Wednesday, July 25, 2012

अस्थिरतासँगै स्वदेशी विद्यार्थीको विदेश पलायन बढ्दो

रवि दाहाल-
वीरगन्ज९ साउनः केहीवर्षयता जारी राजनीतिक अस्थिरताका कारण स्थानीय विद्यार्थीहरु सुरक्षित शैक्षिक भविष्यको खोजीमा विदेश पलायन हुने क्रम पुनः बढेको छ । तत्कालीन माओवादीको नेतृत्वमा भएको जनयूद्ध रोकिएपछि अभिभावक र विद्यार्थीको मनोबल बढ्दै गएकोमा पछिल्ला वर्षहरुमा राजनीतिक अस्थिरतासँगै शिक्षण संस्था प्रभावित हुन थालेपछि विद्यार्थी पलायन बढेको हो र<
लामो समयदेखिकॊ राजनीतिक अस्थिरताले अभिभावकको चिन्ता बढाएको छनेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य विजय सरावगीले भनेमध्यमवर्गिय अभिभावकहरु सुरक्षित र स्तरिय शैक्षिक वातावरणका लागी छोराछोरीलाई विदेशमा पढाउन बाध्य छन् ।

Monday, July 23, 2012

पाँच वर्ष अघि शुरु भएको विद्युतीकरण परियोजना अझै अधुरो

रवि दाहाल
वीरगन्ज . पसा्रको सुदूरपश्चिमी गाविस ठोरीमा विद्युतीकरणका लागी पाँच वर्षअघि शुरु भएको परियोजना अझै पनि अधुरो रहेको छ । ठोरी विद्युत उपभोक्ता समितिका अध्यक्ष आशबहादुर गुरु&#168;ले स्थानीयबासिन्दाकै सकृयतामा भारतीय राजदूतावासले विद्युतीकरणका लागी अुनदान उपलब्ध गराएपनि ठेकेदार र जिविसको लापरवाहीका कारण परियोजना अधुरै रहेको गुनासो गरे । 
प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले माघ मसान्तसम्म विद्युतीकरणको काम पुरा नगरे थुनामा राख्ने चेतावनी जनमुखी कन्सट्रक्सन कम्पनीलाई दिएपनि अझैसम्म काम पुरा भएको छैन । विद्युत सेवा उपलब्ध नहुँदा ठोरीका अधिकांश बासिन्दा टुकीकै भरमा छन् । आर्थिकरुपमा सम्पन्न परिवारले महँगो सोलार प्रणाली जडान गरेर विद्युत उपभोग गरेपनि ९० प्रतिशत घर परिवार विद्युत सेवाबाट अझैसम्म पनि बिाचत रहेका छन् ।

बिहारमा प्रतिबन्धपछि गुट्खा तस्करी बढ्यो

रवि दाहाल-
वीरगन्ज । सुपारी र तम्बाकुको मिश्रणबाट बनाइएको गुट्खाको उत्पादन र बिक्रीमा बिहार सरकारले प्रतिबन्ध लगाएपछि यहाँबाट हुँदै आएको गुट्खा तस्करी ह्वात्तै बढेको छ  । अन्तर्राष्ट्रिय धुमपान विरुद्धको दिवसको अवसर पारेर राज्य सरकारले गुट्खाको उत्पादन र बिक्री वितरणमा एकवर्षका लागी प्रतिबन्धको घोषणा गरेपछि तस्करीमा संलग्न व्यापारी हौंसिएका छन् ।
गुट्खा तस्करीमा संलग्न व्यापारीले भारतीय व्यापारीबाट वीरगन्जमै नगद भुक्तानी लिने र सीमावर्ती भारतीय शहर रक्सौलको बजारमा सामान सुपुर्दगीको काम गरिरहेका छन् । पोके तस्कर र साइकलमार्पुत् गुट्खा सीमापारसम्म ओसारेर निश्चित स्थानमा भण्डारणपछि एकै पटक अन्तिम गन्तव्यमा पठाउने गरिएको अवैध कारोबारमा संलग्न एक व्यापारीले बताए । मुख्य नाकाबाट ठूलो परिमाणमा ओसार्न बढी जोखिम भएकाले ग्रामीण नाकाबाट बयलगाडा र ट्याक्टरबाट ठूलो परिमाणमा गुट्खा तस्करी भइरहेको श्रोतले बतायो । माईस्थानका  पानमसला व्यापारी गौतम साह कृष्ण साह र पानमंडीका शंकर कुशवाहा गुट्खाको तस्करीमा संलग्न रहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ ।

Sunday, July 22, 2012


दीपक र संगीताको जुगलबन्दी 

रवि दाहाल
लजालु स्वभावकी संगीता र फरासिला स्वभावका दीपकको जोडी वैवाहिक जीवनको रजतोत्सव मनाउने तरखरमा छन् । तराईको सीमान्त शहरका लक्का जवानको पाल्पाकी सुन्दरीसँगको मिलन ूरब ने बना दी जोडीू भन्दा फरक छैन।
विल्कुलै फरक परिवेश वातावरण र हावापानीको तराईमा बिहेवारीका लागी स्वीकृती जनाउनु संगीताका लागी सहज थिएन । परिवारकी आज्ञाकारी छोरीको रुपमा उनले आपुनो अभिभावकको इच्छामा सहमती जनाउँदै दीपकसँग लगन गाँठोमा बाँधिन सहमती जनाइन् ।
दीपक २५ वर्षको उमेरमै उबेला ख्याती प्राप्त कलेज ठाकुरराम बहुमूखी क्याम्पसमा अध्यापन गराउँदै थिए । दीपकका अभिभावकले उनको घरजम गरिदिने विचार गरे । दीपकलाई तत्कालै बिहे गर्ने इच्छा नभएपनि आज्ञाकारी स्वभावकै कारण दीपकले केटी खोज्न आफ्ना दाजुहरुलाई स्वीकृती दिए । मीठो बोली र सौहाद्र व्यवहारका कारण सबैमाझ लोकपि्रय रहेका दीपकका दाजुले उनको गलप्रेुण्ड छैनन् भन्ने पत्याएनन् ।

Monday, July 16, 2012

कसी बिनाको नेपाली सुन बजार

रवि दाहाल 


पहेंलो देखिने सबै सुन होइन
सबै सुन सक्कली पनि होइन 

माथीका यी दुई हरफले नेपालमा सुनका गहनाको बजारमा भइरहेको कालाबजारीलाई प्रतिबिम्बित गर्छ । सुनको भाउ बढ्दै जाँदा नक्कली सुन बेचेर ग्राहकलाई ठगी गर्ने धन्दा मौलाउँदै गएको छ । सुनको गहना निर्माणका बेला सुनको टुक्रा वा बुट्टा जोड्नका लागी नेपाल सुनचाँदी व्यवसायी संघले बढीमा दशप्रतिशतसम्म रसायन मिसावटको मापदण्ड निर्धारण गरेपनि सुन व्यापारीले २५ प्रतिशतसम्म रसायनको मिसावट गरेर आम उपभोक्तालाई ठगी गर्दैछन् । जुन पसलेसँग सुन खरिद गरेको हो त्यसलाई बेचेमात्र बिलमा उल्लेख भएको सुनको तौल बराबरको मूल्य पाउने चलनले ूविश्वासको व्यापारूमा सुन व्यापारीले उपभोक्ताको ठगी गरिरहेका छन् । एउटा पसलेले बेचेको सुनको गहना छेउकै अर्को पसलमा बिक्री गर्न लैजाँदा खरिद गर्न मान्दैनन् गृहणी भवानी रिजाल भन्छिन्गहना पगालेर निस्किने शुद्ध सुन बराबरको मात्र भुक्तानी दिन्छु भन्छन् । राजधानीका नाम चलेका सुन पसलेदेखि सीमान्त शहरका ठूला सुन पसलेसमेत नक्कली सुन बेचेर ग्राहक ठगी गर्ने धन्दामा संलग्न छन् । सुनको भाउ बढ्दै जाँदा सुनचाँदीको व्यापारीमा सुनको व्यापारमा वैधभन्दा पनि अवैध माध्यमबाट पैसा कमाउने लोभ पनि बढ्दै गएको छ । व्यापारीहरु पहिले सुनको गहना गहना बेच्दा सुनको भाउबाट दुई चार सय रुपैयाँ र गहनाको बुट्टाडिजाइनको ज्यालाबाट एक दुई हजार रुपैयाँ सुनचाँदी पसलेहरु कमाइ गथ्र्ये । सुनको बजार भाउमा हुने वृद्धिको कमाई पनि समय समयमा यस्तो नियमित कमाइमा थपिन्थ्यो । अचेल बजार बेइमान भएको छ । सुन बेचेर होइन सुनजस्तै सुनौलो देखिने वस्तुलाई ूसुन प्रमाणितू गरेर व्यापारीले ठगी धन्दा गरिरहेका छन् । सुनको शुद्धता नाप्ने व्यवस्था वा सुविधा आम उपभोक्ताको पहुँचमा नभएको मौकाको फाइदा उठाउँदै व्यापारीहरु लुट मच्चाइ रहेका छन् । स्थानीय बजारमा उधारोमा समेत सुनचाँदीका गहना खरिद बिक्री भइरहेकाले पूँजी लगानी र नाफा असुलीका लागी व्यापारीहरु मिसावट गर्न प्रेरित हुने गरेका छन् ।

Saturday, July 14, 2012


हतियार चोरीको धन्दामा संगठित गिरोहको संलग्नता


रवि दाहाल,दिवाकर भण्डारी-

वीरगन्ज । मध्य तराईका प्रहरी कार्यालयमा स्थानीय जिल्लाबाट भर्ना भएका प्रहरी जवानको सहयोगमा हतियार चोरी गर्ने धन्दामा संगठित गिरोहको संलग्नताको आशंका गरिएको छ । पसा्र बारा र रौतहट जिल्लाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई रकमको लोभ देखाउँदै हतियार चोरी गर्न प्रोत्साहित गरेर चोरीका हतियार खरिद गर्ने समूह सकृय रहेको सुरक्षा अधिकारीको बुझाइ छ ।
हराएको हतियारबारे अनुसन्धानका क्रममा प्रहरीले क्षेत्रिय स्तरमा प्रभाव बनाएका राजनीतिक व्यक्तित्वको संलग्नता रहेको सूचना पाएको छ । हतियारको कारोबारमा राजनीतिक पृष्ठभूमीका केही व्यक्तिको संलग्नताबारे जानकारी पाएका छौंबाराका प्रहरी निरिक्षक केपी शर्माले भनेयसबारे ठोस प्रमाण जुटाउने प्रयास गर्दैछौं ।
पसा्र बारा र रौतहटबाट प्रहरी संगठनमा भर्ना भएका प्रहरी जवानहरु राजनीतिक दलका स्थानीय नेताको प्रत्यक्ष सम्पर्कमा रहने र व्यक्तिगत चिनजान समेत हुने भएकाले उनीहरुलाई नै यहाँका प्रहरी कार्यालयबाट हतियार चोरी गर्ने कार्यमा प्रयोगमा ल्याउन सहज भएको हो । रौतहटका प्रहरी जवान छोटेलाल ठाकुरले बाराका एकजना राजनीतिकर्मीलाई २६ जेठमा एक लाख २० हजार रुपैयाँमा एउटा एसएलआर बिक्री गरेको सम्बद्ध श्रोतको दाबी छ । अनुसन्धानका लागी रौतहटबाट प्रहरी जवान ठाकुरलाई ल्याएर सोधपुछ गरिएको प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बताए । उनले भनेएक साता अघि तालिम केन्द्र जानुछ भन्दै रवाना लिएर िहंडेका ठाकुर प्रहरी कार्यालयको सम्पर्क बाहिर गएकाले फरार भएको हुनसक्छ । हतियार जिम्मामा लिएका प्रहरीको लापरवाहीको फाइदा उठाउँदै हतियार चोरी गर्ने समूह सकृय भएको हुनसक्ने पूर्व प्रहरी उपरिक्षक रामलखन यादवको भनाई छ ।

Thursday, July 12, 2012


लहैलहैमा शेयर लगानी


रवि दाहाल
वीरगन्ज ।साथीभाइको लहैलहैमा ग्लोबल बैंक लिमिटेडको शेयर खरिद गरेकी रानीघाट टोलकी गृहणी मनोरमा देवीले शेयर प्रमाण पत्र दराजमा थन्काएको चार वर्ष बिति सकेको छ । हिच्किचाउँदै शेयरमा लगानी गरेकी उनको नाममा तीस कित्ता साधारण शेयर छ । आफूले किनेको शेयरको बजार भाउ घटबढ के भएको छ भन्नेमा उनलाई विल्कुलै चासो छैन। शेयरको खरिद बिक्री कहाँ गरिन्छ भन्ने समेत जानकारी छैन ।
मनोरमा भन्छिन्साथीहरुले नै फाइदा हुन्छ भनेर किन्न लगाएका हुन्मलाई शेयरको बारेमा जानकारी छैन चासो पनि छैन ।
जनता बैंकले जारी गरेको साधारण शेयर खरिद गर्नका लागी यहाँको वितरण केन्द्रमा सर्वसाधारणदेखि ठूला व्यापारीसम्मले हानाथाप गरेका छन् । शेयर र बैंक ब्याजबारे खासै जानकारी नहुने आम उपभोक्ताले शेयर आह्वान भएकै दिनदेखि शेयर आवेदन फारमसहित शेयर रकम बराबरको नगद बैंकमा जम्मा गरेपनि अधिकांश ठूला लगानीकर्ताले अन्तिम दिन मात्रै शेयर दरखास्त फारम र चेक बुझाए ।
यहाँका सीमित मानिसमा मात्र शेयर बजारको समग्र  ज्ञान छ शेयर दलाल कम्पनीका एजेण्टका रुपमा काम गरेका निरज शर्मा भन्छन्शेयर किन्ने र वर्षौसम्म घरमा थन्क्याउने गर्छन् दोश्रो बजारमा नियमित खरिद बिक्री गर्न आउँदैनन् ।एक वर्षसम्म शेयर दलाल कम्पनीको प्रतिनिधीको रुपमा काम गरेपनि मुनाफा नभएपछि उनले व्यवसाय बन्द गरेका छन् ।
जनता बैंक वीरगन्ज शाखा प्रबन्धक क्षितिज खड्का भन्छन् शुक्रबार जम्मा गरेको चेकको रकम सोमबार मात्रै खाताबाट झिकिने भएकाले चार दिनको ब्याज जोगाउन व्यापारीले अन्तिम समयमा बुझाएका हुन् । २१ वैशाख शुक्रबारका दिन जनताको शेयर बिक्री बन्द भएकोमा शनिबार साप्ताहिक बिदा र आइतबार बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको थियो ।


किसानको नियती 

रवि दाहाल
वीरगन्ज ।
बहुत दिक्दारी होखता नेपालमे सुविधा नइखे 
इण्डियासे ल्यावला पर प्रशासन पिट ता । 
धान खेतीका लागी रासायनिक मल नपाउँदाको दुखेसो सुनाउँदै पसा्र हरिहरपुर गुलरियाका दुखी ठाकुर हजामले व्यत्तः गरेका पीडा तराईका आम किसानका पीडालाई प्रतिबिम्बत गरेको छ ।
सीमापारी भारतको बजारबाट जोखिम मोलेर दुई चार बोरा मल ओसार्दा समेत नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले ूतस्करू वा ूब्लेकियाू को आरोप लगाउँदै मल खोस्दै शारीरिक यातना दिने गरेका छन् । सरकारले किसानको हातमा अनुदानको मल उपलब्ध गराउन सकेको छैन । दुखी ठाकुरको मात्र नभएर यहाँका किसानको आम समस्या बनेको छ मलको अभाव ।
किसानले धानको बिउ रोप्न डिएपी मल मागी रहेका बेला कृषी मन्त्रालयले यूरिया मल आपूर्ती गरिरहेको छ त्यो पनि नगन्य मात्रामा ।
कृषी सामाग्री कम्पनीको क्षेत्रिय गोदाममा विगत बीस वर्षदेखि लोडअनलोडको काम गर्दै आएका  मजदुर विश्वनाथ राम भन्छन्सिजनमा चाहिएको मल कहिल्यै आएन । डिएपी चाहिएका बेला यूरिया यूरिया चाहिएका बेला डिएपी मल आइपुग्छ । निजी क्षेत्रलाई मल आयातका लागी स्वीकृती प्रदान गर्दा अनुदानको दुरुपयोग भएपछि सरकारले निजी क्षेत्रमार्पुत् मल आयात बन्द गरेपनि पर्याप्त मल आयातका लागी उचित विकल्प अपनाउन सकेको छैन ।
स्वतन्त्ररुपमा रासायनिक मल आयात गर्दा अनुदान प्राप्त मल वा भारतबाट चोरी पैठारीका माध्यमबाट भित्रिने मलसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले मलको आयात कारोबारमा निजी क्षेत्र आकर्षित हुन सकेको छैन । खडेरीका कारण धानको बिऊ जोगाउन निक्कै सकस व्यहोर्नु परिरहेका बेला राज्यले मलको अभाव सिर्जना गरिदिएर किसानको घाउमा मल्हमको साटो नून छर्ने काम गरेको आरोप लगाउँछन्संघीय सद्भावनाका सहमहासचिव शिव पटेल ।

Sunday, July 8, 2012


 तस्करीको पारवहनमा वन्यजन्तु आरक्ष



रवि दाहाल-
वीरगन्ज । मकवानपुरमा उत्पादित गाँजा ओसार्नका लागी यहाँका तस्कर समूहका लागी पसा्र वन्यजन्तु आरक्ष सुरक्षित मार्ग बनेको छ । पसा्रमा गाँजाको अवैध खेती बन्द भएको दुई वर्ष बिते पनि मकवानपुरमा उत्पादित गाँजाका कारण यसको कारोबार नियन्त्रणमा आउन सकेको छैन । गाँजा तस्करीमा संलग्न समूहले आरक्षको पद मार्ग हुँदै दिनहुजसो भरियामार्पुत् गाँजा ओसार्ने कार्य जारी राखेका छन् ।
गाँजा भरियाले आरक्षको सीमापार गरेलगत्तै नेपाल प्रहरीले गौडा ढुकेर ठूलो परिमाणमा गाँजा बरामद गरेपनि आरक्षको सुरक्षामा खटिएको नेपाली सेना र आरक्ष प्रशासन गाँजा ओसारपसार नियन्त्रणमा उदासिन देखिएको छ ।
मकवानपुरबाट आरक्षको बाटो हुँदै ठूलो परिमाणमा गाँजा भित्र्याएको सुचनाका आधारमा बिहीबार मध्यरातमा प्रहरीले गौडा ढुकेर शंकर सरैयाबाट तीन क्वीन्टल गाँजा बरामद गरेको छ । गाँजा नियन्त्रणमा लिने क्रममा गाँजा तस्करसँग प्रहरीको भिडन्त हुँदा सात राउण्ड फायरिङ गर्नु परेको प्रहरीले जनाएको छ । यसअघि ४ जेठमा पटेर्वा सुगौलीबाट डेढ क्वीन्टल गाँजासहित आठ भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय पटेर्वाले पक्राउ गरेको थियो ।
श्रोतका अनुसार मकवानपुरको मनहरीबाट भरियामार्पुत् ओसारिने गाँजा पसा्रको सोनवर्षा र मधुवन मथवल वा शंकर सरैयासम्म सुरक्षितरुपमा आइपुग्ने गरेको छ । एक पटकमा कम्तीमा बीसजना भरियामार्पुत् ओसारिने गाँजाको सुरक्षाका लागी अघिपछि चार-चारजना हतियारधारीले स्कर्ट गर्दछन् । भरियाको सुरक्षा नभएर गाँजाको सुरक्षाका लागी हतियारधारी साथमा रहने गरेका छन् एक प्रहरी अधिकृतले भने बीच बाटोमा अर्को तस्कर समूह वा प्रहरीसँग जम्काभेट हुँदा प्रतिकारका लागी हतियारको प्रयोग हुने गरेको छ ।



नक्कली नोटको पारवहन बिन्दू बन्दै वीरगन्ज 


रवि दाहाल
वीरगन्ज । लागू औषधको अवैध धन्दामा पारवहन बिन्दुको रुपमा स्थापित वीरगन्ज नाका पाकिस्तान र भारतबीच नक्कली मुद्राको कारोबारमा पनि पारवहन बिन्दुको रुपमा प्रयोग हुन थालेको छ । नक्कली नोटको कारोबारमा संलग्न गिरोहबारे अनुसन्धान शुरु गरेर कारवाही तीब्र बनाएपछि प्रहरीले भरियामात्र होइन कारोबारीलाई समेत पक्राउ गर्न सफल भएको छ ।

पछिल्लो पटक गत कात्तिक २६ गते वीरगन्ज उपमहानगरपालिका वडा नम्बर-९ रामटोलबाट ७ लाख ८३ हजार नक्कली भारतीय रुपैयाँसहित साजिद अन्सारी पक्राउ परेपछि नक्कली नोटको कारोबारमा सकृय गिरोहबारे अनुसन्धानका लागि सहज भएको प्रहरी निरिक्षक केपी शर्माले बताए । प्रहरी निरिक्षक शर्माले भनेूसाजिद बाहेक अन्य सबै भरिया मात्र पक्राउ परेकाले अनुसन्धान उपलब्धीमूलक हुन सकेको थिएन तर साजिदको पक्राउले नक्कली नोटका कारोबारीहरु सतहमा देखिएका छनू।

कारोबारीको पहिचान भएपनि पर्याप्त प्रमाण अभावका साथै राजनीतिक प्रभावका कारण आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न असमर्थ भएको  प्रहरी अधिकारीले जिकीर गरेका छन् । अन्सारीको बयानका क्रममा पाकिस्तानदेखि राजधानीको नख्खु कारागारसम्मको नक्कली भारतीय मुद्राको कारोबारमा संलग्न गिरोहबारे जानकारी मिलेको छ ।



औद्योगिक करिडरको चुनौती 


रवि दाहाल

वीरगन्ज। वीरगन्जदेखि पथलैयासम्म त्रिभूवन राजपथ छेउछाउ फैलिएर रहेका उद्योग क्षेत्रलाई औद्योगिक क्षेत्रको मान्यताको पर्खाइ यहाँको निजी क्षेत्रले गरिरहेको छ ।
वीरगन्ज नगरको उत्तरी सीमामा अवस्थित गण्डक नहरको पारीदेखि पथलैयासम्मको समथर फाँटमा एकपछि अर्को गर्दै उद्योग खुल्दै गएर एउटा ठूलो औद्योगिक क्षेत्रको आकार लिएपछि अहिले निजी क्षेत्रले यसको दीर्घकालीन सुरक्षाका विषयमा चासो देखाएको छ ।
उद्योग क्षेत्रमा भएको रोजगारीको अवसरसँगैको आर्थिक गतिविधी र राजमार्गका कारण उद्योगको छिमेकमा मानवबस्ती विकास हुँदै गएको छ । मानव वस्तीको विकासले अहिले स्थानीयबासिन्दा र उद्योगीबीच द्वन्द्व देखा पर्न थालेको छ ।
ूगाउँलेहरु उद्योगले प्रदुषण फैलाएको भन्दै उद्योग हटाउ भन्दैछन् । गाउँबस्ती भन्दा पहिले उद्योग रहेकाले पछि विस्तार भएको बस्ती हटाउनुपर्ने उद्योगीको भनाई छ। औद्योगिक करिडरभित्र पर्ने परवानीपुर जीतपुर र सीमरा क्षेत्रमा बढ्दो शहरीकरणले भविष्यमा चुनौती बढ्ने सम्भावना देखिएको छ ।
तत्कालै औद्योगिक क्षेत्र घोषणा नगरिए समस्या आउने र द्वन्द्व झनै चर्किने प्रबल सम्भावना छ वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक वैद्यले भन्छन्त्यसैले औद्योगिक क्षेत्र घोषणा गराएर यसलाई सुरक्षित बनाउन चाहेका हौं । वैद्य स्वयम् साचालक रहेको शालिमार सिमेन्ट उद्योगले प्रदुषण फैलाएको भन्दै केही दिन सीमरावासीका स्थानीयबासिन्दाले उद्योगमा अवरोध गरेका थिए । उद्योगसँगै मानव बस्तीको समेत विकास भएपछि अहिले उद्योगीमात्र नभएर स्थानीयबासिन्दाका लागि पनि ठूलो टाउको दुखाइ भएको छ । औद्योगिक क्षेत्रबाट भइरहेको प्रदुषणको संस्थागतरुपमै विरोध हुन थालेको छ । मानववस्ती र उद्योगसँगै हुँदा दुर्घटनाको जोखिम सधैंभरि रहनेछ ।

भातको भर

रवि दाहाल

वीरगन्ज ।

जैसा खाए अन वैसा होवे मन
जैसा पिए पानी वैसा होए बानी

मान्छेले खाने अन्न र सेवन गर्ने पानीले उस्को सोंच र आनीबानीलाई प्रभावित पारिरहेको हुन्छ । खेतबारीमा परिश्रम गर्ने किसान होस् वा कलकारखानामा काम गर्ने मजदुर प्रायसले यहाँ भात नै रुचाउँछन् । सामान्य मानिसले भन्दा बढी यो वर्गले उपभोग गर्ने  आहाराको मात्रा बढी हुन्छ । खासगरी खेतीपातीसँग सम्बन्ध रहँदै आएको तराई मधेशमा भातसँगको सम्बन्ध ज्यादै गहिरो छ ।
     उष्ण प्रदेश अन्तर्गत पर्ने तराईमा चामलको भातले गहुँको पीठोबाट पकाइएको रोटीको तुलनामा बढी शीतलता प्रदान गर्छ । शरीरलाई शीतलता प्रदान गर्ने र खाने बित्तिक्कै पेट टन्न हुने भएकाले भात बढी रुचाइने गरेको वीरगन्ज अशोकबाटिका निवासी धर्मनाथ सर्राफ बताउँछन् ।
     कुनै पनि मानिसको भोजन संस्कृतीफुड ह्याबिट उस्को पृष्ठभूमीसँग जोडिएको हुन्छ । मानिसलाई उस्को भूगोलसंस्कृती वातावरण र जातीगत परम्पराले भोजनको रुचीसँग जोड्ने काम गरिरहेको हुन्छ भन्छन् तराई मधेशको सामाजिक विषयका जानकार चन्द्रकिशोर झा। धानको खेती वर्षमा तीन पटक हुन्छ तर गहुँको खेती वर्षमा एक पटक मात्र हुने गरेको छ ।
     पराठा हाउसका साचालक कलम साह कानू होटेलमा बिहानदेखि दिउँसो तीन बजेको समयमा नब्बे प्रतिशत ग्राहकले भात खान मन पराउने गरेका छन् । साँझको समयमा रोटी खान रुचाउनेहरु ६० प्रतिशत पुग्छन् ।    दिनभर शारीरिक परिश्रम गर्दा भात पचाउन सहज हुन्छ तर रातको समयमा असहज हुने भएकाले रोटी रुचाउने गरेको छ । मधुमेह रोगीका लागी भात खानु स्वस्थ्यकर नहुने भएकाले रोटी नै खानुपर्ने बाध्यता छ ।

Wednesday, July 4, 2012


सन्ततीको उज्जवल भविष्यका लागी
रवि दाहाल
वीरगन्ज । बितेका पाँच वर्षमा यी वृद्धको निधारका रेखी झनै प्रष्ट भएका छन् । निधारका रेखी गहिरो हुँदै जाँदा ७३ वर्षिय वृद्ध रामाज्ञा साहको आँट झन् झन् बलियो हुँदै गएको छ ।
गाउँ छेउका ठूला उद्योगको प्रदुषणबाट घरभित्र समेत बस्न सक्ने अवस्था नभएपछि भावी सन्ततीको भविष्य रक्षा गर्न भवानीपर गाविसका वृद्ध रामाज्ञा साह कोट कचहरी धाइ रहेका छन् । उद्योगबाट निस्किएको धुलो धुँवा र छाइधानको जलेको भुस का कारण फैलिएको प्रदुषण नियन्त्रणका लागी २०६२ साल पुस २२ गतेका दिनदेखि औपचारिकरुपमा शुरु गरेको आन्दोलनबाट यी वृद्धले विश्राम लिएका छैनन् । भन्छन्बाचुाजेल यो काममा लागी रहनेछु न्याय दिलाएरै छोड्ने छु ।
क्षेत्रिय प्रशासनबाट भएको आदेशको समेत पसा्र र बारा दुबै तिरका जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितीको कार्यालयले कुनै सुनुवाई नगरेपछि रामाज्ञाले जिविस जिल्ला प्रशासन र आदर्श दाल उद्योग विश्वकर्मा र कलश सिमेन्ट उद्योगका साचालकविरुद्ध पुनरावेदन अदालत हेटौंडामा मुद्दा दर्ता गरेर २०६६ असार ३० मा निषेधाज्ञा जारी गराए ।

आधुनिक समाजमा चेपिएका ज्येष्ठ नागरिक


रवि दाहाल
वीरगन्ज ।शहरमा वृद्धाश्रम निर्माणका लागी बौद्धिक व्यक्तित्वहरुको एउटा जमात् सकृयतापूर्वक लागेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीबाट अपहेलित हुनुपर्दा वा टाढिनुपर्दाको पीडा भोगी रहेका हाम्रो समाजका ज्येष्ठ नागरिकको पीडामा मल्हम लगाउने प्रयास शुरु अवश्य पनि सुखद संकेत हो ।
हाम्रो समाज बिस्तारै विभाजित हुँदै गइ रहेको छ । जातपातको नाममा मूलका नाममा भूगोलको नाममा नयाँ पुरानोको नाममा यूवा पुस्ता र पुरानो पुस्ताको नाममा । सामाजिक मूल्यमान्यतामा आइरहेको ह्रासका कारण संयुक्त परिवार छत्विछत् हुँदै एकल परिवारमा खुम्चिएको छ ।
एकल परिवारमा पनि उज्जवल भविष्यको खोजीमा छोराछोरीहरु उच्च शिक्षा हासिल गर्न वा आकर्षक तलबसहितको रोजगारीको खोजीमा आमाबाबुबाट टाढा जानेहरुको लर्को दिनप्रतिदिन बढ्दो छ । प्रतिस्पर्धात्मक यूग बढ्दो महँगी र अझ सुखद र समृद्ध जीवन बाँच्ने आशामा थातथलो छोडेर पलायन हुनुपर्ने बाध्यता यूवा पुस्ताको छ ।
जागीरे जीवनबाट अवकाश प्राप्त गरेपछि बुढ्यौलीमा समय कटाउन ज्यादै िझंझो लाग्ने गर्छ । आफूले जागीरे जीवनबाट आर्जन गरेको अनुभव ज्ञान र शीपलाई सामाजिक हितका लागी सदुपयोग गर्ने ठाउँ र अवसर नपाउँदा ज्येष्ठ नागरिकहरु कुण्ठित अवस्थामा बाँच्नु परेको छ ।