने सरकारको आम्दानी नबढे समग्र विकासका लागी खर्चको जोहो कहाँबाट गर्ने  कत्ति दिनसम्म ऋणको भरमा पर्ने  यसैलै यसमा वैज्ञानिकताको आवश्यक्ता देखिएको छ । यस सन्दर्भमा मेरो के धारणा छ भने करको दर बढाउनुको साटो करको दायरा बढाउनुपर्छ ।र वैज्ञानिक दृष्टीकोणले अप्रत्यक्ष करलाई कुनै पनि अवस्थामा धेरै राम्रो मानिएको छैन । किनकी त्यसले आम जनतामा उत्तिकै प्रभाव पार्छ जुनकी धनी जनतामा पार्छ । जस्तो  की मट्टीतेलमा झण्डै चालीस प्रतिशत कर लाग्ने गरेको छ । यो अवस्थामा एउटा गाउँको मजदूरले मट्टीतेल खरिद गर्दा पनि चालीस प्रतिशत कर तिर्ने र शहरको धनीले पनि चालीस प्रतिशत कर तिर्नेपक्कै पनि न्यायोचित भएन । कर प्रणालीमा वैज्ञानिक सुधारको आवश्यक्ता छ । यसमा विज्ञहरुले समय समयमा आवश्यक सुझाव दिइ रहेका छन्त्यसलाई मनन् गरेर सरकारले सुधार गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।
अर्थ मन्त्रालयको नेतृत्वमा देशको वास्तविक अवस्थाको चिन्ता नहुनु पक्कै पनि राम्रो होइन । कुनै पनि विभागले सफलताको आपुनो सूचक तय गर्ने गरेको छ । अहिलेको अर्थ मन्त्रालयले राजश्व संकलनलाइ नै आपुनो सफलताको सूचक मानेको आभाष हुन्छ । बाबुराम भटटराई अर्थमन्त्री भएका बेलामा नेपालमा एउटा प्रचलन आयोजत्ति बढी राजश्व संकलन गर् योउत्ति नै बढी सफल भएको मािनंदै आएको छ । बजेटको सफलताको एउटा सूचक लक्ष्य अनुसारको राजश्व उठाउनु हो तर यो एक मात्र सूचक होइन र यसमा गर्व गर्नुपर्ने कुनै आवश्यक्ता म ठान्दिन । निश्चित रुपले बजेटको असर विकासको लक्ष्य प्राप्तीमा आयो की आएनआय वृद्धि ररोजगार सिर्जनाको लक्ष्य प्राप्तीमा कत्ति सफलभएका छौं मूल्य वृद्धि नियन्त्रण र आम जनताको आयस्तर उकास्न कत्तिको सफल भएका छौं त्यसका आधारमा बजेटको सफलता मापन गरिनुपर्छ । प्रस्तुतीः रवि दाहाल
२०६९ जेठ

 
किसानलाई छैन बैंक कर्जा
रवि दाहाल

वीरगन्ज. पसा्रको रामगढवा ३ बहुअरी टोल निवासी विजयलाल महत्तो एक वर्षसम्म धाउँदा समेत बैंकबाट ऋण नपाएपछि राजमार्ग छेउको तीन कठ्ठा जग्गा सस्तो भाउमा बेचेर पैसाको जोहो गर्न बाध्य भए ।
सुख्खा बन्दरगाह चोक नजिकैको पचास फिट फराकिलो सुख्खा बन्दरगाह-परवानीपुर बाइपास रोड छेउको जग्गा ठूला वाणिज्य बैकले धित्तो राखेर पाँच लाख रुपैयाँ ऋण दिन नमानेपछि बाध्य भएर बेच्नु परेको दुःख सुनाउँछन् महत्तो ।
उनी भन्छन् ऋण लिनका लागी आवश्यक पर्ने सबै कागजपत्र सहितको फाइल लिएर यो बैंक त्यो बैंक धाउँदा धाउँदा छ महिना बित्यो कुनै बैंक ऋण दिनका लागी तयार भएन । बैंकबाट ऋण नपाएपछि महत्तोले दुई वर्षअघि प्रति कठ्ठा ११ लाख रुपैयाँ दरले तीन कठ्ठा जग्गा बिक्री गरेर गाउँकै घडेरी जग्गामा पक्की घर बनाए ।
गाउँ छेउकै वाणिज्य बैंक शाखाले ऋण सुविधा उपलब्ध नगराउँदा ग्रामीणबासी ज्यादै चिढिएका छन् ।रामगढवा गाविससँग सीमा जोडिएको सिसर्िया खल्वाटोला गाविसमा अवस्थित सुख्खा बन्दरगाह परिसरभित्र एभरेष्ट बैंक र ग्लोबल बैंकको शाखा छ । तर यी दुबै बैंकले गाउँलेलाई सुक्को ऋण लगानी गरेका छैनन् ।
कुनै समय किसानको बैंककारुपमा ख्याती कमाएको कृषी विकास बैंक पनि नाफामूखी हुँदै गएको छ भने यसका कर्मचारी सुविधा मुखी भएका छन् ।नाफामूखी भएका कारण बैंकले किसानलाई ऋण लगानी बन्द गरेको छ । सुविधामूखी भएका कारण यो बैंकका ग्रामीण शाखाका कर्मचारी सदरमुकाममै बसेर तलब पकाइ रहेका छन् ।
राजमार्ग छेउको खेतबारी धित्तो राख्दा समेत वाणिज्य बैंकले किसानलाई ऋण दिन नपत्याएपनि किसानकै जग्गा धानचामल मिलका साचालकले सस्तोमा किनेर महँगो मूल्यांकन गर्दै वाणिज्य बैंकबाट लाखौं रुपैयाँ ऋण उठाएका छन् । सुख्खा बन्दरगाहदेखि गर्दौलसम्म पदम रोड छेउछाउका सबै जसो धानचामल मिल बैंक ऋणबाटै साचालित छन् । 
नबिल बैंकले पनि अलौं गाविस शाखाको नाममा वीरगन्ज नगरको पावर हाउस चोकमा शाखा कार्यालय साचालन गरिरहेको छ । कृषी विकास बैंक लिमिटेडको पोखरिया र देउरवाना शाखा वीरगन्ज शाखा कार्यालय भवनमै समेटिएको वर्षाै बितिसकेको छ ।
तीन वर्षअघि एच एण्ड बी डेभलपमेन्ट बैंकतत्कालीन वीरगन्ज फाइनान्स लिमिटेडले सदरमुकाबाट २० किलोमिटर पश्चिममा अवस्थित पोखरिया गाविसमा ग्रामीण शाखा साचालनमा ल्याएपनि बैंकिङ सेवाका लागी गाउँलेहरु सदरमुकामै धाउनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
वाणिज्य बैंकले किसानलाई नपत्याउँदा किसानले चर्को ब्याजदरमा ऋण सेवा लिनु परिरहेको छ । भिस्वाका व्यापारी कृष्णमोहन कुशवाहाका अनुसार ग्रामीण क्षेत्रमा बैंकिङ सेवा उपलब्ध नहुँदा घरमै वा सीमापारी भारतीय बैंकमा बचत गर्नुपर्ने बाध्यता छ ।
बसन्तपुरका रुपनारायण पटेल भन्छन् सरकारी बैंक नभएकाले लगानी गर्दैनन् । सरकारी प्रति जनताको विश्वास पनि बढी छ । तर अहिले गाउँमा बैंक नहुँदा सदरमुकामजम्म आउजाउ गर्न गाडी भाडा खर्च जोड्दा बैंकको सेवा नलिएकै बेस छ ।

किसानको समस्या
ग्रामीण क्षेत्रका किसानको जीवनशैली सामान्य हुने भएकाले उनीहरुलाई खेतीपाती बिहे र चाडवाडका समयमा ठूलो रकमदश हजार देखि ४५ लाखसम्मको आवश्यक्ता पर्ने गरेको छ । खेतीपातीको सिजन शुरु हुनु अघि मल बिउिसंचाई र श्रमिकका लागी भुक्तानी गर्न किसानलाई एकमुष्ठ रकम चाहिन्छ । तर औपचारिक माध्यमबाट यस्तो ऋण सुविधा नपाउँदा किसानले अनौपचारिक माध्यमबाट ऋणको जोहो गर्नुपरेको छत्यो पनि चर्को ब्याजदरमा ।
खेतीको सिजन शुरु हुनु अघि बैंकले ऋण दियो भने बालीतयार भएपछि बेचेर सबै पैसा फर्काइ दिनसक्छौं किसान श्यामसुन्दर कुशवाहा भन्छन्तर हामी गरिबलाई ठूला बैंकले ऋणै लगानी गरिदिन्नन्।<br>
चर्को ब्याजदरमा छिमेकी वा साहु महाजनबाट ऋण लिनुपर्दा त्यसको प्रत्यक्ष असर किसानको उत्पादनको लागतमा पर्ने गरेको छ । अहिले गाउँ घरमा मासिक ४ प्रतिशतका दरले अनौपचारिक क्षेत्रसाहू महाजन छिमेकीबाट ऋण उपलब्ध भइरहेको छ । अनौपचारिक क्षेत्रबाट लिइने ऋणको चर्को ब्याजदरका कारण उत्पादन लागत बढ्ने तर विदेशबाट सस्तो मूल्यमा आयातित कृषीजन्य उत्पादनसँग बजार प्रतिस्पर्धा गर्न नसक्ने समस्याले किसान पिरोलिएका छन् ।
मल बिउिसंचाई प्रविधी र प्राविधिक सल्लाह कृषी क्षेत्रका लागी अत्यावश्यक छ । तर प्राविधिक सल्लाह बाहेक बाँकी सबै तत्वइनपुटका लागी आवश्यक पर्ने रकमको जोहो गर्ने क्षमता अधिकांश किसानमा छैन । खेतीपातीका लागी वर्ष दिनमा दुई पटक छ-छ महिनामा ऋण सुविधा वाणिज्य बैंकहरुबाट सस्तो ब्याजदरमा उपलब्ध गराउने व्यवस्था हुन सके किसानलाई राहत मिल्नेछ । कृषी अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख डा। कैलाश प्रसाद भुडेर भन्छन् अहिलेको व्यवसायीक यूगमा किसानलाई खेतीका लागी आवश्यक पर्ने इनपुटको जोहो गर्न आर्थिक पाटोलाई पनि मजबुत बनाउन आवश्यक छ ।<br>
वाणिज्य बैंकले आपुनो प्रगती विवरणमा कृषी क्षेत्रमा लगानी गरेको देखाएपनि यस्ता अधिकांश लगानी व्यवसायीक प्रयोजनको ट्याक्टर खरिद रासायनिक मल र खाद्यान्नको कारोबारमा सीमित हुने गरेको छ । कृषीजन्य वस्तु प्रशोधन गर्ने खाद्यान्न उद्योग र ती उद्योगसँग सम्बन्धित उपकरणमा वाणिज्य बैंकले ऋणलाई प्राथमिकता दिने गरेका छन् ।
लघु वित्त कम्पनीको योगदान
लघु वित्त कारोबारमा संलग्न लघु वित्त कम्पनीले गरिब तथा किसानलाई सहुलियत दरमा घर दैलोमै ऋण सेवा उपलब्ध गराएका छन् । यी लघु वित्त कम्पनीकै कारण ग्रामीण क्षेत्रका बासिन्दाले थोरबहुत बैंकिङ सेवासँग आपुनो नाता जोड्न सम्भव भएको छ ।
निर्धन उत्थान बैंकडिप्रोक्स विकास बैंक छिमेक विकास बैंकग्रामीण विकास बैंक ग्रामीण विकास ंसंस्थानेरुडोलगायतका लघु वित्त कम्पनीले गरिबलाई सामूहिक जमानीमा २० हजार रुपैयाँदेखि नब्बे हजार रुपैयाँ सम्म ऋण लगानी गरेका छन् ।ग्रामीण क्षेत्रमा थोरै पूँजीमा सम्भव हुने पशु पालन टाङगा रिक्साठेला घुम्ती व्यापार किराना पसल पान पसल कपडा पसल जस्ता व्यापारव्यवसायमा लघु वित्त कम्पनीको लगानी केन्द्रित छ ।
यी लघु वित्त कम्पनीले टोल टोलमा विशेषगरी महिलाको अगुवाइ समूह गठन गरेर समूहका सदस्यलाई अनिवार्यरुपमा बचत गर्न लगाउने गरेका छन् । समूहमा आवद्ध भएको समय अवधीका आधारमा समूहका सदस्यलाई सामूहिक जमानीमा पहिलोदोश्रोतेश्रो र चौथो वर्ष क्रमशः बीस चालीससाठ्ठी र नब्बे हजार रुपैयाँसम्म बिना धित्तो ऋण वितरण गर्ने गरेको निर्धन उत्थान बैंक शाखा प्रबन्धक राधेश्याम साहनीले बताए ।ऋणको सदुपयोग भए नभएको सुनिश्चित गर्न र समयमै सावाँ र ब्याज असुली गर्नका लागी मासिकरुपमा समूहको बैठक आह्वान गरिन्छ । यो बैठकमै ऋणी सदस्यले ऋण ब्याज सहितको किस्ता बुझाउनुका साथै बचत खातामा तीस रुपैयाँ अनिवार्य बचत गर्नुपर्ने प्रावधान छ ।सामूहिक जमानीमा प्रवाह हुने ऋणको ब्याजदर बीस प्रतिशत र थप एक प्रतिशत सेवा शुल्क तोकिएको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले समेत वित्तिय सेवा प्रदान गर्दै आएपनि सेवा भन्दा नाफामूखी भएकाले किसान वा ग्रामीणबासिन्दालाई  सहकारी संस्थाहरु प्रभावकारी हुन सकेका छैनन् । न्यूनत्तम ब्याजदर २१ प्रतिशत रहेको सहकारी संस्थाले सेवा शुल्क वापत थप तीन प्रतिशत असुल्नुका साथै ऋण दिने समयको मूलधनकै आधारमा ऋण चुक्ता गर्ने अवधीभर ब्याज असुली गरेर उपभोक्ताको ढाड सेक्ने गरेका छन् ।
वाणिज्य बैंकको बहानामात्र
वाणिज्य बैंकहरु नाफा कमाउने उद्देश्यले साचालनमा आएका हुन् । शेयरधनीलाई नाफा र कर्मचारीलाई सेवा सुविधा दिनका लागी धेरै मुनाफा कमाउनुपर्ने दबाबका कारण ग्रामीण क्षेत्रमा ध्यान दिन नसकिएको सिद्धार्थ बैंकका शाखा प्रबन्धक डिल्लीराज लेखकको तर्क छ । ग्रामीण क्षेत्रमा असुरक्षा बढी भएको किसानमा बैंकिङ सचेतनाको अभाव भएको र ब्याज आम्दानीको तुलनामा ऋण परिचालनको खर्च बढी लाग्ने भएकोले ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्न समस्या भइरहेको तर्क अधिकांश वाणिज्य बैंकको छ ।
सिद्धार्थ बैंक लिमिटेड वीरगन्ज शाखा प्रबन्धक डिल्लीराज लेखक शहरी क्षेत्रमा केन्द्रित रहेका वाणिज्य बैंकहरुका लागी ग्रामीण क्षेत्रमा लगानी गर्न चुनौतीपूर्ण हुने बताउँछन्। उनी भन्छन् सीमित जनशक्तिको भरमा गाउँ गाउँसम्म सेवा दिन सम्भव छैन । ग्रामीण क्षेत्रका उपभोक्ताको व्यवहार र आवश्यक्ता फरक भएकाले यसका लागी बेग्लै व्यवस्था गरिनु उपयुक्त हुने उनको सुझाव छ ।
 २०४१ सालदेखि २०५२ सालमाओवादी जनयूद्ध शुरु हुनु अघि सम्म सदरमुकामबाट १५ किलोमिटर उत्तर पश्चिममा अवस्थित सुगौली बिर्ता गाविसमा तत्कालीन नेपाल अरब बैंक लिमिटेडहाल नबिल बैंकले सफलतापूर्वक शाखा साचालन गरेको थियो । उस्ले ग्रामीणवासीको जीवनस्तर उकास्नका लागी टाङगाघोडा खरिद गर्न र भैंसी खरिद गरेर दूध उत्पादन व्यवसाय गर्न किसानलाई बिना धित्तो ५० हजार रुपैयाँसम्म ऋण प्रदान गरेको थियो । यो शाखाबाट पहिलो ऋणीका रुपमा आफूले नै भैंसी खरिद गर्न ५० हजार रुपैयाँ ऋण लिएको सम्झना गर्दै रामगढवा गाविसका ७० वर्षिय शंकर गिरी भन्छन् ऋण लिएको नौ महिनामै सबै तिरिदिए ।आफूले पहिलो ऋण लिएर बोहोनीशुरुवात गरेको शाखाको कारोबार राम्रो भएपछि नबिलका तत्कालीन शाखा प्रबन्धक शम्भू गौतमबाट स्याबासी पाउनुका साथै काठमाण्डौमा सम्मान् गर्ने आश्वासन समेत पाएको गिरीले सुनाए ।
सुगौली बिर्ता १ निवासी हरिनारायण मिश्र भन्छन्नबिल बैंकले नै यो गाउँमा टाङगा व्यवसायको शुरुवात गरेर हामीलाई यातायातको सुविधा उपलब्ध गरायो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नबिल बैंकको सुगौली शाखा पाँच किलोमिटर टाढाको अलौं गाविसमा केही वर्ष साचालनपछि सदरमुकाम वीरगन्जमै सीमित हुन पुग्यो ।
दुःखजिलो गरेर हुर्काएकी छोरी बिहेपछि पराइ घर गएजस्तै भयो५० वर्षिय सुगौलीबिर्ताका जोखन मियाँ नबिल बैंकको शाखा हटाइएकोमा दुःख पोख्दै भन्छन्द्वन्द्वका बेला पनि गाउँलेले सुरक्षा दिन्छौ भन्ने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि बैंक उठ्यो ।
भविष्यको आशा
नेपाल राष्ट्र बैंकले देशको आर्थिक विकासको मूल आधार बन्न सक्ने सम्भाव्यता बोकेको कृषी र जलविद्युत उर्जा उत्पादनको क्षेत्रमा वाणिज्य बैंकहरुको योगदान ज्यादै न्यून भएको पाएपछि यसमा हस्तक्षेप गरेको छ । उस्ले केही महिना अघि वाणिज्य बेंकहरुलाई कूल ऋण लगानीको कम्तीमा दश प्रतिशत प्राथमीकता प्राप्त क्षेत्रका रुपमा रहेको कृषी र जलविद्युतमा लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको यस्तो निर्देशनबाट ग्रामीण क्षेत्रकाबासिन्दा र आम किसानको मनमा आशा पलाएको छ ।
राष्ट्र बैंकको निर्देशन पनि केही वाणिज्य बैंकले किसानलाई खेतबारी नै धित्तो राखेर सहुलियत ब्याज दरमा ऋण प्रवाह गर्ने घोषणा समेत गरेका छन् ।सिटिजन्स बैंकले कृषीका लागी ऋण लगानी सम्बन्धी आपुनो सेवाको औपचारिक घोषणा गरिसकेको छ । साना व्यवसायी केन्द्रित कार्यक्रम लघु उद्यम कर्जाको लोकपि्रयताबाट हौंसिएको ग्लोबल बैंक लिमिटेडसमेत ूग्लोबल कृषी कर्जाू सेवा चाँडै नै लागू गर्ने तयारीमा छ ।बैंक साचालक समितिबाट ग्लोबल कृषी कर्जाका लागी स्वीकृती प्राप्त भइसकेको छ ग्लोबल बैंक लिमिटेडका कर्जा विभाग प्रमुख सुरेन्द्र रेग्मी भन्छन् चाँडै नै हामी यो सेवा ल्याउँदैछौंं ।  किसानले संस्थागत ऋण नपाउँदा उत्पादनको लागत बढेकाले कृषी पेशाबाट मोहभंग हुन थालेको अवस्थाको आंकलन गरेर सामाजिक उत्तरदायीत्व निर्वाहका लागी कृषी कर्जामा हात हाल्न थालेको कर्जा प्रमुख रेग्मी दाबी गर्छन् ।
Baisakh 2069
पहाडको ठिटो मधेशको साइनो

रवि दाहाल 
वीरगन्ज,७ जेठः सात वर्ष अघि दक्षिणी तराईको सीमावर्ती शहर वीरगन्जमा पाइला टेक्दा २१ वर्षिाय यी यूवकको मनमा अनेक कुरा खेल्दा हुन् । सिन्धुपाल्चोकका उनी भिन्न वातावरण र समुदायका मानिसबीच काम गर्न नसक्ने सोंच सहित तीन महिनामै झिण्टी गुण्टा कस्ने तयारीमा थिए ।
यहाँबाट फर्किने सोंचबारे सुनाएपछि मेरा गुरु महेन्द्र शाक्यले भागेर कहाँ जान्छौं भन्दै परिवर्तन गरेर देखाउने भीष्म प्रतिज्ञा जनाउन प्रेरित गरेसात वर्षे वीरगन्ज बसाइ सकेर बिदाइ हुन थाल्दा बुधबार आपुनो सम्मान्मा यहाँ आयोजित कार्यक्रममा लुमन्ती परियोजनाका कार्यक्रम संयोजक यज्ञराज कार्कीले भनेकुनै कृत्रिम बहाना बनाएर उत्तिबेलै उम्किन खोजेको थिएँयहाँका मानिससँग यत्ति गहिरो माया बस्यो की निमेषमै सात वर्ष बितेको पत्तो पाइन ।
कार्कीकै पहलमा स्थापना भएको एकता महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मोमिला खातुनले भनिन्घरबाहिर खुट्टा टेक्ने कहिल्यै कल्पना समेत नगरेको मलाई बैंकक बंगलादेशदेखि लिएर नेपालका कुना कुना देखाउनुभयो । खातुनले नेतृत्व प्रदान गरिरहेको सहकारी संस्थामा २ हजारभन्दा बढी सदस्यले झण्डै १ करोड रुपैयाँ बचत गरेका छन् । सहकारीकी सदस्य सुनिता देवी भन्छिन् पाँचवर्ष अघिसम्म तरकारी किन्नका लागी पनि साँझ पख लोग्ने घर फर्किने बाटो कुर्नुपथ्र्यो अहिले आपुनै बचतबाट घरमा तल्ला थप्न सक्षम भएका छौं । लुमन्ती परियोजनाले वडा नम्बर १० गहवा टोलमा पिछडिएका चमार समुदायका नौ जना महिलालाई संगठित गरेर बचत समूहको शुरुवात गरेको हो । अहिले गहवा रामटोल कुम्हालटोल नगवा इनर्वा छपकैयाँ बजार छपकैयाँभगवती टोलमा समेत बिस्तार भइसकेको बचत समूहमा आबद्ध दलित र मुश्लिम समुदायका महिलाहरु आयआर्जनका लागी स सानो व्यापार व्यवसाय गर्न थालेका छन् ।
दैनिकरुपमा संकलित बचत रकमले नै पूँजीको काम गरेको छलुमन्तीका कार्यक्रम संयोजक यज्ञराज कार्की भन्छन्समूहमा आबद्ध महिलालाई आर्थिकरुपमा सक्षम बनाउन खाजा पारचुन कृषी सामाग्री पसल साचालनमा सहभागी गराइएको छ । 
नगरभित्र रहेर पनि दुर्गम गाउँका बासिन्दासरह जीवनयापन गर्न बाध्य दलित र पिछडिएका समुदायका बीचका काम गर्नु कम्ता चुनौतीपूर्ण थिएन। सडकढलचर्पीशिक्षा स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट बिाचत समुदायका महिलालाई बचत गर्ने बानी बसाल्नु समूहको बैठक डाँकेर गाउँ समाजको विकास सरसफाईका मुद्दाबारे छलफल गर्न सक्षम गर्नु ज्यादै चुनौतीपूर्ण थियो । 
ढल सडक बनाउने काम नगरपालिकाको मात्रै हो भन्ने सोंच भएको कुनै बेलाको पिछडिएका समुदाय शहरी गरिबका लागी आवासलुमन्ती परियोजनाका कारण अहिले निजी सार्वजनिक साझेदारीमा दलीतका लागी आवास र घर घरमा शौचालय बनाउन थालेको छ । उपमहानगरपालिका कार्यालयले लुमन्तीकै प्रवद्र्धनमा यूवाहरुको नेतृत्वमा स्थापित शहरी गरिब सशक्तिकरण समाजमार्पुत् दलित र पिछडिएका समुदायको बसोबास रहेको बस्तीमा दुईसय वटा चर्पी निर्माणका लागी बजेट समेत उपलब्ध गराएको छ । गतवर्षदेखि वीरगन्ज नगरमा लुमन्ती परियोजना बन्द भएको छ । लुमन्तीकै कार्यक्रम लिएर एकवर्षसम्म कलैया नगरमा कार्यरत कार्की अहिले कास्की सरुवा भएर जान थालेका हुन् ।
राचन्द किशनलाल निम्न माद्यमीक विद्यालय परिसरमा आयोजित बिदाइ समारोहमा सहभागी एकता महिला बचत समूहका सदस्य महिलाहरु गहभरि आँशु पार्दै कार्कीलाई गलामा फूलमाला निधारमा अबिर टीका र हातमा मायाको चिन्हो िदंदै बिदाइ गरे । बिदाइ कार्यक्रममा प्रमुख अतिथी प्रेस काउ_िन्सल सदस्य चन्द्रकिशोर झाले दातृ निकायबाट प्राप्त भएको अनुदानको सदुपयोग गरेर लुमन्तीले पिछडिएका समुदायको उत्थानमा पुर् याएको योगदान उदाहरणीय भएको टिप्पणी गरे ।